दरबार हत्याकाण्ड र मदन आश्रित दुर्घटनाका दोषी ??

– मिनबहादुर थापा

राजा बिरेन्द्रको बंश नाश  अर्थात् दरबार हत्याकाण्ड र मदन भण्डारी, जीवराज आश्रित दुर्घटनालाई षड्यन्त्र हो भनि जबर्जस्ति राजनीतिकरण गर्ने दलका ठुला नेताहरुले सर्ब शक्तिमान सरकार बनाएर देशको उच्चपद रास्ट्रपति समेत भै सकेका छन् पालै पालो झन्डै आधा दर्जन राजा बेगारको शक्तिशाली देशको लगभग श्री ३ जस्तै अधिकार प्राप्त प्रधानमन्त्री पनि बनिसके का छन् |

स्वयम् मदन भण्डारी कि अर्धाङ्गिनी अर्थात धर्मपत्नी विद्यादेवी भण्डारी राष्ट्र को सर्वोच्च पद राष्ट‍्रपति मा समेत विराजमान भएकी छिन् |  तत्कालिन अवस्था मा यि दुवै घटना या दुर्घटना लाइ अतिरंजित तरिकाले नेपाली जनमानसमा उछालियो | जनता कुहिरा को काग बन्न बाध्य बने दरबार हत्याकाण्डको बारेमा देख्ने सुन्ने चस्मदित साक्षी अर्थात प्रत्यक्षदर्शीले दिएको बयानलाई कृतिम भनियो | शंका उपशंका र राजनैतिक घाटा फाइदालाई तौलिएर बोलेको भरमा राजा ज्ञानेन्द्र र युबराज पारशलाई औल्याउने काम गरियो |

उता मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनाले मृत्यु भएका हुन् वा मारिएका हुन् भन्ने बारेमा पनि तेतिबेला दरबारलाइ नै चोर नेता का चोर औला ठड्याउने काम गरियो |  यो दुर्घटनाबाट बाच्चे  चालक अमर लामा केहि वर्ष जेल बसेर निकिलिए उनको बयानलाई पनि कृतिम नै हो भनि विश्वास गरिएन अन्त्यमा उनलाई पनि अदृस्य शक्तिले गोलि हानी हत्या गर्यो |

अब नेपाली जनता चहान्छन्  यी दुवै घटना दुध को दुध पानीको पानी होस् | यी घटना या दुर्घटनालाई नचाहिंदो रुपमा राजनीतिकारण गरेर त्यसको फाइदाले शासन सत्तामा पुग्ने आज राष्ट्रका ठुला पदमा विराजमान भै ढलीमलि गरिरहेका छन् |  चाँडो भन्दा चाडो सहि सत्य कुरा अहिले को सरकारले घटनाको बारेमा पत्ता लगाई नेपाली जनता सामु ल्याओस स्वयम् विद्याजी पनि रास्ट्रपति मा हुनुहुन्छ | अन्यथा अब पनि सत्य तथ्य कुरा लाई पन्छाएर पहिलेको जस्तै चुनाब को बेला भोट माग्दा आफ्नो दल लाइ सत्ता मा पुर्याउन फेरी पनि ज्ञानेन्द्र , पारस, दरबार भनिए छ भने तेतिबेला नेपाली जनताले यो काण्डका दोषी तिमीहरु नै हौ,  किन कि घटनाका कारण सबै भन्दा फाइदा तिमीहरुले नै लिएका छौ भन्न बाध्य हुने छन् |  यथार्थ पनि यहि हो |


SHARE THIS

Author:

Facebook Comment