Showing posts with label आलेख. Show all posts
Showing posts with label आलेख. Show all posts
खरानीले आगो छोप्छ समाप्त हुँदैन

खरानीले आगो छोप्छ समाप्त हुँदैन

-स्वयम्भुनाथ कार्की

ज्ञानेश्वरको उकालोमा भएको एक घरको आँगनबाट आधारातमा कयौ भरिएका ट्रक निक्लिए । सिंहदरवारबाट पनि  त्यस्तै ट्रकहरु निक्लिए । ती ट्रकहरुमा किताप र कागजातहरु भरिएका थिए जो रातारात नष्ट गर्न अज्ञात स्थल तर्फ लागे । २०४६ चैत्र मसान्त र २०४७ बैसाख शुरुतिर यो घटना भएको चर्चा साउतीको रुपमा नेपालभरी फैलिएको थियो । ज्ञानेश्वरको त्यो घरमा ‘पञ्चायत नीति तथा जाँचबुझ केन्द्र’ थियो । पञ्चायत व्यवस्थाका प्रकाशनहरु , त्यसवेलाका तथ्यांकमा आधारित अनेकौ पुस्तिकाहरु र यस्तै कागजातहरु त्यहाँ थिए । सञ्चार मन्त्रालय , सुचना विभाग तथा अन्य कार्यालयहरुमा भएका यस्तै प्रकृतिका सजिलै हटाउन सकिने किताप, कागजातहरु रातारात हराए ।

त्यो समय पञ्च भनिएकाहरु लुक्ने अवस्था थियो । पञ्चायत हटेर बहुदल कायम भएको महिना दिन भित्रै भएको यो काम कसले गर्‍यो भनेर अट्कल गर्नुपर्ने कुनै आवश्यकता नै छैन । तर झण्डै तीस बर्षको अवधिमा भएका राम्रा वा नराम्रा कामहरु , त्यसका असरहरु कायम नै रहेकाले यसरी कागजात हटाएर मेटन खोज्नु त्यसवेला हास्यास्पद लागेको थियो । विस्तारै गाँउ पञ्चायतको बोर्ड गाँउ विकास समिति भयो , नगर पञ्चायत नगर पालिका भयो । अञ्चलाधिश खुम्चेर अंचल प्रशासक भए । वियर ङ्खयाक्टीहरु खुल्नलागे, एक यस्ता ङ्खयाक्ट्ररी खुल्दा कपडा कारखाना , कृषि औजार कारखाना, सिमेन्ट कारखाना आदि जस्ता दुई कारखाना बन्द हुने क्रम शुरु भयो ।

रंगरोगन बदलेर अर्कै हो भनेर भ्रम दिन सकिने कुरा बाहेक अन्य कुराहरु भत्काउने काम भयो । दशक पछि वल्ल सोध्न थालियो पञ्चायतले के काम गरेको थियो रु त्यो काम देखाउन कागज खोज्दा बल्ल बुझियो किन कागजातहरु नष्ट गरिएको रहेछ । औद्योगिकरणको नाममा बहुराष्ट्रिय कम्पनीहरुको उद्योगमा ताली बजाएर मख्ख पर्नेहरुले देखे न बाँसवारी छाला जुत्ता कारखाना छ, न हेटौडा कपडा कारखाना । पृषिऔजार कारखानामा खिया लागिसकेको छ , शाही औषधि लिमिटेड विमारी भएको छ । टा्रली बसमा भंगेराहरुको गुँड बनेको छ ।

नेपालले निर्यातगर्ने गरेका उत्पादनहरु अब नेपाले नै आयात गर्दै छ । पहिले कृषि क्षेत्रमा आउने भारतिय मजदुरको साटो नेपालबाट पञ्जाव मजदुरी गर्न जाने चलन बसिसकेको छ । व्यापार कम्पनीहरु निर्यातको स्थानमा आयात गर्न थालीसकेका छन । नभन्दै ४६ पछि युवा भएकाहरुलाई नेपाल यस्तो थियो भनेर देखाउने कुराहरु दुर्लभप्राय भैसकेका छन । जुन कामको निमित्त आङ्खनो गाँउ पञ्चायत कार्यालय प्रयाप्त थियो त्यसको निमित्त काठमाण्डौ धाउनै पर्ने वाध्यता शुरु भै सकेको छ । हुम्ला, जुम्ला जस्ता विकटमा शुरु गरिएका आयोजनाहरुको भव्य कार्यालयहरु बागवजार, डिल्लीबजार तिर भेटिने संस्कार बसेको छ ।

यसरी विगतका झण्डै तीन दशक पञ्चायतको आगोको फिलुङ्गो खरानीले छोप्यो । त्यो आगोको झरिलो फिलुङ्गगो नै थियो , त्यसले पोल्यो पनि र पकायो पनि । तर आफुलाई ठूलो देखाउने क्रममा त्यो आगोले पोलेको कुराको भने खुव प्रचार भयो , तर त्यो आगोको रापले पाकेको खाना लुकाईयो । त्यसको उर्जाले चलेका अनेकौ सकारात्मक काम लुकाईयो । त्यसको ज्वालाले मुलुकमा फैलाएको उज्यालो अस्विकार गराईयो । बत्तीको उज्यालो गौण गरेर त्यो बत्तिको शिखासंग जोरी खोजेर बलेका पुतलीको थुप्रो देखाईयो ।

झरिलो फिलुङ्गगोमा लागेको फुल खरानीले त्यसको आभा लुकाउछ , तर हावाको झडका पाउने वित्तिकै फुल खरानी झर्छ । झण्डै तीस बर्ष पछि त्यही अवस्था आयो , भारतसंगको घनिष्टतामा नेपालमा रजाई गरेकाहरुलाई एकाएक धक्का लग्यो । भारतसंगको घनिष्टताको कुरा कुनै आरोप हैन बेलाबेलामा वर्तमानका सबै अगुवाहरुले सार्वजनिक मञ्चहरुमा गौरवले स्विकार गरेको कुराको आधारमा भनिएको हो । नेपालका सबै जातजातीहरु बीच कायम सद्भावना भडकाउनेलाई कुर्सीमा बसाउने काम भएको छ । यसले हरेक सर्वसाधारण नेपालीको मन डढेको छ । कुर्सी पाउन जति सक्यो नेपाली नेपाली बीच फटोल्याउनु पर्ने रहेछ भन्ने मान्यता स्थापित हुँदै गएको अवस्था छ ।

यस्तो वेलामा भारतले नग्न हतक्षेप गर्‍यो भनेर कोलाहल मच्चिन पुगेको छ । हिजो त्यही घनिष्टतामा सत्तामा पुग्नेहरुका जमात नै आज भारत विरोधलाई राष्ट्रवाद देख्न पुगेको छन । बहुदल स्थापना पछि लगातार राष्ट्रवादलाई भारतलाई गाली गर्ने भनेर होच्याउन खोज्नेहरु वर्तमानमा भारतलाई गाली गर्न उद्यत छन । हिन्दु राजाले मात्र पाउने शास्त्रिय अधिकार मोदीको पाउमा चडाउनेहरु अहिले मोदी निन्दामा मोक्ष देख्छन । उनिहरुलाई न पहिले राष्ट्रवादको अर्थ थाहा थियो न अहिले नै थाहा छ । तै पनि आङ्खनो अहिलेसम्मको जीवनमा गाली बाहेक केही नगरेको राजा महेन्द्रको नाम आफुमा टाँसेर राष्ट्रवादी भनाईन खोज्छन ।

खरानीले छोपे पनि आगो समाप्त हुँदैन , यो वचन अहिले चरितार्थ भएको छ । तीन हजार भन्दा ज्यादा स्थानिय निकाय हुँदा अत्यास लागेर हजार भन्दा कम स्थानिय निकाय राख्ने कुरा गर्दैछन । पञ्चायतले ४० हजारको हाराहारीमा व्यवस्थापन गरेको स्थनिय संरचना जनसंख्यामा तीन गुणा वृद्धि हुँदा पनि हजारमा सिमित गरेर कसरी तलसम्म अधिकार दिएको ढ्वाङ्ग फुक्छन तिनै जानुन तर कागले मजुरको प्वाँख टाँस्दैमा मजुर बन्दैन । राजा महेन्द्रको नामले वैतरणी तर्ने अधिकार त्यसै प्राप्त हुँदैन त्यसको निमित्त राष्ट्रवादको राँको मनमा बाल्नु पर्दछ र राष्ट्रमा जनता पनि पर्दछन ।

एक थरी जनतालाई पहाडिया, अर्को थरीलाई मधेशी, फेरी अर्को थरीलाई मतवाली भनेर नेपाली नेपाली बीच विभेद गर्ने कहिल्यै राष्ट्रवादी हुनै सक्दैन । नगरिकताको प्रमाण पत्र बोक्ने वित्तिकै कोही नोपली हुँदैन ‘नेपाली हुन पवित्र मन नेपाली ’ चाहिन्छ । र त्यसले कसैलाई धोती, टोपी, दोक्चामा विभाजन गर्नु महापाप हो भन्ने बुझेको हुन्छ । मजुरको प्वाँख टाँसेर काग मजुर हुँदैन , जति नै खरानीले छोपिए पनि आगो समाप्त हुँदैन किनभने यो भित्र हुन्छ ।

विराटनगर १
प्रकाशन मिति २०७३ साउन २० गते विहीबार

मन्थन आफैंमा होऔं

मन्थन आफैंमा होऔं

- प्रशान्त महासागर

मान्छेहरु धेरै भए भन्ने हल्लाहरु धेरै ठाउामा सुनियो पनि र त्यही धेरैलाई कम गर्न शायद धेरैले अपराधमुखी कार्यहरुलाई प्रतिउत्पादन पनि गरे । फलत अभावकै कुरालाई सर्वोमान्य ठानेर कतिले लुट त कतिले आतंकगत जीवनलाई मान्यतायुक्त आभुषले पहिरनसाग आबद्ध गराउादै लगे । जीव जगतमा विस्तारि विस्तारि मानवीय सभ्यता, आचरण आदी आदीमा ह्रासयुक्त कुराहरु पलाउादै गए । जस्ले गर्दा सम्मानका कतिपय कुराहरु पनि अपमान भन्ने शब्दसंगतमा लसपस हुादै गए फलस्वरुप हाासेरै नपुग जीवनमा आासुहरु दिनानुदिन थपिने अनेक कुराहरु हुर्कदै गए, बढ्दै झाङ्गिने क्रम यथावत छ नै । तर हाम्रो सोच हिजो पनि ऐना हेरेर आफ्नाृ होईन ऐनाकै धब्बाहरु पुछ्नेसाग आबद्ध थिए, आज पनि त्यहीसाग प्रतिबद्ध छन् नै । यो भन्नुको पछाडि अरु दौडेर पुरा गर्ने गन्तव्यमा हामी घिस्रिएर रमी रहेका छन् चाहे त्यो बौद्धिक क्षेत्र होस् चाहे त्यो आर्थिक पक्ष नै किन नहोस् स्वाधिनताकै खोक्लो आडमा आफैले आफैलाई छल्ने अनि ठग्ने अनेक काम बाहेक अरु हामीले नक्कल गर्नै सकेनौं । यसको ज्वलन्त उदाहरण भनेकै एक पहिचान जुन लगभग परित्यागकै अन्तिम क्षणमा हुादा नि अधिकार भन्ने स्वर गुञ्जित छन् नै । त्यस्तै अर्को धर्म भन्दै कतिले आतंकलाई बढावा दिंदै गरेका छन् भने कतिले कमजोरीको फाईदासाग आफ्नो अहम् पोखि रहेका छन् । र त्यो भन्नु पनि मानवीय सार विनाका जीवहरु मात्र शेष हुनु हो । समग्रमा मानवीय कल्याण र उत्थान त्यहााबाट पनि सम्भव छैन् । केही र कोही निश्चितामा सबै अड्किन्छन् अनि आासु जो मानव जीवनमा आवश्य छैन् त्यो निरन्तर बगी रहन्छन् नै मानौं कुनै कथामा ईन्द्रावती निरन्तर बगी रहन्छन् भने झै त्यो प्यास, त्यो पीडाको कथा मानवीय जीवनको अन्तिम घडिसम्म पनि यथावत शेष रहि रहन्छन् र मलाई जहाा याद भए अनुसार मानव जीवनमा कुनैको लागि पनि आासु शेष हुनु शुभ होईन पनि । अर्को मृत्यु पश्चात जुन पीडाको भन्ने नाउामा बगीने आासु छन् त्यसको मूल्य मान्यता हाम्रो जीवनमा न्युन छन् नै कारण मृत्यु एउटा मुक्ति हो जस्को पालना सबैले गर्नै पर्छ भने भोग्न आनाकानी गरेको खण्डमा आत्मा समेत कष्ट हुन्छ भनी सबै शास्त्रमा स्पष्ट लेखिएको छ पनि । तर व्यवहारिक परिवेश परिबन्धको सवालमा हामी ती धेरै उत्पादन गर्छौं जुन मानव जीवनमा आवश्यक छैन् र हामी आवश्यक विनाका कुराहरु भण्डारमा जीवनलाई विभिन्न प्रकारका सजायहरु अपर्ण गर्छौं र हामीलाई सिकाउने बुझाउने बहानामा विभिन्न पीडाहरु, कष्टहरु जीवनले स्विकार्छन् तर हामीभित्रको अहम् जस्ले कति ठाउामा हामीलाई मानव हुन पनि दिंदैनन् त्यसले त्यो कुरा बुझ्न वा ग्रहणमा बाधा अड्चन प्रतिपादन गरिरहेकै हुन्छन् । त्यसैले एकचोटि हामी, आफुलाई आफैले परिक्षण गरेर पो हेर्ने हो कि...? भन्नुको मतलब, दिन हुन्छ त दिनकै विश्राम मार्फत यहाा रात पनि हुन्छ र हामी दिन साथै रात हुने समयमा कुन कुन अवस्थाहरुको अभिनयसाग आबद्ध भयौं सर्वप्रथम त्यो सोचौं । अनि त्यसपछि के के सासलाई मिल्ने खायौं भने माटोलाई मिल्ने हामीले के गर्‍यौं त्यसको पनि आत्मा मन्थन गरौं । र नहुने के गर्‍यौ साथै नपच्ने के के खायौं त्यसको पनि विश्लेषण गरेर एउटा निचोड संकलन गरौं ता कि कतिपय खराब जो जीवनमा प्रत्यक्ष रुपमा घुलमिल भई रहेका छन् तर हामी बुझेर पनि बेखबर छौं चाहेर पनि निस्तेज हुादै बााची रहेका छौं । एकअर्थमा परजीवि सरह जीवन निर्वाहमा छौं कतै त्यसमा कहीं केही न केही सुधार पो हुने हो कि...?

