Showing posts with label परिवेश. Show all posts
Showing posts with label परिवेश. Show all posts
नारीमाथिको विभेद, चुनौती र समाधान

नारीमाथिको विभेद, चुनौती र समाधान

-निरन्जन घिमिरे

लोकतान्त्रिक गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिको पद तथा विश्वको ५२ औं स्थानमा पर्न सफल महिला महामहिम विद्यादेवी भण्डारी हुनु भएको छ । नेपालकोलागि यो खुशीको कुरा हो । सर्वप्रथम मेरो तर्फबाट हार्दिक महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई सफलताको शुभकामना छ ।

विगत जनयुद्ध देखि खस्किएको नेपालको स्थिति शान्ति सम्झौता र संविधान निर्माण एवं जारी भएपछि पनि नेपाली जनताले कुनै पनि किसिमको राहत महशुस गर्न सकिरहेका छैनन् । आशा गरौं विश्वकै शक्तिशाली महिला राष्ट्रपति भएको मुलुक नेपालमा अब उपरान्त नेपाली जनता अझ भन्नुपर्दा देशका गरिब अनि पिछडिएका महिलाहरुले केही हदसम्म राहत पाउँछन् कि भन्ने आशा राख्दछु ।

हाम्रो देश नेपाल सुन्दर भएतापनि विकासको हिसाबले धेरै कुरामा गरीब छ । एक त गरिब देश, गरिब जनता त्यसैमाथि सधैंको बन्द, हडताल, लडाइँ झगडा, हत्याहिंसा, लुट्पाट, अपहरण, बलात्कार, भ्रष्टाचार यी सम्पूर्ण कुराले नेपाली जनता पीडित छन् । यिनै कारणले गर्दा देशका युवाशक्ति आफ्नो देश छाडेर विदेशीन बाध्य छन् र आफ्नो देशको युवाशक्ती बहिरिनु भनेको देशकोलागि दुर्भाग्यपूर्ण कुरा पनि हो । जसोतसो ऋण धन गरेर बिदेश त लाग्छन् तर त्यहाँ पनि सुरक्षित छैनन् । उदाहरणकोलागि भर्खरैको काबुलको घटना विदितै छ । आफ्नो परिवारलाई जसोतसो विदेशै गएर भएपनि खान लाउन पुर्‍याउँछु भन्ने उद्देश्य बोकी विदेश हिडेका युवा जादा लागेको ऋण तिर्न पाएको छैन घरमा शव अर्थात लास आइपुछ कस्तो बिडम्बना ! अनि यो दोषीको भागिदार चैं नेपालका सम्पूर्ण राजनीतिक दल नै हुन् किनकी देशमा खाली कुर्सीको लागि मात्रै तछाड र मछाड गरिरहे देश र जनताको वास्ता गरेनन् त्यसो गर्नुको साटो सबै मिली देश विकासमा लागेको भए न त युवा विदेश नै जानु पथ्र्यो  न त यो दिन नै देख्नु पथ्र्यो । समस्या त त्यहाँ छ जो मर्ने मरेर गए, बाँच्नेलाई सधैंको पीडा पिडित हुनेमा पनि महिला नै पर्छन् अझैं दु:ख कति बेला लाग्छ जतिबेला महिलाले नै महिलाको कुरा कट्दै हिंड्छ्न अनि महिलाले नै महिलाको घर बिगार्छन् ।

एक विवाहित महिला जब कुनै कारणवस उस्को श्रीमानको मृत्यु हुन्छ अनि त्यही घरकै अरु महिलाले भन्छन् पोइ टोकेर मोरिस अझै पुगेन किन बस्छेस् यो घरमा गैहाल यहाँबाट । हेर्नुस् त कस्तो अचम्म छ ।

