मरे पछी ओखती गरेर के फाइदा !

जनक मान डंगोल
हिन्दुहरुले मान्ने गरेको स्वस्थानी ब्रत अहिले प्रारम्भ भएको छ ! श्री स्वस्थानी ब्रत कथामा विभिन्न देब र दानबको बिचमा लडाई भएको देखाइयको छ ! त्यसै बिचको एउटा सानो प्रसंग ! दानव राजा तारकासुरले लडाई गर्ने बेलामा मात्र आफ्नो सेना बटुल्ने गर्थे ! बटुलेको सेनाले लडेको लडाई पर्यो किन बिजयी हुन्थे र ! सेना भनेको सदैव तयारि हालतमा राखेपो बिजयी प्राप्त गर्न सकिन्छ ! अहिलेको ९ दलको कथा पनि त्यस्तै छ ! ठ्याक्कै तारकासुरको फौज जस्तै ! सत्तामा हुन्जेल भोग विलास, आमोद प्रमोदमा भुल्ने अनि अर्काले सत्ता कब्जा गरि सकेपछी मान्छे बटुलेर आम सभा गर्ने गरेसी काहां बाट कार्यक्रम सफल हुन्छ र ! सेना अर्थात आफ्ना कार्यकर्तालाई सदैब तयारि हालतमा राख्न लाइ तिनीहरुलाई पनि गाँस. बास र कपास चाहिन्छ ! त्यसको लागि चाहियो रोजगार तर भाको रोजगार जति सखाप भए पछी कि सकिनु पर्यो कि संघर्ष गर्नु पर्यो ! बाच्नको लागि सधै भरि भोको पेटमा पार्टी पार्टी भन्दै हिड्ने कुरा पनि भएन ! हिजोका भए भरका त्यागि तथा पार्टीको लागि ज्यु ज्यान दिन तयार रहने कार्यकर्ता जति आज काम र मामको लागि खाडी तथा मलेसियामा संघर्ष गर्दैछन ! बिदेस बाट लाखौ खर्च गरेर खुलामंचको ४/५ घन्टे कार्यक्रममा तालि बजाउन आउने कुरा भयन ! जनता भनेका नै कार्यकर्ता हुन भने कार्यकर्ता नै जनता हुन भन्ने भावना नबुझेको यी मुढे नेताहरु आज जसरि नाम मात्रको जनताको माझ निरस तथा रटी रटाइ भाषण  गर्दैछन ! बिना सेनाको सेनापति बन्न खोज्ने मुर्ख नेताहो तिमीहरुले आज भन्दा १०/१२ अगाडी मात्र देस र जनताको लागि सोचि दिएको भए माओबादीरुपी दानबले तिमीहरुको टाउकोमा गिर (भकुण्डो) पक्कै पनि खेल्दैनथे ! रोयर स्वास्नी पाइदैन नेताहो ! हिजो जनतालाई झुक्याएको र जनतालाई रौ बराबर पनि नगनेको फल खुलामन्चको आमसभाले पक्कै पनि देखाएको होला ! प्रजातन्त्रको मसिहा पार्टीहरु आज प्रजा परिषदको हालतमा पुगेको देख्दा दुख लागेको छ तर मरे पछी ओखती गरेर के फाइदा नेताज्यू हरु ?

SHARE THIS

Author:

Facebook Comment