हुन त हाम्रो जीवन कागलाई बेल पाक्यो हर्ष त विष्मात भने झै तरीकाले अगाडि कुदिरहेका छन् भने प्रतिफलमा एउटै कुरा आर्थिक सम्पन्नताको खोज चाहे त्यो अपराधसाग आबद्ध होस् या नहोस् त्यसको सरोकार कसैलाई छैन् । हत्या हिंसा जे होस् आखिर त्यसमा पनि आर्थिक सम्पन्नताकै कुरा जोडिएको छ भने त्यो सर्वसम्मतबाट पारित हुने गरेको कुरा सरकार देखि लिएर सर्वसाधारणमा चिरपरिचित कार्य वा कुनै कुराको व्याख्या जुन कानून मार्फत नै पारित छन् । दण्डहीन कार्य आज सहजै आर्थिक कुरामा मिश्रित भएको छ । यो भनेको एउटा आफ्नो कमजोरी हो जुन ऐना पुछेर सन्तुष्टि हुने अर्को अरुमा आक्षेप लगाउने जस्को बाछिटा आफैमा पर्ने हो तर नदेखिनु त्यो आजको ठूलो आतंकको सानो जरा हो जुन विश्वभरि सहजै फैलिंदै गई रहेको छ भने मलजलको सवालमा स्वयम् मानव जाति प्रजाति लागी परेका छन् । त्यसैले दोष र अपराधको कुरा चल्दा हाम्रो जीवनमा त्यसको प्रमुख दायित्व जुन बढावाको स्वयम् हामी नै हौं । हामीले कतिपयमा ठाउामा निर्वाह गर्नु पर्ने कतिपय कर्तव्यहरु जुन जीवनकै लागि हो तर हत्तारमा हो या अन्जानमा हो थाहा छैन् त्यो कार्यबाट पथ विमुख हुन्छौं र त्यहाा लोभ अनि स्वार्थले प्रमुख भूमिका निभाई जमिन आसमान एकको खेल खेल्छन् भने सत्य जस्मा क्रोधका अनेक रुपहरु कुनै ठाउामा असन्तोष पनि हुन सक्छन् देखापर्छन् । आपसि मतभेद जस्ले पून: अपराध आतंककै शिर ठाडो गर्ने गर्छन् । र त्यो मावन जगतको लागि खतरा पनि हो भने मनुष्यलाई सदा परजीवि तुल्याई राख्ने एउटा मन्त्र पनि हो जुन हाम्रो चाह होईन पनि । तर हामी त्यसकै भाषा, बोली अनि व्यवहारसाग आबद्ध भएर बााच्न रमी रहेका हुन्छौं । यो भन्नुको अर्थ, बााच्नु त पर्छ बुझ्यौं तर के का लागि किन भन्ने कुरा बिर्सियौं । त्यस्तो अवस्थामा हामीले आफ्नो छायाा धमिलो देखेकै राम्रो हो किनभने आफ्नो कारणले अरुले कुनै अर्थमा पनि ज्यान गुमाउन नपरोस् ।

आज समाजमा, देशमा मानवीय जीवनहरु भार भएको अवस्था छन् कारण जीवनको लक्ष्य र औचित्यलाई केवल प्राप्तिसाग मात्र सबैले दााझ्न खोजे भने सानो भन्दा सानो मानवीय गुणहरुलाई सहजै बिर्सि आपसि बिखण्डनमा रम्न लागे । यसले जीवनमा आश्वयक बेगरका कतिपय आासुहरु उत्पादन हुादा नि चिन्ताको विषय कसैले महसुस गरेनन् । बरु उल्टै शंकामाथि उपशंका जोडेर, धर्म फेरेर, पहिचान मासेर, आदी आदी कुराका पासोहरुमा आफुहरुलाई नै थापेर मानौं कुनै कलिको महाभारत रचे झै रच्दै सबै लागी परे । विनाशको निम्ति अनेक शब्दका पाइलाहरुलाई खियाउन लगाएर एउटा कुनै गोप्य युद्ध चाहे झै मानवहरु अग्रसर हुादै गई रहे । र सबैलाई थाहा हुादा पनि आफु बेग्लै भिन्नै देखाउने पनि थोरैधेरै प्रयासहरु मानवबाट हुादै रहे । यी यस्ता अनेक कार्यहरुले गर्दा मानव जीवनको मुल्य र मान्यता घटाउन थाले भने कतिपय मानव म अब जन्मिदा मानव हुन्न भनेर आत्माहत्याको चरमसिमा पारि पुगे । यो भन्नु नै मानव जीवन एक अभिषाप हो भन्ने कथनले मान्यता पाउन थाले भने आफ्नो र आफुप्रति नै घृणा गर्नुपर्ने जीवन हामीले किन हासिल गर्‍यौ अब एकचोटि किन नसोच्ने...हुन त गाह्रो छैन्, बााच्नु भन्दा धेरै सजिलो छ । एउटा पालना हो जुन आफुलाई हेर्ने अनि त्यही अनुरुप बढ्ने हो । नचाहिंदो तवरले झाङ्गिदै गएको सफा मात्र गर्ने हो । देश मैले हो अरुले बिगारेको होईन सोच्दै अरुलाई होईन सर्वप्रथम आफैलाई सफा गरौं । राम्रो पकिल्पान होईन शुद्ध र स्वच्छ सोचौं । भूल सुधारको लागि आफैलाई हेरौं । मन्थन आफैंमा होऔं ता कि त्यो आासु कहिल्यै झार्न नपरोस् जुन जीवनको कहिल्यै थिएनन् पनि ।

prashantsharmila@2gmail.com

प्रकाशन मिति २०७३ साउन २० गते विहीबार
१९ जनामा सर्वस्व सुम्पिने दरबार र १७ हजारमा चित्त नबुझाउने दलहरु, को असल ?

१९ जनामा सर्वस्व सुम्पिने दरबार र १७ हजारमा चित्त नबुझाउने दलहरु, को असल ?

– सोम बिक्रम सिंह
विदेशबाट बाकस आयो की नेपाली जनता स्तब्ध हुन्छन्, परिवारमा कोलाहाल मच्चिन्छ, श्रीमती, आमा, बाबु तथा बच्चाहरु डाको छोडेर घ्वा घ्वा रुन्छन्, वरपर खैलाबैला मच्चिन्छ, दृष्य हृदय बिदारक हुन्छ । किनभयो होला यस्तो, बाकसमा के आउँछ यस्तो जसले वरपरको वातावरणमा खैलाबैला मच्चाईदिन्छ ।

देशका कर्णधार मानिने युवाहरु आफ्नो बाल बच्चा, श्रीमती, बाबु आमाको पेट पाल्न र परिवार संचालन गर्न मुस्लिमको देशमा रगत पसिना चुहाउन मरिहत्ते गर्दै जान्छन् । बिडम्बना धेरै कारणले गर्दा आफनो प्राण भन्दा प्यारो मुलुक, परिवार र समाजलाई संसारबाट छोडी विदेशी भूमीमा ज्यान गुमाउँछन् र क्रिश्चियनको लाश बोक्ने कफीनमा कोही सग्लो त कोही टुक्रा टुक्राको अवस्थामा, कोही सडेर त कोही चिन्नै नसक्ने अवस्थामा मात्रृ भूमीमा आइपुग्छन् ।

जति यस्ता घटना विदेशी भूमिमा घट्न पुग्छन्, तब तब नेपाली जनताले नेपालका राजनैतिक पार्टी र नेताहरुलाई स्मरण गर्छन, एक प्रेमीले आफ्नो प्रेमीकालाई मीस गरे झैं । नगरुन पनि कसरी उनीहरुका प्रत्येक चुनावी घोषणा पत्र र भाषणमा स्वदेशमा उद्योग धन्दा संचालन गर्ने, युवाहरुलाई स्वदेशमै रोजगारी दिने जो हुन्छन् । त्यती मात्रै कहाँ हो र उनिहरुकै रगत पसिनाको कमाईबाट आएको रेमिट्यान्सको पैंसाले चिल्ला एसी युक्त गाडि चढेर आलिशान बंगलामा मस्ती गरीरहेका हुन्छन् ।

जनताको यस्तो दु:ख र आँसुमा केहि नेताहरुले देखावटी नै भला संबेदना सम्म दिन पुग्छन् तर कुनै गुण्डा ईन्काउन्टरमा मारिदा कुर्लने, पार्टिको झण्डा ओढाउन सम्म पुग्ने नेता तथा राजनैतिक दलहरु यतिबेला कहाँ जान्छन् ? आजसम्म मैले त देखेको छैन, कुनै नेपाली मजदुर बिदेशी भूमिमा जाँदा भलै उसको गल्ती नहोस् तैपनी मारिन्छ उसको अन्त्यस्टीमा गएर उनिहरुको परिवारको दु:खमा सामेल भएको ।

म कसरी बिस्वास गरु उनीहरुका पार्टिका चुनावी घोषणा पत्र र भाषणहरु, जबकी हाम्रा देशका प्रथम मजदुर नेता स्व. गिरीजाप्रसाद कोईरालाले उदारवाद र निजीकरणको नाममा चीन र रुसले बनाई दिएका उद्योगहरु कौडीको रुपमा बेचिदिएर मजदुरको पेटमा लात हानेको ? यदि मेरो बुझाई गलत छैन भने चीन र रुसका जनताबाट संकलित करबाट बचेको रकमले बनेका हाम्रा ठूला ठूला उद्योगहरु, जापान लगायत अन्य राष्ट्रका जनताबाट आएको सहयोगबाट बनेका संस्थाहरु आफना कार्यकर्ता भर्तीकेन्द्र बनाईए तथा तहस नहस गरी देशको आर्थिक अवस्था जर्जर बनाईए ।

आर्थिक क्रान्तिको नाममा देशमा बिध्वंश मच्चाएर आफु, पार्टी र परिवारको नाममा अपार सम्पत्ती थुपारी बसेका नव नवाफहरु जन्माउने कार्य यस देशको अर्को धुन्धकारीको जमात माओवादीलाई नै जान्छ । नेपाली जनताको रगतको आहालमा खेली क्रान्तिको नाममा देशको उच्च ओहोदामा बसी ब्रम्हलुट मच्चाउदै बसेका हाम्रा क्रान्तिकारी नेताहरु जुन बर्तमान अवस्था (नयाँ नेपाल) का मुख्य भागीदारहरु हुन् ।

अचम्म लाग्छ, आज यहाँ दिनहु जसो जनताको सम्बृद्धि र देश बिकासका नाममा नयाँ पार्टीहरु खोलिन्छन् । तिनै मध्ये एक हिजोका क्रान्तिबारी धारबाट पैदा भएका बाबुराम भट्राईको नेतृत्वमा नयाँ शक्तिको नाममा नयाँ पार्टी खोलिएको छ । तिनै भट्टराई लगायत अन्य टाउकेहरुको लहडमा क्रान्ति र सशष्त्र युद्धको नाममा मरेका ज्ञात अज्ञात ब्यक्तिहरुको परिवारलाई त्यो घटना बिर्सन आग्रह गरिएको छ । माओवाद र माक्र्सवादबाट मुलुक चल्दो रहेनछ, नेपाली माटो र परिवेशमा त्यो सुहाउदो प्रयोग रहेनछ, संसदवादी धार नै प्रमुख बिकास तथा सम्बृद्धकिो धार रहेछ भने किन त्यत्रो नर संहार तथा देशको खरबौं रुपियाको सम्पत्ती ध्वस्त गरीयो त ? आखिर फेरी त्यही संसदवादी धार र कुर्सिको लुछाचुडीमै ओर्लिएका  बाबुरामलाई प्रश्न छ, के राजा मात्रै यो देशको बिकास र सम्बृद्धिका बाधक थिए त ? यदि उनी बाधक थिए भने १९ जना नमर्दै खुरुक्क राजसंस्था छोड्ने ब्यक्ति हुँदा हुदै १९ हजार माथिका जनतालाई किन अनाहकमा मार्नु पर्यो ? किन १९ खरब भन्दा माथिको देशको सम्पत्ती ध्वस्त गर्न पर्यो ? उनी विकास, सम्बृद्धि, शान्ति तथा आर्थिक क्रान्तिको बाधक थिए भने किन त्यसबेला यसबारे नेपाली जनता माझ बहस चलाईएन ? किन कोही ब्यक्ति गएर तत्कालीन राजा ज्ञानेन्द्र तथा स्व. बीरेन्द्रलाई यस बारे सम्झाउने, बुझाउने प्रयास गरिएन ?

