.
सिरहा, २९ फागुन ।
फरार सूचीमा रहेका इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ड लिंक लहानका तत्कालिन डाइरेक्टर राजकुमार श्रेष्ठ लामो समयपछि आज प्रहरीको फन्दामा परेका छन् ।
दुरसंचार राजश्व ठगी’ मुद्दाका फार अभियुक्त श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले पक्राउ गरेको हो । गोलबजार नपा ७ का श्रेष्ठ घरबाटै पक्राउ परेका छन् । उनलाई अहिले ईलाका प्रहरी कार्यालय गोलबजारको हिरासतमा राखिएको छ । आवश्यक कारबाहीका लागि भोली आइतवार जिल्ला प्रहरी कार्यालय सिरहामा श्रेष्ठलाई पेश गरिने प्रहरी निरीक्षक निरौलाले जानकारी दिए । श्रेष्ठमाथि ०६७ असोज २० गते ‘दुरसंचार राजश्व ठगी’ मुद्दा दर्ताको थियो । स्रोतका अनुसार पक्राउ परेका श्रेष्ठ ‘कल बाइपास’ गरी नेपाल टेलिकमको करोडौंको राजश्व चुहावट गरेका छन् । तर राजनीतिक दलको बलमा उनी प्रहरीको फन्दाबाट लामो समय बाहिर रहे !
साभार मधेश डट कम