विशिष्ट तामाङ व्यक्तित्व तथा उत्कृष्ट विद्यार्थी सम्मानित

चन्द्र घलान, हेटौाडा भदौ /
 तामाङ सञ्चार समूह मकवानपुरले एक कार्यक्रमकाबिच आज (सोमबार) विशिष्ट तामाङ व्यक्तित्व तथा २०७० सालको एस.एल.सी परिक्षामा मकवानपुर जिल्लाका सामुदायिक विद्यालयतर्फबाट विशिष्ट श्रेणी ल्याउन सफल तामाङ विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
आईतबार परेको २० औा तामाङ सञ्चार प्रसारण दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्थाले साहसी तामाङ समाजसेवीका रुपमा ख्याति कमाउनु भएकी तथा महिला हिंसा न्युनिकरणमा सहयोग गरीरहनुभएकी टिस्टुङ निवासी सुनिता दोङलाई सम्मान गरेको छ । त्यस्तै समूहले मकवानपुर जिल्लामा शिक्षाका क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याउनुभएकोमा जिल्ला शिक्षा कार्यालय मकवानपुरका अगुवा श्रोतव्यक्ति दोर्जे लामा स्याङ्तानलाई सम्मान गरेको छ ।
संस्थाले गत वर्ष जस्तै यस वर्ष पनि एस.एल.सी परिक्षामा मकवानपुर जिल्लाका सामुदायिक विद्यालयतर्फबाट विशिष्ट श्रेणी ल्याउन सफल २ जना तामाङ विद्यार्थीहरुलाई सम्मान गरेको छ । हेटौंडा–१४ पदमपोखरीमा अवस्थित श्री महेन्द्र उ.मा.वि.बाट विशिष्ट श्रेणीमा उतिर्ण हुन सफल माला दोङ र एलिसा गोलेलाई सम्मान गरिएको हो । सम्मानित विद्यार्थीमध्ये माला मकवानपुर जिल्लामा छात्रातर्फ नै जिल्ला प्रथम भएकी थिईन् । उनले ८७.८ प्रतिशत अंक ल्याएकी थिईन् । त्यसैगरि सम्मानित एलिसाले ८०.२ प्रतिशत अंक ल्याएकी थिईन् । उनीहरुलाई टिजी ग्रुप मकवानपुरले डिक्सनरी सहयोग गर्नुभएको थियो ।
तामाङ सञ्चार समूह मकवानपुरका अध्यक्ष दुदुमाया सिन्तानको अध्यक्षता तथा तामाङ सञ्चार समूह काठमान्डौका केन्द्रिय अध्यक्ष जगत दोङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का मध्यमाञ्चल संयोजक कुमार नेगीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा तामाङ प्रज्ञा सभाका केन्द्रिय अध्यक्ष डा. गणेश बल, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य सुनिल मोक्तान, घेदुङका मकवानपुर जिल्ला सचिव कुमार ग्लान, आदिवासी जनाजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगर, निवर्तमान अध्यक्ष बुद्ध लामा, आदिवासी जनाजाति पत्रकार महासंघ फोनिज मकवानपुरका उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगर, खानेपानी उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष गौतम बुद्ध लामा, गैसस महासंघ अध्यक्ष बुद्ध लामा, तामाङ डाजाङ एवं शक्ति समूहकी अस्मिता तामाङ, संघिय समाजवादी पार्टी मकवानपुर जिल्ला अध्यक्ष शुभरत्न गोले, टिजी ग्रुप मकवानपुरका सोम बहादुर लामा, राप्रपा नेपाल मकवानपुर जिल्ला सचिव खिल प्रसाद चौालागाईा, नेकपा एमालेका मकवानपुर प्रचारप्रसार विभाग प्रमुख नविन सिग्देल, संघिय गणतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष जीवनमान मोक्तान लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमलाई आर्थिक रुपमा तामाङ समाज ईजरायलका संस्थापक अध्यक्ष बिबी लामा एवं मकवानपुर स्थायी घर भई हाल हङकङमा बसोबास गर्दै आउनुभएका हङकङ  युवा महासंघमा आवद्ध दिलिप थिङले सहयोग गर्नुभएको थियो । कार्यक्रम समूहका कार्यसमिति सदस्य चन्द्र घलानले सञ्चालन गर्नुभएको थियो ।


SHARE THIS

Author:

Facebook Comment