चितवन/प्रधानमन्त्री भट्टराई भरतपुर विमानस्थलबाट कार्यक्रम स्थल नारायणगढस्थित बालकुमारी कन्या उच्च मावि जानेक्रममा विपक्षी दलका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
त्यसक्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने विषयमा दलहरुबीच सहमति भइसकेको दाबी गरेका छन् । विहान दलहरुको बैठकमा सहभागी भएर बालकुमारी कन्या उच्च माविको स्वर्ण महोत्सव कार्यक्रममा भाग लिन चितवन पुगेका प्रधानमन्त्री भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै, दलहरु प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएर जेठ भित्र चुनाव गर्न सहमत भएको दाबी गरे ।
उहनले संविधानतः प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने व्यवस्था नरहेकाले दलहरुबीच संविधान संशोधन लगायतका विषयमा प्याकेजमै सहमति हुन लागेको समेत बताए ।