अर्का अवसरबादी र रंग फेर्न सिपालु कहलिएका नेता प्रचण्ड पहिले ठूला ठूला कुरा खोक्थे, राजालाई फाले भनेर कुम हल्लाई हल्लाई मन्द मुस्कान छोडी जनताको अगाडी खुब कुर्लन्थे । तर तिनै ब्यक्ति आज नेपाल भन्दा बाहिर जान छेर भालु छेर छन् । विदेशको नाम सुन्ने बित्तिकै जानको लागि लालायीत हुन्छन् तर जाने बेला आएपछी पुरानो पाप र अपराध कराउन थाल्छ, भ्रमण स्थगित गर्दै बस्छन् । नेपालमा नै बस्न पनि बिचरा आज मरिन्छ की भोली मरीन्छ भनी आगे पिछे जमातका जमात बन्दुकधारी राख्न पर्ने अवस्था आयो । आज यिनै प्रचण्ड र यिनको क्रान्तिका कारण देशमा असुरक्षा र बस्ने वातावरण नहुँदा जनता देशै छोड्न बाध्य भए, बिचरा कोही बन्द बाकसमा आउने क्रम जारी छ ।

पंचायतकाल जति निरंकुश र तानाशाह भनिएपनि केहि विकासका दिर्घकालिन योजना तथा रेखाहरु कोरिएको हामी नर्कान सक्दैनौ । तर पंचायत भित्र पनि केहि त्यस्ता पंचहरुका कारण पंचायत शासनलाई पूर्ण रुपमा राजनैतिक दृष्टिबाट सफल मान्न नसकिएको आम बुझाई छ । जस्तो तत्कालिन अवस्थामा कहलिएका पंच सूर्यबहादुर थापाको रंग फेर्ने चरित्र, उनि लगायत अन्य पंचहरुबीच आपसमै फुट र खिचातानी आदि कारणहरुले गर्दा पंचायतकाल र तत्कालिन राजनैतिक कालखण्ड पूर्णरुपमा सफल हुन सकेन ।

त्यति मात्र होईन, पंचायतका नायक महेन्द्रको राष्ट्रवादी, अभिछिन्न र समुन्नत नेपालको सोचलाई तत्कालिन भारतीय शासकहरुले गिद्धे दृष्टिले हेरेकै हुन् । यहाँनेर एउटा प्रशंग उठाउन खोजे, तत्कालिन अवस्थामा राजा महेन्द्र र ईन्दिरा गान्धि बिच बहस हुन पुग्यो । ईन्दिरा गान्धिले नेपाललाई भारतभित्रै गासौं भन्ने प्रस्तावमा राजा महेन्द्रले हुन्छ भन्दै भने, एउटै बनाउ तर नाम चाँही नेपाल नै राखौं । यो कुरा ईन्दिरा गान्धिलाई पाच्य भएन र भारतीय सम्पन्नताको धक्कु देखाईन । महेन्द्र पनि के कम उनले भनिहाले, हाम्रो देश जति गरिब भएपनि दुई छाक हातमुख जोर्न समस्या छैन, तिमीहरुको जस्तो खानै नपाएर सडकमा भिख मागेर हाम्रा जनता बस्नु परेको छैन । महेन्द्रको यो बाक्यलाई गाली झैं सम्झिएकी ईन्दिराको मौका पर्नासाथ बहुदलबादीहरुको सहकार्यमा बहुदल सँगसँगै सडकमा मगन्तेहरु र मगन्ते संस्कृति बोक्ने संस्कारलाई पनि काठमाण्डौं भित्र्याउने सोच सफल भयो । पंचायत पनि ढल्यो, देशले दश बर्षिय जनयुद्धको मार पनि खेप्यो, अन्तरिम संबिधानमा देश चलेर अन्तत: संबिधान जारी गर्ने सम्ममा राजनैतिक दलहरु सफल भए ।

संबिधान बनेपछी नेपालले दुबै राष्ट्र भारत र चीनबिच राम्रो सुमुधुर सम्बन्ध राख्ने, स्थानीय चुनाव गराएर अन्तराष्ट्रिय छबि राम्रो बनाउन खोजे पनि देश भित्रको अवस्था भने असरल्ल नै छ । अविश्वासको ठूलो खाल्डो, बिकासको बाटोमा ठूला ठूला भ्वांग तथा राष्ट्रको नेतृत्वमा अझै ठूलो खडेरी छ । देशको हालका स्थायी संस्थामाथि जनताले कडके नजरले हेर्ने चलनले गर्दा राष्ट्र अग्रगामी छलांग लगाउन सकि रहेको अवस्था छैन । जहिले सरकार फेर्ने, राष्ट्रिय सहमतिको सरकारको कुरा उठि रहन्छ, जनता रणभुल्लमा छन् ।


राष्ट्रीय सहमतिको सरकारको कुरा पनि उठाईन्छ, जब सम्म बिभिन्न पार्टिले उठाएको एजेण्डा नैं अलग अलग धारको हुन्छ भने कसरी राष्ट्रिय सरकार बन्ला त ? राष्ट्रिय सरकार बनिहाले पनि राष्ट्रिय ढुकुटी सिध्याउने ओम शान्ति भागबण्डाको आधारमा बन्ला । राष्ट्रिय सरकार नबनेको खण्डमा बिदेशी शक्तिले प्रचण्डलाई नयाँ प्रधानमन्त्रीको रुपमा हेरेको देखिन्छ भने देउवा नौ महिना पछि अर्को प्रधानमन्त्रीको रुपमा प्रोजेक्ट भइसकेको अवस्था छ, केपी ओलीले संबिधानसभा बिघटन गरेनन् भने मात्र । त्यसै कारणले देउवा, प्रचण्डको नेतृत्वमा लचक देखिएका छन भन्ने ठम्याई गरे हुन्छ । तर प्रचण्ड पछि देउवाको समयमा चुनावीय सरकारको पनी बहस नचल्ला भन्ने छैन ।

अहिलेको समसामयिक राजनीतिक अवस्थालाई नियाल्ने हो भने पश्चिमा तथा युरोपियन शक्तिले यस संबिधानलाई कार्यान्वयन भएको देख्न चाहन्छ । केपी ओलीको सरकार चिन तिर ढल्केको बुझाईले दक्षिण पन्थि र स्वयं भारत ओलीसँग चिढिई केपीलाई अपदस्त गर्न चाहन्छ भन्ने आम जनताको बुझाई रहेको छ ।

त्यसैकारणले होला हाल प्रचण्ड केपी सरकार ढलाउने प्रमुख गोटीको रुपमा प्रस्तुत भएका । तर नेपालको राजनीतिमा रातिको ११ बजेर ५९ मिनेटमा बिभिन्न राजनीतिक खेलहरु भई पल्ला कता भारी हुन्छ पत्तै पाईन्न् । कतिले त फेरी प्रचण्डलाई रातको १२ बजेको प्रहरमा अर्को ठूलो धक्का फेरी भारतबाट हुन्छ की भन्ने आँकलन गर्दैछन् । राजनीतिक बिश्लेषकको बुझाईमा भारतले यो संबिधान कार्यान्वयन भएको देख्न चाहँदैन । यही नै प्रचण्डको लागि ठूलो प्रहार हुन सक्छ । नेताहरुको खिचातानिमा देश र जनता भडखेलोमा जाने हो ।

ईतिहासलाई नियालेर हेर्ने हो भने यिनै नेताहरुको खिचातानीले गर्दा राजा महेन्द्रले नयाँ राजनैतिक रेखाकंन गर्नु परेको । राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बिपी कोईरालालाई देश दर्शनमा लगेको समयमा नेपाली जनताले आफनो प्रतिनिधित्वता गरी देशको गरिमामय स्थानमा बस्ने ब्यक्तिलाई नचिन्नु, देशको र जनताको यावत अवस्थाबारे र आफनो समस्याबारे राजासँग गुनासो गर्नाले पनि राजनीतिक, रणनिती राजा महेन्द्रबाट तयार भै सकेको थियो । त्यस समय बाउको बिर्ता झैं हाम्रो अस्मितालाई दाउमा राखी भारतसंग राष्ट्रियता र राष्ट्र चुक्ने गरी गरेको सन्धी र सम्झौताले पनि राजा तथा जनता त्यस समयको सरकारको भारी बोक्ने नेपाली कांग्रेससँग चिढिई सकेको थिए । के २०१७ साल ल्याएर देश जोगाउन खोज्नु नराम्रो थियो त ? के प्रजातन्त्रको नाममा देशका जनतालाई राष्ट्र बिहिन बनाउनु चाँहि राम्रो हो त ? यावत कुराहरुले नेपालमा नेपाली नेताहरु फेरीपनि असफल हुदै गईरहेको देखिएका छन् ।

तर यी सबै नाटककारहरुको नाटक मञ्चनले जनताले खुशीको अनुभूति गर्न सक्लान त ? कदापी यी नेतृत्वबाट जनता खुशी हुने वा मुलकले निकास नपाउने देखेरै होला, राजसंस्थाको पक्षमा ठूलो जमात तयार भएर बसेको । तर नेतृत्वको खडेरी भएर नै होला, यसभित्र पनि कहिले बेबी किंगको बहस कहिले राजावादी, राजतन्त्रवादी तथा राजसंस्थावादी भनि स्पष्ट तीन धार उत्पादित भई कहिले निचोडमा नपुग्ने बहस सृजना भएको ।

तसर्थ यो देशमा राजसंस्था स्थापित हुन जरुरी छ र राजसंस्थाको अभिभावकत्व तथा नेतृत्वमा राष्ट्र अगाडि बढ्न सक्छ, समृद्धिमा लम्कन सक्छ र राष्ट्र स्थिर रहन सक्छ भन्ने पक्ष जनतालाई जागरण गराउन जरुरी छ ।

युवराज गौतम दाईले गुनगुनाईरहनु हुने चेतन कार्कीदवारा रचित गीत फेवातालको कत्ले माछा हर्पन खोला धाउछ, बुढो पोईको ओछयान लाउदा जागर मरी आउँछले एउटा मार्मिक दृष्य चित्रण गर्छ । बृद्धाअवस्था लागेका राजाबाट के आशा गर्न सकिन्छ भन्ने शंका कतिपयमा उत्पन्न हुन पनि सक्छ । राजा ज्ञानेन्द्र यसपाली असार २३, २०७३ साल ७० बर्ष पुगे । जनतालाई राजाको उमेरले गर्दा जोश जागर नलागेको भन्दा नेतृत्वको बिश्वासको खडेरीले गर्दा जागँर नलागेको स्पष्ट हुन्छ । नत्र भए राजाको झापा भ्रमणमा किन भान्छा नै उल्टेर राजाको दर्शनको लागी भगवानको रुपनै मानी ह्वारह्वार्ती रानोलाई मौरीको बथानले छोपेझैं छोप्न पुगे त । राजालाई बिष्णु भगवानरुपी नमानेनी बरिष्ठ तथा प्रख्यात निबन्धकार तथा चित्रकार ८० बर्षे मनुजबाबु मिश्र भगवान मान्दैनन् तर उनको लागी राष्ट्रवादी राजा महेन्द्र नै भगवानरुपी हुन भने झै नेपाली जनताले पनि राष्ट्रको लागि राजन ज्ञानेन्द्रलाई भगवान राम रुपी नै मानी आएको प्रमाणीत हुदै गएको छ ।

अन्तमा, राष्ट्रियताको जगेर्ना, राष्ट्रको भलो, नेपाली दाजुभाई तथा दिदी बहिनी बिदेशीनबाट रोक्ने, देशको बिकास गर्न, अर्थतन्त्रमा अभिबृद्धी ल्याउनलाई स्थिर संस्थाको आवश्यकता छ भन्ने बहसको अत्यन्त जरुरी छ । यी सबै पक्षका लागि देशमा राजसंस्थाको आवश्यकता छ भने राजसंस्थालाई उचित सम्बोधन गर्ने सही नेतृत्वको खाँचो छ । कथंंकदाचीत सही नेतृत्व भेटिएनन् भने जनता आफै जाग्न जरुरी छ । जनता आफै सडकमा आई राजालाई ल्याई राजसंस्था स्थापित गरी देशमा राजतन्त्रात्मक शासन ल्याई यो राष्ट्र जोगाउन आवश्यक छ । तसर्थ जनता आउ, राजा ल्याउ, राष्ट्र जोगाउ ।

प्रकाशन मिति ः२०७३ साउन ०६ गते
संविधानको आफुखुशी व्याख्या प्रारम्भ

संविधानको आफुखुशी व्याख्या प्रारम्भ

-स्वयम्भनाथ कार्की

विगतमा कैयौं आलेखहरु आए, विभिन्न माध्यमहरुद्वारा भनियो । तर त्यो बेला यस्ता कुरा उठाउनेहरुलाई प्रतिगामी, प्रतिक्रियावादी, परिवर्तन विरोधी जस्ता संज्ञा दिईयो । यस्ता आवाजहरु सकेसम्म दवाईए । प्रमुख संचारगृहहरुले ती बोलीहरुलाई अछुतको जस्तो व्यवहार गरे । अनेकौ विदका संज्ञाले स्वविभूषितहरुले सामान्य मर्यादाको तह भन्दा तल खसेर गरेका गाली उल्लेख पनि गर्न नसक्ने किसिमका थिए । अहिले संविधान कार्यन्वयनको पहिलो चरणमा छ । यहि संविधानको स्वागतको निमित्त राज्यकोषबाट करोडौं खर्च गरेर दिपावली, भित्तेलेखन सबै भए । ९० प्रतिशतको समर्थन भएको एसियाको उत्कृष्ट भनिएको संविधानमा शुरुमै मीनमेख निकाल्न शुरु भएको छ ।

त्यसवेला प्रतिगामी आरोपितहरुले उठाएका विन्दूहरु अहिले स्वघोषित अग्रगामीहरुले उठाउँदैछन । उतिखेर अछुत मानेको विषयमा छलफल चलाउन प्रमुख संचारगृहहरु अधिकतम समय, स्थान दिदैछन् । संविधान जादुको पुस्तक हैन, जनतालाई यस्तो भ्रम नदिईयोस् भनेको कुरा त्यसवेला प्रतिगामी भएको थियो भने अहिले यही कुरा संविधानको पक्षमा भनिदैछ । स्पष्ट र सरल भाषा हुने पर्ने कुरा त्यसबेला नमानिदा अहिले सरकार गठन गर्ने संवैधानिक प्रावधान छ र छैन भन्ने कुरामा लामोलामो बहस हुँदैछ । कुनै पनि संविधान गतिशिल हुन्छ समयानुकुल परिवर्तन गर्दै लैजानु पर्दछ हमेशा बदल्नु हुन्न भन्ने त्यसवेला प्रतिगामी ठहराईएको तर्क अहिले अगाडी सारिदैछ ।