यस्ता घटनाहरु पिछडिएका गाउले अशिक्षित अनि बेरोजगारी महिलामा बाक्लै घट्ने घट्छन कति दु:खको कुरा छ घाउमा मलम लगाइदिनुको साटो उल्टै कोट्यायर ठूलो बनाइ दिन्छन् । बारम्बार यस्ता घटना महिलामा नै घट्छन कारण अशिक्षा, बेरोजगारी, गरिबी साथसाथै बेरोजगारीका कारण महिलामा अलि बढी रिस गर्ने बानी पनि हुन्छ । गाउँ घरका महिलाहरूको उदाहरणहरु हेर्नुस् । एउटा महिला चिटिक्क परेर टन्न गर गहना लगाएर हिंडोस त अर्कि दुई मिलेर के भन्छन् ऊ हेर्न त्यसले फुर्ति देखाकी अनि अर्किले भन्छे तेहित लोग्ने चै मोरि मोरि बिदेशमा दु:ख गरेर पैसा पठाउछ अनि उस्को चै दिन भरी घरमा बाँस हुन्न अनि यस्ताले लगाई हाल्छन् नि टन्न गहना होस् के कुरा गर्नु यस्ताको हिंड जाउ । अचम्म छ वास्तविक के हो थाहा छैन त्यसै शंका गर्छन् अनि कुरा काटेर बस्छन् यो महिलाहरुको कम्जोरी पन हो कुरा बुझ्दैनन् अनि आफ्नै खुट्टामा बन्चरो हान्छन् ।

गल्ती लोग्ने मानिसमा पनि धेरै छ यस्ता घटनाका पत्र फेरि छोरा मान्छेनै हुन जस्ले छोरा र छोरीको भेदभाव गरि छोरालाई किताब र छोरीलाई हातमा हसिया दियो जस्ले छोरालाई बोर्डिङ र छोरीलाई स्कुलमा हाल्यो । धिक्कार छ तिनीहरु महान पुरुषलाई पनि यो धर्तिमा बाँच्ने अधिकार छैन जसले दिनदहाडै नारिको अस्मितामाथि खेली बलात्कार गरि निर्ममतापूर्वक हत्या गर्‍यो, यस्तालाई कडा भन्दा सजाय हुनुपर्छ खुल्ला ठाउँमा सबैको अँखा अगाडि दिनु पर्छ ता कि अर्को पल्ट यस्तो घटना घट्नु त के कसैले कल्पना पनि गर्न नसकोस् यस्ता अपराधीलाई कडा कारबाही गर्नुको सट्टा टन्न सरकारी रासन खुवाएर मज्जाले चारैतिर सुरक्षा दियर पालिन्छ अनि यस्ता घटनाहरु दोहोरी रहन्छन् । यस्तो गल्ती गर्नेलाई फलामले फलामलाई नै काट्छ भने जस्तै गर्नु पर्छ यस्तालाई फाँसी हुनु पर्दछ ।

राष्ट्रपति पदमा महिला निर्वाचित भएपछि नेपालभरीकै महिलाहरू हर्षविभोर भई खुशीले गदगद भएका थिए । सबैको एउटै आशा एवं विश्वास थियो, अब नेपालका महिलाले हिजोको दिनमा झैं यातना, अपहेलना, विभेद, अन्याय, अत्याचार, दुराचार र बलात्कारको शिकार हुन नपर्ला । राष्ट्रको प्रमुख पदमा महिला पुगेपछि महिलाको समस्यालाई सम्बोधन हुनेछ र निराकरण पनि । तर स्थिति ज्यूंका त्यूं छ या भनौं पहिलाको भन्दा पनि धेरै नाजुक नै भैसक्यो तर पनि अझै सुधार हुन सकेको छैन ।

राष्ट्र र महिलाको समस्यालाई सम्बोधन गरी विभिन्न तरिकाले त्यसको निराकरण गर्न सकिन्छ । कसरी भन्दा गाउँ गाउँमा रोजगारीमुलक शिक्षा, जनचेतनामुलक कार्यक्रम, रोजगारीका लागि आवश्यक सामग्री अनि अति नै सहुलियत दरमा सरकारी ऋण दिने ब्यबस्था मिलाइदिने हो भने यी यावत कुराहरुबाट महिला आमा दिदिबहिनीहरुले सास्ती खेप्नु पर्ने थिएन । सबैमा लगभग समानता पनि आउने थियो सबै आ आफ्नो काममा व्यस्त हुन्छ न कसैको कुरा नै काट्छन न कसैसँग रिस न त अरुको भरमा नै बाँच्नु पर्दछ । महिलाहरु प्राय: अरुको भरमा बाँच्नु पर्ने भएको करणले पनि हेपिन बाध्य छन् । यदि महिलालाई आफै आफ्नो भरमा बाँच्न सक्ने व्यवस्था मिलाइदिने हो भने विस्तारै परिवर्तन हुन्छ सबैमा समानता आउँछ सबैले कुरा बुझ्छन् । गाउँ विकाश हुन्छ अनि गाउँको विकास हुनु भनेको नै देशको बिकास हो । तसर्थ सबै मिलेर पिछडिएका महिलाहरुको हितको लागि आवाज उठाउँ । उनीहरुलाई पनि एक सभ्य र शिक्षित नागरिक बनाउँ ।

