कुख्यात परिचित हुने रहर

कुख्यात परिचित हुने रहर

– डि.पी. अधिकारी

कहिलेकाहिं एक्लै बसेर मधिलो आँखाले नेपालको नक्सा हेर्छु, हाम्रा पुर्खाले पूर्व मेची देखि पश्चिम तराई महाकाली सम्म, उत्तर देखि दक्षिण सम्म, हातेमालो गराएर नेपाल आमाको रक्षार्थ खडा गरिएका लाखौ करोडौ नेपाली नागरिकहरु । तर, ख्वै ति नेपालीहरु आज ? के उनीहरुलाई मातृभूमिले आफु मरेपनी, बेचिएपनि वा बलात्कार नै भएपनि, सबै पीड़ा आफैंले लिएर तिनका सन्तानले दु:ख नपाउन भनेर आफ्नो काखबाट फुस्कन नदिएकी र छातीबाट अलग हुन नदिएकि नै हुन त ? यदि यसो हो भने, यसको जिम्मेवार को त, स्वयं मातृभूमि या तिनका होनहार नेपाली सन्तान ?

तैपनि अचेल आफुलाई एकान्तमा बस्दा अपरिचित भएको आभाष हुने गर्दा, परिचित मात्र नभई कुख्यात परिचत हुने रहर लागेर आउछ । डर्बिनले भनेका थिए “म यसो पो होला की उसो पो होला की भनेर खोज गरिरहन्थे, नयाँ नयाँ कुरा पत्ता लगाईंरहन्थे, तर मानिसहरु त्यों कुरालाई बिश्वास गरेर संसारभर फैलाउँथे ।”
त्यसैले यसको लागी गर्नु नपर्ने भनिदिए पुग्ने शब्द हो “पृथ्वी नारायण शाह यो देशका गद्दार मात्र होइनन, विस्तारबादी हुन, मेरो अधिकार तिनै पृथ्वी नारायण शाहले खोसेका हुन, ज्ञानेले भाई मार्यो, निरंकुश सत्ता संचालन गर्यो, भाई मारेको मेरै आँखाले देखेको हो” ¤ बस यत्ति फुकिदिए हुन्छ, सेकेण्ड भरमा राष्ट्रवादी बनाएर आफुलाई राष्ट्रवादी भनेर भन्ने पत्रिकाहरुले पहिलो पृष्ठमा नै ठुलठूला अक्षरले डाम्ने मात्र होइन, राष्ट्रिय, अन्तराष्ट्रिय टेलिभिजनहरुमा अन्तर्वार्ताको लागी भ्याईनभ्याई नहोला त ? त्यसपछि आफु राष्ट्रवादी नेता मात्र नभएर कुख्यात परिचित बुद्दिजीवी पनि पक्कै बनिने थियो की ?

यि माथि उल्लेखित सबै त बनुँला, तर के आफुलाई यो मातृभूमिको सन्तान पनि हूँ भनेर भन्ने आँट आउला ? आफ्नो आत्मअस्तित्व बेचेर पाउने परिचयले के आफुलाई नेपाली हूँ भनेर भन्ने अधिकार प्राप्त होला ?

भनिन्छ की, कोही जन्मिदै राष्ट्रप्रेमी हुन्छ, राष्ट्र र स्वाभिमान प्रति उसको रगत प्रत्येक नशा नशामा बगेको हुन्छ । यस्तोमा जब देश पराधिनताको जकडीमा बाधिएको हुन्छ, त्यों बेलामा पनि मातृभूमिको काख र छातीमा टास्सीएर लाम्टा चुसी रहन ती मातृभूमिका सन्तानहरुलाई सुहाउला ? शरम नलाग्ला ?

भारतका गान्धिका गीत यहाँ घन्काईन्छ, चाहे उनी दुराचारी हुन वा यौनचारी । तर जसले यो राष्ट्र निर्माण गर्यो उसको नाम यहाँ लिए मात्र पनि अराष्ट्रबादी भएछु भन्ने कथितहरु खपेटा भित्र अनुहार लुकाएर राष्ट्रवादीको पगरी गुथेर बसेका छन् । अन्तमा आउनुहोस् देश आफ्नै हो, राष्ट्र आफ्नै हो, मातृभूमि आफ्नै हो, रक्षार्थ भएर हातेमालो गरौ । जय होस ।।
नयाँ संविधान: राजनीतिक मलको डिपार्टमेन्टल स्टोर

नयाँ संविधान: राजनीतिक मलको डिपार्टमेन्टल स्टोर

–दधिराम आचार्य
अर्थ राजनीतिले पूर्ण रोजगेरीलाई विकासको परिसूचक मानेको छ । विकास भन्नु र पूर्ण रोजगारी भन्नु एउटै कुरा हो । विकास माने पूर्ण रोजगारी साधन र साध्य दुवै हो ।

यो स्वतन्त्रता जस्तै जो आफैमा साधन र साध्य हो । संसारमा खोजेको पाइन्छ । गन्तव्य नै निर्धारित छैन भने निर्णयहीनताको अवस्थामा पुगिन्छ । नेपालको अर्थ राजनैतिक अवस्था यही हो । संविधान निर्माणलाई लक्ष्य मानियो । जस्तो भएपनि जारि भयो । लक्ष्य निर्धारण जे गरियो सो प्राप्त भयो । पूर्ण रोजगारी अर्थात विकास खोजिएको हैन । संविधान निर्माणलाई किन उद्देश्य बनाइयो ? किन कि नेपालको राष्ट्र निर्माणको औचित्यलाई इन्कार गर्नु थियो । नेपाललाई असफल राष्ट्र सिद्ध गर्नु थियो । संविधान निर्माण भनेको गलत उदेश्य हो । नेपाललाई लक्ष्य बिनाको बेबारिसे राष्ट्र सिद्ध गर्नु हो ।

विगत पाँच हजार वर्ष देखि विश्व रंगमन्चमा उपस्थित राष्ट्रलाई राष्ट्र नै हैन भनेर सिद्ध गर्ने विषयमा नेपालको हित नचाहने देशी विदेशी तत्वहरू एक हद सम्म सफल भए । म हुनु आफै एक वास्तविकता हो । तपाई हुनुलाई पनि बास्तबिकता मान्न सकिन्छ । तपाइ एक वास्तविकता हो कि हैन भनेर प्रमाणित गर्नु आबश्यक छैन । यो सम्बिधान निर्माण यस्तै पागलपन हो । नेपालीहरूले हामी पागल नै हौ भनेर आफ्नो परीक्षा आफै दिए र पागलको प्रमाणपत्र लिए । संविधानसभा यस्तै एउटा पागलखाना हो । पागलको प्रमाणपत्र जारी गराउने काममा सफलता पायौ भनेर मखलेल छन् बहुदलीय मोर्चा । पागलमा प्रमाणित हुन पाएको गौरब । काशी जाने कूतिको बाटो भनेको यही हो ।

बुद्धिमान राष्ट्रिय नेतृत्वले यस्तो गलत निर्णय लिदैन । विकासशील देशमा ७० प्रतिशत मानिस असमान्य मानसका हुन्छन् भनेको सिद्ध भयो । कतिलाई राजनैतिक उद्योग चलाउनु थियो । कतिलाइ राजनैतिक मल चलाउनु थियो । कतिलाई जे खोजेपनि पाइने डिपार्टमेन्टल स्टोर । यो सबै पाइन्छ संविधानमा । जनताले माल पाउदैनन्, पैसा हुँदा पनि । सामानको सूचि पाउछन् । मुखियाहरूले नगद नारायण पाउछन् । जनताको काम “जोडगर बराजै तिमलाई हाम्रो साथ छ”। साढे जुधाएर रमिता हेर्ने चलनसँग ठिक मिल्दो जुल्दो । यसबाट नेपाली समाजलाइ क्षत विक्षत (पक्ष बिपक्षमा)पार्नु थियो । कस्को स्वार्थमा रहेछ प्रष्ट छ ।
जीवनको लक्ष्य हल्ला होईन

जीवनको लक्ष्य हल्ला होईन

– प्रशान्त महासागर

आन्तरिक कलह वीचमा महिला र पुरुष छन् भन्ने कुरालाई चरिचार्थ गर्न नसकेर दुबै एक अर्काको आँखामा दोषी छन् । मानौं फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार भने झै कोही पनि कसैको योग्य र सक्षम छैन् साथै दक्षताको लागि एकले अर्कोलाई स्मरणमा राख्नैपर्छ । बाँच्न एकको अर्को हुनैपर्छ । तेरो र मेरो एउटा विभाजित हुने कुरा हुन् भने दुःख कमाउने सूत्र पनि हुन् जसलाई म त्याग्नुपर्छ भन्छु भने कोही आफ्नो स्वार्थसिद्ध गर्न त्यस्तै तरीका र आकारमा बाँच्नुपर्छ भन्ने सिद्धान्त प्रतिपादनमा लागेको देख्छु पनि । र कसैले हामीलाई उसप्रति आकर्षित गर्छन् भने हामी हाम्रो कमजोरीका दास भएर बाँचेका छौं जबसम्म बुझ्दैनौं तबसम्म यहाँ बिक्ने भन्दा नबिक्ने कुराकै खरिद बिक्रि ज्यादा भई रहन्छन् । साथै त्यो हाम्रो बानी बनी हामलिाई अरुमा रुपान्तरित गरेर दास बनाई सकेको हुन्छ । जसको कारण हामी कहिल्यै स्वतन्त्र हुन सक्दैनौं पनि । त्यसैले मिल्ने कुरा मिलाएर बाँचौं मर्नु त छँदैछ । कतै कुनै कुरामा तिमी अघि त कतै कुनै कुरामा म अघि तिमी पछि ।

