जारी संबिधान पुनः लेखन नगरे सम्म आन्दोलन नरोकिने – पुर्वमन्त्री राजकिसोर यादव

वीरगंज,फागुन ३०
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका राष्ट्रिय अध्यक्ष राजकिसोर यादवले वीरगंजमा संचारकर्मीहरु संग कुरा गर्दै वर्तमान सरकार र प्रमुख दलहरुले जारी मधेस आन्दोलन सम्बोधनको सट्टा तुहाउने फोहरी खेलमा लागेको आरोप लगाए ।
जारी मधेस आन्दोलनको क्रममा प्रमुख दलहरुले जारी गरेको संबिधान पुनः लेखन नगरे सम्म आन्दोलन नरोकिने बताउदै मधेसका जनताहरु पुनः एक पटक निर्णायक आन्दोलनको लागि तयार हुनु पर्ने बताउनु भयो । वर्तमान संबिधान आई.सि.यु. अवस्थामा रहेको र अधिकार र पहिचानको लागि भइरहेको मधेस आन्दोलनलाई सम्बोधन नगरि सरकार टिकाउनमा मात्र प्रधानमन्त्री लागेको बताएका थिए ।  सात दलिय संयुक्त लोकतान्त्रि मधेसी मोर्चाका नेता समेत रहेका यादवले मोर्चा भित्रका ठुला नेताहरु समेत निर्वाचन क्षेत्रलाई ध्यान नदिइ सम्रग मधेसलाई केन्द्र बिन्दु बनाई अन्तिम लडाईमा ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए ।सरकारले वार्ताको नाममा नौटंकी मात्र गरिरहेको बताउदै तराई मधेसमा मधेस बिरोधी पार्टीहरुले सभा सम्मेलनको नाउमा आन्दोलन तुहाउने र सम्प्रदायिकता फैलाउने काम गरिरहेको बताएका थिए । जारी मधेस आन्दोलनको क्रममा शहिद भएका एवं घाइते भएकाहरुको रगतको कुर्वानी खेर नजाने बताउनुभयो । संचारकर्मीहरु संग संक्षिप्त कुराकानी गर्ने क्रममा फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य संजय यादव,पर्सा जिल्ला अध्यक्ष मुस्तकिम अंसारी,उपाध्यक्ष नुरु आलम अंसारी लगायतको समेत उपस्थिती रहेको थियो ।


SHARE THIS

Author:

Facebook Comment