प्रकाशन मितिः २०७३ असार १६ गते विहीबार
विकृति नै अपराधको रुप हो

विकृति नै अपराधको रुप हो

-सीता पौडेल

समय परिवर्तनशील छ र समयको माग अनुसार हामी पनि परिवर्तन हुन्छौं । तर परिवर्तनको नाउँमा विभिन्न विकृतिहरु भित्र्याएर परिवर्तन ल्याउनु हामी आफैंको लागी दुर्भाग्य बन्न पुग्छ । जानीनजानी या आधुनिकताको होडबाजीमा हामी आफ्नो संस्कारबाट धेरै माथि उठेर परिवर्तन चाहन्छौं जस्ले आपराधिक गतिविधिलाई निम्त्याउने गर्छ ।

पछिल्लो लेखमा “यसरी निम्त्याउँछ गरिबीले अपराधहरु” भनेर गरिबीको पाटोलाई औंल्याउने कोशिश गरेकी थिएँ भने आज म विभिन्न खालका गतिविधिहरुलाई राख्ने कोशिश गर्दै छु, यो मेरो नितान्त निजी विचार हो ।

आजभोलि एक पछि अर्को भइरहेको आपराधिक घटनाको बिगबिगीले देशमा एक प्रकारको संत्रास नै फैलिएको अवस्था छ । पटक–पटक बलात्कार अनि हत्याको कारणले घरबाट बाहिर निस्कन डराउनु पर्ने अवस्था छ । निस्किए पनि गन्तव्य सम्म सहि सलामत पुगिन्छ कि नाई त्यसको पनि कुनै टुंगो हुँदैन ।

आधुनिकताको होडबाजीले भित्रिएको विकृतिमा एउटा पक्ष खोलिएका र छोटा पहिरन पनि हो, जसमा हाम्रा देशका चेलीहरु रमाउने पनि गर्छन्, तर उनीहरूले बिर्सीरहेका हुन्छन् कि यस्ता छोटा वस्त्र हाम्रो संस्कार भन्दा धेरै टाढा छ । यस्ता पहिरनले समाजमा विकृति त ल्याउँछ्, ल्याउँछ् साथै विपरीतलिङ्गीलाई आकर्षित गरेर अपराध गराउन पुग्छ । शरीरको विभिन्न अंग देखाएर अति नै छोटो वस्त्र लगाउँदैमा सुन्दर अनि आधुनिक देखिन्छु भन्ने जुन सोचले हाम्रो दिमागमा जरो गाडेको छ त्यो नै सबैभन्दा ठुलो भुल हो ।

अर्को पक्ष हो वातावरण र माहौल । वातावरण या माहौलले पनि त्यतिकै भुमिका खेलेको हुन्छ । घरायसी वातावरण जसमा घरपरिवारले आफ्नो सन्तानको रहनसहन उठबसमा ध्यान दिन अति जरुरी छ । जसबाट हामी केही हदसम्म भए पनि सुरक्षित हुन सक्छौं । छोराछोरी दुबैलाई राम्रो शिक्षा, संस्कार दिने र एउटा साथीको भुमिका निर्वाह गर्दै तिनीहरूसँग नजिकिएर तिनीहरुको गतिविधि बुझ्न सकिन्छ जस्ले गर्दा उनीहरुको गल्तीहरुलाई औंल्याउन धेरै सजिलो हुन्छ ।

