आखिर वर्तमानबाट निवर्तमान अध्यक्ष भए टेमानी


क्राइमचेक प्रतिनिधि/
वीरगंज/दुर्इ वर्षसम्म थुप्रै कार्यक्रममा प्रमुख अतिथि भएर र सहभागिता जनाएर गमक्क परेका वीरगंज उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष अशोककुमार टेमानीको फुलेको गाला अब पच्किएको छ । आखिर टेमानी वर्तमानबाट निवर्तमान अध्यक्ष भर्इसकेका छन् ।
      साधारण व्यवसायी भएर पनि अनेक तिकडम लगाएर अध्यक्ष बन्न सफल टेमानी वीरगंज उद्योग वाणिज्य संघको अहिलेसम्मको सबैभन्दा लो प्रोफार्इलका अध्यक्ष हुन् । उद्योगी व्यवसायीमा चाहिने कुशलता भन्दा चापलुसी र चलाखी को कुशलता टेमानीमा प्रचुर मात्रामा छ । त्यसैको सहारामा उनी अध्यक्ष बन्न सफल भएको वीरगंजका स्थानीय व्यवसायीहरु बताउंछन् । वीरगंजको लोहारपट्टीमा उनको बुवाले खोलेको सियोधागो र टाँकको पसलमा यिनै कुरा बिक्री गरेर टेमानीको युवा अवस्था बितेको थियो ।
अहिलेपनि  उनको दाइ र भतिजाको पसल त्यही ठाउंमा रहेको छ ।
      ठूलो ठूलो गफ हाँक्ने तर कामले माखो पनि नमार्ने टेमानी अत्यन्त कंजुस व्यापारीको रुपमा पनि वीरगंजमा चिनिन्छन् । उनको अफिसमा काम विशेषले जाने जो सुकैलार्इ चिया त के पानी पनि नसोध्ने गरेको परिचितहरु बताउंछन् । छोरा यस टेमानीको नाममा खोलेको उनको कम्पनीले सिमेन्ट तथा केमिकलको आयात गरेर वीरगंजमा ब्यवसाय गर्दथ्यो । भारतको अल्ट्राटेक सिमेन्टको नेपालको लागि आयात र डिलरको काम पनि उनले गरेकाछन् ।  वीरगंजमै रहेको साल्ट एण्ड स्वीट कन्फेक्शनरी नामको चकलेट उद्योगमा टेमानीको पनि शेयर छ ।
       आफु वीउवा संघको अध्यक्ष बन्ने बित्तकिै राष्टि्रय मिडियामा काम गर्ने केही पत्रकारहरुलार्इ बोलाएर वीरगंजको जल्दो बल्दो कुनै एक समस्याको बारेमा हरेक महिना सरकारी निकायका अधिकारीहरुलार्इ पनि बोलाएर गहन छलफल र विश्लेष्ण गर्ने बताएका थिए । तर त्यो छलफल तत्कालको जल्दो बल्दो लोडसेडिंगको समस्या र त्यसले उद्योग क्ष्ोत्रमा पारेको प्रभावको विषयमा बाहेक त्यो फेरि अर्को विषयमा गरिएन । टेमानीकै कार्यकालमा अत्यन्त प्रचार र प्रसार गरिएको वीरगंज नेकस्पो भएको थियो । जुन नेकस्पोको अन्तिम रात आएको आँधीहुरीले नेकस्पो मात्रै खत्तम भएन कि टेमानीको साख पनि हल्लार्इ दियो नेकस्पोमा आएका भारत र पाकिस्तानका व्यापारीसंग वीउवा संघका कर्मचारीले गरेको दुव्र्यव्हारले टेमानी कति आधारहीन कुरा र काम गर्छन् भन्ने छर्लङ्ग भएको थियो । अन्तराष्टि्रयस्तरको मेला भनिए पनि यसले स्थानीय स्तरको व्यापार पनि गर्न नसकेको वीउवा संघ स्रोतले बताएको छ । र त्यो जग जाहेर भएकै हो ।