माघ ७, २०७४ मा स्वत: निस्प्रभावी हुने भागमा त यति अन्यौल छ भने त्यसपछि कति अन्यौल आउने हो भन्ने कुरा विचार गर्न अझै तैयार छैनन । “जता भत्क्यो त्यतै दैलो” टाँस्ने यो प्रवृतिले मुलुक अध्यारो सुरुङ भित्र पस्न लागेको महशुस जनताले गर्न थालेका छन् । सरकार परिवर्तनको संभावना अहिले अचानक आएको हैन । सुशील कोईरालाले हटन नमान्ने छेकछन्द देखेपछि पनि यो अवस्था देहरिन सक्छ भन्ने हेक्का नराख्नु कमजोरी हो । आफ्नो यो कमजोरी स्विकार गर्नुको साटो प्रश्न उठाउनेलाई गाली गरेर यो विवादलाई झन मौलाउने मौका दिनु बुद्धिमानी भन्न सकिन्न ।

संविधानलाई मुलुकको मुल कानुन भन्दा पनि अझै राजनैतिक शक्ति संतुलनको दस्तवेज भनेर भनिदैछ । यदि यो परिभाषा स्विकार गर्ने हो भने हरेक राजनैतिक शक्ति संतुलनको परिवर्तनमा त्यस अनुकुल आफै परिवर्तन हुनु पर्ने हो । अनि यस अवस्थामा भएका दलहरुका विचका हरेक सहमति, सम्झौता स्वत: संविधानको अंग बन्नु पर्ने हो । यो अभ्यास नेपालको निमित्त नौलो पनि हैन । २०६३ को अन्तरिम संविधानको वेला यसको प्रशस्त अभ्यास भई सकेको छ । व्यवस्थापिका संसदका सदस्थहरुको नाम, तात्कालिन बेलामा भएका अनेकौ सम्झौताहरु सबै संविधानको अनुसुचिमा राखिई सकेको छ । खिलराजलाई सरकार सुम्पन संविधानले स्पष्ट मनाही गरेको प्रवाधानलाई अध्यादेशले काटेको नजिर पनि छ ।

संविधान जहिले पनि र जहाँ पनि मुलुकको मुल कानुन नै हुन्छ । त्यसैले यस संग बाझिने अरु कुनै कुरा गैर संवैधानिक हुन्छ । संविधानको खाका कोर्ने वेलामा त्यसमा पर्नुपर्ने र पर्नु नपर्ने कुराको निमित्त तात्कालिन शक्तिहरु विच कायम संतुलनले भुमिका खेले पनि लागु भैसके पछि सबै त्यो संविधानको अन्तरगत हुन्छन् । यो कुरा अस्विकार गर्ने हो भने खिलराज नियुक्तिताका जस्तै सरकारको सिफारिसमा राष्ट्रपतिले बाधा अड्काउ फुकाउन जे पनि गर्न सक्छन् । रुपान्तरित संसद विगठन गरेर बाँकी संक्रमणकालको निमित्त त्यसै ढाँचामा निर्वाचन घोषणा गरियो भने पछिल्लो नजिरले त्यसलाई मान्नै पर्ने हुन्छ ।

बाधा अडकाउ फुकाउने अधिकार धारा ३०५ केवल संक्रमणकालिन व्यवस्थावाला भागमा छ । अनि “यो संविधान बमोजिम संघीय संसदको निर्वाचन भई त्यसको पहिलो अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा” भनेर संक्रमणकाल पछि निरस्त हुने कुरा उल्लेख छ ।

संक्रमणकाल पछि देखाईमा सरल शंसोधन भए पनि व्यवहारमा त्यो असंभव हुने छ । २०४७को संविधान दुई तिहाईले शंसोधन गर्न मिल्ने भए पनि हुन सकेन भने यो पल्ट त शंसोधनको प्रावधान त्यो भन्दा कठिन छ ।
भारतमा भाजपाको लोकसभामा प्रचण्ड बहुमतभए पनि राज्यसभामा अहिलेसम्म कमजोर स्थिति छ । त्यस्तै नेपालमा नयाँ संविधान अनुसार एकै सदनमा दुई तिहाई पुर्‍याउन त असंभव प्राय छ भने दुवै सदनमा त “आकाशको फल आँखा तरी मर” हुनेछ । सामान्य कुरामा बाहेक अरुमा संविधान संसोधन “भ्यागुताको धार्नी” नपुग्ने नेपाली समाजमा असंभव हो । आज यो कुरालाई हाँसोमा उडाए पनि केही समय पछि यही कुरामा लामाामा परिणाम विहिन बहसहरुका श्रृखला शुरु हुनेछन । बरु संविधान संक्रमणकालमा भएकै बखत आगामी अन्यौल हटाउने प्रयत्न हुनु पर्दछ नत्र यो संविधानको भविष्य मै प्रश्नचिन्ह लाग्न बेर छैन ।

विराटनगर १


प्रकाशन मितिः २०७३ साउन ०६ गते विहीबार
जनताले के पायो बहुदलबाट ?

जनताले के पायो बहुदलबाट ?

-स्वयम्भुनाथ कार्की

पञ्चायतको २६ चैत्र २०४६ मा विगठनसँगै पछि नेपालको आश्वासनको युगमा प्रवेश भयो । नेपाल उन्नती र विकाशको चरणमा प्रवेश गरेको उद्घोष संगै विभिन्न लोभलाग्दा सपनाहरु बाँडिए । मेलम्चीको पानीले काठमाण्डौका सडक पखाल्नेदेखि मुलुकलाई सिंगापुर जस्तै बनाउने सपनाहरुमा कुनै शंका पनि गरिएन र सपना बाँड्नेको खिल्ली पनि उडाईएन । द्रुत विकास देखेका जनता अब त्यो भन्दा पनि द्रुत गतिमा विकास हुने भरोसामा थिए । तर विडम्वना नै भन्नु पर्छ मुलुक अर्को चरणको हिंसात्मक आन्दोलनमा फस्यो । २०५२ साल फागुन १ गतेबाट माओवादी सशस्त्र विद्रोहको रुपमा ।

सन्तुष्ट जनताको बीचबाट कुनै पनि अन्दोलन जन्मन संभव हुँदैन । भर्खर एक व्यवस्था फालेको जनता अर्को व्यवस्थाबाट छिटै निराश हतपत हुँदैन । त्यही पनि निराश भएको देखियो, यो दलहरुको अकर्मण्यता नै हो । दलहरुले जनतालाई यति छिटै निराश बनाए । करिव १० बर्षको यो त्रासदीमा नेपालले जे जे भोग्नु पर्‍यो र जुन मोल चुकाउनु पर्‍यो त्यसको लेखाजोखा इतिहासले गर्ला नै । तै पनि शान्ति प्रक्रिया, शान्ति सम्झौता आदि शान्तिका अनेकौ प्रयत्न भए पनि नेपालले शान्ति भने अनुभव गर्न पाएन ।

संसारभर शान्ति सेना पठाएर शान्ति कायम गर्न सघाउने मुलुक नेपालले आफैलाई शान्ति कायम गर्न संयुक्त राष्ट्रसंघ नगुहारी धरै पाएन । नेपालले कमाउको अन्तर्राष्ट्रिय साख सम्पूर्ण जस्तो गुम्यो । अहिले नेपाल अन्तर्राष्ट्रिय शक्ति संघर्षको युद्ध मैदान भएको छ भनेर अरुले भन्नै पर्दैन । नेपालका ठूला नेता देखि मुर्धन्य विद्वानहरु निसंकोच कुरा भन्दछन् । यो विडम्वना हैन भने केलाई विडम्वना भनिन्छ ? भन्ने प्रश्न आम नेपालीको मनमा गडेको छ ।

दल तथा नेताहरुले जे जेलाई बाधा भने जनताले त्यसलाई हटाईदिए । निर्दलीय व्यवस्थाले बाधा दिएको भने जनताले त्यो विना शर्त हटाइदिए । त्यो बेलाको मुल्यांकन गर्ने प्रयत्न पनि गरेनन् । त्यस व्यबस्थाका खम्बा मानिएकाहरुले पनि विना कुनै प्रतिरोध त्यो आरोप स्विकार गरे । राजाको सकृयतालाई बाधक भनियो राजाले आफ्नो भुमिका संवैधानिकको नाममा आलंकारिकमा खुम्च्याए । त्यतिले मात्र पुगेन राजाले वेलावेलामा वाधा दिए भनेर राजसंस्था नै कुनामा पुर्‍याईयो । धर्मले बाधा गर्‍यो भनेर मुलुक धर्म निरपेक्ष गरियो । एकिकृत राज्य व्यवस्थाले अन्याय गर्‍यो भनेर भनियो मुलुकलाई संघीयतामा लगियो । वर्ग हैन जाती थिचोमिचोको कारण भनियो, थिचिएका भनिएका जातजातीलाई आरक्षण दिईयो ।

यी सबै परिवर्तन अगाडी वा पछाडी नेपाली जनताले पुरा समर्पणको साथ दल तथा नेताको कुरा माने । एक पटक पनि परिवर्तन पहिलेको र पछिको अवस्था दाँजेर हेर्ने प्रयत्न पनि गरेनन् । यो भन्दा अगाध आस्था अरु के हुन सक्छ र ? तर मागेको कुरा सबै पुर्‍याई दिंदा पनि, उनीहरुले काममा बाधा भनेको सबै कुरा हटाइदिंदा पनि नेपालीले भोग्नु परेको कष्ट र पीडा घट्नुको साटो झन बढेको छ । यो कुरामा सबै जसो एकमत नै छन् । करिव तीन दशकदेखि बाँडिएका हरेक सपना, देखाईएका हरेक आशा पुरा हुन्छन् भनेर विश्वास गरेर बसेको नेपाली जनता अब थप आश्वासन र सपना हैन केही भए पनि अत्यावश्यक र आधारभूत सहजताको निर्माण भएको हेर्न चाहान्छ ।

६२ साल ताका भएको हप्ताको छ घण्टाको लोडसेडिङ पनि कष्टकर ठान्ने जनता दिन मै १४ घण्टाको घोषित लोडसेडिङमा केही समय भए पनि कमी चाहान्छ । वर्ष दिनमा लोडसेडिङ मुक्त हुने उधारो आश्वासन भन्दा आजैदेखि एक घण्टा भए पनि लोडसेडिङ कम भएको भोग्न चाहान्छ । इन्धनको चरम अभावमा बन्द भएको चुल्होमा वर्षदिनमा सिलिन्डर नै राख्न नपर्ने सपना भन्दा पुरा नभए पनि दिनमा एकछाक पकाउन भए पनि ग्यास सिलिण्डर प्राप्त होस भन्ने चाहान्छ । पेट्रोल डिजलको अभावमा ठप्प प्राय भएको आवागमन, ढुवानी आदि कार्यकलापहरु आजैदेखि सैकडा दशबीस भए पनि बढोस भन्ने चाहान्छ । तर विडम्वना यो पाउनुको साटो वर्ष दिन पछि एक सहज जीवनको आश्वासन पाई रहेको छ ।

अब थप मौकाको रुपमा गर्न सक्ने न कुनै नयाँ किसिमको गठबन्धन बाँकी छ न नयाँ कार्य योजना नै । अब उप्रान्त जेकुरा हुन्छ ते पहिले भई सकेका कुराको पुनरावृत्ति मात्र हुन्छ । त्यसैले अव कुनै निकास, कुनै विकल्प वा अभ्यास बाँकी छ भने त्यो केवल जनतासंग मात्र बाँकी छ । यो विडम्वनै विडम्वनाले भरिएको नयाँ नेपालमा एक पटक सबैले पालो पाई सकेका छन्, अर्थात एक चक्र पुरा भईसकेको छ । जनताले दलको शासनबाट शासना मात्र पाएको अवस्थामा आफ्नो अधिकार आफ्नै हालमा लिनुको विकल्प अब छैन । अब नेपाललाई आफ्नै माटो र परम्परामा हुर्केको शासन प्रणाली चाहिएको छ ।

विराटनगर–१

प्रकाशन मितिः २०७३ असार २३ गते विहीबार
“ग” बाट गणेश नै सिकौ र भनौं “गधा” होइन

“ग” बाट गणेश नै सिकौ र भनौं “गधा” होइन

हामी गोटी हौं कसैले चलाइदिनुपर्ने, फगत गोटी हौं शतरञ्जको – भूपी शेरचन

- डिपी अधिकारी

गीतामा भनिएको छ कि कर्मका शुभ अशुभ फललाई अवश्य भोग्नु पर्दछ, त्यसबाट छुटकारा मिल्दैन । साधारण बोलचालको भाषामा कर्मको अर्थ हुन्छ “क्रिया” । व्याकरणमा क्रिया भन्नाले निष्पाद्यमान फलको आश्रयलाई कर्म भन्छन् । जे पनि मनुष्यले गर्छ जसबाट कुनै फल उत्पन्न हुन्छ । यो फल शुभ, अशुभ अथवा दुवैभन्दा भिन्न हुन्छ । फलको यो रूप क्रियाद्वारा स्थिर हुन्छ । दान शुभ कर्म हो र हिंसा अशुभ कर्म हो ।

जीवन प्राण हो, अर्को अर्थमा जीवको जन्मदेखि मृत्युसम्म जिउने कालखण्ड हो जीवन । जीवन दु:ख पनि हो, सुख पनि हो । जीवन हार पनि हो, जित पनि हो । जीवन रोदन पनि हो, हाँसो पनि हो । जीवन जुझ्नु पनि हो, भाग्नु पनि हो । जीवन देखाइ, भोगाइ, गराइ सबै थोक हो । के होइन जीवन ? मान्छेद्वारा गर्ने गराइने सबै खाले कार्य वा क्रियाकलापको समष्टि नाम हो जीवन ।

नेपाललाई सृष्टिको बिहानी र ज्ञानको मुहान पनि मानिन्छ, यहाको जस्तो भौगोलिक विविधता र सामाजिक सामाञ्जस्यता विश्वमा कहिँ छैन । जसलाई स्व.पृथ्वी नारायण शाहले स्थापित गरेका हुन् । नेपाल, तापमानको तराई र चिसोको हिमाल पर्वतले मिलेर बनेको सुन्दर भूभाग हो । वीरता, निष्ठा र कर्तव्यपरायण जातिका रूपमा रहेको हाम्रो पहिचान नियतिको निष्ठुर उपहास भनौं अथवा कर्मको विडम्बना, आज हाम्रो अवस्था कुनै साध्वी महिलाले जीवनयापन गर्न मूल सडकमा पसल थापेर दु:खजीलो गरेको अवस्थालाई “बाटोकी पसलनी सबैकी भाउजू” जस्तो भएको छ ।

बाइसे चौबिसे राज्यहरुलाई एकीकरण गरेर पृथ्वी नारायण शाहले एकीकृत नेपाल अधिराज्यको जग बसाले ¤ त्यही एकीकृत नेपाल अधिराज्यको परिचय नै हाम्रो आजको बर्तमानको परिचय हो, हामि नेपाली ¤
आज ३५ लाख भन्दा बढी नेपालीहरु रोजगार, व्यापार व्यवसाय र अध्ययन गर्दै बिदेशी भूमिमा निलो पसिना बगाइरहेका छन् ।  भने तिनै नेपालीहरुको मृत्यु शरीर प्रत्येकदिन ड्रयाइमिट जस्तै काठको बाकसमा प्याक भएर आइरहेको छ ¤ यो मृत्युको भोगाइ आखिर कसको कारणले त् ? किन बर्तमानका हिजडाहरुले बोल्न सक्दैनन् ?