केटीहरुको कमजोरी पक्ष कुनै केटाले उसको सुन्दरताको प्रसंशा मात्र पनि गरिदियो भने पनि उनीहरु खुशी हुन पुग्दछ्न् र विस्तारै नजिकिन पुग्दछ्न् र यो थाहा पाउँदैनन् कि केटाको त्यो प्रसंशा भित्र लुकेको डर लाग्दो कालो कर्तुत जस्को लागि उसले मौका पर्खीरहेको हुन्छ र मौका मिल्ना साथ गिद्धले सिनो झम्टे झैँ झम्टिन्छ । फलस्वरूप बलात्कार हत्या जे पनि हुन पुग्छ ।

भन्न मन लाग्यो “तातै खाउँ जल्दै मरु” भन्ने जस्तो सोचले पनि विनाशको भुमरीमा निम्त्याएको हुन्छ । क्षणिक आनन्द र खुशीको लागी अन्धो बन्न पुग्छन्, जब आँखा खोलिन्छ तब सम्म विनाशको भुमरीमा भासिइ सकेका हुन्छन् । जब गलत नतिजा आउँछ तब त्यहाँ पनि हत्या या आत्महत्याले धावा बोल्दछ । त्यसैले पटक–पटक देखे सुनेका यस्ता घटनाहरुलाई नदेखे झैँ गरेर लापरबाही गर्नु नै महाभुल हुन जान्छ ।

एउटा हत्याको केस सेलाउन नपाउँदै अर्को केश घट्न पुग्छ । अति नै संवेदनहीन बनेको हाम्रो कानुन जस्को फाइदा अपराधीहरुले राम्रैसँग उठाइ राखेका छन् । पैसाको चलखेलले पनि धेरै अपराधहरु हावाले बढारेको धुलो जस्तै भएका छन् । र अपराधीहरु खुले आम घुमी रहेका छन् जसले फेरि अर्को अपराध नगर्ला भन्न सकिन्न ।

पटकपटक घट्ने घटनाहरुले सतर्कता अपनाउने चेतना दिंदादिंदै पनि त्यो चेतनालाई आत्मसाथ नगर्नु नै अपराधलाई निम्त्याउनु हो । प्रत्येक पटक घटेका घटनाहरुले केही दिन अपराधीलाई फासी दे भनेर नारा जुलुसले माहौललाई निकै तताउँछ तर केही समय पछि सेलाएको खरानी जस्तै भएर सेलाउन पुग्छ । हत्या र बलात्कार मानौं एउटा गुडियाको खेल भएको छ ।

पीडितहरु विवशताको आँसु पिएर बस्दछन् भने अपराधीहरु खुनको रंगले होली खेल्दै जस्न मनाउँछन् । त्यसैले सक्दो रुपमा बिनालापरवाही आफ्नो सुरक्षा आफैं गर्ने कोशिश गरौं । अपराधीलाई नजिकिँने त्यस्तो कुनै मौका नदिनु नै बेस हुन्छ । आफुसँग भएको शिक्षा र चेतनालाई प्रयोग गर्दै आफ्नो लागि सहि वातावरण बनाउने कोशिश गरौं । र केटाहरुले पनि अरुका चेलीबेटी हाम्रा पनि चेलीबेटी हुन् भन्ने कुरालाई आत्मसात गरुन् । आफु पनि बाँचौ र अरुलाई पनि बचाउँ ।

प्रकाशन मितिः २०७३ जेठ २७ गते बिहीबार
यसरी निम्त्याउँछ गरिबीले अपराधहरु

यसरी निम्त्याउँछ गरिबीले अपराधहरु

-सीता पौडेल
  बाल्यअवस्थामा पिङमा मच्चिमच्ची आकाश छुने रहर कसलाई हुँदैन र ? रहर गर्नु कुनै अपराध पनि त होईन ! तर हरेक रहर पूरा गर्न गलत बाटो अपनाउनु भने अपराध हो । आजभोलि यस्तै अनौठा खालका विकृतिहरुले सिमारेखा कोर्दै छ त्यो सिमारेखा झन् भन्दा झन् फराकिलो हुँदै गैरहेको छ । त्यसमा गरिबी पनि पर्दछ ।
कुरा गरौं गरीबीको छाना मुनि हुर्कने बालबालिकाहरुको । सधैं अभावै अभावमा हुर्कने गरेका बालबालिकाहरुको मन मस्तिष्कमा गरिबीले एक प्रकारको नराम्रो छाप पारिसकेको छ ।