आजको विश्वमा महिला र पुरुष भनेको लैङ्गिक भिन्नताको कुरा मात्र बाँकी छ भने कति कुरा नेपालको सन्दर्भमा देखासिकीबाट पाइला चाल्ने हुनाले धेरै कुरामा विविधता रहे पनि त्यसभित्रको सोचको अन्तरताले पनि एक फेशन सरह तुल्याई रहेको कुरालाई योग्यता र दक्षताले फरक दिशातिर हामी छौं भन्ने कुरालाई उजागर गर्दा नि हामी त्यतैतिर कुदिरहेका छौं । यसले भविष्य जस्तो कुरालाई पनि खेलवाडमा नेपाली अघि छन् भन्ने कुरालाई दर्शाउँछन् र समग्रमा समृद्धि एउटा हाँसोको अर्थमा रुपान्तरित छन् भन्ने कुरालाई नकार्न नसक्ने नै हुनेछौं । यस्तैमा जहाँ आफ्नो जीवन सुरक्षित हुनुपर्ने हो त्यहाँ नै विस्तारि आतंकले घर बनाउँदै लग्ने कुरा ज्यादा उत्पादन हुन्छन् । त्यसैले देशका अंगहरु सञ्चालन गर्दा त्यहाँ त्यो महिला नै हुनुपर्छ, त्यहाँ त्यो पुरुष नै हुनुपर्छ भन्ने जुन सोचको विकास हुने तीव्रता देखा परेका छन् त्यसले केवल राज्यको ढुकुटी विनाश कार्य मात्र हुन्छ । हामी केवल गोर्खे मात्र हुन्छौं । संरक्षण र सम्बर्धनका कुराहरुमा हामी सधैं निहित भएर बाँच्नु पर्ने हुन्छ । यसले पनि हाम्रो जीवनलाई अर्को शक्तिको दास बनाउँछ जहाँ मुक्तिको कुनै जुञ्जाईस नै हुनेछैन् । अतः लैङ्गिक कुराबाट फरक रहेको कुरालाई हामीले जीवन समावेश गर्न सकेनन् भने पुरुषले बच्चा जन्माउने दिन कुर्नु जत्तिकै हो भने पोथी नबासीकन दिनको शुरुवात पनि हुँदैनन् । र समाजमा जुन पोथी बासेको मन पर्दैनन् भन्ने पुरुषहरु छन् शायद तिनीहरुलाई जीवनको यथार्थताले नछोएकै हुनुपर्छ । तिनीहरु अहम्, क्रोध र लोभले विभूषित कुनै प्राणी हुनुपर्छ र मलाई लाग्छ महिलाहरुले आफ्नो अधिकारको खोज पनि ती त्यस्तासँग मागेको हुनुपर्छ । होईन भने घरसँग आबद्ध सुखलाई गुनासो अरुमा पोखेर शायदै कोही स्त्री लाग्छन् होला । र कोही पुरुषले मानोस् या नमानोस् म स्त्रीलाई एकमुखी रुद्राक्ष नै मान्छु भने एकमुखी रुद्राक्षले घरसँग कहिल्यै खेलवाड गर्दैनन् पनि । यस्तो भन्नुको अर्थ स्त्रीहरु घरमै हुनुपर्छ भन्ने पनि । घर–समाज, देश–परिवार आदीलाई सही दिशामा निर्देश गर्न आफ्नो सिप र दिप बोकेर जो जहाँबाट प्रज्वलित भए पनि हुन्छ । खेतीको लागि जो जस्ले जहाँबाट भए पनि सर्वप्रथम खेत जोतेकै राम्रो हो । बाझो छाड्नु बेअर्थका अधिकारहरुको लागि बेअर्थका संस्थाहरु बेअर्थका सिद्धान्तहरुबाट बनाउनु जत्तिकै हो । र भनिन्छ “आपत्तमा न अरुको धन काम लाग्छ न त किताबको विद्या नै” त्यसैले हिड्नलाई हजार बाटो छन् तर जीवनमा पुग्ने लक्ष्य नै भएन भने त्यो बाटो, त्यो गोरेटो नै जीवनको अभिश्राप हुन्छन् । अतः आफ्नो मानवीय तुच्छ शक्तिलाई शासन वा ज्यादतिको अर्थ कसैले केहीमा प्रयोग नगर्दा नै चाहे त्यो पुरुष होस् या महिला तिनीहरु ने मानव बन्ने हुन् । र मानवसँग आत्मिक सुख हुन्छ भने मानव बन्नको लागि प्राणीमा भाषा मात्र भएर पुग्दैन् । त्यो भाषा र त्यसको मर्मलाई बुझ्न सक्ने  संयम, सद्बद्धि चाहिन्छन् जसले सदा मानव शान्त तुल्याई राखोस् र संसारमा म मानव हुँ भन्नलाई हल्ला नै गर्नुपर्छ भन्ने छैन् । यहाँ हल्लाको अर्थ आतंक हो कसैमाथि आफ्नो शक्ति लाद्ने प्रविधि हो । ती प्रविधिहरु जो जस्ले जहाँ जहाँबाट उत्पादन गर्न सिके, सिकाएका छन् त्यहाँ केवल मासुका दल्लालाई मानव भनिएको कुरालाई हामी नेपालीहरुले स्वीकार्नु उचित छैन् पनि । र मासुका दल्लामा भाव हुन्छ न त कुनै भावना नै । अधिकारका कुराहरु होलान् तर स्थापनाको लागि अग्रसर हुने न त्यहाँ कुनै सिद्धान्तले कार्य गर्छ न त व्यक्ति विषेशले नै । नसंहार एउटा बाटो बन्ने छ र त्यो बाटोको रोजाई पनि त्यही हुनेछन् । प्रथा झै मानौं कुनै हिमालसँग नदीको नाता सरि निरन्तर बगी रहन्छन् नै । त्यहाँ न पुरुष हुन्छ न त महिला नै । न तिनीहरुलाई घरले दुःख दिन्छ न त कुनै परिवारले नै । मात्र आतंकलाई, हल्लालाई जिउँदो पार्नुमै पूरै जीवन बितेको हुन्छ । त्यसैले त्यो हल्लालाई, त्यो आतंकलाई जिउँदो पार्ने काम मानवले कहिल्यै गर्ने छैन्, गर्नु हुँदैन भन्नमै म जिउन चाहन्छु । मुर्न त छँदैछ । कुनै कुरामा तिमी अघि त म पछि भने कुनै कुरामा म अघि त तिमी पछि । रित त्यो चल्न दिनुपर्छ । सुखको लागि लिने होईन दिने कुरामा विश्वास गर्नुपर्छ । संसारमा न तिम्रो केही छ न त मेरो नै । तिमी छौ त म छु भनी बाँच्नु नै उचित पुण्य हो ।

अन्तमा, मानव कुनै कुराको कमीमा लड्ने पशु पनि होईन । जीवनको लक्ष्य हल्ला होईन ।


 शिक्षामा व्यपारिकरण र माफियाकरण

शिक्षामा व्यपारिकरण र माफियाकरण

शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ नेपालको गाउँ, शहर, बस्ती, हिमाल–पहाड–तराइ जताततै सरकारी र नीजि विद्यालय संचालनमा आएका छन् । “न नाफा, न घाटा”को उद्देश्य र लक्ष्यका साथ विद्यालय लगायत सबै शिक्षण संस्था संचालन हुनु पर्दछ । शिक्षा सेवा हो व्यापार होइन । शिक्षा सबैकालागि उपलब्ध गराउनु, शिक्षित र साक्षर सबैलाई रोजगारीको अवसर प्रदान गर्ने प्रमुख दायित्व सरकारको हो । उपयुक्त शिक्षा नीति तर्जुमा गर्ने, कार्यान्वयन गराउने कर्तव्य पनि सरकार कै हो । सबैकालागि गुणस्तरीय सर्व शुलभ र सस्तो शिक्षा आजको आवश्यकता हो । धनीलाई धनी बनाउने होइन, गरीबलाई धनी बनाउने, गरीबका छोराछोरी स्तरहीन सरकारी स्कूलमा पढ्ने, धनिका छोराछोरी महंगो स्कूलमा पढ्ने त्यो पनि हुनु हुँदैन । अहिले शिक्षामा दोहोरो मापदण्ड, शिक्षाका कारण दुईखाले वर्ग उत्पादन भएका छन् । सम्पूर्ण विद्यार्थीहरूमा एउटै स्तर, एउटै मापदण्ड र एउटै अवसर चाहिन्छ । तबमात्र प्रतिस्पर्धा हुन्छ । सबैले समान अवसर पाए कुनै पनि खालको विभेद भएन भने देशमा शान्ति र विकास हुन्छ । सबै नेपालीको भाग्य र भविय सुनिश्चित हुन्छ । शिक्षा क्षेत्रमा त्यस्तो वातावरण छैन । यथास्थितिको वातावरण र ठोस राष्ट्रिय शिक्षा नीतिको अभावले गर्दा नेपालको शैक्षिक वातावरण सरकारको लक्ष्य र उद्देश्य, विद्यार्थी र अभिभावकले उपेक्षा गरेजस्तो पटक्कै छैन । शिक्षामा व्यपारिकरण, माफियाकरणले शिक्षाको उपलब्धीमा चुनौती कायम भएको छ ।

नेपाली समाजमा हुँदा खाने वर्ग धेरै खाने र हुने खाने वर्ग थोरै संख्यामा छन् । शिक्षामा विद्यमान सबैखाले विभेद, विकृति र विसंगति हटाउन शिक्षक, विद्यार्थी र अभिभावकको कार्यगत एकता हुनु पर्दछ । विद्यालयले दुईखाले विद्यार्थी उत्पादन गर्नुहुँदैन । समान अवसरकारलागि एउटै स्तरको शिक्षा सबै विद्यालयमा हुनु पर्दछ । सामुदायिक विद्यालय, सरकारी विद्यालयमा शिक्षा शुल्क लाग्दैन, पाठ्यपुस्तक किन्न पर्दैन, स्थानीय विपन्न वर्गका, पिछडिएका वर्गका बच्चाहं बढी पढ्छन् । उनीहरू लक्षित वर्ग पनि हुन् । हुने खानेका छोराछोरीलाई भन्दा सरकारले त्यस्ता विद्यार्थीकालागि बढि चिन्ता र चासो लिनु स्वभाविक हो । हुने खाने वर्गले हिजो आज स्वदेशको महंगो र स्तरीय विद्यालय र विदेशमा पढ्न पठाउन थालेका छन् । विपन्न वर्ग, लक्षित जनसमुदायका छोराछोरी गुणस्तरहिन सरकारी विद्यालयमा पढ्नकालागि जान्छन् । यसले शिक्षको महत्व झन घटाइदिएको छ । निजी विद्यालय र सरकारी विद्यालयमा समान शुल्क, समानस्तर अनिवार्य हुनु पर्दछ । गरीखाने वर्ग र ठगी खाने वर्ग नेपाली समाजमा छन् । सबैलाई गरीखाने परिश्रमी वर्ग बनाउने शिक्षा नीति र शैक्षिक अवसर हुनु पर्दछ । गलत गर्नेलाई दण्ड र राम्रो गर्नेलाई पुरस्कार नीति लागु गर्नुपर्दछ । अस्तु ।

प्रकाशन मितिः २०७३ वैशाख १६ गते बिहीवार
खेलाडीलाई सम्मान तथा राहत वितरण

खेलाडीलाई सम्मान तथा राहत वितरण

काठमाण्डाै ।
घनश्याम नेतृत्वको नयाँ शक्ति नेपालले  खेलाडी सम्मान तथा राहत वितरण गरेकाे छ ।

धेरै बाेल्ने अाेठहरू भन्दा कर्मठशील हातहरू पुजनीय हुन्छ भन्दै सकारात्मक साेचका साथ प्रवास र स्वदेशमा रहेका सचेत युवाहरुद्वारा स्थापित संयाेजक घनश्याम चम्लागाइकाे नेतृत्वकाे  नयाँ शक्ति नेपालले  बिबिध क्षेत्रमा सहयोग गर्दै अाएकाे छ साेही क्रमलाई निरन्तरता दिंदै  नयाँ शक्ती नेपाल(घनश्याम) काे काठमाण्डाै उपत्यका संयोजन  समितिको सकृयतामा त्रिपुरेश्वरमा रहेको उसु हल मा १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालका लागी  स्वर्ण पदक जितेर राष्ट्रकाे नाम उच्च राख्न सफल निमा घर्तीमगरलाई रु २५०००। सहीत कदर पत्र र साेही प्रतियोगिताका रजत पदक बिजेताहरु क्रमशः बिजय संजाली, युबराज थापा, हरी प्रसाद गोले, बिश्व बुद्ध मगर, राजेश चौधरी, सरोज पुन, सुमन तामाड, सबिता राइ,  झरना गुरुङ्ग, जुनी राई, बिन्दु पुन मगरलाई एक कार्यक्रम गरी  सम्मान गरेकाे छ ।

 उक्त नतीजा हासील गर्न मेहेनत गर्ने उसु खेलका प्रशिक्षक हरू राजीब महर्जन, रतन बहादुर खाती, अरून दत्त, प्रकाश महर्जन, सुमन भट्ट लाइ कदर पत्र प्रदान गरीएकाे छ भने उसु खेलमा लागी  खेलकाे बिकाशकाे लागी बिशिष्ट याेगदान पुर्यानु हुने श्री गाेपाल श्रेष्ठ र थापा शंकर लेकाली लार्इ पनी वहाहरूकाे कार्यकाे उच्च मुल्याङ्कन गर्दै समान पत्र प्रदान गरेकाे छ ।

         साथै मलेशीयामा काम गर्ने सीलसीलामा ज्यान गुमाएका खाेटाङ छिटा पाेखरी घर हुने दिपक खड्काकाे  बुवा, अामालाइ प्रवास र नेपालमा हुने अभीयन्ता हरूबाट संकलीत  रू २६०००। छब्बीस हजार र  क्यन्सर पीडीत कबीता राइ लाइ सहयाेगका लागी प्रवाश बाट पठएकाे रू १०७२६। दश हजार सात सय छब्बीस  नयाँ शक्ती नेपालका सह संयाेजक कमलराज श्रेष्ठ काे हात बाट प्रदान गरीयकाे छ ।

         कार्यक्रमका  नयाँ शक्ती नेपाल (घनश्याम)सह संयाेजक कमलराज श्रेष्ठ केन्द्रिय सचीव नरेन्द्र अाेली,कुबेर गाैतम ,उसु खेल संग सम्बन्धित खेलाडी तथा प्रशीक्षककाे बाक्लाे उपस्थीती रहेकाे थीयाे उक्त  कार्यक्रमकाे सभापतीत्व राजु बस्नेतले गरेका थिए ।
मदिराले मातिएका श्रीमानले लगाए श्रीमतीको शरीरमा आगो

मदिराले मातिएका श्रीमानले लगाए श्रीमतीको शरीरमा आगो

नेपालगन्ज
–घरायसी झगडाका क्रममा एक व्यक्तिले श्रीमतीको शरीरमा आगो लगाएका छन्। दैलेख नारायण नगरपालिका–१ कुइकाना निवासी राजु नेपालीले १९ वर्षीया श्रीमती अनिसा नेपालीको शरीरमा मट्टितेल छर्केर आगो लगाएका हुन्।

जलेर गम्भिर घाइते भएकी अनिसाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भइरहको छ।  उपचारमा संलग्न चिकित्सक डाक्टर सुरेश नागका अनुसार उनको ७० प्रतिशत शरीर जलेको छ। प्रचण्ड गर्मीमा घाउ पाक्ने खतरा बढेको छ। घाइते अनिसाले आफूलाई श्रीमानले मट्टितेल छर्केर जलाएको बताइन्। भाउजूलाई ल्याएर लिएर आएकी नन्द सरिता नेपालीले मदिरा सेवन गरेका दाईले मट्टितेल छर्केर भाउजूको शरीरमा आगो झोसेको बताइन्।