     नेकस्पो अवधिभर अत्यन्त तनावमा देखिएका टेमानीले दैनिक १० लाखको पनि व्यापार गर्न धौ धौ परेको उक्त मेलामा पत्रकारहरुलार्इ त्यसको सय गुना बढाएर करोडौं ब्यापार भएको जानकारी पत्रकारहरुलार्इ दिन्थे । जसले उनको समाचार चापलुसी गरेर छापथ्यो त्यसप्रति अनुग्रहित हुने गर्दथे । कुनै सोधखोज नगरेरै कान्तिपुरमा नेक्स्पोको समाचार हरेक दिन आउँथ्यो त्यही भएर कान्तिपुरका संवाददाता शँकर आचार्य टेमानीको अत्यन्त पि्रय पत्रकारको रुपमा चिनिन्छन् । टेमानीले नेक्स्पोमा आफूले भने बमोजिम नगरेको र आफुलार्इ नसोधेर नेक्स्पोमा रहेको वीउबा संघको अस्थायी अफिसमा आफु मातहतका कर्मचारीलार्इ मनलाग्दो गाली गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । उनी आफू जे भन्छन् त्यसको ठीक उल्टो गर्छन् । आश्वासन दिनमा खप्पिस टेमानीको कार्यकालमा सम्पन्न वीरगंज नेक्स्पो उनको कार्यकालको एउटा नमेटिने दाग हो । उनकै समवयी व्यवसायीहरु टेमानीमा नेतृत्व क्षमता नभएको बताउँछन् । र यो कुरा उनको विगतको कृयाकलापले प्रमाणित गरिदिएको छ ।
      वीउबा संघका कर्मचारी मनोज उपाध्यायले पाकिस्तानबाट आएर छालाका उत्पादनहरुको मेलामा स्टल लगाएका ब्यापारीलार्इ थर्काएर जबरजस्ती छालाको ओभरकोट लिएर पैसा तिरेका थिएनन् । ती पाकिस्तानी व्यापारीलार्इ उपाध्यायले घुस दिनकालागि थर्काएको र दिन नमान्दा उनको स्टल नै बन्द गरार्इदिने धम्की दिएकोको भिडियो रेकर्डिगँ नै बनेको छ । आँधीहुरी आएर पानी परेपछि  ती पाकिस्तानका ब्यापारीले बिक्रीकालागि ल्याएको छालाको सामानहरु सबै भिजेको थियो । जानेबेलामा अत्यन्त सस्तो मूल्यमा सामान बेच्न बाध्य भएका पाकिस्तानी व्यापारीले रुँदैं उपाध्यायलार्इ सत्तोसराप गरेर गएका थिए । यो सबै कुरा थाहा पाएर पनि टेमानीले न उपाध्यायलार्इ केही भने न कुनै कारवाही नै गरे ।  जानकारहरु उपाध्याय टेमानीको दाहिने हात भएको बताउंछन् ।
      दुर्इ वर्षको कार्यकाल विभिन्न विवादमा परेर विताएका टेमानीले जाँदाजादैं अर्को बदनामीको पोको  बोकेका छन् । त्यो हो चरित्रहीन र भ्रष्ट पत्रकारको चिनारी बनाएका ओमप्रकाश खनाललार्इ अभियान दैनिकको वीरगंज कार्यालयको र्इन्चार्ज बनाउन गरेको सिफारिशले उनी थप दुर्गन्धित भएकाछन् । टेमानीले आफ्नो कार्यकालमा बारा, पर्सा करिडोरमा देखिएको विभिन्न आैद्योगिक समस्याहरुको समाधान निकाल्न सकेनन् । न उनको पालामा कुनै बन्द भएको उद्योगहरु नै खुल्न सक्यो । डेलिगेशन लिएर अर्थमन्त्री र प्रधानमन्त्रीलार्इ भेट्न राजधानी सम्म गएका तिकडमबाज टेमानी अध्यक्ष भएदेखि लगातार दुर्इ वर्षसम्म समाचार बने र बनाइए । अब उनी निवर्तमान भएर भुतप्रेत (पूर्व) हुदैं  गुमनामीको अँध्यारोमा हराउनेछन् ।
 (प्रकाशित मिति २०६९ माघ ४ गते बिहीवार)

SHARE THIS

Author:

Facebook Comment