औद्योगिक व्यापार मेलामा कृषि मेला प्रर्दशनी र प्रगियोगिता हुने

हेटौडा माघ ५ गते । औद्योगिक व्यापार मेलामा जिल्ला स्तरीय कृषि मेला प्रर्दशनी र प्रतियोगिता हृुने भएको छ ।

 निर्माण व्यवसायी संघ मकवानपुरको रजत महोत्सवको अवसरमा माघ ७ गते देखि हेटौडाको लोकतान्त्रिक (हुप्रा) चौरमा आयोजना हुने राष्ट्रिय निर्माण तथा औद्योगिक व्यापार मेलामा कृषि मेला प्रर्दशनी र प्रतियोगिता हुने कृषि समितिका संयोजक हरि प्रसाद पौडेलले जानकारी दिनुभयो । कृषि विकास कार्यालय मकवानपुरको सहआयोजनामा हुने कृषि मेला प्रर्दशनीमा जिल्लाका कृषि समूह, कृषि सहकारी संस्था र सर्वसाधारण कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको प्रर्दशनी र प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

 प्रतियोगितामा समावेश गरिने कृषि उपजहरुलाई ७ प्रकारमा विभाजन गरिएको छ । जसअन्र्तगत खाद्यान्न बाली बोट÷बाला÷घोगा सहित हुनुपर्ने, तरकारी बाली बोट फल सहित हुनुपर्ने, फलफुलबाली फलको झुप्पा÷हाँगा सहित हुनुपर्ने, आलुबाली बोट सहित आलुको दाना हुनुपर्ने, दलहन तथा नगदे बाली बोट÷हाँगा÷फल सहित हुनुपर्ने, माछा कम्तिमा दुई ओटा जिउँदो माछा हुनुपर्ने र बिविध बाली अन्र्तगत फलेको च्याउ, रेशम, ताजा चाका लगायतका रहेका छन् । कृषि प्रतियोगितामा प्रथम हुनेलाई १ हजार, द्धितिय हुनेलाई ७ सय, तृतीय हुनेलाई ५ सय र सानत्वना हुनेलाई ३ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

 विजेताहरुलाई माघ १८ गते पुरस्कृत गरिनेछ । प्रतियोगितामा सहभागि हुने कृषकहरुले माघ ७ गते बिहान १० बजे देखि अपराह्न ३ बजे भित्र मेला परिसरमा कृषि उपजहरु दर्ता गराउनु पर्ने आयोजकले जनाएको छ ।  कृषि प्रर्दशनीका लागि एम आर सि नेपाल, परिवर्तन नेपाल, नारी सिप श्रृजना केन्द्र मकवानपुर, प्लान नेपाल र सिसिडिएनले सहयोग गरेको कृषि समितिका संयोजक पौडेलले जानकारी दिनुभयो ।

SHARE THIS

Author:

Facebook Comment