तिन् दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन

फागुन २९
 मधेशी जनतामा रहेका पहाडीयाहरुले बर्षौदेखि शोषण  मात्रै गर्दै आएको तथा मधेशी जनतालाई दासको रुपमा हैर्ने प्रबृतिलाई चिर्दै पहाडिया समुदायका ब्यक्तिलेपनि  मधेश तथा मधेशी जनतालाई सहयोग गर्ने रहेछ भन्ने सन्देश दिएको पुर्वमन्त्रि तथा  मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रि)का बरिष्ट उपाध्यक्ष रामेश्वर राय बताउनुभयो ।
सर्लाहीको खोरीया गाबिस स्थित चक्करघटा बजारमा गत बिहिबार देखि संजिबनी प्रतिष्ठानको आयोजनामा सञ्चालन गरीएको शिबिरको समापनकार्यक्रम बोल्दै यादवले  निशुल्क शिबिरले बिगत छ महिना देखि चल्दै आएको मधेश आन्दोलन र मधेशमा भएका केही साम्प्रदायिक हिंसाका बिच पनि मधेशी काठमाण्डौ २५ जनाको टोली मधेशको गाउँघरसम्म आई निशुल्क शिबिरमा सेवा दिनु आफै एउटा चुनौतीपुर्ण काम रहेको टिप्पणी समेत गर्नुभयो ।
 तिनदिने निशुल्क स्वास्थ्य शिबिरमा खोरीया ,गोइयाहि, बेल्ही , पडरीया ,सुन्दरपुर मदनपुर र मोतिपुरका लगभग छ हजार बिरामिको स्वास्थ्य उपचार गरीएको अल्का अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी गराउनुभयो । सो शिबिरमा जनरल फिजिशियन तथ ग्याटोलोजी ,छाला तथा यौन रोग ,आँखा रोग प्रसुती सेवा लगायत निशुल्क प्याथोलोजी सेवा पनि सञ्चालन गरीएको डा. थापाले बताउदै सो शिबिरमा उपचार गरीएको सम्पुर्ण बिरामीहरुलाई २५ लाख बराबरको औषधिपनि निशूल्क बितरण गरीएको जानकारी समेत गराउनुभयो ।
सोही शिबिरमा संजिवनी प्रतिष्ठानका कोषाध्यक्ष बिक्रम रायले यो शिबिरले पहाडलाई अप्ठेरो पर्दा मधेश चाहिने तथा मधेशमा समस्या हुदाँ पहाड चाहिने भन्ने संन्देश दिएको बताउदै संजिबनी प्रतिष्ठानले बनाउनलागेको २५ सैयाको अस्पतालले यस बरपरका करीब २० गाँउ लाभान्वित हुने र निकट भबिश्यमा समेत यस्ता शिविर यस प्रतिष्ठानले गर्ने अठोट समेत ब्यक्त गर्नुभयो ।

मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक )का बरीष्ट अपाध्यक्ष रामेश्वर रायको बिषेश पहलमा अल्का अस्पतालको सह आयोजन  तथा लाएन्स कल्ब अफ अल्का ,लियो कल्ब अफ अल्काको प्राबिधिक सहयोग तथा प्यारी मातृभुमि सामुदायिक बिकास केन्द्रको समन्वयमा सञ्चालन गरीएको हो ।


SHARE THIS

Author:

Facebook Comment