आफ्नो समस्या आफै राख्ने ब्यक्तिलाई प्रहरीले प्राथमिकता दिने

अखिलेश कुमार मिश्र ।
रौतहट, ०९ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी सेवा वा सहयोगकालागि पीडित वा सर्वसाधारण जनताले अब कसैको सहारा बिना नै प्रत्यक्ष रुपमा सम्पर्कमा आउन सक्ने जनाएकाे छ ।

शान्ति सुरक्षा सर्वसाधारण अर्थात सामान्य नागरिकको पहुँच भन्दा बाहिर रहेको,  कुनै दुःखेसो, पीडा, घटना सम्बन्ध उजुरी गर्न पनि राजनीतिक दल, पेशाकर्मी, ठूलाबडा र पहुँचवाला व्यक्तिको सहयोग बिना प्रहरी सम्म पुग्न नसकेको व्यापक जन गुनासो बढ्दै गइरहेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटले अबका दिनमा शान्ति सुरक्षा सम्बन्धी कुनै पनि सेवा लिन सर्वसाधारणले कसैको सम्पर्क बिना नै सिधै सम्पर्कमा आउनु पर्ने वातावरण बनाइएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जनाएका छन‍् ।

पोखरेलले दिनु भएको जानकारी अनुसार जनताको जीउ धनको रक्षा र सार्बजनिक सुरक्षाको लागि चौविसै घन्टा खटिने  प्रहरीको सेवा प्राप्त गर्न जनताले कुनै पनि शुल्क वा रकम बिना नै सेवा लिन सकिने छ । यदी कसैलाई प्रहरीको सेवा प्राप्त गर्दा शुुल्क मागिएको छ भने त्यो सजाय हुने कार्य हो । यस्तो कुराको जानकारी तल्काल जिल्ला प्रहरी प्रमुख वाजिल्ला प्रहरी कार्यालयकोगुनासो सुन्ने अधिकृत वा प्रहरीको हटलाईनका नम्बरहरु जिल्ला प्रहरी कार्यालय प्रमुखको फोन नं.: ९८५५०३५५५५, गुनासो सुन्ने अधिकारीको फोन नं.:९८५१२८१५१५, प्रहरी हटलाइन नं.: १०० मा जानकारी गराएमा आबश्यक अनुसन्धान गरी दोषीलाई कारवाही गरिने छ ।

प्रहरीको सेवा वा सहयोग लिन चाहने नागरिक स्वयं आफै प्रहरीको सम्पर्कमा आउन सक्छन । आफ्नो समस्या प्रहरी समक्ष आफै राख्ने ब्यक्तिलाई प्रहरीले अझ वढि प्राथमिकता दिनेछ । स्थानिय भाषामा पनि प्रहरी समक्ष आफ्नो समस्या राख्न मिल्ने ब्यवस्था गरिएको कारण पिडितले अन्य कुनै ब्यक्तिलाई लिइ जान पर्दैन ।

प्रहरी कार्यालयमा दिइने निबेदन सम्बन्धित पिडितले भने वमोजिम नै प्रहरी कर्मचारीबाटै निशुल्क लेखिने ब्यवस्था पनि मिलाइएको छ । यसको लागि रौतहट प्रहरीका मुद्दा चलाउने निकायहरु जिल्ला प्रहरी कार्यालय रौतहट, इलाका प्रहरी कार्यालय चन्दनिगाहपुर र इलाका प्रहरी कार्यालय गरुडाका नागरिक सहायता कक्षमा प्रहरीबाटै उजुरी वा जाहेरी दरखास्त लेख्ने ब्यवस्था गरिएको छ ।

तथापि, महत्वपुर्ण वा संबेदनशिल मुद्दाका जाहेरी दरखास्तहरु भने पिडितले आफ्नो इच्छ्या अनुसार आफ्नै कानून ब्यवसायीसंग परामर्श लिई दायर गर्न सकिने पनि प्रवक्ता डिएसपी पोखरेलले बताए ।

जिल्ला प्रहरी कार्यालय प्रमुखको फोन नं.: ९८५५०३५५५५
गुनासो सुन्ने अधिकारीको फोन नं.: ९८५१२८१५१५
प्रहरी हटलाइन नं.: १००


SHARE THIS

Author:

Facebook Comment