वीरगंज/
वीरगंज कारागारस्थित समता स्कुलमा शुक्रबार पुस्तकालय तथा कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ । लायन मनोहर टिबडेवालले रिबन काटेर पुस्तकालयको उद्घाटन गरेका थिए । त्यसैगरी नेपाल बांग्लादेश बैंक वीरगंज शाखाकी म्यानेजर प्रमिला मानन्धर र लायन बिनित जैसवालले कम्प्युटर ल्याबको उद्घाट्न गरेका थिए ।
समारोहमा टिवडेवाल, मानन्धर, जैसवाल, लायन उमेश साह, परिवार दलका जिल्ला अध्यक्ष ओमप्रकाश साह, वीरगंज जेसिसका पूर्व अध्यक्ष गणेशमान श्रेष्ठ, कारागारका जेलर गोपाल प्रसाद बराल, कैदीबन्दीका चौकिदार शेष सफी अहमद, स्कुलकी प्रधानाध्यापिका रविना खातुन लगायतकाले बोल्दै पुस्तकालय तथा कम्प्युटरबाट स्कुलमा अध्ययनरत बालबालिका लाभान्वित हुने आशा व्यक्त गरे । समारोहको संचालन दिलिपराज कार्कीले गरेका थिए ।
पुस्तकालय तथा ल्याबका लागि वीरगंजस्थित बिभिन्न लायन्स क्लवले २ थान कम्प्युटर, नेपाल बांग्लादेश बैंकले बुक र्याक, कार्पेट तथा आधा दर्जन कुर्सी, जीवनज्योती स्कुलले भौतिक निर्माणका लागि सिमेन्ट र ह्वाइट सिमेन्ट उपलब्ध गराएको थियो । सन्तोष सर्राफले बिजुली बाल्ने तार र ओमप्रकाश साहले कोठाको विद्युतिय वायरिङ्ग गरी दिएका हुन् ।
वैशाख देखि संचालनमा आएको यो विद्यालयमा कारागारमा कैदी जीवन बिताई रहेका महिला तथा पुरुषका छोराछोरी अंग्रेजी माध्यमबाट पढदै आएका छन् । ३ शिक्षिका तथा १ सहयोगी समेत रहेको विद्यालयमा हाल करीब १ सय विद्यार्थी अध्ययनरत छन् ।