एक जना गाउँले ठिटो फाटेको मैलो कट्टु कमिज लाएर, हातखुटृा फालेर तालसुर बिना सडकमा नाचिरहेको हुन्छ, उपस्थित मानिसहरू कराएर, ताली बजाएर उसलाई उडाइरहेका हुन्छन् । तर, ऊ झन् झन् जोस्सिँदै, धुनमुनाउँदै, फनफनती घुम्दै सबैलाई हँसाइरहेको हुन्छ । त्यतिकैमा उक्त भिडबाट आवाज आउछ "त्यो मोरो भाउते चोर, जहिले पनि त्यस्तै हो । कसले जाँड ख्वाउँदो र”छ कुन्नि, दिनभर त्यस्तै हो, बुझ्नुभो बाउ ¤ हुने मात्र भए यो साइँदुवा भाउतेलाई पागलखानामा लगेर जाक्नु हुन्थ्यो...पागलहरू सब सखाप परेर पो नत्र...! हाम्रो अहिलेको अधिकार प्राप्त प्रगतिशील र चेतनशील भनिएको समाजको प्रगति हो यो !

बि.सं. २०४६ मा प्रजातन्त्रको नाममा मौलिक पंचायती पद्धतिको अन्त्य । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापना । बि.सं. २०४८ को प्रथम आमनिर्वाचन र बि. सं.२०५० सालको तत्कालिन एमाले महासचिब मदन भण्डारी तथा जीवराज आश्रितको रहस्यमय दुर्घटना । बि.सं. २०५१ को मध्यावधि निर्वाचन र बि.स. २०५२ देखिको आतंककारी माओबादिको ज्यानमारा अभियानको शुरुवात । बि.सं. २०५६ को आमनिर्वाचन र वि.सं. २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड । वि.स २०५९ को संसद भंग र शाही घोषणा । बि.स.२०६२/६३ को आन्दोलन । बि.सं. २०६४ को संविधानसभा निर्वाचन, कथित गणतन्त्रको स्थापना, एकतामा रमाइरहेका नेपालीहरुबीच जातीय र क्षेत्रीय बिजारोपण । भारतीय, अमेरिकी र छिमेकी मुलुक चीनले समेत अहिले हाकाहाकी नेपालमाथि हस्तक्षेप गरिरेहेको छ ।

नेपाली राजनीतिक संस्कारमा ६० बर्ष पुगेको, मानशिक, शारीरिक, बौद्धिक रुपमा स्खलित र बोदो भैसकेका कमजोर बुढाहरुले नेत्रित्व लिने नेपाली राजनितिको अधिकार हो । ती सम्भव भएसम्म जीवनभर राजनीति गरेर सत्ता र भत्तामा रमाउन चाहन्छन् । मृत्युको अन्तिम घडीसम्म पनि पद ओगटेर राष्ट्रिय सम्मानको साथ राष्ट्रिय झन्डा ओडेर आर्यघाट पुर्‍याउन् भन्ने चाहन्छन ।

गिद्धहरु धेरै दिन देखि भोकले तड्पी रहेका थिए ¤ कहिल्यै कुनै दिन पनि टाढा टाढा सम्म सिनो खोज्न गिद्धले लास नपाए पछि सिनोको आस मेटियो ! यसरी धेरै दिनदेखि सारा गिद्धहरुले लास नपाएपछी तुरुन्तै इमर्जेन्सी मिटिङि डाकी सभा गोष्टी सुरु गरे । “यदी यसरी नै वेवारीसे लासको आस हरायो भने त हामी सबै गिद्धहरु भोकले तडपी तडपी मर्ने छौ ।”

त्यत्तिकैमा एउटा गिद्धले भन्छ “म एउटा आदेश दिन्छु पालन गर्नु होला ¤ आज राती हाम्रा सबै गिद्ध साथीहरु मानव बस्तीमा  गएर आफ्ना वलवान नगरा र बलवान मुखका चुच्चाले मानब वस्तिका मन्दिर, मस्जित र गुम्बामा पसी भत्काइ दिने !” सबै गिद्धहरु खुशी हुँदै त्यही गरे ¤ नभन्दै सारा मानव वस्तीहरु उजाडिए धार्मिक दंगा, जातीय दंगा र राजनैतिक दंगा भए, मानव बस्ती लाशहरुले भरिए, लाश उठाउने मानिस पनि भएन गिद्धहरु खुशी भए र रमाउँदै भोज खान थाले । अब हामी पनि भनौ “गिद्ध महाशय जिन्दावाद ! गिद्ध नेता जिन्दावाद !! जिन्दावाद !! जिन्दावाद !!
लाग्छ, आदर्श र नैतिकता अब खरानी भएको छ हामी नागरिकमा र लुट मच्चाउनेहरूका लागि नेपाल अन्त्यन्तै स्वर्णकाल बनेको छ । राजनीतिलाई ब्यापार र व्यापारलाई राजनीति बनाएपछि राजनीति खोज्न ब्यापार गर्नु पर्ने र ब्यापार खोज्न राजनीति गर्नु पर्ने, यो नै हामी नेपालीको लागि नयाँ राजनीति, नया व्यापार र नया नेपाल को सुबर्ण अवसर हो ।

महाभारतमा दु:शासनद्वारा द्रौपदीको वस्त्र हरण गरे जस्तै स्वाभिमानी नेपालीहरुको आत्म चिरहरण गरिएको छ, यहाँका आधुनिक र प्रगतिशील ठेकेदारहरुबाट !

सानो छँदा लाग्थ्यो कि पैसा जाबो ठुलो भएपछि मनग्य कमाएर यसो गर्छु, उसो गर्छु भन्ने भावना जागृत हुने गर्थियो ! पैसा मनग्य कमाउनको लागि आफ्नो आदर्श, स्वाभिमान सबै त्याग गर्न सक्नु पर्ने रहेछ ! आफु जति स्वाभिमानी भएपनि अचेलको क्रान्तिकारी र परिवर्तनका चेतनशील समाजले पत्याउदो रहेनछ !

भगवान श्रीकृष्णले इन्द्रको आदेशमा मेघनाथले भारि वर्षा गरेपछि, त्यहाँका ग्वालाहरुलाई हिमालय पर्वतको मुनि लगेर एक औलाले हिमालय पर्वत उठाएर सबैको सुरक्षा गरेका थिए ! त्यस्तै, धार्मिक पुस्तकहरुमा उल्लेख गरीए अनुसार महा प्रलयकालमा मनुको डुंगा बग्दै जाँदा यस ब्रमाण्डको उच्च ठाउँ सगरमाथामा ठोक्किदा ब्रम्हाजीले तक्तालिन समयमा मानसि श्रीष्टि मानसरोबरमा बसेर योग साधना गरेको थलो यस मातृभूमि नेपाल हो ! लोमश, श्रिंगी, पराशर, बेद्ब्यास जस्ता ऋषिमुनिहरूको जन्मभुमि मात्र नभएर चारै बेदका मन्त्रश्रष्टा ऋषिमुनिहरू पनि यहि पवित्र मातृभूमि नेपाल नै हो ¤ यतिमात्र नभएर महाभारत युद्दमा भागलिने किराँती राजा यलम्बर हाङ्ग पनि नेपालकै थिए ।

हिजो र आजको यस पवित्र मातृभूमि पिंडाले छटपटाई रहेको बेला नेपालीको आत्मा रोएको बेला आफ्नै जन्मभूमि नेपाल आमाको कोखलाई छेदन गर्न किन तल्लिन भएका छन् ? जुन मातृभुमिले परिचय, स्वाभिमान, धर्म, संस्कृति, एकता लगाएतका आत्म–अभिमान गर्न सिकाएकी छिन्, उसैलाई मृत्युदण्डको आदेश किन दिन्छौ ?

प्राचिन समयमा राजा चन्द्र गुप्तलाई त्यतिबेला महान कुटनीतिज्ञ एवम अर्थशास्त्री कौटिल्यले सम्झाउदै भनेका थिए “जुन देशमा अनैतिक शासक, संसयात्मक निर्णय, भयरहित अपराधी र आँखा भानेर पनि पट्टि बाध्ने नागरिक हुन्छन, त्यो देशको अस्तित्व नै संकटमय हुन्छ !”

भनिन्छ र बुझिन्छ कि, कुनै सपना देख्नु परेमा निन्द्राको महासागर भित्र गएर पौडी खेल्नु पर्छ, अनि मात्र सपना देखिन्छ ! तर, यहाँ दिउसै अनिन्द्रामा सपना देखाइन्छ, लाग्छ कुनै सिनेमा देखाइएको हो ¤ त्यसैले निन्द्रामा देखिएको सपना र अनिन्द्रामा देखिएको सिनेमा एकै हुन्, ब्युझिएपछि र सिनेमा हलबाट बाहिर आए पछि सकियो ! आज बिगत २५/२६ बर्ष देखि देखिएको यहिनै हो ¤ त्यसैले अन्तमा “ग” बाट गणेश नै सिकौ र भनौ “गधा” होइन ।

प्रकाशन मितिः २०७३ असार २३ गते विहीबार
किन जाग्दैछन् तराईका जनताहरु ?

किन जाग्दैछन् तराईका जनताहरु ?

– जनकमान डंगोल 

पंक्तिकारले राजतन्त्रको विषयमा लेख्ने गरेको लेखहरुमा सम्बोधनको अगाडी निलम्बित राजा भनेर लेख्ने गरेको छ । नेपालका महान विद्वान लेखक तथा पत्रकार महोदयहरुले पूर्व राजा भनेर सम्बोधन गर्छन् । किन त्यस्तो लेखे लेख्नेहरु नै जानुन ।

नेपालमा गणतन्त्रको स्थापना नेपाली जनताहरुको चाहनाले ल्याईएको हैन । विदेशीहरुको ईशारामा केहि राष्ट्रघाती नेताहरुले देश र जनता प्रति गद्दारी गरेको नतिजास्वरूप जबर्जस्ती लादिएको यो गणतन्त्र ठिक कि बेठिक भनेर देशमा दुई पटक संबिधानसभाको नाममा निर्वाचन समेत भईसक्यो । निर्वाचनको माध्यमबाट चुनिएको जनप्रतिनिधिहरुले आजका मितिसम्ममा गणतन्त्रलाई संस्थागतरुपमा स्थापना गर्न सकेका छैनन् । गणतन्त्र संस्थागतरुपमा स्थापना देखि लागु गर्न संविधान पूर्ण रुपमा बनेर लागु हुनु पर्दछ । जबसम्म संविधान पूर्णरुपमा लागु हुन्न तबसम्म चेपुवामा पारेर गद्दी छोडन बाध्य बनाईएका अर्थात पद निलम्बनमा पारिएका ज्ञानेन्द्र शाहको अगाडी लेखिने पद भनेकै निलम्बित राजा हो भन्ने यो पंक्तिकारको बुझाई हो ।

गद्दी छाडन बाध्य बनाइएका निलम्बित राजा ज्ञानेन्द्रले समय समयमा नेपाल अधिराज्यको विभिन्न धार्मिक मठ मन्दिरमा धार्मिक पुजापाठ गर्न भन्दै जाने गर्नु हुन्छ । जहाँ–जहाँ पनि राजाको भ्रमण हुन्छ, त्यहाँका नागरिकहरुको भीड हेर्दा नेपालमा अझै पनि राजतन्त्र प्रति जनताको माया तथा मानसम्मानमा कुनै कमि आएको छैन भन्ने भान हुन्छ ।

यसै साल जेष्ठ महिनाको दोश्रो साता नि.राजा ज्ञानेन्द्र शाहबाट पूर्वाञ्चल विकास क्षेत्रको धार्मिक मठ मन्दिरहरुमा पुजा आजा गर्न जाने क्रममा पूर्वका जनताहरुको भिडले नि.राजाको जयजकार गरेको देख्दा नेपालमा राजतन्त्रको अवसान अझै भएको छैन । अहिलेको शासन व्यवस्था मात्र छलावा रैछ भन्न कर लाग्छ । गद्दी छाड्न विवश बनाईएको नि.राजाको समर्थनमा जनता दिन प्रतिदिन जुट्नु भनेको अहिलेको शासन व्यवस्था र पार्टीका नेताहरुको लागी शुभ संकेत भने पक्कै पनि होइन ।

यहि २०७३ साल आषाढ महिनाको दोश्रो साता नेपाल विद्वत परिषद्को अगुवाईमा नेपालको मुख्य प्रवेशद्वार पर्सा जिल्लाको वीरगंजमा तराईको जनताहरुले हातहातमा राष्ट्रिय झण्डा बोकेर “राजा आउ देश बचाउ” को गगनभेदी नारा लगाए । यस्तो देख्दा तराइमा केहि दिन अगाडी सम्म मधेसी जनताको हकहितका लागि लडेका हौं भन्ने विभिन्न मधेसवादी पार्टीका नेता तथा तिनका आसेपासेहरुले मुटु कमाउंदै आश्चर्यको साथ पक्कै पनि जिब्रो टोकेका होलान् ।

केहि दिन अगाडी सम्म मधेस भनेको हाम्रो हो र मधेशलाई छुट्टै राज्य बनाउनु पर्छ भन्ने सोच पालेका नेताहरुको विचारलाई लात हान्दै तराईका देशभक्त जनताहरूले यति छोटो समयमै हातमा राष्ट्रिय झण्डा बोकेर “राजा आउ, देस बचाउ” भन्ने नारा किन लगाए ?