उनका अनुसार बुधबार दिउँसो करिव १२ बजेतिर मदिराले मात्तिएर घर आएका राजुले अनिसाको शरीरमा आगो झोसेका थिए। 'भाउजू र म घरमै बसेका थियौं, दाई रक्सी खाएर गाउँबाट आउनु भयो,' सरिताले भनिन्, 'खाना पस्किन भान्सामा गएको बेला दाईले त्यही झगडा गर्नुभयो र भाउजूको शरिरमा मट्टितेल छर्केर आगो लगाउनु भयो।' भान्सा कोठाबाट बलेको आगोसहित चिच्याउँदै भाउजू बाहिर आएको र नजिकका छरछिमेक मिलेर मुस्किलले आगो निभाएको जानकारी दिइन्।

घटना लगत्तै दाई भागेको र ठूलो बुवाको साथमा भाउजूलाई लिएर राति भेरी अञ्चल अस्पतालमा ल्याइपुर्याएको सरिताले बताइन् । घाइते अनिसाको काखमा १२ महिने छोरा छन्। छोराको हेरचाह गर्ने जिम्मा आफन्तलाई लगाइएको छ। चितवन निवासी अनिसा र राजुबीच भारतमा मजदुरी गर्न गएको समयमा २०७१ चैतमा प्रेम बिबाह भएको थियो ।

भेरी अस्पतालबाट काठमाडौं लैजान रिफर गरेपनि रकम अभावका कारण लैजान नसकिएको उनको गुनासो छ । सरिताले भनिन, 'घरबाट ल्याएको १० हजार रुपैयाँ एम्बुलेन्सले लग्यो, अब कसरी उपचार गर्ने होला ?' घटनामा संलग्न राजुलाई जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिइसकेको छ । दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बीरबहादुर ओलीले अभियुक्तलाई बुधबार बेलुका पक्राउ गरेर बिहीबार ज्यान मार्ने मुद्दा दर्ता गरिएको जानकारी दिए ।
बलात्कारको प्रयास असफल भएपछि हत्या

बलात्कारको प्रयास असफल भएपछि हत्या

दाङ–बलात्कार प्रयास विफल भएपछि सल्यानमा एकै घरका चार जनाको विभत्स हत्या भएको तथ्य खुलेको छ। गाउँकै एक युवकले बलात्कार प्रयास विफल भएपछि घरमा रहेका दुई नाबालिका सहित चारै जनालाई पलैपालो हत्या गरेको प्रहरी अनुसन्धानमा पत्ता लागेको छ।

मंगलवार राति सल्यान छायाँक्षेत्र ९ रानागाउँमा दुई बालिकासहित घरभित्रै चार जनाको हत्या भएको थियो। स्थानीय रानागाउँकी २२ वर्षीया सीता खाँण, उनका दुई छोरी अढाई वर्षीया पवित्रा र १ वर्षियासविता र सीताकी १८ वर्षीया बहिनी गीता गिरीको हत्या भएको सल्यान जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दका अनुसार स्थानीय २० वर्षीय युवक सञ्जय भारतीले एकै परिवारका चार जनाको हत्या गरेको खुलेको छ। अभियुक्त सञ्जयको बयानका आधारमा प्रहरीले दोषी प्रमाणित गरेर उनलाई बिहीबार सार्वजनिक गरिसकेको छ।

यसरी भयो घटना

मंगलबार दिउँसो सञ्जय र सीता खाँणको भेट भएको थियो। गाउँले साइनो 'भतिजा' कहलिएका सन्जयलाई सीताले मंगलबार बेलुका आफूले सेलरोटी पकाउन थालेको र खान आउन भनेकी थिइन्। बेलुका सेलरोटी खान आउने भन्दै दिउँसो तीन बजेतिर सीतासँग छुट्टिएका सञ्जय बेलुका झण्डै ८ बजेतिर सीताको घरमा पुगेका थिए। मदिराले लठ्ठीएका उनले त्यहाँ अपशब्द प्रयोग गर्न थाले। 'उ त्यहाँ सेक्स्यूअल सम्वन्ध राख्ने उद्देश्यलेनै गएको रहेछ,' एसएसपी चन्दले भने, 'आफ्नो प्रयास विफल भएपछि उसलाई मदिराको नशाले होस बाहिर पुर्यायो।' अपशब्द प्रयोग गरेर सीता माथि हातपात गर्न थालेपछि सीताले प्रतिकार गरिन् र तथानाम भन्न थालिन्।

'मलाई आमा नभएको भनेर भनेपछि एकाएक रिस उठ्यो र म बाहिर निस्किएँ,' सन्जयको भनाइ उदृत गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी श्यामवहादुर खत्रीले भने 'त्यसपछि म पुरै होस हराएर त्यहाँबाट निस्किएँ।' घरबाट निस्किएपछि सीताको परिवार निर्धक्क सुत्न पाइनेमा ढुक्क थियो। तर ती अपराधी उतिबेलै घरभित्रै छिरे। 'घरबाट निस्केपछि छिमेकीको घरमा गाई बाँध्न गाडेको 'किलो' (काठको मुंग्रो) ओखलेर फेरी त्यँही पुगेछ,' डिएसपी खत्रीले भने, 'घरको चुकुल फोडेर उ भित्र पसेको छ ।' घरभित्र पसेपछि सन्जयले सीता माथि फेरिीबलात्कारको प्रयास थाले। सीताले प्रतिकार गरेपछि उनले त्यही किलोले हानेर सीताको हत्या गरी दिए ।

त्यसपछि उनी दिदीको घरमा पाहुना पर्न गएकी सीताकी बहिनी गीता माथि जाइलागे । उनले पनि प्रतिकार गरेपछि गीताको पनि त्यही मुंग्रोले हानेर हत्या गरिदिए । आमा र सानी आमाको हत्या भएपछि रोइकराई गरिरहेका अढाई वर्षीया पवित्रा र १ वर्षीया सवितालाई आफ्नो दोषको प्रमाण बन्ने भन्दै उनिहरुको पनि हत्या गरेको उनले प्रहरी समक्ष बयान दिएका छन्। 'सुरुमा बलात्कारको प्रयास भयो, मदिराले मातेको आवेगमा उसले सुरुमा महिलाको हत्या गर्यो,' एसएसपी चन्दले भने, 'त्यसपछि आफू फस्ने डरले मारेको देखेका नाबालिकासहित सबैलाई पालैपालो मारेको रहेछ।' चारजनाको हत्या गरेर त्यहाँबाट निस्केका सन्जयले स्थानीय ६० वर्षीया जुठ्ठी अधिकारीलाई पनि मुंग्रोले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ। ती बृद्धामाथि पनि उनले बलात्कारको प्रयास गरेको बताइएको छ। ती बृद्धाको अवस्था भने सामान्य छ ।

मंगलवार राति परिवारका चारैजनाको हत्या गरेका सञ्जय त्यो रात घरको बारीमा सुतेका थिए। बिहान पख उनी हत्या भएकै घर नजिकै भेला भएको स्थानीयको समुहमा निर्दोष सरह उभिएका थिए। गाउँलेबाट जानकारी पाएपछि सल्यान जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुगेको प्रहरी टोलीले त्यहाँ पुगेलगत्तै उनि माथि आशंका गरिरहेको थियो। उनको चप्पलमा रगतका टाटा देखिएपछि प्रहरीले उनलाई निगरानीमा राखेको थियो। केही समयपछि मध्यपश्चिम प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरीले सन्जयलाई समातेको थियो । अनुसन्धानका लागि लगिएको कुकुरले हत्यारा पत्ता लगाएको थियो । उक्त कुकुर हत्या भएको घरबाट निस्केर सन्जय सुतेको ठाउँ बारीमा पुगेको र त्यसपछि सन्जयलाई टोकेको थियो । बुधबार राति नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनले घटनाबारे बयान दिएका थिए।

बलात्कारको प्रयास मात्रै भएको र असफल भएपछि हत्या गरेको दोषीले बयान दिएपनि बलात्कार भएको वा नभएको भनि पहिचानको प्रकृया थालिएको छ । जिल्ला जनवास्थ्य प्रमुख डा.मनिषा रावलका अनुसार घटनाको प्रकृति हेर्दा बलात्कार भएको होकी भन्ने बढी सम्भावना देखिन्छ । 'हामीहरु घटनास्थलमा पुगेर हेर्यौँ,र स्याम्पलहरुमा ल्याएका छौँ,' उनले भनिन्, 'घटनाको प्रकृति हेर्दा बलात्कार पनि भएको बढी सम्भावना देखेका छौँ।' मृतक मध्य सीताकी बहिनी गीताको शव अर्धनग्न अवस्थामा रहेको थियो ।
nagariknews
राजा ज्ञानेन्द्रको सन्देश र भविष्यका कर्णाधारहरूको दायित्त्व

राजा ज्ञानेन्द्रको सन्देश र भविष्यका कर्णाधारहरूको दायित्त्व

–सन्तोष मिश्र
नेपालमा २०३८ वर्ष सम्म कायम भएको राजतन्त्रलाई २०६३को जनआन्दोलनले विस्थापित गर्‍यो । शाहवंशका ११ पुस्ताका अन्तिम राजा श्री ५ ज्ञानेन्द्र अपदस्थ भए । २०४७ को जनआन्दोलनले स्थापित गरेको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपालको सातौं संविधानका रुपमा २०७२ घोषणा गरिएको छ । तर अक्षरस: पालना र पूर्ण कार्यान्वयन हुन सकेको छैन । संविधान २०७२ जारी भएपछि पनि असन्तुष्टी, आक्रोश यथावत छ । राजा आऊ देश बचाउको नारा देशभर घन्किएपछि राजसंस्थाको पुनरवहाली र पुनस्र्थापनाको माग बढिरहेको छ ।

संविधान निर्माण र जारी गर्न सक्रिय शक्तिहरुबीच राजनीतिक मेलमिलाप र एकता छैन । केवल सत्ता स्वार्थकालागि मात्र राजनीतिक परिवर्तन भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीले मात्र संविधानको उपलब्धीहरु हासिल गर्न खोजिरहेका छन् । बाँकी राजनीतिक शक्तिहरूकालागि संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था ‘आकाशको फल आँखा तरी मर’, कौवालाई बेल पाक्यो हर्ष न विस्मात’ सावित हुँदैछ  अर्थात संघीय लोकतान्त्रिक गणतन्त्रमा आस्थावान राजनैतिक शक्तिहरुमा व्यवस्था अनुशारको राजनीतिक संस्कार, संस्कृति, मूल्य, मान्यता, कार्यशैली, व्यवहार देखा पर्न सकेको छैन ।

कुनै राजनीतिक व्यवस्था, विचार, सिद्धान्त र कार्य व्यवहारको आडमा जनताको समर्थन टिकेको हुन्छ । यतिखेर राष्ट्रिय राजनीति र कुटनीति दुबै  असफल छ । राजनीीतमा असफल भन्ने कुरा केही हुँदैन । छिमेकी राष्ट्र चीन र भारत वर्तमान लोकतन्त्रवादी र गणतन्त्रवादी राजनीतिक दलहरूको कुटनीतिबाट अस्वस्त छैनन् । विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाललाई धर्म निरपेक्ष राष्ट्र जबरजस्ती घोषणा गरी क्रिश्चियन धर्म परिवर्तन महाअभियान र पश्चिमा राष्ट्रहरूलाई क्रिश्चियन धर्म र आइएनजिओ मार्फत चलखे.ल गर्ने छुट दिइएपछि हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता रहेको देश नेपालमा सामाजिक भेदभाव, जातीय सद्भाव, धार्मिक सहिष्णुता, क्षेत्रीय सन्तुलन, कुटनीतिक र राजनीतिक सन्तुलन सबै खलबलिएको छ ।

राज्यको पुनर्संरचना र सामाजिक आर्थिक रुपान्तरणको कार्यभार अलमलिएको छ । मधेशवादी दलहरुको आह्वानमा भएको आन्दोलनले ठूला राजनीतिक दल भनिएका नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीलार्य गम्भीर चुनौती दिएका छन् । मधेशप्रति हेर्ने तीन दलको दृष्टिकोण एकदमै गलत देखिएकाले तीन दलले आजसम्म देशलाई प्रयोगशाला बनाएर गर्दै आएका राजनीतिक अभ्यासहरू असफल झैं भएका छन् । युरोपेली महासंघको सहयोग र समर्थनमा संघीइ लोकतान्त्रिक गणतन्त्र नेपालको हावापानी, माटो, देश, काल परिस्थिति सुहाउँदो नहोला जस्तो देखिएको छ । अब नेपाली जनताको आक्रोशको केन्द्रबिन्दू भनेको तीन दल नै हुन् । तीन दल एक आपसमा मिलेर चुनौतीको मुकाबिला गर्न नसके नेपाली जनताले विकल्प खोज्ने छन् त्यतिखेर नयाँ राजनीतिक शक्ति विस्थापित हुने र पुरानो राजनीतिक शक्ति स्थापित हुने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई पुरनो शक्तिले कब्जा गर्ने प्रबल संभावना देखिन्छ ।

