क्राइमचेक प्रतिनिधि/
वीरगंज/पर्साको पर्शुरामपुरमा बुधवार दिउँसो खानेपानीको विषयमा विवादपश्चात भएको झडपमा परि आठ जना घाइते भएका छन् ।
प्राप्त जानकारी अनुसार स्थानीय वैद्यनाथ चौरसिया र राम अयोध्या चौरसिया बीच खानेपानीको विषयमा भएको विवादमा कुटपिट हुदा दुवै पक्षका गरी आठ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा जगनाथ चौरसिया, शिवनाथ चौरसिया, अनन्दीदेवी चौरसिया, कुन्दन चौरसिया राम अयोध्या चौरसिया, प्रद्युम्न चौरसिया लगायतका रहेका छन् । घाइतेहरुको वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा अनुसन्धान भई रहेको प्रहरी उपरिक्षक लोहनीले बताउनु भयो ।
उता बाराको सिम्रौनगढ नगरपालिका ८ मा रहेको खानेपानी संस्थानको पानी टयाड्ढीले विगत एक बर्ष देखी पानीको आपुर्ती बन्द गरेको छ ।
प्राविधीक खराबीका कारण पानी टयाड्ढीले पानी आपुर्ती गर्न नसकेको नेपाली खानेपानी संस्थानले जनाएको छ । पानी तान्ने मोटरमा आएको खराबीका कारण यस्तो समस्या आएको हो । पानी टयाड्ढीले खानेपानीको आपुर्ती नगर्दा सिम्रौनगढका उपभोक्ताहरुहरु गुणस्तरहिन पानी खान बाध्य भएका छन । पानी टयाड्ढीमा आश्रीत रहेका उपभोक्ताहरु सब भन्दा बढी मारमा परेका छन् ।
प्रकाशित मितिः२०७१ माघ ८ बिहीवार