पूर्वराजाको सवारी हुँदै

क्राइमचेक प्रतिनिधिर
वीरगंज डेस्क/
दुई हप्ते तराई भ्रमणकोलागि पूर्व श्री ५ ज्ञानेन्द्र विक्रम शाहको सवारी हुन लागेको समाचार जानकारीमा आएको छ ।
काठमाडौंको जाडो छल्न चितवनदेखि झापासम्मको दुई साता लामो भ्रमणको कार्यक्रम तय भएपश्चात आइतवारबाट पूर्वराजा शाहको भ्रमण हुन लागेको हो ।
पूर्व राजाको स–परिवार चितवन भ्रमणको कार्यक्रम तय भइसकेको छ । सुरक्षा तथा अन्य व्यवस्थाका लागि एक टोली शनिवार नै त्यसतर्फ जाने छ । भ्रमण टोलीका साथमा पूर्व राजाका निजी सचिव सागर तिमिल्सिना, फणिराज पाठक लगायतका टोली सम्लग्न रहने छ । प्राप्त जानकारी अनुसार पूर्व राजा चितवनमा रहँदा भरतपुरस्थित रोयल सेन्चुरी र सौराहामा एक होटलमा बस्ने छन् ।
चितवनमा केही दिनको बसाईपछि पूर्व राजा ज्ञानेन्द्र बाराको सिमरा जानेछन् । बाराको सिमरालाई केन्द्र बनाएर तराईका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ । सिमरामा उनी आफना बालसखा प्रभु शम्शेर जबराको घरमा बस्ने छन् ।
बारामा बसेर तराईका विभिन्न जिल्ला घुम्ने र त्यहाँ सामाजिक तथा राजनीतिक जीवनका व्यक्तिहरुलाई भेटघाट गर्ने तयारी समेत भएको बुझिएको छ । बारा पछि उनी भ्रमणको अन्तिममा झापा जाने र, दमकस्थित चिया बगानमा बस्ने भएका छन् ।

प्रकाशन मितिः२०७१ पुस ३ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment