सम्पादकीय !

प्रचण्डको नयाँ सूत्रःविपक्षी दललाई गलाको पासो
भट्टराई नेतृत्व सरकारको राजीनामाको माँगराखि आन्दोलन गरिरहेका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा एमालेलगायत १५ दलहरूको पहिलोचरणको सशक्त आन्दोलन सम्पन्न भएको छ । विपक्षी दलहरूको पहिलो चरणको आन्दोलनले भट्टराई सरकार टसमस समेत नभएको अर्थात् विपक्षीको मागलाई संवद्र्धन नगरेको ठहर गर्दै थप सशक्त आन्दोलन गर्ने उद्घोष गरेको समयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा नयाँ चुनाव सम्पन्न गर्ने भनि अन्तिम सूत्र अर्थात् फर्मूलाको उद्घोष गरेका छन् ।

प्रमुख प्रतिपक्षी काँग्रेस, एमालेलगायत १५ दलको पहिलो शर्त बाबुराम सरकारको राजीनामा र विपक्षको नेतृत्वमा आगामी नयाँ चुनाव सम्पन्न गर्न निष्पक्ष तथा धाँधलीरहित हुने विकल्पसहित माग राखी आन्दोलन गरिरहेका प्रमुख प्रतिपक्षी दलहरू सामु अध्यक्ष दाहालले उद्घोष गरेको नयाँ सूत्र अर्थात् बहालवाला प्रधानन्यायाधीशको नेतृत्वको नयाँ चुनाव सम्पन्न गर्ने एनेकपा माओवादीको नयाँ रणनीति “नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो वावुको अनुहार” भन्ने उक्तिको चरितार्थ ने.काँ. र एमाले बन्न पुगेको छ । २०६३ सालको जनआन्द्योलनपश्चात “मुलुक र व्यवस्था” आफू तथा आफ्ना दल अनुकूल सिंगो राज्यमा रजाइँ गरेका नेपाली काँग्रेस र नेकपा एमाले यतिखेर विशेषगरी एनेकपा माओवादीको सरकार बनेदेखि बिनापानीको माछा बन्न पुगेको छ । त्यसैले प्रमुख विपक्षी दलहरू अनेकन बहानामा आफूले तोकेको व्यक्ति अर्थात् आ–आफ्नै दलको नेतृत्वमा सरकार बन्नुपर्ने भित्री मनशाय आमनेपालीले बुझिसकेको विषय पनि हो । सत्ता, शक्ति, अर्थ र दबावको मूल उद्गमस्थल “प्रधानमन्त्री” नेतृत्व नै भएकोले अ–आफ्नो पक्षमा जनमत अर्थात् पकड बलियो बनाउने र विरोधी शक्तिलाई बाईपास अर्थात् तह लगाउने षड्यन्त्रको खेती हो भन्ने बुझाई बुझेका प्रमुख प्रतिपक्षी दलहरू न्वारानदेखिको बल निकालेर दोश्रो चरणको सशक्त आन्दोलनमा लागिपरेका छन् ।
यहिबीच भारतीय राजदूत जयन्त प्रसादले अध्यक्ष प्रचण्ड तथा प्र.म. भट्टराईलाई भेट गरेलगत्तै दलहरूबीच बढ्दो दूरी कम गरी वार्ताको टेबुलमा बसेका छन् । तैपनि प्रचण्डलगायत प्रतिपक्षी दल काँग्रेस, एमालेबीच कस्को नेतृत्वमा “चुनाव सम्पन्न” गर्ने भन्ने विषयले निकास पाउन सकेको छैन । भने उता अमेरिका तथा अन्य युरोपियन राष्ट्रका प्रतिनिधिहरू जिल्ला दौडाहामा निकल्नुले आगामी दिनमा ठूलै भू–कम्प अउने निश्चित छ ।

SHARE THIS

Author:

Facebook Comment