केहि महिना अगाडी सम्म नेपाल भारतको दसगजा सिमा महिनौ महिना सम्म थुनेर सारा नेपाली जनताहरुलाई दु:ख दिनेहरु अरु कोहि नभएर मधेस र मधेसीको लागी लडेका हौ भन्ने केहि उग्रबादी सोच पालेका तराईबासी नेताहरु थिए । वर्तमान ओली सरकारले तिनीहरुको मागलाई बेवास्ता गरेपछि हाल राजधानीमा थुप्रिएर रिले अनसनको नौटंकी देखाएर बसेका छन् ।

सिमाना मध्येका केहि स्थानमा सदियौं देखि बसोबास गर्दै आएका नेपाली जनताहरुको जमीनलाई रातारात भारतीय भूमिमा जुन दिन गाभियो त्यस सम्बन्धमा मधेस र मधेसी लागि लडेका हौ भन्ने कुनै पार्टीका नेताहरुको मुखबाट एक शब्द पनि निस्किएन । देश र जनताको लागी लडेका हौं भन्ने कांग्रेस देखि कम्युनिष्ट लगायत अन्य पार्टीहरु समेत यस्ता बिषयमा मौन बसेको देख्दा तराईका जनताहरु आक्रोशित हुनु स्वभाविकै थियो ।

तराईमा बसोबास गर्ने हाम्रा नेपालीहरुलाई अहिलेका पार्टीका नेता देखि तिनका आसेपासेहरुले समेत जुन घटिया व्यवहार देखाएका छन त्यसलाई तराईका जनताहरुले राम्रैसँग मुल्यांकन गरेका छन् । मधेशीहरु नेपाली हैनन भनेर घटिया सोच राख्ने पनि प्रजातन्त्र देखि गणतन्त्रका नेता देखि तिनका आसेपासेहरु हुन भने यसैलाई आधार मानेर मधेशका मसिहा हौं भन्नेहरुले हिंश्रक आन्दोलन समेत चलाए तर तराइका नेपाली जनताहरुले के पाए ?

राष्ट्रवादको मामिलामा अन्य क्षेत्रमा बसोबास गर्ने नेपालीहरु जति चिन्तित छन् त्यो भन्दा बढी चिन्तित तराईका नेपाली जनताहरु छन भन्ने उदाहरण अस्ति नेपाल विद्वत परिषद वीरगंज, पर्साले निकालेको र्‍यालीबाट पुष्टि हुन्छ । नेपालका अहिलेका राजनीतिक पार्टीका नेताहरु देश र जनता प्रति उत्तरदायी छैनन् । यिनीहरु देश र जनताको लागी नभएर विदेशीहरुको हकहितमा काम कार्यहरु गर्छन् भन्ने कुरा यिनीहरुले देखाएको छुद्र तथा घटिया व्यवहार समय समयमा गरेका र बिभिन्न नामका सन्धिसमर्पणहरुले पुष्टि भई सकेको छ ।

जब राजनैतिक पार्टीका नेता तथा तिनका जिम्मेवार कार्यकर्ताहरु देश र जनता प्रति बफादार हुन्नन् र देश र जनता भन्दा भन्दा बढी विदेशीको ईसारामा नाच्छन् भने अहिलेको कथित धर्म निरपेक्ष नामको गणतन्त्रको पछि किन लाग्ने ?

नेपालका सबै पार्टीका नेताहरु जनताको आक्रोशलाई आँखा चिम्लेर “कुनै जमानाका निरो सम्राटले जस्तरी बाँसुरी बजाउंदै  बसेका छन् । देश र जनताको जलेको ह्दयमा मल्हमपट्टी लगाउनुको साटो आँखा चिम्लेर बाँसुरी बजाउदै बस्छन् भने नेपालका जनताहरुले गणतन्त्र मुर्दावाद मात्र हैन देशमा फेरी हाम्रा बाजेको पालाको २०१७ साल पौष १ गतेको पंचायती ब्यबस्थालाई फेरी फर्काउनु पर्छ भनेर भन्न बेर छैन ।

आन्दोलनको माध्यमबाट व्यवस्था बदलिन सकिन्छ भनेर सिकाउने अहिलेका पार्टीका नेताहरुलाई अब हुने आन्दोलनले विस्थापित गरि दियो भने त्यो दिन नेपालका अहिलेका नेताहरुको स्थिति घरको न घाटको नहोला भन्न सकिंदैन । त्यसैले समयमै चेत खुलोस् भन्ने कामना भन्दा अरु के नै गर्न सकिन्छ र ?

प्रकाशन मितिः २०७३ असार २३ गते विहीबार
यहाँ सद्बुद्धिले बाहुन हुनेहरुको कमी अब कदापी छैन

यहाँ सद्बुद्धिले बाहुन हुनेहरुको कमी अब कदापी छैन

- प्रशान्त महासागर

जातजाति तथा पहिचान र अधिकारको चर्को बहस चलेको अवस्था एक मधेशी जो हिजो बाहुनको विरुद्धमा थियो, आज थारु लगायत लगभग सबै आदीबासीहरु सोको विरुद्धमा संविधान जारी पूर्व देखि हालसम्म पनि छन् । कारण हकको भन्दै अवसरको पकवानहरु पनि पकाउने प्रयासमा देखिएको कुरालाई अर्कै भन्न मिल्दैन पनि । र मागेरै सम्पन्न बन्छु भन्ने सोचहरु पनि मिश्रित भएको हल्ला पनि बजारमा छन् । तर सही गलतको अवस्थामा सर्वप्रथम त आफुलाई नै ऐनामा उतार्नु जरुरत छ । यो कुरा म किन भन्दैछु भन्दाखेरि हामी जहिले पनि आफ्नो कुरालाई सधैं सर्वोपरि मान्छौं र त्यही अनुसार सही गलतको व्याख्यालाई अगाडि सार्छौ । सम्भवत: आफु जित्न साम, दाम, दण्ड, भेदका उपायहरु पनि अपनाएर हेर्छौ भने कति ठाउँ जित्छौं पनि तर हारिएको सम्बन्धमा पनि जितकै निीम्त कुनै प्रणालीलाई झुठो ठहर गराउन झुठोकै प्रमाणहरु, कुराहरु अगाडि सार्छौ । आखिर किन....प्रश्न हुँदा नि त्यसको उचित विश्लेषण नहुनु भनेकै कुनै जातसँग अर्को जातको असन्तुष्टि रहनु हो भने बादले त्यसमा मलजल गर्ने मौका पाउनु हो जस्को कारण यहाँ जातिय हिंसाले रंगहरु पाउदै गएको साथ गाढा रुप धारण गर्दै गएको हो । यो कुरामा हामीले सोच्ने प्रविधि परिवर्तन गर्नुपर्छ नै ।

जातका खाडलहरु भर्नुपर्छ नै । र त्यसको लागि आपसि असमानता के के कारणले किन भए त्यो बुझ्नु नितान्त आवश्यक छ । साथसाथै इतिहासबाट हाललाई नियाल्नु पर्छ पनि भन्नुको अर्थ राजपाठको जिम्मा शुरु देखि नै बाहुनहरु थियो भने शासन भारको जिम्मा क्षेत्रीयले सम्हाल्ने गरेको कुरा सबैलाई थाहा भएकै कुरा हो भने शासनभारलाई सहन गर्ने जिम्मा परापूर्वक काल देखि नै आदीबासीको थियो भन्ने कुरालाई मान्नुपर्छ पनि ।
त्यस्तै त्यो भन्दा पहिलेको सवालमा पनि बाठाहरुले सबै समूहमा राज्य चलाएकै कुरालाई दुईमतले हेर्नु हुन्न र सृष्टिकाल देखि नै किसानको इतिहासमा, कोही किसान राजा बनेको छैन भने परिवर्तनको शिलशिलामा शासक बन्छु भन्ने जति अधिकारको कुरा एक मुद्दा जहाँ हक भन्दै अवसरका कुराहरु पनि छन् त्यो सबै जात र वर्गमा पनि छन् । भन्नुको अर्थ आफुलाई चिन्नु अति आवश्यक छ मात्र सोचेको हुँ । र अर्को शब्दमा योग्य बन्नु आवश्यक छ जस्को मूल आशय बुझेर बाहुन जस्ले पूजापाठलाई आफ्नो धर्म र कर्मसँग जोडेर बाँचि रहेको कुरालाई आफ्नो क्षमताद्वारा शासनको जिम्मा खोजे तर त्यो जिम्मामा स्वार्थ लोभले नै धेरै चलखेल गरेको कुरालाई स्वयम् द्रोनाचार्यले सिद्ध गरे आफ्नै साथी दुरुपत राज्यको माग गरेर भने अन्तत त्यो मागलाई एक क्षेत्रीय पुत्र अर्जुनले खोसेर गुरु दक्षिणा स्वरुप दिए र गुरु द्रोनाचार्य लिए । त्यति बेला नै गुरु शुक्राचार्यले त्यसको विरोध पनि गरेको थियो कि बाहुन भएर राजपाठ चलाउनु हुन्न, लोभ जाँग्छ, स्वार्थले बिगार्छ भन्ने अनेक कुराको चर्चा परिचर्चा हुँदा पनि आफ्नो तर्क संगतले जितेका थिए । अन्तमा आफु र आफ्नो छोराको नाश पनि त्यहीबाट भए ।

यो कुरा कलिकै हो जस्को प्रतिफल भनेकै जुन हतियार छुन हुँदैन भन्ने मान्यता थियो त्यो नै छुनु पर्ने प्रावधानहरु हामीसामु शेष रहँदै गए । अर्को परिवर्तन वा परावर्तन व्यवहारमा कहिल्यै अरु जातले चाहेन जबसम्म त्यो बाहुन बनेनन् भन्नुको अर्थ जुन पाठ वा विद्याबाट जबसम्म हामी बाहुन हौं भन्ने मनमा गाडेनन् तबसम्म हामी जाँड रक्सी साथसाथै जात अनुसारको कार्यकै दासत्वमा रमी रह्यौं, यो दोष हाम्रो हो । र त्यही दोषले आफुहरुलाई बाहुन बनाउँदै लगेको कुरालाई स्विकार्न नसकेर आफुहरु आदीबासि पिडित,जनजातिका कुराहरु अगाडि उम्लिए जुन हिजो कहाँ थिए ? जुन बेला कुनै बाहुनले राज्यभार सम्हाल्नु हुन्न भन्ने विरोध भएको थियो त्यो बेला त्यो जनजातिहरु, त्यो आदीवासिहरु विरोधको आवाजमा समर्थनको आवाज किन राख्न सकेनन् ? कि त्यो बेला आदीवासि, जनजाति, उत्पीडित भन्ने नै थिएन र ? यदि त्यो हो भने अहिले कहाँबाट जन्मिए ? जवाफ सहजै छ अहिलेको परिवेशमा मानिसहरु सबै बाहुन बन्दै गएका छन् भन्नुको अर्थ शिक्षित बनिरहेको अवस्था ।

यस्तो परिस्थितिमा आफुहरुलाई अगल तुल्याउन चाहनु मलाई उचित लाग्दैन । अहिलेको हाम्रो अवस्था भनेको समग्रमा देशको उन्नतिलाई विश्व माझ देखाएर जीवन जन्मलाई नेपालमा सुलभ छ देखाउनु नै हो । को कस्ले राज्य चलाईयो भनेर हेर्नु भन्दा नि कतिको शुद्ध र सुशासनयुक्त चलाईयो र त्यसमा हाम्रो दायित्व के त किनभने हामी पनि बाहुन बनि सकेको अवस्था अहिलेको हो नै । यो कुरालाई हामीले कहिल्यै बिर्सिनु हुन्न पनि । र जीवनको इतिहासमा सबैलाई थाहा भएकै कुरा हो कि जन्मले केही हुँदैन कर्मले मात्र आफुलाई प्रतिस्थित तुल्याउँछ ।

हो, हामी जन्मिदा हिजो कोही बाहुन भए होला, आदीवासी बने हो, उत्पीडित जनजातिमा परे होला तर त्यसलाई ठूलो मुद्दा मानेर जातगत कुरालाई समूहगत रुपले लाने हो भने एक एकल एकल भिड्ने आज समूह समूहगतमा भिड्नु पर्ने प्रावधान उत्पन्न हुन्छ । त्यसैले समय हुँदा हुँदै पनि एकचोटी रातको सामना गर्ने कुराहरु नै वास्तविक बाहुनबाद हो भन्ने म आफुमा अनुशरण गर्छु ।

