विपक्षीको आरोप चिल आयो भनेर स्यालको चल्ला खाने दाउ जस्तोः मन्त्री रायमाझी !
काठमाडौ, १४ माघ । विपक्षी दलका नेताहरुले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार नेपालको ईतिहासमै सबैभन्दा भ्रष्ट सरकार भएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा नेपाली काग्रेसका नेता डा. रामशरण महतले नेपालको ईतिहासमै अहिले जस्तो खुलेआम र धेरै परिमाणमा भ्रष्टाचार नभएको आरोप लगाउँदै एमाओवादीले भ्रष्टाचारलाई सम्मानजनक काम बनाएको दावी गरे ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले पोखरा विमानस्थल, माथिल्लो त्रिशुली तेस्रो एको क्षमता विस्तार, नेपाल टेलिकम र चिनिया जहाज खरिद प्रक्रिया ठूलो आर्थिक चलखेल भएको भन्दै कृष्णबहादुर महराको सार्वजनिक टेप काण्डमा मागिएको ५० करोड रुपैया अहिले मध्येकै कुनै आयोजनाको डिल बापत भएको दावी गरे ।
आफू अर्थमन्त्री भएकोले बेला नेपाल बायूसेवा निगमले चिनको जाहाज उपयूक्त नभएको भनि लिन अस्विकार गरेको तथ्य खुलाउँदै अहिले अन्तर्राष्ट्रिय स्तरमा उडान अनुमति समेत नपाएको ६ वट चिनियाँ जाहाज ल्याउन लाग्नुमा भ्रष्टाचारबाहेक कुनै कारण नभएको बताए ।
डा महतले संसद नभएको, अख्तियार आयूक्त विहिन भएको, आफ्नो स्वार्थको कर्मचारीलाई अख्तियार पुर्याएको र अदालत समेत खाली गराउँदै छानविन हुने निकाय नै नराखी खुलेआम भ्रष्टाचार गर्ने योजनमा माओवादी रहेको भन्दै अहिलेको सरकार भ्रष्टाचारलाई सम्मानित बनाउने ईतिहासकै सबैभन्दा कलंकीत र भ्रष्ट सरकार भएको आरोप लगाए ।
उनले माओवादी लडाकुको समायोजनमा खर्च भएको १७ अर्ब रुपैया मध्ये पनि फर्जि हस्ताक्षरबाट ५ अर्ब सम्म भ्रष्टाचार गरेको दावी गर्दै यो काण्डलाई कुनै पनि हालतमा नछाड्ने स्पष्ट पारे ।
नेकपा एमालेका नेता रघुवीर महासेठले अहिलेको सरकारले राण, पन्चायत र बहुदलीय कालमा भएको भ्रष्टाचारलाई समेत विर्साएको दावी गर्दै माओवादी नेताहरु देशको अर्थतन्त्रलाई टाट पल्टाएर सुखसुविधा भोगमा लागेको आरोप लगाए ।
अहिलेको भ्रष्टाचारको जिम्मेवारी एमाओवादीले लिनु पर्ने नभए नेपाली जनताले तह लगाउने चेतावनी दिदै उनले अहिले आएर माओवादीले आफ्नो सहि पहिचान दिएको बताए ।
उनले महाधिवेशनको नाममा माओवादीले जारी राखेको चन्दा आतंकले उद्योगि ब्यवसायी देशबाहिर भाग्नु परेको वा मोवाईल फोनको स्विच अफ गरेर बस्नु परेको सुनाउँदै यसलाई नरोके स्वदेशी पुजि पलयन हुने दावी गरे ।
डा महतले नेपाली काग्रेसका सभापति सुशिल कोइराला स्विकार्य नभए काग्रेसकै अन्य नेता वा एमालेका नेता वा माओवादीकै बाबुराम भट्टराई बाहेकको को नेता हुन्छ भन्ने स्पष्ट प्रस्ताव पार्टी निर्णय सहित माओवादीबाट आउनु पर्ने भन्दै तीन दल भन्दा बाहिरबाट सरकार बन्न नसक्ने दावी गरे । उनले भने–स्वतन्त्र ब्यक्तित्वको नेतृत्वमा सरकार गठन हुनै सक्दैन ।
साक्षात्कारमा शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले विपक्षी दलहरुको आरोप चिल आयो भनेर स्यालको चल्ला खाने दाउ जस्तै भएको भन्दै सरकारको बचाऊ गरे ।
राजनीतिक आन्दोलनबाट कुर्सी नपाएर विपक्षीहरुले भ्रष्टाचार र चन्दाको कुरा उठाएर कुर्सी पाईन्छ कि भनेर आरोप लगाएको दावी गर्दै भदौमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भनेर विपक्षीलाई नै भ्रष्टाचारीको संज्ञा दिए । उनले भने– हुने खाले नेकपा एमाले र नेपाली काग्रेसले चन्दा उठाउँछन भने हामिले किन नउठाउने ?
राजनीतिक निकासका विषयमा छलफल नै नगरी कुर्सीको मात्रै कुरा गरेर प्रतिपक्षीहरुले अल्पमतको अधिनायकबाद लाद्न खोजेको आरोप लगाउँदै सरकार निकम्मा भएर निर्वाचनमा गएर हराउन चुनौति दिए ।
विपक्षी दलहरु चुनावमा जान डराएकोले आफूहरुले संविधानसभा पुनःस्थापना र स्वतन्त्र ब्यक्तिको कुरा उठाएको भन्दै सहमति नगरी आन्दोलनमा गएकोले अब आफूहरुले पनि जनपरिचालन मार्फत भ्रम चिर्ने बताए ।
उनले आफूहरुले डेकेन्द थापाको हत्यारालाई उन्मुक्ति दिनु पर्छ नभनी द्धन्द्धकालका सबै विषयलाई सत्य निरुपण आयोगबाट निरुपण गर्नु पर्छ भन्ने पक्षमा रहेको भन्दै ब्यक्ति ब्यक्तिको कुरा उठाउने हो भने १५ हजारकै कुरा उठाउनु पर्ने तर्क गरे ।