रामसपा वीरगंजको बैठक सम्पन्न ,भेडिहारी र बिर्तामा वडा सम्मेलन गर्ने

वीरगंज ,मंसिर १७
राष्ट्रिय मधेस समाजबादी पार्टी वीरगंजको बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय आर्दशनगरमा नगरसभापति राजुद्दिनबाबुको अध्यक्षतामा बसेको बैठकले आगामी मंसिर २० गते र २७ गते वडा सम्मेलन गर्ने निर्णय  गरेको नगर उपाध्यक्ष पप्पु सिंहले बताए ।

 संगठन प्रमुख प्रदिप सिंह ठकुरीका अनुसार वीरगंज उपमहानगरपालिकाको सवै वडाहरुमा वडा सम्मेलन गरि भव्य रुपमा नगर सम्मेलन गर्ने तयारी अनुरुपनै नगरपालिकाको बिभिन्न वडाहरुमा सम्मेलनहरु भइरहेको बताए । यस अघि वडा नं. २ ,३,९ ,१६ वडाहरुमा सम्मेलन भइसकेको  र अगामी मंसिर २० गते वडा नं. १८ को भेडिहारी टोलमा र २७ गते वडा नं. ४ को बिर्ता धर्मशालामा सम्मेलन भव्य रुपमा गरिने तयारी भइरहेको सभापति राजुदिनबाबुले बताए ।

 आज सम्पन्न नगर समितीको बैठकमा महबुब अंसारी ,मकबुल अहमद ,वकिल हवारी,राजेश्वर राय,अनुरुध गिरी ,इन्दु देवी ,संतोष गुप्ता,राजन अधिकारी,इन्द्र मान्धर ,मुन्नी श्रीवास्तव ,राकेश माली ,सरीता उपाध्याय लगायत नगरपदाधिकारीहरुको उपस्थिती रहेको थियो ।  वडा सम्मेलनमा पार्टीका जिल्ला नेता देखि केन्द्रिय पदाधिकारी लगायत प्रभावशाली नेताहरुको सहभागिता हुने तयारी भइरहेको नगरसभापतीले बताए । 

SHARE THIS

Author:

Facebook Comment