हुन त मानव जीवनमा, कस्लाई के ले कहाँ निर पुगेको अवस्था यहाँ छ र ? जतिखेर पनि, जहिले पनि अभाव र असन्तुष्टि जस्ता आन्तरिक असोचहरुले घेरा पारि राखेकै छन् जस्लाई तोड्नु नै वास्तविक आदीवासि जीवनलाई अनुशरण गर्नु हो । उत्पीडित जीवनको सवालमा, मुख्य दोष आफ्नै हुन्छ त्यहाँ जीवन खर्चलाई अनि त्यो मुताविक चल्ने कुराहरु नै मुख्य गल्तिका श्रोतहरु मान्न हामीले बिर्सेका हुन्छौं । यस्ले गर्दा जीवनमा त्यो खाडल यथावत रहिरह्यो जस्मा आफुहरु खसि रह्यो पनि भन्नुको अर्थ आफ्नो बाटोको अवरोध हटाउन पनि हामीले व्यवस्थाकै मुखकै र्‍यालसँग आफुलाई आबद्ध तुल्याई रह्यौ जस्को कारण पचाउनु पर्ने कुनै केही तत्वहरुलाई पचाउन नसक्ने बनी दिर्घरोगी बन्दै गयौं । यसमा दोष कति प्रणलीसँग आबद्ध भए भने कति त्यसलाई बढावा दिने हामीभित्रकै स्वार्थले चलखेल गरि रहे तर बुझ्ने अवस्थामा हामी बाहुन हुन सकेनन् ।

त्यति बेला हामी आदीवासि किन बन्यौ जुन बेला बाहुन बन्नु पर्ने थियो ।  यो कुरालाई सबै जातले बुझ्नु आवश्यक छ । र मानव जीवनमा जातको कुरा गर्ने हो भने यहाँ महिला र पुरुष मात्र छन् अरु त सबै स्वार्थको त्यो सिढिं हो जस्ले मानव बन्न रोकावट प्रकट गर्छ । र त्यही प्रकटपनले जन्माएका अनेक प्रजातिलाई नामाङ्कन गरि आफुहरुलाई तुच्छ बनाउने काम जुन इतिहासमा एउटा दूर्भाग्यवश दूर्घटना थिए जस्लाई बढावा दिनु नै हामी मध्ये कोही आदीवासि जनजाति तथा उत्पीडित साथसाथै बाहुन क्षेत्री आदी अरु के के हुन् जस्लाई कुरा जान्नेहरुले जन्माउने छन् नै । तर दिने सोच कदापि मानव जातको हुने छैन पनि । त्यस्तो प्रजाति न बाहुनमा पर्छ न त कुनै आदीवासिमा, न कुनै जनजाति हुन् न त कोही भोको निमुखा जनता नै कहिलिने छ । त्यसैले कर्मलाई सर्वोपरि मानेर गल्लि गर्ने प्रावधान उत्पादन गर्ने सोच विरुद्धको कुरा अहिले आवश्यकता हो भन्दै सिद्धान्तलाई परित्याग गरेर व्यवहारलाई लागू गर्दै जाने कुराहरुमा आफु आदीवासि बन्दै जाऔं । यो मेरो आह्वान हो कसैप्रति विरोध वा समर्थनको कुरा होईन पनि । र मेरो सोचमा, जस्ले राम्रो सोच्छ त्यो बाहुन हो जस्ले नराम्रो सोच्छ त्यो दलित हो । खराबमा पानी चल्दैनन् भने राम्रो हिजो पनि चल्छ भन्ने कुरालाई कमलको फूलले हामीलाई सिकाए भने हामी त्यो कुरा कहिलेसम्म आफ्नो स्वार्थका कारण नसिक्ने...?

अन्तमा, बलियो बन्नुलाई क्षेत्रीय, चलाख सद्बुद्धि ज्ञानी हुनुलाई बाहुन, सहनशील बन्नुलाई बैश्य तथा बोली व्यवहार नभएकालाई शुद्र भनी वर्गीकृत गरिएको कुरालाई हामीले नै भाषा र शब्द प्रयोगका कुराहरु मिलाएर आफुहरुलाई फरक बनाउँदै लग्ने कुरा इतिहासमा भएको एउटा ठूलो अपराध हो जस्ले कर्मबाट जीवन अलग छ भन्ने सोच्नेतिर धकेले । यसले व्याख्या विश्लेषणका कुराहरु पनि फेरे भने नौलो स्वादको रुपमा पहिचानलाई अगाडि सारे । र पहिचानको सवालमा संस्कार, सँस्कृति भन्ने कुराहरु पनि उठे जब कि सबैको मौलिक नै छन् । कसैको हस्तक्षेप छैन् पनि । तर विवाद त्यही रहि रहे जुन कुनै दिन त्यो क्यान्सर नबनोस् किनभने अहिले तिमी आफैं पनि एक बाहुन हौ भने तिम्रो छोरा क्षेत्रीय बन्दैछ भने बैश्यको कुरामा शायद धेरै ठाउँमा तिमी आफै पनि बन्यौ होला त्यस्तै शुद्रको सवालमा क्रोधले, अपशब्दले अव्यवहारले तिमी, म अझ हामी धेरै ठाउँमा बन्यौं नै तर सम्झिंदा लाजको कुराहरु अगाडि देखापर्छन् । यो भनेकै हक, अधिकारको सवालमा चाहिएको प्रजातिपन जात हो जुन नितान्त रुपमा खारेज हुनुपर्छ तर कागजमा मात्र होईन आफुहरुले आफुलाई गरिने व्यवहारबाट पनि त्यो जात, त्यो प्रजाति हट्नु पर्छ अनि मात्र सबै समुदाय एक हुन्छ । समग्रमा मैले मेरो देशभित्र नेपाली देख्ने छु । र म मासुको एक डल्ला कहलिन छोडेर मनुष्य बन्ने छु । त्यति बेला शायद यहाँ कुनै आदीवासि वा जनजाति वा उत्पीडित प्रजातिहरुलाई कोही बाहुन प्रजातिले सताएको हुनेछैन कि... या भनौ त्यो चार जात नै रहने थिएन कि...। सोचौं अनि बुझौं र मेरो सोचमा वास्तविक अधिकार पनि त्यही हो जस्तो लाग्छ भने पहिचान आफैले सशक्तिकरण गर्दै लाने नै हो भन्ने मलाई लाग्दा अरुलाई अर्कै लाग्न सक्छ किनभने सद्बुद्धि बाहुन हुनेहरुको भीड यहाँ कम छैन पनि ।
यो भन्दा ठूलो भद्दा मजाक अरु के हुन्छ ?

यो भन्दा ठूलो भद्दा मजाक अरु के हुन्छ ?

-जनकमान डंगोल
२०४६ सालमा देशमा दोश्रो पटक प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्रमाथि खोट लगाउनु पर्ने कुनै ठाउँ थिएन । राजा देखि रंकसम्म अटाईएको प्रजातन्त्रको कलिलै समयमा घांटी निमोठ्ने काम कार्य भयो र त्यस्ता काम गर्नेमा अन्य कोहि नभएर कम्युनिस्ट पार्टीका एक घटक तत्कालिन संयुक्त जनमोर्चा नामको कम्युनिष्ट पार्टीका नेता देखि तिनका कार्यकर्ताहरु थिए ।

२०५१ सालमा हत्या र हिंसाको खेती जसलाई महान जनयुद्धको नाम दिएर १२ वर्षसम्म राज्यमा आतंक मच्चाउने पार्टी भनेर तत्कालिन संयुक्त जनमोर्चा पछि गएर बनेको ने.क.पा माओवादीलाई चिनिन्छ । माओवादी पार्टीमा डाक्टर भट्टराई दोश्रो तहका नेता थिए । सानै देखि अर्थात स्कुले जीवन देखि बामपन्थी राजनीतिमा लागेका डाक्टर बाबुराम भटराईले माओबादी पार्टीलाई लात हानेर केहि दिन देखि नयां शक्ति नेपाल नामको राजनीतिक पार्टी खोलेर देश विदेशमा चर्चा कमाउन सफल भएका छन् ।

अहिलेको युग भनेको विज्ञानको युग हो । लेखिएको तथा बोलिएको केहि मिनेटमै संसारभर पुग्न सक्ने यो जमानालाई डाक्टर बाबुराम भटराईले राम्रैसँग बुझेका छन् त्यहि भएर ईन्टरनेटको दुनियाँलाई प्रयोग गर्दै सबै प्रकारको सामाजिक संजालमा सबै भन्दा धेरै समय सम्म समय व्यतित गर्ने राजनेतामा पनि डाक्टर बाबुराम भट्टराई नै अग्रपंक्तिमा होलान् भन्ने यो पंक्तिकारको ठम्याई हो ।

डाक्टर बाबुराम भटराईले नयां शक्ति नेपाल नामको राजनीतिक पार्टी गठन गर्नु भन्दा पहिला सुन्दर शान्त नेपालमा जनयुद्ध नामको हत्या र हिंसाको खेती गर्ने माओवादी नामको पार्टीमा आवद्ध थिए जुन कुरा यो पंक्तिकारले शुरुकै हरफमा उल्लेख गरि सकेको छ । माओवादीले चलाएको जनयुद्धमा परेर घाईते तथा मृत्यु, अंगभंग देखि गाउँघरबाट विस्थापित हुने नेपालीहरुको आधिकारिक तथ्यांक संयुक्त राष्ट्र संघको कार्यालयमा समेत अभिलेखिकरण भएकै होला ।

बगरेको काम भनेको निर्दोष पशुको घांटी रेट्नु मात्र हो । हिजो आफु स्वयम् आवद्ध भएको पार्टी माओवादीमा हुँदा महान जनयुद्धको लागी पार्टीको आदेश भन्दै आफ्ना कार्यकर्ताहरु लगाएर सोझा र सिधा नेपालीहरुलाई मृत्युको काखमा पुर्‍याउन आदेश दिने डाक्टर बाबुराम भटराईको नेत्र कथित जनयुद्धको समयमा पक्कै पनि सजल भएन होला । न्यायको भिख माग्दामाग्दै मृत्युवरण गर्न पुगेका आफ्नै जिल्लाबासी नन्द प्रसाद अधिकारीको लासले समेत अहिले सम्म सद्गतको मौका नपाएर शिक्षण अस्पतालको मुर्दाघरमा राखिएको बाकसमा बाबुराम भटराईले समय समयमा दिने गरेको हार्दिक श्रद्धान्जलीलाई गिज्याई रहेको छ ।
१२ वर्षसम्म महान जनयुद्ध भन्दै हिंसाको राजनीति गरेका माओबादी पार्टी शान्ति र सम्झौता भन्दै २०६४ सालमा सरकार संग वार्ता गर्न आए । वार्ता पश्चात हत्या र हिँसा गर्ने ठूला नेताहरुले सत्ता र भत्ताको राम्रै संग उपभोग गरे र आजको मिति सम्म पनि गर्दैछन् । डाक्टर भटराईले समेत अर्थ मन्त्री देखि प्रधानमन्त्रीको कुर्सी समेत पड्काएकै हुन् ।

दोश्रो संविधानसभाको निर्वाचनमा समेत जनताले माया र विश्वास गरेर भट्टराईलाई संसदमा पठाएकै हुन तर जनताको मतलाई लात हान्दै पुरानो पार्टी छोडेर नयाँ राजनीतिक पार्टीको गठन गर्दा हिजो आफ्नो कारणले मारिएका नेपाली जनताहरुको सम्झनामा श्रद्धाञ्जली त परको कुरा “युद्धको समयमा केहि मानिस हताहत हुनु ठुलो कुरा हैन” भनेर अभिव्यक्ति दिने डाक्टर बाबुराम भटराईले युद्धग्रस्त अफगानिस्तानको राजधानी काबुलमा आततायीहरुको कारणले मृत्युवरण गर्न पुगेका नेपालीहरु प्रति श्रद्धाञ्जली देखि घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत दिन भ्याए ।

हेर्नुहोस् बाबुराम भटराईको ट्वीट


अफगानिस्थानको राजधानी काबुलमा बम बिस्फोट गर्नेहरु पनि आतंककारी हुन् । डाक्टर बाबुराम भटराईहरुले पनि १२ वर्षसम्म नेपालमा त्यस्तै प्रकारको आतंकित घटना घटाएका थिए भने काबुल घटनामा मारिएका तथा घाईते भएका ती अभागी स्वर्गीय नेपालीहरु प्रति हार्दिक श्रद्धाञ्जली देखि स्वास्थ्यलाभ भन्दै दु:ख व्यक्त गर्नुको के फाईदा ?

गरिब नेपालीहरु आफ्ना राजीखुशीले विदेशमा श्रम गर्न जाँदैनन् । २०४६ साल देखि आजको मिति सम्ममा लाखौ लाख नेपालीहरु विदेशिन बाध्य छन् । गरिब नेपालीहरुलाई विदेसिन बाध्य बनाएको अहिलेको शासन र व्यवस्थाले गर्दा हो । अन्य देशमा प्रजातन्त्र देखि लोकतन्त्रले देशलाई बिकासको गतिमा डोर्याएर विदेसी कामदारहरुलाई श्रम दिन सक्षम भएका छन् तर हाम्रो देश नेपालमा भनेको ठिक त्यसको बिपरित देखिन्छ । सायद प्रजातन्त्र देखि लोकतन्त्रको फाईदा भनेकै यहि होला ।

नेपाली युवा युवतीहरुलाई जानाजानी विदेशिन बाध्य बनाउनमा अन्य राजनैतिक पार्टीका नेता देखि तिनका हनुमाने कार्यकर्ताहरु जति दोषी छन् त्यो भन्दा सयौं गुणा दोषी हत्या र हिंसाको खेति पश्चात अहिले साखुल्ले बनेर नयां शक्ति नामको राजनीतिक पसल खोल्ने डाक्टर बाबुराम भट्टराईहरु पनि उत्तिकै दोषी छन् । आफ्नै कारणले जानाजानी विदेशिन बाध्य पार्ने अनि विदेसमा आतंककारीहरुको चपेटामा परेर मृत्युबरण गर्न पुग्दा साखुल्ले बनेर मृतकहरुको नाउँमा श्रद्धाञ्जली प्रकट गर्नु भनेको त्यो भन्दा ठुलो भद्दा मजाक अरु के हुन सक्छ ?

