चेली बेच्ने दुई भारतीय पक्राउ

क्राइमचेक प्रतिनिधि÷

वीरगंज÷ नेपाली चेलीलाई फकाईफुलाई विभिन्न बहानामा भारतमा बिक्री गर्ने गिरोहका दुईजना भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको समाचार सार्वजनिक भएको

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार भारतमा विक्री गर्न भनि लिएर गइरहेको अवस्थामा आइतवार भारत विहार जिल्ला बैशाली थाना चेहरकला ग्राम पंचायत खाजेचान बस्ने २४ वर्षीय बिन्देश्वर कुमार कुशवाहा भारत विहार जिल्ला बेतिया थाना मझौलीया पंचायत रतनमाला ग्राम बगरवा बस्ने ४० वर्षीय जोगिन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो

निज कुशवाहले तनहुँ जिल्ला बन्दीपुर बस्ने २० वर्षीया एक युवतीलाई महिना अघिदेखि फोन सम्पर्क गरी प्रेम जालमा पारी आफ्नो घर समेत हेटौंडा हो भनी झुक्याई विवाह गर्ने बहानामा काठमाडौंको गौशालास्थित धर्मालामा माघ गतेदेखि गतेसम्म राखेर यौन शोषण समेत गरी हेटौंडास्थित घरमा जाउँ भनी रात्रीबसबाट भारततर्फलैजाँदै गरेको अवस्थामा उनीहरूलाई प्रहरी चौकी इनर्वा वीरगंज माइती नेपाल पर्सा शाखाबाट खटिएको टोलीले आइतवार ०६ः०० बजे फेला पारी ती युवतीको उद्धार गरी अभियुक्तहरूलाई पक्राउ गरेको थियो

 पक्राउ परेका ती दुबैजनालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको

SHARE THIS

Author:

Facebook Comment