वीरगंज ११ पुस ।
उद्योग वाणिज्य महासंघ र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा कर प्रणाली पुनरावलोकन सुझाव संकलन सम्बन्धी कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएको छ । कार्यक्रममा विरगंजका उद्योगी व्यवसायिहरुले निर्यात व्यापारमा आयकरलाई शुन्य बनाउनु पर्ने, विरगंजमा राजस्व न्यायधिकरण र वाणिज्य इजलासको स्थापना गरिनु पर्ने , कृषि उपकरणको आयात भन्दा उत्पादनमा जोड दिनु पर्ने, भन्सार राजस्वमा मात्रै केन्द्रित नभएर उत्पादन र निकासी बृद्धिका लागि राज्यले छुटै नीति अबलम्वन गर्नुपर्ने लगायतका सुझाव राखेका थिए ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्थमन्त्रालय अन्तरगत करप्रणाली पुनरावलोकन आयोगका अध्यक्ष डा.रुप खड्का, आयोगका सदस्य सुदर्शनराज पाण्डे, माधव ढकाल, अर्थमन्त्रालयका सहसचिव राजन खनाल, आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा, भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गना लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा भन्सार आयकर र मुल्य अभिबृद्ध कर सम्बन्धी ३ वटा कार्य पत्र प्रस्तुत गरिएको थियो । वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले आय कर सम्बन्धी कार्य पत्र, वरिष्ठ उपाध्यक्ष प्रदीप केडियाद्वारा भन्सार सम्बन्धी कार्य पत्र र उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अशोक टेमानी द्वारा मुल्य अभिबृद्धि कर सम्बन्धी कार्य पत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वीरगंजका उत्कृष्ट करदाताको रुपमा एपेक्स फर्मास्वीटिकल्स प्रा.लि.का प्रबन्ध निर्देशक विनय कावरा, कर्पोरेन्ट डेभलपमेन्ट बैंकका संचालक विनोद खण्डेवाल र वीरगंज पब्लिक कलेजका संचालक डा.दिपक शाक्यलाई आर्थिक बर्ष आन्तरिक राजस्व कार्यालय वीरगंजले सम्मान गरेको थियो ।