उनीहरुका सानातिना रहरहरु पूरा नहुनु, खान इच्छ्याइएको कुरा खान नपाउनु, अरुले सुन्दर वस्त्र पहिरिएर हिंडेको देख्दा आफ्नो शरीरको च्यात्तिएको लुगाले गिज्याईरहेको भान हुनु र अरु स्कुले लुगामा ठाटिएर स्कुल गएको देख्दा र आँफु सानै देखि काममा खटिनु परेको कुराले उनीहरु भित्र गरिबीलाई लिएर एक प्रकारको घृणा भनु या आक्रोशले डेरा जमाएको हुन्छ ।

जतिजति उमेर बढ्दै जान्छ त्यति त्यति उनीहरुमा गरिबीको त्यो छाप गहिरिदै जान्छ । खाने, लगाउने र पढ्ने यी इच्छा मात्र नभई घरको कुनै सदस्य बिरामी पर्दा बेलामा सहि उपचार नपाउनु र कहिलेकाहीँ मृत्यु नै भएर आफन्तलाई गुमाउनु पर्ने स्थितिले पनि तिनीहरूको मन मस्तिष्क नै हल्लाएर राखिदिन्छ ।

यी यावत कुराहरूको चोटले मार खाँदै हुर्कदै गरेका हुनाले उनीहरु भित्र त्यो गरिबीपनलाई सधैंको लागि समाप्त गर्ने सोचले जरो गाड्छ र उनीहरू सारा हद पार गर्न पछि पर्दैनन् । फलत: उनीहरूबाट अपराध हुन पुग्छ ।

सुरुवात सानोतिनो चोरी पाकेटमारबाट हुन्छ भने, पछिका क्रमहरुमा लुट्ने, डकैती गर्ने, गुण्डागर्दी गर्ने अनि लागु पदार्थको ओसारपसार गर्ने काममा पनि संलग्न हुन पुग्छन् । बलात्कार र हत्या गर्न सम्म पनि पछि पर्दैनन् ।

पैसा उनीहरुको लागि एउटा नशा जस्तै बनी सकेको हुन्छ । विस्तारै आफू जस्तै साथीहरू भेटेर उनीहरु आफ्नै अखाडा र अड्डाहरु खोल्दछन् । जहाँ आफ्ना गैंगहरुसित मिलेर नशालु पदार्थको सेवन गरेर मस्त हुँदै आफ्नो अलग्गै दुनियाँमा रमाउँछन् ।

त्यसै गरि बालिकाहरु पनि गरिबीका कारण आफ्ना हरेक इच्छा अनि चाहनाहरु दबाउँदै हुर्किन थाल्छन् । उनीहरुमा पनि समय अनुसारको भित्री चाहना र इच्छाहरुले ढोका ढकढक्याउन थाल्छ । बढ्दो उमेर संगसंगै उनीहरुका इच्छाहरु तिव्र हुन थाल्छन् ।

राम्री देखिन, राम्रो लगाएर हिंड्न उनीहरूको यो इच्छालाई पूरा गर्न चेलीबेटी बेचविखन गर्ने जमातले राम्रो मौका पाँउछ, फलस्वरूप पैसा, माया मोहको जञ्जालमा फस्न पुग्छन् र बेचिइन्छन् ।

कोहीकोही त हरेक समस्याबाट बाध्य भई आफ्नो अगाडी अरु कुनै बाटो नदेख्दा आफू खुशी नै आफुलाई बेच्न बाध्य हुन्छन् र देह व्यापार सुरु गर्छन् ।

यसरी गरिबीले पनि निम्त्याउँछ अपराधहरु । यस विषयमा राज्यले अलिक गम्भीर भएर जनचेतना स्वरुपको केही कार्यक्रमहरु संचालनमा ल्याएर बालबालिकाहरुको मस्तिष्कमा परेको छापलाई शिक्षा अनि चेतनाको मद्दतले दुर गर्न सके देशमा घट्ने जघन्य अपराधहरुमा केही कमी आउँथ्यो कि...?

