दक्षिण कोरिया मा नेपाली एकता समाज गठन

विदुर शर्मा :

१० फेब्रुअरी , दक्षिण कोरिया -एसियन मुलुक दक्षिण कोरिया मा नेपाली हरुको
साझा सामाजिक संस्था "दक्षिण कोरिया  नेपाली एकता समाज" गठन भएको छ
l
कोरियाको दोस्रो ठुलो पर्ब सलनाल को अवसरमा यहाँ स्थित नेपालीहरुको बिसेष उपस्थिका बिच राजधानी सौल नजिक छुङ्गाक को दुर्गा रेस्टुरेन्ट को सभाहलमा सम्पन्न भेलाले विदुर शर्माको अदक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ l
प्रस्तावित घोषणा पत्र तथा बिधान लाई आवस्यक परिमार्जन गर्दै पारित गरिएको बिधान तथा घोषणा पत्रको आधारमा गठित समाज मा महासचिब नरहरी पुरी, उपादक्ष द्वय  अर्जुन थापा र भागीलाल जी एम, कोषादक्ष मा नगेन्द्र थापा मगर र सचिब मा जीवन आचार्य रहनु भएको छ l
तिन स्थान रिक्त सहित  २१ सदस्यीय समिति का अन्य सदस्य  हरुमा दिपक पौडेल, प्रेम कुमार राना, बम बहादुर बि.क., रेशम पुन मगर, टिका नेपाली, कमल बन्जाडे, मदन कुँवर, लक्ष्मीकान्त जोशी, रमेश श्रेष्ठ, बाबुराम पौडेल, प्रकाश श्रीस र खेम बहादुर बि.क. रहनुभएको छ l
सहिदहरु प्रर्ती एक मिनेट मौन धारण गर्दै अगाडी बढेको उद्घाटन  सत्र विदुर शर्माको सन्चालन र दिपक पौडेलको सभापतित्व मा सम्पन्न भएको थियो l



 



 








 


 


SHARE THIS

Author:

Facebook Comment