प्रचण्डले आत्मालोचना नगरेसम्म कुरा मिल्दैनः उपसभापति पौडेल

काठमाडौ, । नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफै नाम मागेर काग्रेस सभापति सुशिल कोइरालालाई प्रधानमन्त्रीको रुपमा नमानेको विषयमा एमाओवादी अध्यक्ष प्रचण्डले आत्मालोचना नगरेसम्म कुनै पनि विकल्पमा कुरा मिल्नै नसक्ने बताएका छन् ।
उनले प्रचण्डले किन कोइराला स्विकार्य नभएको भन्ने स्पष्टिकरण सहित आत्मालोचना गरे काग्रेस अरु विकल्प दिन समेत तयार रहेको स्पष्ट पारे ।
हिमालय टेलिभिजनमा आज राती ९ बजेर ५ मिनेटमा प्रशारण हुने द आरडी सोका लागि ऋषि धमलासँग कुरा गर्दै उनले कुनै पार्टीको भेलाबाट मुलुकको प्रधानमन्त्री घोषणा गर्नु सहमतिको संस्कार नभएको भन्दै त्यस्तो प्रस्ताव कुनै पनि हालतमा स्विकार्य नहुने बताए ।

पौडेलले भने–कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा पार्टीहरुको बैठकमा विकल्पको रुपमा प्रस्ताव गर्नु पर्छ । पार्टीको भेलाबाट होईन । यसरी ल्याएको प्रस्ताव मान्दैनौ ।
प्रधानन्यायाधिस खिलाराज रेग्मीको क्षमतामा आफूहरुलाई कुनै शंका नभए पनि न्यायालयलाई कमजोर बनाउने र विवादमा पार्ने प्रचण्डको षडयन्त्र भएकोले यो प्रस्ताव स्विकार्य  हुनै नसक्ने स्पष्ट पारे ।
एकीकृत नेकपा माओवादी निर्वाचन भन्दा पनि अहिले सत्ताको आयू लम्ब्याउने योजनमा रहेको भन्दै अब आन्दोलनबाटै बाबुराम भट्टराई नेतृत्वको सरकारलाई ढाल्ने चेतावनी दिए ।
उनले भने–अब आन्दोलनबाटै यो सरकार ढल्छ त्यसपछि राष्ट्रपतिले संविधानको संरक्षकको हैसियतले भूमिका खेलेर यो सरकार हटाएर नयाँ सरकार गठन गर्नु पर्छ । 


SHARE THIS

Author:

Facebook Comment