लायन्स क्लवद्वारा नि:शुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण कार्यक्रम

वीरगंज, ०८ फागुन ।
वीरगंजका विभिन्न लायन्स क्लवहरुको संयुक्त आयोजनामा नि:शुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमको आयोजना गरियो ।

लायन्स क्लव अफ वीरगंज, लायन्स सेन्ट्रल, लायन्स युथ, लायन्स सिनियर, लायन्स वाकिङ टिम तथा मारवाडी महिला मंचको संयुक्त आयोजनामा पर्साको हरपतगंज गाविस स्थित धर्मशालामा सो स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको थियो ।

 डा.देवेश चन्द्र पाठक, शिव मंगल, बि प्रसादलगायत पााच जना वैद्यहरुको समुहले परीक्षण गरेको सो शिविरमा चार सय २२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

कार्यक्रम लायन्स क्लव अफ वीरगंजका मनोहर टिवडेवाल, विजय जयसवाल, सुमित भंगर, राजेश बरनवाल, मार्टिन मोक्तान, डिन्टु गुरुङ, महिला मंचकी पूजा पोदार, मिरा खेतान, निभा दास, सुमन बगरिया, आशा अग्रवाल, कविता हलान, सुन्दरी अमात्य, पद्मा सरावगी, लायन्स वाकिङका टिमबाट अवधेश सरावगी, आकाश सर्राफ, युथबाट बद्रि अधिकारी, सुरज पारिक, लियो क्लव अफ वीरगंजबाट सरिता खड्गी, रन्जना, दिपेन्द्र, राम दिनेश, विकास जैसवाल, रेशम, मनोज लगायतका व्यक्तिहरुको सहभागितामा संचालन भएको थियो ।

कार्यक्रमका सहभागीहरुलाई नि:शुल्क वितरण गरिएको औषधिहरु चन्द्र आयुर्वेदिक प्रालि, नेपाल आयुर्वेदिक मेडिक कलेज फाउन्डेसन र वीरगंजका  छ वटै लायन्स क्लवहरुको आर्थिक सहयोगमा औषधिको व्यवस्थापन मिलाइएको थियो ।

कार्यक्रममा स्थानीयहरुले उत्साहपूर्वक सहभागी भएर स्वास्थ्य परीक्षण गराएपछि आइतवार पनि सो कार्यक्रमलाई निरन्तरता दिइने लायन्स क्लव अफ वीरगंजका सुमित भंगरले जनाए ।


SHARE THIS

Author:

Facebook Comment