प्रकाशन मितिः २०७३ जेठ ०६ गते विहीबार
संसारमै नि:स्वार्थ मायाकी खानी ‘आमा’

संसारमै नि:स्वार्थ मायाकी खानी ‘आमा’

–सीता पौडेल
आमा शव्द आफैंमा यति सुन्दर, परिपूर्ण र पवित्र छ कि लाख कोशिश गरेर पनि हामी अरु कुनै शव्दमा भेट्न सक्दैनौं । मायाकी खानी, ममतामयी आमा अनि उनको निश्चल र निस्वार्थ मायाको अगाडी अरु कुनै पनि यस्तो माया छैन जसको मायामा स्वार्थ नहोस् ।

उत्कृष्ट मानवजाती हामीमा मात्र नभई पशुपन्छीहरुमा पनि मादा प्राणीले आफ्नो सन्तानलाई त्यसरी नै माया गरि रहेको हुन्छ । चराचुरुङ्गीहरुमा पनि त जब सम्म बचेरोको पखेटा लागेर उड्न सक्दैन तब सम्म टाढा टाढाबाट आहारा खोजेर आफ्नो चुच्चोको सहायताले खाना ल्याएर बचेराको पेट भराउने गर्छिन् ।
आमा बिनाको घर र पानी बिनाको माछा उस्ता उस्तै हुन् भन्ने कुरा मात्र त्यो मानिसले बुझ्दछ जसले आमाको निस्वार्थ मायालाई बुझेर महसुस गरेको हुन्छ र उनको सामिप्यलाई आफ्नो सफलता मानेको हुन्छ ।
आमाले आफ्नो सन्तानलाई त्यतिबेला देखि निस्वार्थ माया गर्न थाल्छिन् जब देखि आफू गर्भवति भएको थाहा पाँउछिन् । नौ महीनासम्म गर्भ भित्र नै उनले आफ्नो सन्तानको स्वास्थ्य र सुरक्षाको लागि हरेक सावधानीहरु अपनाउन सुरु गर्छिन् ।

यो सुन्दर संसारमा आफ्नो सन्तानलाई ल्याउन उनले असह्य प्रसव वेदना सहदै जीवन र मृत्युको संघारमा उभिएर कठोर संघर्ष गर्छिन् । शिशुको जन्म संगसंगै उनका धेरै अभिभाराहरु बढ्न थाल्छन् तर ऊनी उफ्फ सम्म नगरी आफ्नो सन्तानलाई ज्ञान, शिक्षा, अनुशासन, संस्कार र सदाचारको पाठ पढाउँदै हुर्क्याउन थाल्छिन् । जतिसुकै दु:ख कष्ट आई परेपनि आफूलाई नै बिर्सेर सन्तानको पेट भर्न पछि पर्दिनन् ।

आमाको लागी हामी जति पनि बयान गरौं कम नै हुन्छ । दु:खद र यथार्थ कुरा के हो भने जब सन्तान बढ्दै जान्छ र उसका असीमित इच्छा र चाहनाले नेटो काटदै जान्छ, त्यतिबेला ऊ आमाको हरेक त्याग र समर्पणलाई भुल्दै सांसारिक र भौतिक मायामोहको खोजीमा भौंतारिन थाल्छ । ऊ ठिक त्यस मृग जस्तै हुन्छ जुन मृगले आफ्नै नाभिमा रहेको कस्तुरीबारे थाहा नपाएर कस्तुरीको बास्नालाई पछ्याउँदै वन भरि भौंतारिएको हुन्छ ।

  वृद्ध भई सके पछि तिनै ममतामयी आमा सन्तानको लागि भार बन्न पुग्छिन्, तिनका अर्ती उपदेश अब सन्तानलाई अपाच्य हुन्छ । तिनको समर्पण र त्यागको बदलामा बडो निर्दयीताका साथ उनलाई वृद्धाआश्रम लगिन्छ । उनले दिएका ज्ञान, उपदेश अनि सारा शिष्टता र संस्कारलाई बिर्सेर असभ्यता, अशिष्टता अनि विकृतिलाई भित्र्याउँछन् । सन्तान जति कपुत भएपनि आमाको मायामा कहिल्यै कुनै कमी आउँदैन बरु उनी चिन्तित बन्न पुग्छिन् तर सन्तान...?