शाहवंशीय राजसंस्था, राजतन्त्रप्रति आस्थावान जनताहरूको संख्या अझैं पनि ठूलो छ । राजसंस्था र हिन्दू राष्ट्रलाई अझै अपरिहार्य देख्ने राजनीतिक दल राप्रपा नेपाल गठबन्धन सरकारमा छ । वर्तमान परिवेशमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको सक्रिय राजनीतिक भूमिका प्रति केपी ओली नेतृत्वको सरकार नतमस्तक छ । कमल थापाको राजनीतिक कार्यशैली र व्यवहारप्रति दुई विशाल छिमेकी चीन र भारतको पनि अरु दलहरूको भन्दा बढी विश्वास रहेको छ । राजावादी अर्थात राष्ट्रवादी शक्तिहरू विभिन्न घटकको माध्यमबाट आफ्नो मूल्य र मान्यता स्थापित गर्न देशभर क्रियाशील छन् । आ–आफ्ना ढंगले राजनीतिक गतिविधिहरू बढाइरहेका छन् । एमाले, काँग्रेस, एनेकपा माओवादीका नेता, कार्यकर्ता पार्टी छाडेर ‘नयाँ शक्ति’ पार्टीमा सामेल भइरहेका छन् । नयाँ शक्ति पार्टीले एनेकपा माओवादीलाई ध्वस्त नै बनाउने रणनीति अपनाएको छ । अवसरवादी र उपभोक्तावादी चरित्रका मानिसहरू कुनै पनि बेला पार्टी छाडेर कहिं पनि लाग्न सक्दछन् ।

देशभक्त, राष्ट्रवादी राजावादी शक्तिहरू, मधेशवादी दलहरू र नयाँ शक्ति पार्टीकाबीच चुनावी तालमेल र तीन दलका विरुद्ध संयुक्त संघर्ष मोर्चामा सहमति हुने अवस्था पनि छ । के.पी. ओली नेतृत्वको सरकार राष्ट्रवादी वुख्याचा सरकार हो । यसको आधार बलियो छैन । भारतीय नाकाबन्दी, भूकम्पबाट सास्ती खेपेका, पीडित भएका आम नेपाली जनताहरूले वर्तमान सरकारको विकल्प खोजिरहेको र १०/१० वर्षमा नेपालमा राजनीतिक परिवर्तनको परम्परा रहेको तथा राजनीतिक खडेरीसँगसँगै लामो प्रकृतिक खडेरी समेत परेकोले राजनीीतक परिवर्तन सत्ता परिवर्तनको योग परेको छ ।

अपदस्थ राजा ज्ञानेन्द्रले देश र जनताहरूसँगको सम्बन्ध र सामाञ्जस्यतालाई कायम राख्दै आएको पाइन्छ । असन्तुष्ट जनताहरू राजाको कदमप्रति आकर्षित हुने आधार बलियो छ । जनतामाथि दमन गरेर शासन गर्ने दिन अब गए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई उपयोग र प्रयोग गर्ने राजनीतिक दलहरूबीच एकता र मेलमिलाप नहुनु, ती दलहरूले जनताको मन जित्ने कुनै नीति, कार्यक्रम व्यवहारिक रुपमा अगाडी सार्न नसक्नु नै उनीहरूको असफलता हो । एमाले र काँग्रेस पटक पटक शासन सत्तामा असफल भएका पार्टी हुन् । एनेकपा माओवादी जीर्ण हुँदै गएको राजनीतिक शक्ति हो ।

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट नव वर्ष २०७३ को उपलक्ष्यमा बक्सेको शुभकामना सन्देश वर्तमान सरकारमा रहेका दलहरूकालागि चेतावनी र चुनौती बनेको छ भने दलहरूको कार्यशैलीबाट खिन्न भएका जनताहरूलाई आशाको किरणको रुपमा देखा परेको छ ।

राजा ज्ञानेन्द्रले दिएको सन्देशमा ‘आफ्नो भाष, इतिहास र धर्मसंस्कृतिहरू देशका आधार हुन भन्ने विषयलाई मनन गर्दै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बुझेर मात्र परधर्म बुझौं, यहि मेरो शुभकामना छ । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।’ भन्ने शब्द, वाक्यहरू अति मार्मिक छन् । यसलाई नबुझे सत्ताशीनहरूको अभिनय भयो भने त्यो अनिष्ट सावित हुनेछन् । पार्टीभन्दा ठूला जनता र देशको सर्वोत्तम हित हो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान संविधानसभाबाट बनेको हो । यस संविधानमा अधिकतम जनताको सहमति छैन । संविधानसभाको बहुमतद्वारा पारित भएको छ । नेपाली जनताको जनादेश, इच्छा, आकांक्षा विपरित नेपालको संविधान २०७२ बनेको छ । विदेशमा नेपाली नागरिकहरूको ठूलो संख्या छ ।

पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश त्यतिखेर सार्वजनिक भएको छ जतिखेर सत्ताशीनहरूलाई देश विखण्डनको आरोप लागिरहेको छ । हुन पनि देश यतिखेर गम्भीर र संवेदनशील अवस्थामा छ । स्वाभिमान नेपालीहरू जो हिमाल, पहाड र तराइ मधेशमा रहन्छन् उनीहरू भावनात्मक एकीकरण चाहन्छन् । वर्तमान संविधानले भावनात्मक एकीकरण गर्न सक्ने  छाँटकाँट छैन । संविधान संशोधन गरी राजासहितको संविधान निर्माण गरेमात्र सबै राजनीतिक शक्तिहरूको सहमहतिमा सबै पक्षलाई मान्य हुने, सन्तुलित संविधान हुने अवसर देखा परेको छ ।

शाही युवा शक्ति गठन भइसकेको छ । जुन राजनीीतक शक्तिले देश र जनताको इच्छा मुताबिक काम गर्न सक्दछ । त्यही राजनीतिक शक्ति रुचिकर हुन सक्दछ । समय र परिस्थितिले देश र जनताको पक्षमा तालमेल गर्न राजनीतिक दलहरूलाई बाध्य बनाउँछ । कुनै पनि संविधान उत्कृष्ट, निर्विवाद र अशंसोधनीय हुन सक्दैन । देश र जनता साध्य हुन् । संविधान साधन र माध्यम मात्र हो ।
देश र जनताको पक्षमा राजतन्त्र सधैं उभिंदै आएको इतिहास साक्षी छ तर दलगत स्वर्थ, गूट, फूट र लूटको संस्कार र संस्कृतिले राजनीतिक दलहरू देश र जनताको रक्षामा निर्वाध नि:संकोच लाग्न सकेको पाइंदैन । धेरै राजनीतिक दल ‘देश उजाड’को अवस्थामा पुगेको छ । विचार मिल्ने दलहरू समेत एक हुन नसकेको कारण संघीय लोकतान्त्रिक गणतन्त्रको ढाँचाबाट देश सञ्चालन हुन नसक्ने सिद्ध अर्थात प्रमाणित भइसकेको छ ।

पूर्व राजा ज्ञानेन्द्रले देश र जनताप्रति चिन्तित भई अति दूरदर्शी बनेर दिइएको सन्देश आम देशभक्त परिश्रमी नेपाली जनताहरूकालागि मार्ग दर्शन बनेको छ । राजतन्त्र र हिन्दूराष्ट्र नेपाल र नेपालीको भलाई गर्ने बलियो खम्बा पनि हो । राजा ज्ञानेन्द्रको सन्देशमा भएको  अभिव्यक्ति ‘हाम्रा राष्ट्रिय मान्यताहरू (धर्म, संस्कृति, भाषा, इतिहास र सभ्यता) विपरित प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सुम्पिएको धरोहरू आफ्ना सन्ततिलाई कसरी हस्तान्तरण गर्न सक्छौं भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दै गएको छ भन्ने कुरा यथार्थ हो ।

दक्षिण एसियाको भू राजनीतिक संवेदनशीलता र शक्ति सन्तुलनको हेक्का राख्न सत्तासिनहरूले सकेका छैनन् । भागबण्डा, गलत सम्झौता, अपवित्र गठबन्धन, विदेशी हस्तक्षेप र सहयोगमा टिकेको सत्ता जनसत्ता र  देशभक्त सत्ता होइन । देश कता जाँदैछ भन्ने कुरा ठूला राजनीतिक दल र सत्ताशीन सरकार आफैंलाई थाहा छैन ।

साझा र सही मानचित्र केही छैन । अन्ध राष्ट्रवाद र नक्कली राष्ट्रवादको अभ्यास र अभिनय गरिंदैछ, जुन गलत छ । देशभक्तिको मिलनबिन्दूमा राष्ट्रघातीहरू कहिल्यै एक हुन सक्दैनन् । शाहवंशीय राजाहरूको इतिहास र योगदानलाई अवमूल्यन गर्नु पाप हो । यो राष्ट्र निर्माणमा हिजो जस्तै आज र भोली पनि सक्रिय भूमिका निर्वाह गर्ने वातावरण कायम हुनु पर्दछ । पूर्व राजा शाहले राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भइसकेको छ, राष्ट्र सम्बन्धी अवराधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भइसकेको छ भन्ने विश्लेषण एकदमै सटिक छ ।

विगतका दिनहरूमा राजा र राजसंस्थाप्रति पूर्वाग्रही र संकिर्ण हुँदै आएका वर्तमान शासन सत्तामा रहेका दलहरूप्रति राजा ज्ञानेन्द्र संकीर्ण र पूर्वाग्रही नभई शुभकामना सन्देशमार्फत जुन अतिवुद्धि, उपदेश दिएका छन् यो मनन योग्य छ । राजनीतिक दलहरू असफल, कमजोर हुन सक्दछन् तर दलहरूका कारण राष्ट्र असफल हुनु हुँदैन । राष्ट्रकासामु सवल र सफल बन्न धेरै विकल्प र संभावना हुन्छन् ।

नेपालको स्वाधीनता, नेपालीको अस्तित्व रक्षा, सुख, समृद्धि भाविष्यकालागि गलत तत्व र शक्तिलाई परास्त गर्दै भविष्यका कर्णाधारहरू सबै एक ढिक्का भएर अगाडी बढ्नु पर्दछ ।

(प्रकाशन मितिः २०७३ वैशाख १६ गते बिहीवार)

लेखकलाई फेसबुकमा फलो गर्नुहोस्
आकाश पाताल गुड्डी हाँक्ने सरकार

आकाश पाताल गुड्डी हाँक्ने सरकार


–स्वयम्भुनाथ कार्की


नयाँ नेपालले साँच्चै अभुतपुर्व सरकार पाएको छ । दैनिक जसो नयाँ नयाँ परिकल्पना पस्कन सक्ने तर सामान्य कार्यसञ्चालन गर्न पनि नसक्ने वर्तमान सरकार नेपाल मै मात्र आभुतपूर्व हैन । विश्वभरी नै यस्तो सरकार भएको उदाहरण कठिन छ । कल्पनाशिलतामा त यो सरकार कुनै कवि वा आख्यानकार आदि भन्दा कयौं गुणा माथि छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको “उद्देश्य के लिनु , उडी छुनु चन्द्र एक” लाई चरितार्थ गर्दैछ । तर भुईंचालो पीडितलाई सहयोग आएको चामल झापाको गोदामबाट निकाल्न सकेको छैन, त्यही सड्दैछ ।

सरकारको यो प्रयत्नमा साथ दिने अत्यन्त सहनशिल जनताको साथको योगदान पनि कम छैन । पालमा अनन्तकालसम्म जीवन गुजारा गर्न तैयार छन् । गिठ्ठा भ्याकुरसम्म नपाए पनि भोकै मर्न तैयार छन् । तर हाम्रो निमित्त आएको खाद्यान्न खोई भनेर चुईक्क बोल्न तैयार छैनन् । हेलिकप्टरमा आएर सरकारले शिलान्यास गर्ने वित्तिकै अपूर्व आनन्दको अनुभुति भएको छ । पीडित त पीडित भई नै हाले तर उनीहरुलाई सहयोग वापत पेटकाटेर दिनरात एक गरेर राहत जुटाउनेहरु पनि चुप छन् । सरकारलाई वितरण गर्न बुझाएको आफ्नो सहयोग के भईरहेको छ भनेर सोध्ने छेकछन्द नै छैन ।

एक वर्षमा लोडसेडिङ समाप्त पार्ने कुरा अति महत्वाकांक्षी भयो भन्नेलाई नकारात्मक कुरा गरेको आरोप लगाउनेहरुले जिम्मेवारी बोक्नु परेको छैन । उनीहरुको काम भनेको सररकाले निरन्तर हाँकेका नयाँ नयाँ गुड्डीको प्रसस्ति गाउनु मात्र भए जस्तो छ । नत्र आधा वर्ष पार गरिसक्दा झन विकरालरुपले बढेको लोडसेडिङको जवाफ दिनु पर्ने थियो । नाकाबन्दी समाप्त भएको महिनौ भईसक्दा पनि चुलोमा ग्याँस पाइप त भएन नै तर भरी ग्यास सिलिन्डर देख्न पनि कठिन छ । तर जनता सन्तुष्ट छन्, कुनै कष्ट भएको छैन । भएको भए खै त “ऐया आथ्थु” ?

