नेपाली जन संपर्क समिति भारतको भूमिका

पाठक बिचार
पिडा, ब्यथा र कष्टका साथ लाखौ लाख नेपालीहरु बर्तमानमा भारत लगायत अन्य मुलुकमा रोजगारीका लागि जान बाध्य छन !  भारतमा नेपालीहरु बाइसे चोबिसे राजाहरुको पालादेखी र भारतमा मुसलमान को शासन देखी सुरु भयको इतिहासले दर्शाउछ । त्यतिखेर नेपालीहरु मान धन र पदका निमीत्त गोरखा रेजिमेन्ट मा भर्ती हुन थाले । तस्पश्चात नेपालको नागरिकमा ब्रिटिशको केही प्रभाब पर्दै गयको मान्न सकिन्छ । भारत रोजगारीका लागि नेपाली को पहिलो गन्तब्य पनी हो ।

भारतको कुना कुना मा नेपालीहरुको आवत जावत त्यो बेला देखी नै सुरु भयको हो । पहिला भारतमा नेपालीहरु  फौजमा भर्ती हुन जाने गर्दथे, होटल फ्याक्ट्री कलकारखानामा काम गर्ने  नेपाली कमै मात्र हुने गर्दथे । नेपालीको सान बिश्वास र इमान भनी सम्बोधन गर्ने भारतिय जनतामा नेपालीको ठुलो प्रभाब थियो ।  याहा आयो गोर्खाली भन्दै नेपाली संग डराउने गर्दथे ।

जब नेपालीहरु फौजमा मात्र सिमित रहेनन ।  कलकारखाना , कोठी , चौकिदारी र होटलमा काम गर्न थाले भनी कती नेपालीले आफनै पेशा समेत गर्न थाले । बिस्तारै नेपालीको भारतमा चाप बढदै गयो । भारतिय हरुले पनी नेपाली हरुलाइ ठुलो बिश्वास गर्न थाले । भारत अंग्रेज बाट स्वतन्त्र भयो । भारतमा लोकतान्त्रिक संसदीय ब्यबस्थाको सुरुवात भयो र भारतीय जनतामा निकै खुशी थियो । यता नेपालीहरु भारतको हरेक प्रान्तमा रोजगारीका लागि जान थाले सिविलमा रोजगारी गर्नी नेपाली बढदै  गए ।

त्यति बेला देखिनै भारतका प्रान्तहरुमा नेपालीहरु माथी हत्या हिंसा दन्द र अराजकता जस्ता घटनाहरु घटेको देखिन्छ । नेपालीमाथि भारतीय पक्षबाट घटेका घटनाहरुको खासै सुनयोचित न्याय भयको पाइदैन । आवश्यकता र बिश्वस्नियताका कारण भारतका उध्योगपतीहरुले नेपाली लाई खोजी खोजी रोजगारी दिने गर्दथे । कैयो नेपाली रोजगार दाताले सोचे जसतो प्रश्रिमक पाएको देखिदैन । डर धम्की देखाएर नेपाली माथी मालिकको हैसियत जमाउने गर्दथे ।

कैयो नेपाली चेलीहरु बेस्यालयमा बेचिएका छन त्यो बेला देखिनै । नेपाली दलाल आफन्त र भारतिय पक्षले नेपाली चेलीहरु बेस्यालयमा बेचेको प्रमाण हरु भेटिन्छन ।

नेपालीहरु माथी हुने अन्याय अत्याचार दमन शोषण हत्या नारी बेचबिखनका विरुद्ध जननायक बि पी कोइरालाले मुम्बईको मुलन्द सहरमा नेपाली जन संपर्क समिति भारतको स्थापना सन 1976 जुन 13 का दिन गरेका थिए । प्रबाशमा रहने नेपाली हरुको सबै भन्दा जेठो संगठन पनी हो ।
नेपालीहरु माथी हुने अन्याय अत्याचार दमन शोषण हत्या नारी बेचबिखनका बिरुद्ध जननायक बि पी कोइराला ले मुम्बईको मुलन्द सहरमा नेपाली जन संपर्क समिति भारतको स्थापना सन 1976 जुन 13 का दिन गरेका थिए । प्रबाशमा रहने नेपाली हरुको सबै भन्दा जेठो संगठन पनी हो ।

स्वर्गीय बि पी कोइरालाको योगदान अतुलनीय रहेको छ जन संपर्क समिति भारतको स्थापना मा । यो संगठनले जागरुकता अभियान चलाउदै प्रबाशमा रहने नेपाली हरुको बिच मैत्रीपूर्ण संबंध बनाउदै एकता र बिश्वस्नियता कायम गरी भारतिय पक्षबाट हुने अन्याय अत्याचार दमन शोषण हत्या हिन्सा र नारी बेच बिखनका बिरुद्ध आवाज उठाउन थाल्यो ।

तिब्रगतिमा नेपाली जन संपर्क समिति भारतको शाखा र  क्षेत्रहरु गठन हुदै गय । नेपालीहरु सो संगठन संग आबद्ध हुदै पुर्बमा मुम्बई,  पश्चिममा चण्डीगढ़  ( पंजाब  ) उत्तरमा दिल्ली,  मध्यमा भोपाल ( मध्य प्रदेश ) र दक्षिणमा चेन्नई  ( तमिलनाडु ) गरी पाच क्षेत्रको स्थापना भयो ।

यी क्षेत्र हरुमा रहने नेपाली हरु लाई संगठित गर्दै उनीहरु माथी हुने अराजक कृत्यका बिरुद्ध भारतिय प्रशासन , सरकार र मिडीयाहरुमा आवाज उठाउदै ग्यापन पत्र समेत दिने काम गरयो ।
नेपालको राजनिती घटना क्रममा पनी नेपाली जन संपर्क समिति भारतको ठुलो भुमिका रहेको छ ! नेपालको आन्दोलनमा पनी ठुलै भुमिका देखीन्छ ।

2007 , 20046 , र 2062 - 63 का आन्दोलन हरुमा नेपाली जन संपर्क समिति भारतको भुमिका अत्यंत महत्वपूर्ण मानिन्छ ।

आज भारतमा मात्र होइन बिश्वका अनगिनती देशहरु मा नेपाली जन संपर्क समिति स्थापित भैसकेको छ ।

महासचिव योगेन्द्र गौतम । नेपाली जन संपर्क समिति दक्षिण भारत



SHARE THIS

Author:

Facebook Comment