वीरगंज,भदौ ६
संघिय समावेसी मधेसी मोर्चामा मधेसी जनअधिकार फोरम गणतान्त्रिक र जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी समुह)ले आज मोर्चामा समाहित भएका छन् । मोर्चाद्वारा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेल मधेस मुक्तिका लागि भईरहेको आन्दोलनलाई सफल पार्न मोर्चामा समाहित दुई दलका कारण मोर्चाको ईच्छा शक्ति बढेको र अगामी दिनमा शक्ति संचय एवं अन्य दलसंग कार्यगत एकता गर्दै अगाडी बढने बताए । एक अर्को प्रसंगमा नेता पटेलले हाम्रो मोर्चा कसैसंग पुर्वाग्रह नराखी बिशुद्ध मधेस प्रान्त स्थापना गराउनकोलािग संर्घष गरिरहेको र अगामी दिनमा मोर्चा पुरक ढंगबाट जनतासम्म प्रस्तुत हुने बताए । पत्रकार सम्मेलनमा मोर्चामा सम्मिलीत फोरम गणतान्त्रिकका महासचिव महम्द कदम रसुल र जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी समुह)का अध्यक्ष महाराज यादवले यो मोर्चाका नेताहरु अरुभन्दा संर्घषशिल एवं मधेस प्रति ईमन्दार देखिएकोले आफुहरु साथ दिन तयार भएको र आन्दोलन सफल नहुन्जेल आफनो सम्पुर्ण शक्ति आन्दोलनमा लगाउने प्रतिवद्धता व्यक्त गरेका थिए । सम्मेलनमा नेकपा माओवादी पर्सा ईन्र्चाच छोटेलाल यादवले मधेस मुक्तिको आन्दोलनका संर्घषरत अन्य मोर्चामा रहेका दलप्रति जनताको बिश्वास जुटन नसिकरहेकोले आम जनता सम्क्ष आन्दोलन पुरयाउन हामी प्रयत्नरत रहेको बताए । संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राजकुमार यादवले आफनो शरिरमा एकथोपा रगत रहेसम्म आफु आन्दोलन सफल पार्न लाग्ने बताए । मोर्चा सम्बद्ध आन्दोलन परिचालन समितीका अध्यक्ष शरीफ अहमदको सभापतित्वमा सम्पन्न सम्मेलनमा सदभावना पार्टी युवा मञ्चका केन्द्रिय उपाध्यक्ष फिरोज मन्सुर, संघिय समाजवादी फोरम नेपालका नेता किसोरी यादव, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य पप्पु पटेल, पर्सा अध्यक्ष मनोज कर्ण,महिला नेतृ मुनी श्रीवास्तव, अनिता रौनियार, नेकपा माओवादी पर्साका सेक्रेटरी शिवशंकर यादव, राष्ट्रिय मधेस आन्दोलन समितीका संयोजक कन्हैया साह,फोरम गणतन्त्रिक पर्साका अध्यक्ष मस्तकिम मियाँ, उपाध्यक्ष्न नुरुआलम लगायतका नेताहरुको उपस्थिती रहेको थियो । संघिय समावेसी मोर्चामा दश दल आवद्ध रहेका छन् ।