सरकारले हावाबाट निकालेको विजुलीको उज्यालो चुलोमा ल्याईदिएको पाइपको ग्यासले खाना बनाएर काठमाण्डौको मेट्रो रेलमा चढेर काममा जान जनता पर्खेर बसेको छ । तुइनको बदला झोलुङे पुल तरेर आफ्ना बालबालिका विद्यालय गएको जनताले झलझल देखेकै हुनु पर्दछ । नत्र भने यी परिकल्पना कार्यन्वयनको कुनै लक्षण नदेख्दा सोध्नु पर्ने होईन र ? काम नै शुरु नभई भनेको मितिमा जादुगरले छडी घुमाएर खरायो निकाले झै सबै कुरा फुत्त निकाल्न सकिने त पक्कै हैन । 

नेपाली जनतालाई चहिएको काम भन्दा सपनाको व्यापार रहेछ भनेर आज सम्पूर्ण विश्वले बुझ्दैछ । जनता जति पनि निचोरिन तैयार छन । कसैको नाकको निमित्त पेट कसेर ज्यान फाल्न तैयार छन् । तर खाना नपाएर केही फरक पर्दैन, सुरक्षा नहुनुले महत्व राख्दैन । राख्ने भए खै त त्यसको अभिव्यक्ति ? खै त माग ? कसैको राजनैतिक स्वाथ्र्यमा आफ्नो जीवन होम्न सक्ने जनताको प्राथमिकता के ? जनताले आफूलाई परेको प्रहारले दुखेको पनि अनुभूति गरेको देखिन्न । दुखेको भए खै त ऐया, खै त आथ्थु ?

कहिले महंगी भो भनेर सडक तताएको छ ? छैन । उपभोग्य वस्तु पाईएन भनेर विरोध जनाएको छ ? छैन । सुरक्षा चाहियो भनेर ज्ञापन दिन गएको छ ? छैन । काम गर्ने वातावरण भएन भनेर धर्ना दिएको छ ? छैन । व्यक्तिगत सम्पत्ति खोसियो भनेर चुइक्क गरेको छ ? छैन । तै पनि जनता सडकमा आएको छ, विरोध पनि गरेको छ । विरोधमा मुखर पनि भएको छ, अनि धर्ना पनि दिएको छ । विरोधका हरेक जायज वा नाजायज तरिका अपनाएको छ । ज्यान पनि फालेको छ, तर के का निमित्त ? 

जनता सफाई अभियानमा उत्रेको छ, तर त्यसको श्रेय कुनै दल वा गैरसरकारी संस्थाले पाउछ । आरक्षणको निमित्त ज्यान फालेको छ, त्यसको फाईदा दलहरुले भागवण्डामा गर्न लिएका छन । कुनै दल, गैर सरकारी संस्था आदिको निमित्त फुटाएको आफ्नो टाउकोले मरमपट्टी पनि भेट्दैन तर आयोजकका नेतृत्वका कृपापात्रहरुको हैसियत बन्छ । जनता अरुको निमित्त यति गर्न तैयार छ, तर आफ्नो निमित्त ऐयासम्म भन्दैन ।

यसैले नयाँ नेपालमा अभुतपुर्व पात्र र प्रवृतिको जगजगी छ । भुईचालो पिडितलाई घामपानीबाट बचाउन भन्दा पहिले नयाँ गोरेटोको प्रभुले आफ्नो निमित्त चर्च भेट्छन । सरकारको हरेक आकाश पाताल हाँक्ने गुड्डीले जनताको ताली भेट्छ । नेताले राज्य सम्पत्तिमा भागवण्डा भेट्छ । जनता चुपचाप उनिहरुको निमित्त रगत वगाउछ । आफु निचोरिएर कर दिन्छ जो भागवण्डामा प्रयोग हुन्छ । अनि यस्ता अभुतपूर्व जनता पाउँदा पनि गुड्डी नहाँक्ने त कुरै छैन । जनताले एक पटक “ऐया” मात्र गरेमा सबै पीडा समाप्त हुुन बेर लाग्दैन , तर “ऐया” त गरोस् ।

–विराटनगर–१

प्रकाशन मितिः २०७३ वैशाख १६ गते बिहीवार
नागरिक संवेदनामाथि राजनैतिक सहवास

नागरिक संवेदनामाथि राजनैतिक सहवास

–भिम खनाल
केही दिन अगाडि सिंहदरबारले धुमधामसँग भुकम्प वर्ष मनायो । राष्ट्र प्रमुख विद्यादेवी भण्डारी एक हुल जत्थाको लावालस्कर लगाएर गोरखा स्थित बारपाक पुगिन र भुकम्प स्मारकको शिलान्यास गरिन् । यसपालीको जाडो हिउँको सिरानी र बरफ ओढेर कठ्यांग्रिंदै कटाउन बाध्य ती पीडित बारपाकेहरुलाई स्मारक आवश्यकता थियो या एउटा सानो ओत लाग्ने झुप्रो ?

तातो पनियुले डामेको भोको पेटमा एक मुठि अन्न आवश्यकता थियो या फगत फाल्तु आदर्श ? यी सब राजा–राणाजीहरुले बनाएको महलमा चयनको जिन्दगी कटाइरहेकी उनलाई हेक्का हुने कुरै भएन । जो वास्तविक पीडा भोग्नेलाई थाहा हुन्छ । तर आजकल यस्तो लाग्छ सरकार भुकम्प पीडित नागरिकहरुको संयमतामाथि निरन्तर सहवास गरिरहेको छ ।

पीडितका आँसु र संवेदनाहरूको बिक्री गरिरहेको छ । अफसोच ¤ राष्ट्रप्रमुखले भूकम्प स्मारक शिलन्यास गर्दै गर्दा हास्य कलाकारको एक जोडी भने मानवियता स्विकार्दै सिन्धुपालचोक स्थित मेलम्ची गाविसमा एकीकृत नमुना वस्तिको आफै शिलन्यास गर्नमा व्यस्त थिए यस्तो लाग्छ ती कलाकारका जोडीले कलाकारिताको बिल्ला आजकाल देशका प्रधानमन्त्रीलाई भिराईदिएका छन, अनि नागरिकका तमाम समस्या, चाहाना र भावना हावामा उडाउँदै फिस्स हाँसिदिन्छन अनि आफैले आफैलाई जबरजस्ती उच्च राष्ट्रवादीको बिल्ला भिराउन लालायित छन् ।

हुन त जसरी भुकम्प पीडितलाई बाँस–गाँसको चिन्ता छ सोही मुताविक राजनीति गर्नेहरुलाई आगामी चुनावको चिन्ता हुँदो हो विभिन्न राष्ट्रहरुले भुकम्प पीडितका लागि दिएको अनुदान रकम भुकम्प पीडितकै लागि हुन पर्छ भन्ने हेक्का राजनिति गर्नेहरूलाई हुन्थ्यौं भने आज भू–कम्प पछिको नव–निर्माणले सार्थकता पाउथ्यो । असलमा पश्चिम कैलालीबाट चुनाब लड्ने नेतालाई पनि उहीँ अनुदान हुत्याउनु छ र पूर्व झापाबाट लड्नेलाई पनि उहीँ अनुदान रकम प्रति गिद्धे दृष्टि छ । वास्तवमा कैलाली या झापा विनाशकारी भूकम्पबाट ग्रस्त भएका जिल्ला हैनन् यद्यपि अन्य यावत समस्याहरु छन् । आफ्ना नागरिकको ज्यु ज्यानको सुरक्षा गर्नुपर्ने जिम्मा सरकारको हुन आउछ, विनाशकारी भुकम्प गएको एक वर्ष बितिसक्दा समेत पुननिर्माण ठप्प पारी सिंहदरबार फगत फाल्तु आदर्श छाटिरहेको छ । यस्तो लाग्छ सिहंदरबार आफ्ना नागरिक को हताहति चाहान्छ हैन भने विनाशकारी भुकम्पकै कारण विभिन्न रोगको संक्रमणबाट अब आईन्दा कुनै पनि नागरिकले ज्यान गुमाउछ भने त्यसलाई मृत्यु मान्न सकिन्न त्यो हराईरहेको मानवियता भित्रको एक बर्बर अपराधिक हत्या हो ।

यतिबेला मुलुक ठूलै आँधिको सामना गरिरहेको छ मधेसका जिल्लाहरु अधिकार प्राप्तिको नाममा आगो ओकलिरहेका छन् । राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतालाई निरन्तर बिथोल्ने प्रयासहरु भईरहेका छन् । अफसोच ¤ मुलुकको संवेदनशील पदमा रहेकाहरूबाटै रास्ट्रिय हित र पदिय मर्यादा विपरित देश सिक्कीमीकरणको बाटोमा छ या देश बिखण्डन हुन्छ जस्ता गैर जिम्मेवारपूर्ण अभिव्यक्ति आउनुलाई हामी सामान्य कुनै अग्लो पहाडतिरका काला कुल्लि जस्ता लाग्ने नागरिक ले के बुझ्ने ? वौद्धिकताको खोल ओढेकाहरु विभिन्न जात र वर्गका नागरिकहरुलाई भ्रम छर्दै अधिकारको नाममा राज्य द्रोह गर्न लगाउँछन मधेस मात्र हैन देशका हरेक कुनामा असन्तुष्टि र बिद्रोहका आवाज बुलन्द हुने क्रममा छन् ।


सडकमा खाली खुट्टा आफ्नो दरिद्रिपनको नाङ्गो प्रदर्शन गरिरहेका राजनितिज्ञहरुको आर्थिक परिवर्तनकै लागि जनआन्दोलन थिएन । मुलुकको अग्रगामी परिवर्तनको लागि ज्यू जीवनको प्रवाह नगरी उत्साहजनक नागरिकहरु सडकमा उत्रिएका थिए आज राज्यका उहीँ नागरिकहरुबाट पुरानै व्यवस्था ठिक भन्ने अवस्था कसको कारणले सिर्जित भयो ? यी यावत यथार्थता सामुन्ने पर्खाल बनेर खडा हुँदा हुँदै पनि आफ्ना नागरिकहरुको न्यायोचित माग प्रति सरकार कहि कतै संवेदनशील देखिंदैन । यो मुलुकमा १० जना बेरोजगारी लफङ्गाहरु सडकै अबरुद्ध गरि अलग राज्य माग्ने हैसियत राख्छन र पाउने आश्वासन पनि सजिलै दिन्छन् हाम्रा कलियुगका श्री आठहरु । यद्यपि तेस्रो मुलुकले भुकम्प पीडितका लागि दिएको अनुदान घाँटी सुक्ने गरि चिच्याउदा समेत सुन्दैनन मानौ सिंहदरबार धतुरोको नशामा चिर सुतेको छ ।

यो मुलुकमा राजनिति गर्नेहरूका आ–आफ्नै खल्तीमा पत्रकार छन, लेखक छन बुद्धिजीवी छन् जसले समाज भित्र घट्ने यथार्थ घटनाहरु दबाएर आ–आफ्नो सिद्धान्त र हित अनुकुल रोटि सेक्ने ठेक्का लियका छन तिनिहरुको वौद्धिक अपाङ्गताले समाजमा सिर्फ अन्यौल र भ्रमको खेती गरेको छ राज्यको हित अनुकुलको नीति बनाउने जिम्मा राजनिति गर्नेहरुको हो । बालुवा धानि पहाड तिर आखामा निद बोकेर रातभर डण्डा हल्लाउनेहरुको होइन । आफ्ना नागरिकहरुलाई बिकासको मुल प्रवाहमा लगाउनु सरकारको दायित्व हुन आउछ पढेलेखेकाहरुलाई कहाँ छ रोजगारी ? जनवादी क्रान्ति र गणतन्त्रको नाममा मुलुकबाट लखेटिएका आफ्ना नागरिकहरु कुन कुनामा कति छन भन्ने समेत यथार्थ तथ्य छैन त्यो मुलुकमा ।

जननेता मदन, राजा वीरेन्द्र, पण्डित नारायण पोख्रेल र अमर लामाहरुलाई यसै गोलि ठोकिएको हैन यस्तो लाग्छ । मेरो मुलुक विश्व भरका कुख्यात अपराधि चाल्स शोभराजहरुको आरामदायी थलो हो । रवीन्द्र मिश्रले कहि कतै लेखेका थिए “मुलुकमा राजनिति गर्नेहरुलाई सिर्फ प्रतिद्वन्द्वीलाई कसरी पछार्ने, थेचार्ने सत्तमा जाने र कसरी सत्तामा टाँसिरहने भन्ने मात्र मतलब छ ।” हुन पनि सत्तामा पुग्नासाथ मङ्गल ग्रहमा पाईतला राखेजस्तै जस्तै उफ्रिन्छन यी राजनिति गर्नेहरु मानवियता या संवेदना जस्ता कुराहरुको अलिकत पनि हेक्का राख्दैनन् ।

