एस.पी खरेल भाग २ नेपाली चलचित्रको छायांकन शुरु

वीरगंज,मंसिर २६
माँ राधिका इन्टरनेशनल मुभिज प्रा. लि द्वारा निर्माण भइरहेको दि रियल हिरो नामक एस. पी खरेल–२ नेपाली कथामा आधारीत फिल्मको बारेमा आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् । फिल्ममा नायकको भुमिका निर्वाह गरेका परदेशी साह उर्फ खरेलले यो फिल्म ३५ दिनमा निर्माण गरिने जसको कुल लागत ६० लाख खर्च रहेको बताएका थिए । मधेसी पत्रकार समाजको संयोजनमा आयोजित पत्रकार सम्मेलनमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक बैद्यले एस. पी . खरेल फिल्म भाग २ बाट वीरगंजलाई राष्ट्रसम्म चिनाउने अभिनेता परदेशी साहलाई बधाई दिदै प्रमुख अतिथी बैद्यले यस फिल्मबाट  राष्ट्रियता र सच्चा प्रहरीमा आधारित फिल्मबाट समाजमा नयाँ उर्जा थपिने बिश्वास समेत व्यक्त गरेका थिए । फिल्मको माध्यमबाट वीरगंजलाई चिनाउने प्रश्सनीय काम भएको बताउदै यस क्षेत्रमा काम गर्ने कलाकारहरुलाई राज्यले प्रोत्साहन नगर्नु चिन्ताजनक भएको बताएका थिए । सम्मेलनमा बोल्दै कादम्बरी स्कुलका संस्थापक सुशिल भट्टराईले आफनो पढाएको बिद्यार्थीले यस्तो प्रस्सनिय काम गर्दा ज्यादै खुशी भएको बताएका थिए । कम समयमा परदेशी साहले गरेको मेहनेतबाट वीरगंजलाई देश तथा बिदेशमा चिनाउने काम गरेकोमा आफुलाई गर्व महसुस भएको बताउदै यस्ता कलाकारहरुलाई जोगाउन यस भेगका सम्पुर्ण
सरोकारवाला लाग्नु पर्ने कुरामा जोड दिएका थिए । फिल्मका ड्रेस कोडीनेटर सबिता प्रधान मानन्धरले  आफु यस फिल्ममा जिम्मेवारी पाएकोमा ज्यादै खुशी लागेको बताउदै आफनो भुमिका इमान्दारीपूर्वक निर्वाह गर्ने वाचा गरेका थिइन् । पत्रकार सम्मेलनमा वीरगंज उद्योग वाणिज्य  संघका अध्यक्ष अशोक बैद्य,अभिनेता परदेशी साह,ड्रेस कोडीनेटर सबिता प्रधान मानन्धर, निर्माता सुरेन्द्र लाल प्रधान,निर्देशक रमन बस्नेत, कादम्बरीका प्रचार्य राजेन्द्र आर्चाय,संस्थापक सुशिल भट्टराई लगायतको सहभागिता रहेको सम्मेलन मधेसी पत्रकार समाजका अध्यक्ष संतोष पटेलले सहजीकरण गरेका थिए । यस फिल्मका अभिनेता परदेशी साहले यस अघि ५ वटा भोजपुरी फिल्म र २ वटा नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । भोजपुरी फिल्म एस.पी खरेल, दिवान –२ , जब प्यार किया तो डरना क्या,जिना मरना तेरे संग , लफुवा र नेपाली फिल्म गुरु ,मान्छे पनि कस्ता कस्ता फिल्ममा आफनो भुमिका  निर्वाह  गरी सकेका परदेशी साहको यो तेस्रो नेपाली चलचित्र एस.पी खरेल–२ को पत्रकार सम्मेलन गरी जानकारी गराउदै आज बाछ छांयाकन  सुरु भइसकेको  बताएका थिए । यस फिल्ममा राष्ट्रिय  गीत समेत समावेश गरिएको छ ।  यस फिल्ममा वीरगंजका वोर्डिङ्ग स्कुल कादम्बरी , हिमालयन,मुनलाइट ,गे्रस इन्टरनेसनल,ज्ञानवाटिका,ज्ञान ज्योति,बाबा इन्टरनेशनल,माउण्ट एडमण्ड,गुरुकुल एकेडेमी ,साउथ जोन ,जिवन ज्योति, मिनीलैण्ड स्कुलका बिद्यार्थीहरुले समेत सहभागिता  रहेको पत्रकार सम्मेलनमा बताएका थिए । 

SHARE THIS

Author:

Facebook Comment