प्रम ओली भ्रमणको समाचार भारतीय मिडियाद्वारा बहिष्कार

काठमाडौं, ८ फागुन । राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता मात्र गरेनन्, ९ बुँदे सम्झौता पनि गरे । भारतीय सेनाले गार्ड अफ अनर पनि प्रधानमन्त्री ओलीलाई दियो । तर भारतीय सञ्चार माध्यमले भने प्रधनमन्त्री ओलीको राजकीय भ्रमणलाई चासोको बिषय बनाएनन् ।
महात्मगान्धीको शालिकमा माल्यारपन देखि देशका प्रधानमन्त्रीले हैदरावाद निवासमा संयुक्त पत्रकार सम्मेलन पनि गरे । अपरान्न भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेट पनि भयो । यी सवै बिषयले भारतीय सञ्चार माध्यममा स्थान पाएन ।
अमेरिकी राष्टपति बाराक ओवामा र चीनिया राष्टपति भारत भ्रमण गर्दा भारतीय सञ्चार माध्यमले ठुलो स्थान दिएका थिए । तर नेपालका प्रधानमन्त्री ओलीको राजकीय भ्रमणलाई भारतीय टेलिभिजन, अनलाइन कुनैको पनि प्राथमिकता परेको छैन ।

दुई देशका प्रधानमन्त्रीले गरेको पत्रकार सम्मेलनको समेत समाचार भारतीय सञ्चार माध्यमले बनाएका छैनन् । प्रधानमन्त्री ओलीको भ्रमणको समाचार बष्किार गरेजस्तै केही अनसाइनले सानो फोटो र छोटो समाचार बनाए पनि ठुला मिडियाले भने ब्लक आउट नै गरेका छन् ।
श्रोतःएस काठमाण्डू

SHARE THIS

Author:

Facebook Comment