संघीय गणतन्त्रःतातो भुङ्ग्रो

–मिनबहादुर थापा
नेपाल संघिय गणतन्त्र र धर्म निरेपेक्ष को  यो अहिले को  तातो भुङ्ग्रो मा  किन र कसरि फस्यो ? मेरो सानो  बिबेचना छ कतिपय साथी हरु लाइ यो मेरो भनाइ मन पनि पर्ला कतिपय साथी हरु लाइ जो गाँजा भाङ्ग को सेवन ले लट्ठ परे जस्तो गणतन्त्र र धर्म निरेपेक्ष ले लटिएका आफ्नो शरीर नाश हुँदा सम्म पनि नथाहा पाउने भएका अर्ध चेत को अवस्था मा पुगेका जे आफु ले गरेको छ तेही नै ठिक भन्ने लाइ त मन नपर्ला नै तै पनि म आफ्नो सानो बिबेचना राख्ने कोसिश गर्छु कुन कारण र के कारण ले गर्दा हामी यो अवस्था मा आइपुगिउ | नेपाली कांग्रेस भने को पहिले देखि आज का दिन सम्म कोइराला परिवार को पार्टी हो |यो पार्टी लाइ कोइराला परिवार बाट निकाल्न गणेश मान जी किसुनजी ले पनि सक्नु भएन |शेर बहादुर देउबा पनि अन्तिमा गिरिजा कै टंगा मुनि गए अरु नेता कार्य कर्ता दास नै हुन् | तेसर्थ  नेपाली कांग्रेस मा गिरिजा ले जे भन्यो तेही हुन्थ्यो अहिले पनि गिरिजा ले खने को बाटो राम्रो होस् नराम्रो होस् आम कांग्रेस तेसै मा कुदै छन् भोलि देश डुबोस कांग्रेस सिदियोस उनि हरु लाइ अलिकति पनि बिबेक ,होस् छैन यहि कुरा उनि हरु लाइ प्रिय छ कुनै पनि नेता मा गिरिजा को बाटो भन्दा अर्को बाटो राम्रो छ भन्ने शाहस छैन | गिरिजा एउटा प्रजातन्त्र भित्र का हटी र महत्वोकान्क्षि स्वभाब भएका व्यक्ति हुन् उनमा म भन्दा हामी भन्ने भावना कहिले पनि आएन आएको भए गणेश मान जी किसुनजी ले आफ्नो जीवन को अन्तिम अवस्था मा आएर नेपाली कांग्रेस छोड्नु पर्ने नै थिएन | अर्को कुरा आफ्नै दाजु को राजनैतिक सिद्दान्त संबैधानिक राजतन्त्र र बहुदलिय संसदीय व्यवस्था लाइ पनि आफ्नो व्यक्तिगत स्वार्थ  का कारण लात हान्ने थियेनन | उन लाइ तेतिबेला राजा संग रिष र ईर्ष्या भएका कारण विभिन्न अन्तरराष्ट्रिय शक्ति भारत ,युरोपियन हरु र देशी शक्ति बिसेश सबै कमुनिस्ट हरु ले गिरिजा बाबु तपाई नै हो अब देश को पहिलो रास्ट्रपति भन्दिए यति कै मा गिरिजा ठुलो गणतन्त्रबादी भएर निस्किए | माओबादी ,एमाले भनेका जन्मजात  नै राजा र धर्म बिरोधि हुन् उनि हरु लाइ के खोज्छस कानो आँखो भै हाल्यो | कमुनिस्ट हरु भने का कस्ता मनिसिकता का हुन्छन भने राष्ट्र भन्दा ठुलो आफ्नो पार्टी हो भन्ने मानसिकता का हुने गर्छन |कालो लाइ सेतो सेतो लाइ कालो भन्नु उनि हरु को धर्म हो कमुनिस्ट हरु को स्कूलिंग नै यस्तै हुन्छ | उता भारत लाइ राजा हटाए पछि भुटान या सिक्किमीकरण गर्न का लागि सजिलो हुने थियो र हाल तेही भैरहेको छ | युरोपियन लाइ राजा र हिन्दु राष्ट्र हटाउने बितिकै समाज सेवा को नाममा विभिन्न  एनजीओ मार्फत इसाई धर्म को प्रचार गर्दै नेपाल मा आफ्नो अड्डा बनाउनु   थियो तियो अड्डा मार्फत नेपाल का ठुला क्षिमेकि राष्ट्र को गुप्तचार गर्दै कालान्तर मा चिन ,भारत लगाएत सबै लाइ नियन्त्रण गर्ने | यो सबै आ आफ्ना स्वार्थ मिलेका कारण आज नेपाल यो तातो भुन्ग्रा मा फसेको छ तातो भुङ्ग्रो भने को संघिय गणतन्त्र र धर्म निरेपेक्ष हो यसलाई समय मा पानि हालेर चिसो नबनाए राष्ट्र जल्ने निश्चित छ |पानी भने को संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नै हो सबै लाइ चेतना भया|???

SHARE THIS

Author:

Facebook Comment