भुकम्पपछिको पुनर्निर्माण र राष्ट्रिय महत्वका मुद्दाहरुलाई तिनीहरुका स्वार्थी, व्यक्तिगत सपनाले पुरिदिएका छन् । तिनीहरु समाज परिवर्तन र दिगो विकासलाई महत्त्व दिंदैनन् र मुलुकको अग्रगामी परिवर्तनको लागि राजनिति गरेका हैनन् तिनीहरु । सिर्फ राजनितिसँग सम्बन्ध राख्ने सत्ता र शक्तिले राजनितिमा टाँसियर बसेका छन् र बसिरहने छन् । घाटमा चित्ता नजलुन्जेल मानौ यी राजनिति गर्नेहरु मानवीय संवेदनाहिन परजीवी हुन् यिनिहरुलाई सिर्फ नागरिकको संयमता र धैर्यता प्रति बर्बर बलात्कार गर्न आउँछ मानवीय मूल्य बोकेर देश दुनियाँ बदल्ने कसम खाएकाहरू सिर्फ आ–आफ्नो हित अनुकुल रोटी सेकेका छन् मान्छेले मङ्गल ग्रहमा बस्ति बसाउने हैसियत राख्दा हामी सिर्फ कपुलित स्वार्थ सिद्धान्त र वादको राजनितिले मच्चाएको आतङ्कमा किरा फट्याङ्ग्रा सरह पिसिएका छौं, मानौ संसारभरका जुठेल्ना चम्काउने जिम्मा हाम्रा पुस्ताले हामीलाई सुम्पेका छन् । बालुवाधानी पहाडहरु हाम्रो जीवनको सापटी मागिरहेका छन् । यस्तै छ यहाँ बोल्नेको जिब्रो काटिन्छ, नबोल्नेलाई आजिबन दासी बनाइन्छ अनि लोकतन्त्रमा बडो राष्ट्रवादका आदर्श छाटिन्छ ।

(प्रकाशन मितिः २०७३ वैशाख १६ गते बिहीवार)
देश चाहियो कि गणतन्त्र, छिनोफानो गरौं

देश चाहियो कि गणतन्त्र, छिनोफानो गरौं

–निरन्जन घिमिरे
नेपालको राजसंस्थालाई परिवर्तन, एकता र विकासको बाधक भन्दै विश्वका अनेकौं विभिन्न देशसँग तुलना गर्दै सोही अनुरुपको विकसित र समृद्ध नेपाल बनाउने भ्रमजालमा पारेर छलपूर्वक नेपालको शाहवंशीय राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी शाहवंशीय राजाहरूको कार्यकालमा निर्माण भएका संरचनाहरू ध्वस्त पार्दै नेपालको राष्ट्रिय ढुकुटीमाथि रजाइँ गरिरहेका राजनीतिक दल र तिनका नेताहरू राष्ट्रिय संरचनाहरूको पुनर्निर्माण गर्लान् र देश पुन: दुलही झैं सिंगारिएला भन्ने आशै आसमा बसेको आज २० वर्ष पूरा भएको छ ।

१० वर्ष माओवादी जनयुद्धको नाममा र १० वर्ष संविधान निर्माण प्रकृया तथा संक्रमणकालको नाममा देशलाई खोक्रो बनाउँदै देशका हरेक ऐतिहासिक संरचनाहरू ध्वस्त पारियो । बचेखुचेका केही महाभूकम्पमा ढले । जनयुद्ध, संक्रमणकाल र महाभूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक संरचनाहरुको पुनर्निमाणकालागि विभिन्न दाता मित्रराष्ट्रहरूले खरबौं रुपैयाँको आर्थिक सहयोग पनि गरे तर अहिलेसम्म पुनर्निर्माणको नाममा एउटा सिन्को समेत भाँचिएको देखिएन ।

नेपाली गरिब तर बहादुर युवा शक्तिलाई विभिन्न किसिमका लोभ देखाइ दश, दश वर्षसम्म युद्धमा यसरी होमे जसरी महायज्ञमा दक्ष प्रजापतिको टाउको यज्ञकुण्डमा होमिएको थियो । त्यसैगरी नेपालका सोझा सिधा निमुखा गरिब अनि बाहादुर युवा शक्तिलाई पनि नशालु मादक पदार्थ सेवन गराई युद्धमा होम्न बाध्य गराइएको थियो । फेरि किन अज सम्म पनि पहिला बोलिएका कुराहरु कार्यान्वयन हुन सकेका छैनन् ?
हिन्दु धर्मकी नारी बरु एक छाक खान छाडेर पनि आफ्नो सिउँदोमा आफ्नो पतिको नामको सिन्दुर लगाएर सधै खुशीका साथ सजिएर सुन्दर भै बसेकी हुन्छिन् आज त्यस्ता हजारौं नारीको सिउँदोमा सिंदुर छैन खै कहाँ गयो  आज ती नारिको आशुको मोल ? कतिका बाहरुको इच्छा हुन्छ आफ्नो वंशावलीमा आफ्नो सन्तानको लामो लहरो होस् भन्ने, तर आपसोच ¤ आज ती नामको लास्टमा “द इन्ड” लेख्नु परेको छ के यो त्यही राजतन्त्र, हाम्रो मान अनि हिन्दु धर्मको सान मेटाउनको लागि मात्र नेपाली वहादुर युवाशक्तिले आफ्नो आहुती दिएका हुन त ?

किन सरकार मौन छ ? किन अन्धो जसरी केही देख्दैन अनि बहिराहरु जसरि कुनै कुरा पनि सुन्न खोज्दौन ? के अहिलेका नेताहरू मात्रै संवैधानिक पद्को कुर्सी अनि चिल्लो गाडीको लोभले मात्रै बनेका हुन त ? देशमा गएको माहामारी दैविक प्रकोपमा परि कति खान लाउन नपाइ भोक भोकै छट्पटाइरहे अझै पनि आकाशलाई छानो बनाएर बस्नेको संख्यामा कमि छैन किन आज सम्म उनिहरुकोलागि यौटा घाम पानी छेक्ने टहरो बनाइदिन सक्दैन आखिर केका लागि अनि कस्कोलागी आयो बिदेशी सहयोग अनि कहाँ गयो ती रकम ? अहिलेको राजनीति, देशको परिस्थिति अनि दाइ गर्ने गोरुहरुको ताल देख्दा नेपाल एउटा इतिहासमा मात्रै सिमित नरहला भन्न सकिदैन । यो कुरा सम्झिंदा पनि डर लाग्छ ।

के यो देशमा नेपाल अनि नेपालीलाई माया गर्ने राजा मात्रै हुन त ? हैन भने आज सम्म कुन नेताले देश र जनतालाई माया गरे ? यो प्रश्न अनुत्तरीत नै छ । त्यसैले देशको माया भए अब सम्पुर्ण नेपालीले आर वा पार गरौं, आन्तरिक शत्रुलाई चिनौं । सबै मिली सार्वभौम देशको अस्तित्व रक्षा, राष्ट्रिय एकता, विकासको लागि पुन: राजसंस्था चाहियो कि देशभित्र आपसी कलह, द्वन्द्व, वैदेशिक हस्तक्षेप, विनासलाई निरन्तरताकालागि गणतन्त्रलाई कायम राख्ने ? छिनोफानो गर्ने बेला आएको छ ।

(पाठक प्रतिकृया प्रकाशन मितिः २०७३ वैशाख १६ गते बिहीवार)
गजल

गजल

गजल


राजतन्त्र ढाल्नलाई अघि अघि सर्यो जनता 
आफ्नै ज्यान फालेर आन्दोलन गर्यो जनता ।।

राजतन्त्र गयो लोकतन्त्र आयो हाम्रो देशमा 
उचाइमा पुग्छौ भन्थे, झन तल झर्यो जनता ।।

सुख–दु:ख एकछाक हिजो सबैले खान्थे बरु
हेर, आज त झन भोक भोकै मर्यो जनता ।।

श्री ५ को भन्दा पनि श्री ३ को शासन चर्को भो
तावा बाट भाग्न खोज्दा भुग्रोमा पर्यो जनता ।।



झगेन्द्र के. दंगाली

प्रकाशन मितिः २०७३ वैशाख १६ गते बिहीवार
गजल

गजल

गजल


देशको अवस्था देखि शोकमा छन् जनता
विकासको बाटो देखि झोकमा छन् जनता 

कहिले भारत कहिले चाइना जाँदै मजा लुट्दै गर
वर्षौ देखि न्यायको पनि रोकमा छन् जनता
 
आशामात्र देखाएर कहिले सम्म राख्छौ अब 
भुकम्पको चालले यहाा भोकमा छन् जनता
 
बुझे हुन्छ देश टुक्राउन चाहेका दलालहरूले
युगौ देखि नेपाल आमाको कोखमा छन् जनता




पदम खतिवडा
इलाम चुलाचुली
हाल: दोहा, कतार

प्रकाशन मितिः २०७३ वैशाख १६ गते बिहीवार
राजा ज्ञानेन्द्रको शुभकामनाको पूर्ण पाठ

राजा ज्ञानेन्द्रको शुभकामनाको पूर्ण पाठ

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट
नव वर्ष २०७३ को उपलक्ष्यमा बक्सेको शूभकामना सन्देश

नेपाली दिदीबहीनी तथा दाजूभाइहरु,

२०७२ लाई विदाई गरेर हामी विक्रम सम्वत् २०७३ मा आईपुगेका छौं । नववर्षको शुभागमनको उपलक्ष्यमा म देश विदेशमा रहेका समस्त नेपालीहरुमा सुख, शान्ति, समुन्नतिको लागि कामना गर्दछु ।

विक्रम सम्वतले मिति, तिथि र नेपाली संस्कृतिलाई जोडेको हुन्छ । हाम्रा राष्ट्रिय मान्यताहरु (धर्म, संस्कृति, भाषा, इतिहास र सभ्यता) विपरित प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सुम्पिएको धरोहरहरु आफ्ना सन्ततिलाई कसरी हस्तान्तरण गर्न सक्छौ भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दै छ । त्यसका लागि दक्षिण एसियाको भुराजनीतिक सम्वेदनशीलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी छ ।

हामीको थियौं, कहां थियौं, अहिले कुन स्थितिमा छौं, देश कता जाँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सहि मार्ग चित्र के हुनुपर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ अनि क–कसको कस्तो अर्गेल्याइँछ भन्ने विषयलाई वर्तमान अवस्थामा सबैले बुझिसकेका छन् । राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको छ । राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भैसकेको छ । त्यसैले स्वदेशको माटोमा दह्रोसंग खुटृा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमुख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ ।


आफ्नो भाषा, इतिहास र धर्म संस्कृतिहरु देशका आधार हुन् भन्ने विषयलाई मनन् गर्दै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बुझेर मात्र परधर्म बुझौं यहि मेरो शुभकामना ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन । जय नेपाल ।
नेपाली नायक लामिछानेको हिन्दी शर्ट चलचित्र सार्बजानिक

नेपाली नायक लामिछानेको हिन्दी शर्ट चलचित्र सार्बजानिक

दिपिका भुसाल
नेपाली नायक संकर लामिछानेको हिन्दी शर्ट चलचित्र  सार्बजनिक भएको छ ! दुर देश अस्ट्रेलियामा रहे पनि गित संगित र कलाक्षेत्रमा निरन्तर लागिरहेका लामिछानेले हिन्दी  शर्ट चलचित्र  गहिराइ युटुब मार्फत सार्बजनिक गरेका हुन् !
प्रदेशमा रहे पनि नेपाली गित संगित र कला क्षेत्रमा निरन्तर लाग्ने हरुको संख्या बढदो देखिन्छ ! रोजगार ब्यबसायक सिक्षा लगाएतका लागि प्रदेशमा रहेका नेपाली हरुले कला र साहित्य क्षेत्र लाइ अगाडी लिएर बढीरहेको देखिन्छन    !
यसै सिलसिलमा नायक लामिछानेले  हिन्दी शर्ट चलचित्र  सार्बजनिक गरेका हुन् !  उक्त  चलचित्रमा  धनि गरिबको भेदभाबले निम्तायको एक साचो प्रेमको अन्त्य भएको देखाइएको छ ! संकर लामिछानेको  कथा र निर्देशन समेत रहेको चलचित्रमा लामिछाने नै मुख्य भूमिकामा देखिएका छन ! र उनलाई स्थानीय र  स्थानीय कलाकार हरूले समेत साथ दिएका छन !  भिडियोको छायांकन पर्बतको रमणीय स्थल हरुमा गरिएको छ ! एस अघि किन लाग्छ माया, बोक्सी जस्ता नेपाली फिलिममा पनि मुख्य स्थानमा रही अभिनय गरिसकेका लामिछाने ले    चर्चित शर्ट नेपाली चलचित्र  ए नेपाली हो भन्ने एस अघिनै  सार्बजानिक गरिसकेका छन ! देशको बिग्रिदो अबस्था जातीय युद्द , सिमांकन बिभाजनले निम्ताउने परिस्थिति लाइ समेटी  ए नेपाली हो भन्ने शर्ट मुबी बनाएका थिए ,! उनले एस अघि हिन्दी चर्चित  गायक, गायिका  हरुको आवाजमा आफ्ना रचना हरुलाइ पनि संगित भरेर  बजारमा ल्याई सकेका छन !  साथै नेपाली गित संगित लाइ माया गर्दै मिस नेपाल जस्ता अन्य थुप्रै गितहरु पनि बजारमा ल्याएका हुन्   ! पर्बत स्थाई ठेगाना रहेका लामिछाने हाल भने अस्ट्रेलियामा रहदै आएका छन
समस्याग्रस्त नेपाल, अन्यौलग्रस्त नेपाली

