राजश्व छल्ने गज्जबको काइदा !

क्राइमचेक प्रतिनिधि÷

वीरगंज/जसरी भएपनि नेपाल सरकारको राज्य चुहावट गर्न उद्यत तस्कर तथा अवैध कारोवारीहरूले राजश्व छली गर्ने विभिन्न फर्मूला अर्थात सूत्रहरू प्रयोग गरी दैनिक रुपमा भारी मात्रामा राजश्व चुहावट गर्दै आएपनि राजश्व चुहावट रोक्न खटिएका निकायहरू अनभिज्ञ झैं देखिएर बसेका छन्

          क्राइम चेकलाई प्राप्त खबर अनुसार नेपालका विभिन्न स्थानमा रहेका टायर व्यवसायीहरूले भारतीय ट्रक, ट्याङ्कर, ट्रिपर इत्यादीका ड्राइभर अर्थात चालकहरूलाई परिचालन गरी विभिन्न ब्राण्डका टायरहरू राजश्व छली गरी नेपाल भित्र्याउने कार्यलाई व्यापकताका साथ अघि बढाएका छन्

          श्रोतका अनुसार ती भारतीय तथा कतिपय नेपाली नम्बर समेतका ट्रिपर, ट्याङ्कर लगायतमा भारतबाट नेपाल आउँदा नयाँ टायर फिट गरेर आउने जाँदा पुरानो टायर लिएर जाने गरेका छन्

          भारतीय बजारबाट नेपाली बजारमा ठूला सवारीका टायरहरूको मूल्यमा कम्तिमा पनि दुई हजार भन्दा माथिको फरक पर्ने भएको त्यसरी दिनहुँ ल्याउँदा थोक मूल्यमै पाउने गरेका कारण ती सवारीहरूको माध्यमबाट दैनिक लाखौं रुपैंयाँको राजश्व छली भइरहेको

          एक थान पनि टायर छुट्टै खरिद गरी ल्याउनुपर्दा भन्सार राजश्व तिर्नुपर्ने अवस्था रहेको तर गाडीमा फिट गरेर ल्याउँदा कुनै चेकजाँच अनुगमन नहुने गरिएको कारण टायर व्यवसायहरू चोर बाटो अवलम्बन गरी राजश्व छल्न उत्प्ररित भएका हुन्

          वीरगंज, हेटौडा नारायणगढमा मात्र तीन दर्जनभन्दा बढी टायरको पसल रहेको तर तिनीहरूले आफ्नो स्टलमा राखेका टायर कहाँबाट कसरी ल्याएर राखेका छन् भन्ने विषयमा सम्बन्धित निकायबाट कुनै अनगमन कारवाही भएको नदेखिएकै कारण तस्करी गरी राजश्व चुहावटलाई निरन्तरता दिएको स्रोत बताउँछ

          यसरी तस्करहरूले दैनिक रुपमा नेपाल सरकारको राजश्व छली गर्दै आफू मोटाइरहूदा पनि सम्बन्धीत निकाय मौन भई बसिरहनुको कारण बुझ्न सर्वसाधारणमा कौतुहलता छाएको

SHARE THIS

Author:

Facebook Comment