प्रेस चौतारी पर्सामा केटी पुर्याउने दलालहरु छन्:साह

वीरगंज, २३ साउन/प्रेस चौतारी नेपालका प्रेस चौतारी नेपाल पर्साका कार्यवाह अध्यक्ष संजय साले चौतारी पर्सामा केटीका दलाल पत्रकारहरुको हालीमुहाली बढ्दै गएको भन्दै पदबाट राजिनामा दिएका छन् ।
साहले बिहीवार एक प्रेस विज्ञप्ती जारी गर्दै सार्वजनिक रुपमै राजिनामा दिएका हुन् ।
साहद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, “ उपरोक्त सम्बन्धमा विगत लामो समयदेखि प्रेस चौतारी नेपालमा आवद्ध भई केही महिनादेखि पर्सा शाखाको कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी निर्वाह गर्दै आएको सर्वविदितै छ ।
केही समय यता प्रेस चौतारी नेपाल पर्सा शाखामा विकृति बढ्दै गएको छ । यसमा आवद्ध सञ्चारकर्मीहरूले पत्रकारिता पेशाको मर्म र भावना विपरित कार्य गरी प्रेस चौतारी नेपालको मर्यादा र छविलाई धुमिल पार्ने प्रयासमा लागिपरेका छन्, पत्रकारिता र संगठनको आडमा समाज विरोधी गतिविधि, गलत धन्दा, आफूखुशी मनपरी, चंदा संकलन लगायतका कार्यहरू भइरहेको, संगठन हित विपरित कार्य गर्ने व्यक्तिलाई कोठे बैठकबाट अध्यक्ष बनाउने प्रयत्न लगायतका कामहरूले व्यापकता पाएको छ । प्रेस चौतारी नेपाल पर्सा शाखासँग आवद्ध कतिपयले स्थानीय प्रहरी/प्रशासकहरूको डेरामा केटी पुर्‍याउने काम समेत गरिरहेको चर्चाले वीरगंजमा चौतारीको शाख दिनानुदिन खस्कादो अवस्थामा रहेको छ । चौतारीमा आवद्ध इमान्दार र पेशाप्रति वफादार संचारकर्मीहरू पाखा लाग्दै गएका छन् । यस अवस्थामा आफू एक्लैले संगठन हितमा काम गर्ने जति प्रयास गरेपनि गलत मनसायका व्यक्तिहरूले त्यसमा तगारो हाली सफल हुन नदिन विभिन्न चालवाजी गरिरहादा आफू कार्यवाहक अध्यक्षको हैसियतमा बसेर काम गर्न नैतिकताले नमानेको हुादा यस विज्ञप्तीमार्फत राजिनामा पत्र सार्वजनिक गरेको हुँ ।”


SHARE THIS

Author:

Facebook Comment