समस्याग्रस्त नेपाल, अन्यौलग्रस्त नेपाली

नेपालले एकैसाथ ऐतिहासिक राजनीतिक समस्या, संवैधानिक समस्या, प्राकृतिक महाविपत्तिको समस्या निर्वाह गरिरहेको छ । नेपालमा समस्या नै समस्याको पहाड उभिएको छ । समस्या एउटा चुनौती र अवसर हो । चुनौती देखापरेपछि मात्र समाधान उचित ढंगले हुन्छ । नेपालमा यतिखेर समस्या बढाउने बाहेक समाधान गर्ने उपाय छैन । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री ओली आफैंमा एउटा समस्या हुन् । उनको बोली, व्यवहार र अडानले देशलाई थप जटिलतातिर धकेलिदिएको छ । भारतीय अघोषित नाकाबन्दीपछि महंगी, अभाव, कालोबजारीको नराम्रो मारमा नेपाली जनता परेका छन् । नेपाली जनताले इतिहासमै दु:ख, कष्ट भोग्नु पर्‍यो ।

ओलीको भारत र चीनको भ्रमणपछि जुन ढंगले भारत–इयुको संयुक्त वक्तव्य, राजनीतिक, कुटनीतिक तरंग देखा पर्‍यो, यसले समस्याग्रस्त नेपाल, अन्योलग्रस्त नेपालीको परिस्थिति देखा परेको छ ।
के.पी. ओलीले चीन र भारतको यात्रापछि भ्रमण ऐतिहासिक र कोशेढुंगा साबित भएको र अब असहज स्थिति नआउने भनेका थिए । प्रधानमन्त्रीको भनाईमा जनताले विश्वास गर्नै पर्‍यो तर अहिले केपी ओलीको बोली र व्यवहार विश्वास गर्न लायक देखिएन । केपी ओलीले सरकारको नेतृत्व सम्हालेका छन् तर नेपाली जनता केपी ओलीबाट नेपालको रक्षा हुन्छ, स्वाभिमान र स्वाधीनता जोगिन्छ भन्ने कुरामा अब विश्वस्त छैनन् । भारतले केपी ओलीको विकल्प खोजेको छ । भारत–इयुको संयुक्त वक्तव्यपछि चीन पनि ओलीप्रति सशंकित हुन्छ नै । ओलीले जे बोल्छ, जे गर्छ त्यो सर्वसम्मत हुँदैन । ओलीमा अपरिपक्वता र अदूरदर्शीता देखा पर्‍यो । ओली सत्तामा लामो दिनसम्म टिकिरहे भने नेपाल र नेपाली बर्बाद नै हुने देखिन्छ । के.पी. ओलीको अन्धराष्ट्रवाद, खोक्रो राष्ट्रवाद, झुटो राष्ट्रवाद, नक्कली राष्ट्रवाद नै कुटनीतिक असन्तुलनको जड हो । कुटनीतिक असन्तुलन रहेसम्म शान्ति, विकास र स्थिरता असंभव छ ।

भारत–इयुको संयुक्त वक्तव्य नेपाल भूमि प्रयोग गरी चीनलाई दु:ख दिने मनसायले प्रेरित छ । भारतलाई चिढाएर चीनसँग बढी फाइदा लिने नीति हुनु हुँदैन । मानव अधिकार र कृश्चियन धर्म परिवर्तन महाअभियानमा अपार धनराशी युरोपेली युनियनले खर्च गरिरहेको छ । भारत–इयु संयुक्त वक्तव्य एउटा ठाडो र नांगो हस्तक्षेप हो । सम्पूर्ण देशभक्त नेपालीले यसको विरोध गरिरहेका छन् । देशको राष्ट्रियता यतिखेर खण्डित छ । आन्दोलनरत पक्ष र मधेशी जनता भारतको पक्षमा छन् । वामपन्थी शक्ति, गठबन्धन सरकार र पहाडका जनता चीनको समर्थनमा छन् यो खतरनाक कुटनीतिक जोखिम हो । नेपाल चीन र भारतसँग सन्तुलित मैत्रीपूर्ण सम्बन्ध गाँस्न चाहन्छ । युरोपेली महासंघले संविधान निर्माण गर्दा बखत जुन ढंगले आर्थिक नैतिक समर्थन गर्‍यो अहिले सरकारको विरोधमा उत्रियो । नेपालको संविधान अर्थपूर्ण छ भनिदियो । भारत र युरोपेली महासंघको सहयोग र समर्थन विना जारी नेपालको संविधान कार्यान्वयन गराउन सरकारकाले सक्दैन । भारतसँग टाढा रहन अब चीनले सक्दैन । भारत र चीन सम्बन्ध बलियो नभएसम्म विश्व शान्ति पनि हुन सक्दैन । नेपालको नीतिलाई लिएर चीन–भारत मित्रतामा कटुता आउनु यतिखेर राम्रो होइन । युरोपेली महासंघको हरेक गतिविधि नेपाल र नेपालीको स्वार्थ विपरित छ । चीनलाई नानाथरिले दु:ख दिने युरोपेली महासंघको प्रयास र नेपाललाई भरपुर चीनबाट सहयोग पुगोस् भन्ने सरकारको चाहना दुबै घातक छ । चीन र भारत सम्बन्ध जति बलियो हुन्छ त्यति नेपालको भविष्य सुनिश्चित हुन्छ । नेपाल र भारतको सम्बन्धलाई आँच पुर्‍याउने काम युरोपेली महासंघले गरेको छ । इयुबाट नेपाली दलका नेताहरुले पैसा लिएर नैतिकता बेचेका छन् ।

(प्रकाशन मितिः २०७३ वैशाख ०९ गते बिहीवार)
खडेरी र अनिकाल, नव वर्षको उपहार

खडेरी र अनिकाल, नव वर्षको उपहार

– सन्तोष मिश्र
नव वर्ष २०७२ मा महाभूकम्प महाविपत्तीबाट आहात भएका नेपाली जनताहरुले नव वर्ष २०७३ निके सुखद होला भन्ने निकै आशा गरेका छन् । नव वर्ष शुभारम्भका दिन मुलुकभर एक आपसमा सुख, शान्ति, समृद्धि, सु–स्वासथ्यको कामनासहित शुभकामना आदान प्रदान गरियो । सबैले नयाँ वर्षमा नयाँ क्यालेन्डर आ–आफ्ना घरमा झुण्ड्याए । बजारमा विक्रिकालागि नयाँ पात्रो राखियो । १२ राशीका वर्ष दिनभरीका राशीफल प्रकाशित भयो । २०७३ उतरोत्तर प्रगति उन्नतिको आशा र भरोसाका साथ देवी देवताका मन्दिरमा पूजाआजा, विभिन्न मनोरंजनात्मकमेला, विस्केट जात्रा, धार्मिक मेलासहित भव्य रुपमा मनाइयो । नयाँ वर्षमा प्रकृति पनि मनोरम छिन् । राष्ट्रिय फूल लालिगुराँससहित विभिन्न जातका रंगीचंगी फुलहरू वन, वाग, बगैंचा, उद्यान, घर–आङ्गन र घरको छतमा फुलेका छन् । ऋतुहरुको राजा वसन्त ऋतुमा हरियाली र खाद्यान्न बाली फाकेको दृश्यले मनोरम छ । दैविक, प्राकृतिक, वैज्ञानिक र भविष्यवाणीबाट नयाँ वर्ष २०७३ का ३६५ दिन नेपाली जनताहरुकालागि राहतपूर्ण नहुने कष्टकर नै हुने देखिन्छ ।

नयाँ वर्षको शुरुको हप्ता हेर्दा “Morning shows the day” भनेझैं राजनीति र कुटनीतिक वातावरणमा असन्तुलन र अस्तव्यस्तता देखिएबाट वर्षदिनभरी राजनीतिक र कुटनीतिक शान्ति नहुने देखिन्छ । नेपाली जनताको इच्छा, आकांक्षा शान्ति सु–व्यवस्था हो तर व्यवस्थापनको कमिले शान्ति सु–व्यवस्था बहाली नहुने छाँटकाँट देखिंदै छ । विश्वभर नै विक्रम संवत २०७३ का दिनहरुमा द्वन्द्व, लडाइ, महामारी, प्राकृतिक विपत्ती, दैविक विपत्ती, भ्रष्टाचार, ढिलासुस्ती, कालोधन, कालो मनको बिगबिगी, मानिस, वनस्पति, पशुपंक्षीमा रोगव्याधि वातावरणीय संकट हुने योग परेको छ । प्राकृतिक विपत्ति मानिसको प्रयासबाट टारेर टर्दैन । विधिको विधान सहन र व्योहोर्नै पर्छ । टारेर टर्दैन त्यो । नेपालमा प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार न्याय सम्पादतमा ढिलासुस्ती भ्रष्टाचार, महिलाहरुमा चरित्रहीन, नैतिकहीन काम बढ्ने छ । घेरामा आशातित उन्नति, प्रगति र खुल्लेयाम काम कारवाही केही हुने छैन । सत्ता परिवर्तन हुनेछ । स्थानीय निर्वाचन हुने छैन । सरकार छ भन्ने अनुभूति जनताले गर्न पाउने छैनन् । अनिकाल, भोकमरीको ठूलो संकट र सास्ती नेपाली जनताहरुले भाध्य भइसक्नु पर्नेछ । २०७२ मा महाभूकम्प र भारतीय नाकाबन्दीले तहस नहस भएको अर्थव्यवस्था झन झन बिग्रिने र नेपाली जनताहरुको दैनिक जीवन कष्टकर हुने देखिन्छ । पृथ्वीमा शान्ति भएपछि मात्र सर्वत्र शान्ति हुने हो । धर्तीमाता पृथ्वीलाई नै शान्ति नभएपछी उनले गरेको सृष्टीमा असर र नकारात्मक प्रभाव पर्छ नै । पृथ्वीमा मनुष्यहरु मिठा कल्पना र राम्रो सपना लिएर बाँचेका छन् तर त्यसकालागि आवश्यक पर्ने वातावरणमा ह्रास हुँदै गएको छ ।

अभाव, संकट, पीरमर्का, सास्ती बीच नै बाँच्नुपर्ने स्थिति, परिस्थिति देखिन्छ । विकासकोलागि अति आवश्यक ऊर्जा र इन्धनको हाहाकारले विकास निर्माणको गति सुस्त हुने नै छ । नयाँ वर्षमा देखा पर्ने चुनौतीको सामना सरकारी नीति, कार्यक्रम र बजेटबाट हुन नसक्ने, सरकारी प्रयास उपलब्धीमुलक बन्न नसक्ने हुनाले नववर्ष २०७३ निरासाकै वर्षका रुपमा रहने छ । यो नियतिबाट नेपाली जनताहरु मुक्त हुन निकै कठीन छ । औंलामा गन्न सक्ने मानिसले कालोधन र अनैतिक कार्यबाट क्षणिक भौतिक सुख हासिल गरेपनि आम नेपाली जनताहरुकालागि समग्रमा सुखी र खुशी वर्ष हुने छैन । राष्ट्रिय गौरबका विकास आयोजनाहरुको कार्य प्रगति, उद्देश्य र लक्ष्य सफलिभूत हुन सक्ला जस्तो छैन । समय र परिस्थितले साथ नदिएपछी कस्को के लाग्दछ र ? समय र भाग्य दुबै बिग्रिएपछी बर्बाद नै हुन्छ ।

