'सुकी प्रसस्ती' !

(तस्विर साभार: गुगल बाट)
-जनक मान डंगोल www.kahttikuro.com

जनरल आंग सानको सुपुत्री बेलायती पतिकी पत्नी नोबेल पुरस्कार बिजेता तथा लामो समय सम्म आफ्नै घरमा नजरबन्दमा परेर सैनिक सरकार सित सम्झौता पश्चात हाल संसद्को सदस्यमा निर्वाचित पश्चात बिदेसी रास्ट्रको भ्रमण गर्ने सिलसिलामा हाल नेपाल भ्रमणमा रहेकी म्यान्मारको प्रजातन्त्रबादी नेता आंग सांग सुकीको सामान्य परिचय यत्तिनै हो !
सोसलिस्ट भनेको प्रजातन्त्रबादीहरुको संस्था ! नेपाली कांग्रेसको जन्म नै डेमोक्रेसी सोसलिस्ट अर्थात प्रजातन्त्र र समाजबादको अबधारणा अनुसार भएकोले नेपाल पनि सोसलिस्टको सदस्य छ र यो बिस्वब्यापी संस्था हो ! यसै संस्थाको 'हाउगुजी' र भारतको सहयोगमा नेपाली कांग्रेसले २००४ साल देखि २०४६ सालको बिचमा पटक पटक नेपालमा आन्दोलन गरेको थियो तर, दुख:को साथ भन्नु पर्छ नेपाली कांग्रेसको सब्दकोष बाट अहिले 'प्रजातन्त्र' भन्ने सब्द्लाई 'टिपेक्स' लगाएर मेटाई सकिएको छ !
नेपाली कांग्रेसको जन्मकुण्डली मै 'रास्ट्रीयता, प्रजातन्त्र, समाजवाद' भन्ने उल्लेख थियो तर अहिले अमरेस,सिटौला कांग्रेसीहरु जन्माईये पछी 'रास्ट्रीयता, प्रजातन्त्र, समाजवाद' को ठाउँमा प्रजातन्त्रलाइ 'टिपेक्स' ले मेटाएर 'लोकतन्त्र'  कायम गरिएको छ भने रास्ट्रीयता कुन चराको नाउँहो साथी ? भनेर कांग्रेसीहरुलाई सोध्नु पर्ने बेला आएको छ भने त्यो सोसलिस्ट भन्ने समाजबाद चैँ हात्तिको देखाउने दाँत जस्तै भएको छ !
कुरो सुकीको !
प्रजातन्त्रको लागि ज्यु ज्यान अर्पेर लागेकी आंग सान सुकीले अहिलेको नेपाल भ्रमणमा छोटो समयमानै  नेपालमा राजनीतिक पार्टी र प्रधानमन्त्री उत्पादन टन्नै भएको देखिन ! '७ जना प्रधानमन्त्रि भेटन पाईयो' भनेर घुमाउरो पाराले भन्नुको पनि अर्थ होला तर त्यो सब्द चट्टान फुटाउने घन जस्तै गरि हाम्रा महान पार्टीका राजनेताहरुको छात्तिमा बज्रियो कि बज्रियेन त्यो चैं उनीहरुनै जानुन ! यदि सुकीको त्यो सब्दले हाम्रा राजनेताहरु लाई बिझेको रैछ भने नतिजा ढिलो चाँडो अबस्य पनि देख्न पाईएला !
दावाको साथ भन्न सक्छु म यदि बर्मामा पनि भारतको आसिर्वाद्मा नेपालमा जस्तै गरि प्रजातन्त्र देखि लोकतन्त्र कायम गरि दिएको भयको भए जसरि सुकीले छोटो समयमा ७ जना प्रधानमन्त्रि भेटने सुबर्ण मौका पाईन त्यस्तै गरि हाम्रा प्रधानमन्त्रि सुसिल कोइराला अस्ति म्यान्मार भ्रमण जाँदा ७ को बदला १४ प्रधानमन्त्रि भेटेर फर्किन्थे होलान !
बर्मेली जनताको करिमै भनम या सुकीको भाग्य गिद्धले गाँजेको जस्तरी नेपाललाई जसरि भारतले गाँजेको छ त्यस्तै गरि बर्मालाई पनि चाईनाले गाँजेको छ ! जसरि भारतको आदेस बिना बर्मामा पत्तो हल्लिन त्यस्तै गरि चाईनाको आदेस बिना बर्मामा पत्तो हल्लिन ! जसरि नेपालको सिमानामा भारतको गिद्धे दृस्टी छ त्यस्तै गरि बर्माको समुन्द्रमा चाइनाको पकड छ भने जनरल आंग सान सुकी पुत्री प्रजातन्त्रबादी नेत्री आंग सान सुकीको बारेमा नेपालको पत्रपत्रिकाले यस्तो र उस्तो भनेर जुन भजन गाम्दैछन त्यो 'सुकी प्रसस्ती' मात्र हो अरु केहि पनि हैन ! कठै नेपालीहरुको करिमै भन्नु र कठै बर्मेलीहरुको करिमै भन्नु एकै हो !

SHARE THIS

Author:

Facebook Comment