क्राइमचेक प्रतिनिधि/
वीरगंज/पर्सा प्रहरीले जुवातास खेल्ने सातजनालाई नियन्त्रणमा लिएको छ ।
प्राप्त जानकारी अनुसार जिल्लाको बहुअर्वाभाठा
–९ स्थित ढोगही खोलाको किनारमा केही व्यक्तिहरूले अवैध रुपमा जुवा कोडा खेलिरहेको भन्ने सुरकारी सूचनाको आधारमा पर्सा प्रहरीको टोली बुधवार साँझ करिब ४ बजे सो ठाउँमा पुग्दा प्रहरीलाई देखेर जुवाडेहरू जुवा खालमा रहेका तास, पैसा लगायताका सामग्री छोडेर फरार हुन लाग्दा प्रहरी टोलीले लखेटेर सात जनलाई पक्राउ गरिएको पर्सा प्रहरीले जानकारी गराएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा अलौं वडा नं. २ निवासी ३५ वर्षीय उदित सहनीलाई नगद रु. २४ हजार तीन सय ६० तथा ना.२प २४४६ नम्बरको मोटरसाइकल, विश्रामपुर–२का रामेश्वरमहतोलाई चार हजार तीय ९० रुपैया र मोबाइलसहित त्यस्तै भौराटार तीन निवासी २४ वर्षीय निलेश पटेललाई दुई सय ७० रुपैया र निजको मोटरसाइकल, तथा मोबाइलसहित, त्यस्तै विश्रामपुर ७ का ३२ वर्षीय रामेश्वर प्रसाद कलवारलाई दुई हजार आठ सय ९० रुपैयाँ नगदसहित त्यसैगरी सोही ठाउँका वर्ष ३० का गुर्देली प्रसाद कलवारलाई आठ हजार आठ सय ४० रुपैयाँ नगद, मोबाइल एकथानसहित निजले लिइ आएको मोटरसाइकल तथा वडा नं. ६ निवासी संदीप कुमार गुप्तालाई रु. पाँच सय नगद सहित, र २१ वर्षीय जनारायण राउत कुर्मीलाई नगद रु.२५५० र मोबाईल थान–१ सहित पक्राउ गरी थप अनुसन्धान र आवश्यक कारवाहीकालागि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशन मितिः २०७१ पुस ३ गते बिहीवार