इश्वरमाथि विश्वास गरेर मुक्त हुने बेला पनि छैन । मनुष्यहरुमा पाप कर्म, व्यभिचार र दुव्र्यवहार बढीरहेको छ । परिश्रमी नेपाली जनताहरुले स्वदेशमा काम र माम भनेजस्तो पाउने छैनन् । समाजमा पाप र समस्या घट्नुको बद्ला बढ्दै जाने छन् । रोगव्याधको प्रकोप अनियन्त्रित हुनेछ । मित्रजीवहरुको हरण र शत्रुजीवहरुको आक्रमण हुनेछ । पृथ्वीको तापक्रम बढ्नाले नेपालको ठूलो भुभागमा पानीको श्रोत सुकेर हाहाकार हुने संकेत मिलेको छ । मानिसको शरीर अन्न र पानीको हो भनिन्छ । जब पर्याप्त पानी र अन्न हुँदैन, मानिसहरुको दैनिक जीवन कष्टकर बन्ने नै भो । मानिसहरुले दु:खै दु:खको जीवन बिताउनु पर्ने नै भो । गरिबी नै अपराधको जननी हो भनिन्छ । नेपालमा अपराध घटनुको सता बढ्ने छ । यत्र तत्र सर्वत्र निराशाको कालो बादल मडारिंदा पनि मानिसहरु आइपरेको चुनौतीको सामना गरेर बाँचेका नै हुन्छन् । प्राकृतिक महाविपत्ति भएमा एकैसाथ ठूलो संख्यामा अकालमै मानिसहरूको मृत्यु हन्छ । मरेका मानिसहरुलाई बिदाई गरेर मानिसहरु बाँच्ने क्रम चलिरहेकै हुन्छ । यो संसारको नियम परम्परा र रित हो । महाप्रलय भयो भने को बाँच्छ, को बाँच्दैन अकल्पनीय हुन्छ, केही अनुमान गर्न सकिंदैन । जलवायु परिवर्तनमा आइरहेको तीव्र गतिले वातावरणविद, मौसमविद, ज्योतिष,  वैज्ञानिकहरुले गरेको अनुमान र भविष्यवाणी पनि मिल्न छाडेको छ । नेपालमा कंगालहरु बढी छन्, केही चण्डालहरुको रजाइँ छ । न परम्परा, न आधुनिक, दोसाँध र दोधारमा नेपाली जनता अडकिएका छन् । नेपाली जनता नेपाली समाजमा सुख शान्तिकासाथ आनन्दको सुनिश्चित जीवन बिताउनेको संख्या छ जस्तो लाग्दैन । नानाथरिका रोग शरीरमा लिएर, औषधिमा ठूलो धनराशी खर्च गरेर रोगिया जीवन बिताउनेको संख्या ठूलो छ । कल्याण र भलाई गर्ने व्यक्तिगत स्वार्थको पछी नदौडिनेको संख्या निकै कम छ । काम, क्रोध, लोभ, मोह र अहंकारले भरिएको ह्यदय भएका धेरै छन् । गूट, फूट र लूटको संस्कार मौलाएको छ । वेश्यावृत्ति, रक्सि संस्कृति बन्दैछ । जुन कुरा नगर, नखाऊ भनेको छ त्यही कुरा गर्ने र खाने संख्या दिन दुनी रात चौगुनीले बढेको छ । कोही भौतिक सुख, कोही धार्मिक सुखमा रमाएको जस्तो देखिएपनि मनमा सन्तुष्ट भएको, सबै कुराले भरिपूर्ण भएको मानिस परिवार पाउनै मुस्किल छ ।
करोडौं वर्षको प्राकृतिक प्रकृयाबाट बनेका गैर नविकरणीय श्रोत अर्थात जीवाष्म इन्धन पेट्रोलियम पदार्थ, प्राकृतिक ग्याँस, भने आउँदो ३०/४० वर्ष भित्रमा यी श्रोतहरु पृथ्वीबाट लोप हुनुको साथै मानिस, पशुपंक्षी र वनस्पति, खाद्यान्नवाली सबै लोप हुनेछन् । पृथ्वीमा जे–जस्ता संकट आइपर्दैछन् ती सबै मनुष्यको बढ्दो चाँप र उनीहरुको दैनिक कृयाकलाप नै हो । पृथ्वीमा भएका श्रोतहरुको सही र दिगो उपयोग हुन नसक्दा त्यसले विभिन्न परिस्थितिकीय प्रणालीलाई असन्तुलन बनाउँदै लगेको र वातावरणीय समस्या उतपकन्न गरी मानिस लगायत ठहर छ । वैज्ञानिकहरुको ठहर अनुसार अब पृथ्वीको आयु धेरै वर्ष छैन । पृथ्वीकै आयु छैन भने मानिसको आयु बढ्ने कुरै छैन । त्यसैले यस घोर कलियुगमा थोरै समयमा धेरै काम गर्न मानिसहरु हत्तारिएका छन् । छिटो खाउँ जल्दी मरुँ गरीरहेका छन् । मरेपछी डुमै राजा भनेजस्तै भविष्यको चिन्तामा भन्दा वर्तमानको चिन्ता र चासोमा मानिसहरु भौंतारिइरहेका छन् । सुख शान्ति खोजीरहेका छन् । सुख शान्ति कहिं कतै नभएको देख्दा र सुन्दा मानिसहरु असहज र तनावको जीवन बिताउन पुगेका छन् । “परोपरकाराय पूण्याय, पापाय परपीडनम” लाई भुलेर मानिसहरु जीवनको मूल्य, वातावरणीय प्रभावलाई नै नबुझ्ने, नजान्ने भइसकेका छन् ।

नव वर्ष २०७३ मा आइपर्ने खडेरी, अनिकाल, रोगव्याधीको महापीडालाई सामना गर्नु पर्ने तयारीमा नेपाली रहनु पर्दछ । प्रकृतिको हातमा छ सुख र शान्ति ।  मानिस त केवल दर्शक मात्र हुन् ।


प्रकाशन मितिः २०७३ वैशाख ०९ गते बिहीबार
एकादेशको कथा

एकादेशको कथा

–झगेन्द्र के. दंगाली

एका देशमा एउटा झुसे भन्ने मानिस थियो । उसका दुई वटा छोराहरु थिए । जेठो मुसे र कान्छो बकम्फुसे । मुसे अलि फटाहा स्वभावको थियो । उसले बाउले भनेको कुरा पटक्कै टेर्दैनथ्यो । साथैं आफू भन्दा सानो भाइलाई पनि कुटिरहन्थ्यो । एकदिन बाउ झुसेले स्कुलमा खाजा खान भनेर दुबै लाई १०/१० रुपैयाँ दिएर पठायो । तर स्कुलमा पुगे पछि मुसेले भाइ बकम्फुसे को १० रुपैयाँ पनि खोसेर लगिदियो । भाइ दिनभरि भोकै बस्यो । साँझ घरमा आएर उक्त कुरा बाउ झुसेलाई सुनायो । झुसे रिसले आगो भयो र मुसेलाई हात बाँधेर एकरात बाख्राको खोरमा थुनिदियो ।

त्यो दिन देखि मुसे केही सुध्रिए पनि मनमा रिस भने साँधिरहेको थियो । समय बित्दै गयो मुसे र बकम्फुसे दुबै जवान भए । सानो हुँदा जति दु:ख दिए पनि ठूलो भए पछि मुसेले भाइलाई राम्रै गथ्र्यो । किनकी उसले भाइको साथ लिएर बाउसँग बाख्राको खोरमा थुनेको बदला लिनु थियो । एक दिन बकम्फुसेले बजार जान बाउसँग केही पैसा माग्यो । तर बाउले दिएन किनकी ऊ सँग त्यतिबेला पैसा नै थिएन । त्यही पैसा नदिएको निहुँमा बाउ छोराको झगडा भयो । उता मुसे यहि मौका कुरिरहेको थियो । उसलाई बलेको आगोमा घ्यू थप्ने खुब मौका मिल्यो । भाइलाई अनेकौं कुराहरू लगाएर बाउको विरुद्धमा भड्काउँदै लग्यो । दुईभाई मिलेर बाउको नाममा भएको सम्पूर्ण घर र जग्गा जमिन मुसेको नाममा गर्नु पर्ने माग राखेर दिन रात झगडा गर्न थाले । सन्तानको अगाडि बाउ झुसेको केही चलेन । र उसले आफ्नो नाममा भएको घर जग्गा जमिन सबै मुसेको नाममा पास गरिदियो । अनि आफू चाहिँ नजिकैको वृद्धाआश्रममा गएर बस्यो ।

यसरी बाउलाई निकालि सकेपछि दुई दाजु–भाई  निक्कै खुशी थिए । दुई भाई मिलेर घरको नाम पनि परिवर्तन गरेर झुसे निवासलाई मुसे निवास बनाए । अनि जग्गा जमिन पनि सबै गाउँलेलाई अधियामा दिए । केही दुख्खै गर्न नपर्ने । अधियाबाट आएको अन्नपात बेचेर पैसा दाजु–भाईले आधा आधा बाँड्थे । र त्यही पैसामा रमाईरहेको थियो बकम्फुसे । तर त्यसको केही दिनमै भाइलाई थाहै नदिइ आफ्नो नाममा भएको उक्त घर र जग्गा जमिन सबै बिक्री गरेर मुसे शहर तिर पस्यो । यो कुरा बकम्फुसेलाई थाहै थिएन । एकदिन बिहानै साहु घरमा आएर घर खाली गर्नु पर्ने कुरा सुनायो । बिचरा बकम्फुसे छाँगाबाट खसे झैं भयो । अब कहाँ जाने, के गर्ने केही सोच्नै सकेन । बाउ कहाँ जाने हो मुख देखाउने ठाउँ नै छैन । उता दाइलाई खोज्ने हो कहाँ खोज्ने । साहुसँग रुन कराउन थाल्यो । यो देखेर साहुले यदि खान लाउन दिएर महिनाको तीन हजार तलबमा काम गर्ने भए आफुले सोही घरमा खेतालो राख्ने कुरा सुनायो । अन्त्यमा मर्नु भन्दा बहुलाउनु ठिक भने झै त्यही साहुकोमा खेतालो बस्यो ।

झुसे, मुसे र बकम्फुसे त यस कथाका प्रतिनिधि पात्र मात्रै हुन । यदि झुसेको ठाउँमा पुर्व राजा ज्ञानेन्द्र शाह, मुसेको ठाउँमा सरकार र बकम्फुसेको ठाउँमामा जनतालाई राखेर हेर्ने हो भने अहिलेको देशको अवस्था ऐनामा आफ्नो अनुहार देखे झै छर्लङ्ग देख्न सकिन्छ । देश जनयुद्धले जर्जर बनेपछि आफैले केही मुख्य भुमिका खेलेर भए पनि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सकिन्छ कि भन्ने मनसायले तात्कालिन राजा ज्ञानेन्द्र शाहले केही नेताहरूलाई खोरमा हालेर शाही सरकार गठन गरेपछि राजा प्रति क्रुद्ध भएका नेताहरू कसरी बदला लिने दाउ हेरेर बसि रहेका थिए । ठिक त्यही समयमा जनयुद्धको रापले छट्पटाएका जनता सडकमा ओर्लिएपछि त झन नेताहरूलाई के खोज्छस काना आँखो भने झै भयो । त्यसैमा घ्यू थप्न थाले । दुश्मन राजालाई सकाइ दिए । आन्दोलन दिन प्रतिदिन बढ्दै गयो । उता बन्दुकको भरमा राज्यसत्ता कब्जा गर्ने रणनीतिमा लगेको माओवादी अप्ठ्यारोमा पर्यो ।

जनयुद्धमा होमिनु पर्ने जनता सडक तिर झरेपछी जनयुद्धमा पुर्णविराम नै लाग्ने होकि भन्ने डर भयो । र रित्तै हुनु भन्दा आधा पाउनु उपयुक्त ठानेर बन्दुक जङ्गल तिरै लुकाएर ऊ पनि आन्दोलनमा होमियो । अन्त्यमा जनताको अगाडि राजाको केही लागेन उनले जनताकै खुसीको निम्ति सजिलै सत्ता छोड्न मन्जुर भए । किनकि उनलाई जनताको माया थियो । यदि त्यसो नहुँदो त आज सिरियामा जस्तै आन्दोलनलाई दबाइ रहन्थे र लाखौं जनधनको क्षति पनि हुन सक्थ्यो । तर उनले त्यसो गरेनन् ।

त्यसपछि दलहरूले सत्ता हातमा लिए । संविधानसभाको चुनाव पनि भयो । जनताले संविधानसभामा आफ्ना प्रतिनिधि चुनेर पनि पठाए । गणतन्त्र घोषणा पनि गरियो । त्यहाँ सम्म ठिकै पनि थियो । जब संविधान लेखन शुरु भयो त्यसपछि नेताहरू जनताको इच्छा र चाहना भन्दा पनि आफ्नो सत्ता र स्वार्थको लागि आइसी डलरको लोभमा पस्दै गए । त्यसैले संविधानमा नेपालीजनतालाई भन्दा पनि विदेशी प्रभुलाई खुशी पार्न तिर लागे र उनीहरुकै चाहना अनुरुपको संविधान जारी गरे । त्यसैको परिणाम आज देशमा विदेशी हस्तक्षेप बढ्दै गयो । र स्वयं आफै प्रधानमन्त्री जस्तो पदमा बसेर देशमा सिक्किमिकरण बढ्न सक्ने खतरा औंल्याइ रहेका छन् । त्यसैले अब छिटो भन्दा छिटो जनता एकजुट भएर राजसंस्था पुनर्वहाली नगर्ने हो भने कतै आफ्नै घरमा साहुको खेतालो बस्नु पर्ने झुसे, मुसे र बकम्फुसेको जस्तै एकादेशको कथा बन्ने त होइन नेपाल ?

प्रकाशन मितिः २०७३ वैशाख ९ गते बिहीवार