केन्द्रिय सदस्य संख्याबारे एमाओवादी छलफल गर्दै

एकिकृत नेकपा (माओवादी)को केन्द्रिय समितिको बैठक आज पनि हुने भएको छ । केन्द्रिय समितिको सदस्य संख्या टुङ्गो लगाउने विषयमा बैठक बस्न लागेको हो । 
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहान ११ बजेपछी बस्ने आजको बैठकमा एमाओवादीले केन्द्रीय समितिको संख्या, त्यसको मापदण्ड र सदस्यका विषयमा छलफल गर्ने बताइएको छ । आज केन्द्रीय सदस्य र महाधिवेशन आयोजक समितिका सदस्यहरुको संयुक्त बैठक बोलाएको छ ।
एमाओवादीले बैठकमा यसअघि तय गरिएका सबै एजेण्डामा छलफल हुने र मुख्यगरी सदस्य संख्यामा बैठक केन्द्रित हुने बताएको छ । मधेसी, जनजाती, थारु समुदायका नेताले आफ्नो सहभागिता बढाउन माग गरेपछि संख्या निर्धारण गर्न कठिन बनेको बताइएको छ ।
केन्द्रीय समिति बैठक अघि बिहान पदाधिकारीबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा छलफल हुनेछ ।

SHARE THIS

Author:

Facebook Comment