आमाको प्रसङ्गमा मलाई आज आफ्नो जन्मभूमि, मातृभुमी नेपाल आमाको पनि कुरा गर्न मन लाग्यो । नेपाल आमाका हामी कपुत सन्तानले आज उनलाई त्यसरी नै धरधरी रुवाएका छौं । अती नै मनोहर र सुन्दरताले भरिएको उनको काखमा बसेर उनैले नै दिएको गाँस बाँसमा रमाउँदै उनैको अपमान गर्न कुनै कसर बाँकि राखेका छैनौं ।

धिक्कार छ हामी जस्ता कपुत सन्तानलाई  जसले आमाको संरक्षण गर्न जानेनौं र पटकपटक उनको छातीमा प्रहार गरिरह्यौं र अझै पनि गर्दै छौं । नेपाल आमाको सुन्दरताको चिरफार गर्दा के हामीमा अलिकति पनि अफसोस छैन ? छातीमा हात राखेर स्वच्छ मनले मनन गरौं यदि छ भने मातातिर्थ औंसीको शुभअवसरमा प्रण गरौं कि अब हामी असल सपुत बन्दै नेपाल आमाको आँसु पुछ्दै उनको मुहारमा उज्यालो र हाँसो ल्याउने छौं भनी ।

प्रकाशन मितिः २०७३ वैशाख २३ गते बिहीबार
नेपाली नायक लामिछानेको हिन्दी शर्ट चलचित्र सार्बजानिक

नेपाली नायक लामिछानेको हिन्दी शर्ट चलचित्र सार्बजानिक

दिपिका भुसाल
नेपाली नायक संकर लामिछानेको हिन्दी शर्ट चलचित्र  सार्बजनिक भएको छ ! दुर देश अस्ट्रेलियामा रहे पनि गित संगित र कलाक्षेत्रमा निरन्तर लागिरहेका लामिछानेले हिन्दी  शर्ट चलचित्र  गहिराइ युटुब मार्फत सार्बजनिक गरेका हुन् !
प्रदेशमा रहे पनि नेपाली गित संगित र कला क्षेत्रमा निरन्तर लाग्ने हरुको संख्या बढदो देखिन्छ ! रोजगार ब्यबसायक सिक्षा लगाएतका लागि प्रदेशमा रहेका नेपाली हरुले कला र साहित्य क्षेत्र लाइ अगाडी लिएर बढीरहेको देखिन्छन    !
यसै सिलसिलमा नायक लामिछानेले  हिन्दी शर्ट चलचित्र  सार्बजनिक गरेका हुन् !  उक्त  चलचित्रमा  धनि गरिबको भेदभाबले निम्तायको एक साचो प्रेमको अन्त्य भएको देखाइएको छ ! संकर लामिछानेको  कथा र निर्देशन समेत रहेको चलचित्रमा लामिछाने नै मुख्य भूमिकामा देखिएका छन ! र उनलाई स्थानीय र  स्थानीय कलाकार हरूले समेत साथ दिएका छन !  भिडियोको छायांकन पर्बतको रमणीय स्थल हरुमा गरिएको छ ! एस अघि किन लाग्छ माया, बोक्सी जस्ता नेपाली फिलिममा पनि मुख्य स्थानमा रही अभिनय गरिसकेका लामिछाने ले    चर्चित शर्ट नेपाली चलचित्र  ए नेपाली हो भन्ने एस अघिनै  सार्बजानिक गरिसकेका छन ! देशको बिग्रिदो अबस्था जातीय युद्द , सिमांकन बिभाजनले निम्ताउने परिस्थिति लाइ समेटी  ए नेपाली हो भन्ने शर्ट मुबी बनाएका थिए ,! उनले एस अघि हिन्दी चर्चित  गायक, गायिका  हरुको आवाजमा आफ्ना रचना हरुलाइ पनि संगित भरेर  बजारमा ल्याई सकेका छन !  साथै नेपाली गित संगित लाइ माया गर्दै मिस नेपाल जस्ता अन्य थुप्रै गितहरु पनि बजारमा ल्याएका हुन्   ! पर्बत स्थाई ठेगाना रहेका लामिछाने हाल भने अस्ट्रेलियामा रहदै आएका छन