श्रेष्ठलाई स्वर्गीय गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार

वीरगन्ज,२१ फागुन ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको स्वर्गीय गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कारबाट वीरगन्जका पत्रकार राजु श्रेष्ठलाई प्रदान गरिएको छ ।

पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आज एक समारोहको आयोजना गरी एभीन्यूजन टेलिभिजनका वीरगन्ज ब्यूरो प्रमुख राजु श्रेष्ठलाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेले उहाँलाई नगद सहित सम्मान पत्रबाट सम्मान गर्नुभएको हो । पुरस्कारको राशी रु. २५ हजार रहेको छ। नेपाल पत्रकार महासंघ पर्साले शाखाले शाखाका उपाध्यक्ष धुब्र्र साहको संयोजकत्वमा गठन गरेको पुरस्कार छनौट समितिले दिएको नामका आधारमा श्रेष्ठलाई पुरस्कृत गरिएको हो  । समितिका सदस्यहरुमा पूर्व अध्यक्ष द्वय केसी लामिछाने र शत्रुघन नेपाल रहनु भएको थियो ।

कार्यक्रममा आफ्ना बिचार राख्ने बक्ताहरुले पत्रकार राजु श्रेष्ठले पत्रकारितामा पु¥याइ रहेको योगदान तथा शाखाका पूर्व अध्यक्ष स्वर्गीय गोपाल गिरीले प्रदान गरेको योगदानको चर्चा गरेका थिए। नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराको अध्यक्षतमा र सचिव कृष्णउदास खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा गिरीका सुपुत्र गिरिश गिरी र सम्मानित ब्यक्तित्व राजु श्रेष्ठ सहित नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक तथा केन्द्रीय सदस्य शीतल महतो,बरिष्ठ पत्रकार जगदिश शर्मा,उधोग बाणिज्य संघका केन्द्रीय सदस्य बिजय सरावगी,सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानी,वीरगन्ज उधोग बाणिज्य संघका अध्यक्ष प्रदीप केडिया,नेकपा एमालेमा नेता डा.बिश्वम्भर शर्मा,संघीय समावेशी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादव,नेपाल बार एसोशिएन पर्साका अध्यक्ष प्रमोद साह लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य शाखाका उपाध्यक्ष धु्रब साहले राख्नु भएको थियो । सो अवसरमा पत्रकार महासंघका पूर्व मध्यमाञ्चल संयोजक एवम् केन्द्रीय सदस्य महेश दास,बरिष्ठ पत्रकारहरु शुद्र्धशनराज पांण्डे,शंकर खतिवडा,वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाइ सहित प्रेस चौतारीका केन्द्रीय सदस्य लालबावु शेख,जिल्ला अध्यक्ष प्रताप श्रेष्ठ,क्रान्तिकारी पत्रकार संघ पर्साका अध्यक्ष नीरज पिठाकोटे मगर,मधेशी पत्रकार समाजका अध्यक्ष सन्तोष पटेल,महिला पत्रकार समूहकी अध्यक्ष लक्ष्मी खरेल लगायतको उपस्थिति रहेको थियो । गिरीलाई तत्कालिन बिद्रोही माओवादीले ०६० साल माघ १ गते हत्या गरेका थिए भने उहाँकै संझनामा पत्रकार महासंघ पर्सा शाखाले पुरस्कारको स्थापना गरेको हो ।


SHARE THIS

Author:

Facebook Comment