खेलमा झडप, ९ घाइते


वीरगञ्ज, पौष २१वीरगञ्जमा जारी पर्सा जिल्ला स्तरीय रेडबुल लिग फुटबल प्रतियोगिता अन्तर्गत आजको खेल खेल्ने क्रममा भएको झडपमा परी ९ जना घाइते भएका छन् ।
वीरगञ्ज स्थित नारायणी रँगशालामा भइरहेको सो प्रतियोगिता अन्तर्गत आज हुन भनिएको दुइ खेल हरु मध्ये न्यू गोल्डेन क्लब श्रीपुर र प्रगति युवा क्लब लक्ष्मणवा विचको खेलमा रेफ्री
अजर्ुनले एकतर्फी धाँदलीपुर्ण रुपमा खेल खेलाउन थालेपछि तथा सोको विरोध गर्दा प्रगति युवा क्लब लक्ष्मणवाका खेलाडीहरुले झगडा गर्ने मनसायले निहुँ खोज्न थालेपछि दुबै पक्ष विच भएको झडपमा परी न्यू गोल्डेन क्लब श्रीपुर तफका किपर सोहम श्रेष्ठ, खेलाडी हरु अमर सिँह बस्नेत, वेदरलाल चौधरी, सशिकान्त चौरसिया, सँतोष सिँह, उत्सव सिँह, अशोक पटेल, सिसान्त तामाङ्‍ग, लगायतका ९ जना खेलाडीहरु सख्त घाइते भएका छन् ।
साथै सो प्रतियोगिता गराउनकै लागि रेडबुल कम्पनीले छुट्‍याएको रु ७५ हजार रुपैयाँ बजेटको सदुपयोग नगरी अखिल नेपाल फुटबल सँघका सदस्यहरुले आफ्‍नै मिलेमतोमा हिनामिना गरी भागबण्डा लगाउने दाउमा रहेकोले सो कार्यको प्रति समेत आफ्‍नो गम्भीर ध्यानाकर्षण भएको तथा सो निन्दनीय कार्यको घोर भत्र्सना समेत गरेको अखिल नेपाल फुटबल सँघ पर्साका कार्यसमिती सदस्य उपेन्द्र चौरसियाले बताउनुभयो ।

SHARE THIS

Author:

Facebook Comment