राधेमाइमा सरसफाइ

वीरगंज,
साउन ।
नेपाल महिला कल्याण संस्था राधेमाई र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीको संयुक्त आयोजनामा राधेमाई टोलमा सरसफाई गरिएको छ ।
वीरगंज उपमहानगरपालीका वडा नम्बर १६ स्थीत राधेमाई टोलको वडा प्रहरी कार्यालय अगाडी रहेको नालाहरु फोहोरले जाम भएकोले नेपाल महिला कल्याण संस्था राधेमाई र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीको संयुक्त पहलमा वीरगंज उपमहानगरपालीका बाट स्काभेटर मँगाई फोहोरले जाम भएका नालाहरुको सरसफाई गरिएको नेपाल महिला कल्याण संस्था राधेमाईका अध्यक्ष रेखा घिमीरेले बताउनु भयो । फोहोरहरु नालामा फालिने गरेकाले वीरगंजका अधिकांश नालाहरुमा ढलको समस्या भएको हो । सरसफाई कार्यक्रममा वीरगंज वडा नम्बर १६का वडा सचिव मदन पटेल,सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष विरेन्द्र महतो,उपाध्यक्ष श्याम कुशवाहा,प्रहरी सहायक निरीक्षक यम कुमारी थापा,प्रहरी जवान अरुण साह,दिपेन्द्र कुशवाहा,नेपाल महिला कल्याण संस्थाका विपीन उपाध्याय लगाएतको सहभागीता रहेको थियो ।


SHARE THIS

Author:

Facebook Comment