वीरगन्ज,१३
फागुनः
आम
नागरिकमा
ट्राफिक
नियम
सम्बन्धी
सचेतना फैलाउने
उद्देश्यले
वीरगन्जमा
आइतबारदेखि
ट्राफिक
सचेतना
सप्ताह
शुरु
हुँदैछ
।
प्रहरी
वरिष्ठ
उपरिक्षक
सर्वेन्द्र
खनालले
सप्ताहको
घण्टाघर
चोकमा
बिहान
८:३०
बजे
उद्घाटन
गर्ने
कार्यक्रम
रहेको
छ
।
जिल्ला
ट्राफिक
प्रहरी
कार्यालय
प्रमुख
ट्राफिक
प्रहरी
निरिक्षक
विज्ञानराज
बस्नेतले
सप्ताहका
लागी
आवश्यक
सम्पूर्ण
तयारी
पुरा
भइसकेको
बताए
।
उनले
सप्ताहव्यापी
कार्यक्रम
अन्तर्गत
बिहान
र
बेलुकी
स्कूले
छात्रछात्रामार्फत्
सडक
र
सडक
पेटीको
प्रयोगबारे
सर्वसाधारणलाई
स्थलगतरुपमै
जानकारी
गराइने
बताए
।
साथै
सडक
नाटक,
रक्तदान
कार्यक्रम,
अन्तरकृयाकार्यक्रम
समेत
आयोजना
गरिने
उनले
जानकारी
दिएका
छन्
।
जिल्ला
प्रहरी
कार्यालय
पर्सा,
जिल्ला
ट्राफिक
प्रहरी
कार्यालय,
वीरगन्ज
उपमहानगरपालिका
कार्यालय,
सामुदायीक
प्रहरी
सेवा
केन्द्रका
साथै
विभिन्न
संघ
संस्थाहरुको
समेत
सहभागीतामा
ट्राफिक
सप्ताह
कार्यक्रम
मनाउन
लागिएको
हो
।
साथै सचेतना अभिवृद्धिका लागी वीरगन्ज र अन्य जिल्लाका फोटो पत्रकारहरुले खिंचेका तस्वीरहरुको घण्टाघर चोकमा प्रदर्शनी समेत लगाइने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक सप्ताहमा विभिन्न संघ संस्थाहरुले समेत सहभागीता जनाएका छन् ।