प्रकाशन मितिः २०७३ असार १६ गते विहीबार
नारीमाथिको विभेद, चुनौती र समाधान

नारीमाथिको विभेद, चुनौती र समाधान

-निरन्जन घिमिरे

लोकतान्त्रिक गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिको पद तथा विश्वको ५२ औं स्थानमा पर्न सफल महिला महामहिम विद्यादेवी भण्डारी हुनु भएको छ । नेपालकोलागि यो खुशीको कुरा हो । सर्वप्रथम मेरो तर्फबाट हार्दिक महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई सफलताको शुभकामना छ ।

विगत जनयुद्ध देखि खस्किएको नेपालको स्थिति शान्ति सम्झौता र संविधान निर्माण एवं जारी भएपछि पनि नेपाली जनताले कुनै पनि किसिमको राहत महशुस गर्न सकिरहेका छैनन् । आशा गरौं विश्वकै शक्तिशाली महिला राष्ट्रपति भएको मुलुक नेपालमा अब उपरान्त नेपाली जनता अझ भन्नुपर्दा देशका गरिब अनि पिछडिएका महिलाहरुले केही हदसम्म राहत पाउँछन् कि भन्ने आशा राख्दछु ।

हाम्रो देश नेपाल सुन्दर भएतापनि विकासको हिसाबले धेरै कुरामा गरीब छ । एक त गरिब देश, गरिब जनता त्यसैमाथि सधैंको बन्द, हडताल, लडाइँ झगडा, हत्याहिंसा, लुट्पाट, अपहरण, बलात्कार, भ्रष्टाचार यी सम्पूर्ण कुराले नेपाली जनता पीडित छन् । यिनै कारणले गर्दा देशका युवाशक्ति आफ्नो देश छाडेर विदेशीन बाध्य छन् र आफ्नो देशको युवाशक्ती बहिरिनु भनेको देशकोलागि दुर्भाग्यपूर्ण कुरा पनि हो । जसोतसो ऋण धन गरेर बिदेश त लाग्छन् तर त्यहाँ पनि सुरक्षित छैनन् । उदाहरणकोलागि भर्खरैको काबुलको घटना विदितै छ । आफ्नो परिवारलाई जसोतसो विदेशै गएर भएपनि खान लाउन पुर्‍याउँछु भन्ने उद्देश्य बोकी विदेश हिडेका युवा जादा लागेको ऋण तिर्न पाएको छैन घरमा शव अर्थात लास आइपुछ कस्तो बिडम्बना ! अनि यो दोषीको भागिदार चैं नेपालका सम्पूर्ण राजनीतिक दल नै हुन् किनकी देशमा खाली कुर्सीको लागि मात्रै तछाड र मछाड गरिरहे देश र जनताको वास्ता गरेनन् त्यसो गर्नुको साटो सबै मिली देश विकासमा लागेको भए न त युवा विदेश नै जानु पथ्र्यो  न त यो दिन नै देख्नु पथ्र्यो । समस्या त त्यहाँ छ जो मर्ने मरेर गए, बाँच्नेलाई सधैंको पीडा पिडित हुनेमा पनि महिला नै पर्छन् अझैं दु:ख कति बेला लाग्छ जतिबेला महिलाले नै महिलाको कुरा कट्दै हिंड्छ्न अनि महिलाले नै महिलाको घर बिगार्छन् ।

एक विवाहित महिला जब कुनै कारणवस उस्को श्रीमानको मृत्यु हुन्छ अनि त्यही घरकै अरु महिलाले भन्छन् पोइ टोकेर मोरिस अझै पुगेन किन बस्छेस् यो घरमा गैहाल यहाँबाट । हेर्नुस् त कस्तो अचम्म छ ।

यस्ता घटनाहरु पिछडिएका गाउले अशिक्षित अनि बेरोजगारी महिलामा बाक्लै घट्ने घट्छन कति दु:खको कुरा छ घाउमा मलम लगाइदिनुको साटो उल्टै कोट्यायर ठूलो बनाइ दिन्छन् । बारम्बार यस्ता घटना महिलामा नै घट्छन कारण अशिक्षा, बेरोजगारी, गरिबी साथसाथै बेरोजगारीका कारण महिलामा अलि बढी रिस गर्ने बानी पनि हुन्छ । गाउँ घरका महिलाहरूको उदाहरणहरु हेर्नुस् । एउटा महिला चिटिक्क परेर टन्न गर गहना लगाएर हिंडोस त अर्कि दुई मिलेर के भन्छन् ऊ हेर्न त्यसले फुर्ति देखाकी अनि अर्किले भन्छे तेहित लोग्ने चै मोरि मोरि बिदेशमा दु:ख गरेर पैसा पठाउछ अनि उस्को चै दिन भरी घरमा बाँस हुन्न अनि यस्ताले लगाई हाल्छन् नि टन्न गहना होस् के कुरा गर्नु यस्ताको हिंड जाउ । अचम्म छ वास्तविक के हो थाहा छैन त्यसै शंका गर्छन् अनि कुरा काटेर बस्छन् यो महिलाहरुको कम्जोरी पन हो कुरा बुझ्दैनन् अनि आफ्नै खुट्टामा बन्चरो हान्छन् ।

गल्ती लोग्ने मानिसमा पनि धेरै छ यस्ता घटनाका पत्र फेरि छोरा मान्छेनै हुन जस्ले छोरा र छोरीको भेदभाव गरि छोरालाई किताब र छोरीलाई हातमा हसिया दियो जस्ले छोरालाई बोर्डिङ र छोरीलाई स्कुलमा हाल्यो । धिक्कार छ तिनीहरु महान पुरुषलाई पनि यो धर्तिमा बाँच्ने अधिकार छैन जसले दिनदहाडै नारिको अस्मितामाथि खेली बलात्कार गरि निर्ममतापूर्वक हत्या गर्‍यो, यस्तालाई कडा भन्दा सजाय हुनुपर्छ खुल्ला ठाउँमा सबैको अँखा अगाडि दिनु पर्छ ता कि अर्को पल्ट यस्तो घटना घट्नु त के कसैले कल्पना पनि गर्न नसकोस् यस्ता अपराधीलाई कडा कारबाही गर्नुको सट्टा टन्न सरकारी रासन खुवाएर मज्जाले चारैतिर सुरक्षा दियर पालिन्छ अनि यस्ता घटनाहरु दोहोरी रहन्छन् । यस्तो गल्ती गर्नेलाई फलामले फलामलाई नै काट्छ भने जस्तै गर्नु पर्छ यस्तालाई फाँसी हुनु पर्दछ ।

राष्ट्रपति पदमा महिला निर्वाचित भएपछि नेपालभरीकै महिलाहरू हर्षविभोर भई खुशीले गदगद भएका थिए । सबैको एउटै आशा एवं विश्वास थियो, अब नेपालका महिलाले हिजोको दिनमा झैं यातना, अपहेलना, विभेद, अन्याय, अत्याचार, दुराचार र बलात्कारको शिकार हुन नपर्ला । राष्ट्रको प्रमुख पदमा महिला पुगेपछि महिलाको समस्यालाई सम्बोधन हुनेछ र निराकरण पनि । तर स्थिति ज्यूंका त्यूं छ या भनौं पहिलाको भन्दा पनि धेरै नाजुक नै भैसक्यो तर पनि अझै सुधार हुन सकेको छैन ।

राष्ट्र र महिलाको समस्यालाई सम्बोधन गरी विभिन्न तरिकाले त्यसको निराकरण गर्न सकिन्छ । कसरी भन्दा गाउँ गाउँमा रोजगारीमुलक शिक्षा, जनचेतनामुलक कार्यक्रम, रोजगारीका लागि आवश्यक सामग्री अनि अति नै सहुलियत दरमा सरकारी ऋण दिने ब्यबस्था मिलाइदिने हो भने यी यावत कुराहरुबाट महिला आमा दिदिबहिनीहरुले सास्ती खेप्नु पर्ने थिएन । सबैमा लगभग समानता पनि आउने थियो सबै आ आफ्नो काममा व्यस्त हुन्छ न कसैको कुरा नै काट्छन न कसैसँग रिस न त अरुको भरमा नै बाँच्नु पर्दछ । महिलाहरु प्राय: अरुको भरमा बाँच्नु पर्ने भएको करणले पनि हेपिन बाध्य छन् । यदि महिलालाई आफै आफ्नो भरमा बाँच्न सक्ने व्यवस्था मिलाइदिने हो भने विस्तारै परिवर्तन हुन्छ सबैमा समानता आउँछ सबैले कुरा बुझ्छन् । गाउँ विकाश हुन्छ अनि गाउँको विकास हुनु भनेको नै देशको बिकास हो । तसर्थ सबै मिलेर पिछडिएका महिलाहरुको हितको लागि आवाज उठाउँ । उनीहरुलाई पनि एक सभ्य र शिक्षित नागरिक बनाउँ ।

प्रकाशन मितिः २०७३ असार १६ गते विहीबार
जीवनमा, युगको दोष किन....?

जीवनमा, युगको दोष किन....?

– प्रशान्त महासागर
दूध र पानीको समिश्रण एउटा कार्य हो जस्ले पैसालाई मूल्यवान बनाउँछ । त्यसमा पाप र पुण्य मिसिएको हुन्छ । अनि त्यसमा पापको गाढा रुप, पुण्यले हासिल गरेको हुन्छ जुन प्रमाणित भएको अवस्थामा, पापले अपराधकै रुप धारण गरेको हुन्छ जस्मा कोही पनि आफ्नो हुँदैनन् भने व्यवहारमा सबैलाई त्यस्तै गर्न मन लागेको हुन्छ । र दूधको धारा बन्द भई आम्दानी नहुने पूर्ण संकेत पाउँदा मन लागी छाडि आफु मुक्त हुनु नै ठूलो परम पुण्य मान्ने मानवहरुको जमात आज सक्रिय छन् जस्ले गर्दा पहिला पहिला जहाँ व्यापक रुपमा चोरी चकारी हुने स्थानहरुमा साधुहरु जन्मिदै जानु ठूलो कुरा होईन पनि । आजको दिनमा साधुहरु नै भेष बदलेर चोर्न आउने त साधारण कुरा नै भई सकेको छ र कत्ति ठाउँमा त्यो अभिनय शायद हामीहरुले पनि गरि रहेकै होला । प्रयाप्त प्रमाणहरु नहुनाले आज मानव जमात केही हदसम्म चोखो र साँचो छन् । यो क्रिया प्रतिक्रियाले नेपाली समाजमा स्थान तीब्र गतिले लिन खोज्दैछन् जहाँ हामी सोच्छौं तीब्र गति, जीवन क्षति तैपनि आफ्नो र आफन्तको सवालमा हामी पाप र पुण्यलाई बिर्सि एक समर्थनलाई जीवन दिन्छौं । वास्तवमा त्यो जीवन नभईकन मृत्यु नै ठहर हुनेछन् र छोटो सानो मगज जस्लाई प्रयोगमा ल्याउन विभिन्न आनाकानी भई रहन्छन् भन्नुको अर्थ जीवन जिउन पनि हामी आफ्नो विचारमा भन्दा बेसिं अरुकै नकलमा हुन्छौं । यसले हामीलाई परजीवि बनाउँदै लग्ने कुरालाई, हामी सम्झिन शक्ति र विवेक खर्च गर्न रुचाउँदैनौं कारण खर्चको क्षमता हामीसँग नहुनु नै हो भने जीवनलाई ज्यादा खर्चबाट नै विभूषित तुल्याउन खोज्नु नै हो जहाँ आम्दानीका श्रोतहरु थप्प छन् । फलत: बाटो अपराधको घच्घच्याउने जुन परिवेशलाई हामीले आफ्नो मौलिकता ठान्ने दुष्प्रयासहरु गर्दै रह्यौ त्यसले न त जीवनलाई जिउन दिन्छ न त मृत्यु कुनै मुक्तिसारकै हुन्छ । र जहाँसम्म जीवन अनि मृत्यु कुरा छन् त्यो लक्ष्यहीन हुनु हुँदैनन् ।

अर्को, जीवनमा घास सबैले खान्छन् । घास भनेको विवेकहीन प्राणीले खाने आहार हो भने त्यो हामीले पनि खाई रहकै छौं फरक हामी नाम दिन्छौ खाना तर त्यही खानालाई अरुले खाँदाको अवस्थामा घास खायो भन्छौं कारण त्यहाँ उचित र अनुचित भन्ने शब्द फरकका कुराहरु छन् जस्ले कोही जीवलाई मनुष्य तुल्याईयो भने कोही जीवलाई पशु तर हामी मानव दिनानुदिन पशु भन्दा तलको प्राणी किन बन्दै जाने आज सोच्नु पर्ने कुरा त्यही हो भने कुनै पशुले उम्रेरको घास खाई रहेका छन् त हामीले उमारेर खाने बुद्धिबाट सुशोभित हुँदै गई रहेका छौं । यसमा गलत र सहीको पहिचानहीन पनि हुँदै गई रहेका छौं । यस्तो अवस्थामा देश र राज्यको कुरालाई दोष दिनु बाहेक अर्को बुद्धि हामीसँग पलाउँदैनन् कारण त्यही घासको लागि हामी संघर्षित छौं भन्नु देखाउनु हो जसको कारण दूधपानीको मित्रता अनि अरु अरु विवेकहीन बुद्धि नै ठूलो लाग्ने छन् । यसले पैसालाई ठूलो अनि जीव, जीवनलाई तुच्छ मान्छन् भने हाम्रो लक्ष्य मृत्युलाई पनि सारपूर्ण बनाउनु नै हो भने जीवन त जिउँदो भई हाल्यो त्यसलाई लाश बनाई बाँच्ने कुरा सोच्नु पनि एक पाप नै हो । र हामी पापलाई पुण्य तुल्याउन विभिन्न युग र कालको कुरालाई अगाडि सार्छौ किनभने आफ्नो दाग भन्दा नि ठूलो त्यो चन्द्रमाको लाग्छ अनि औंसी भूलि पूर्णिमाको सदा कामना गर्छन् एक अर्थमा नियम मिच्न समेत अग्रसर भई रहन्छन् । अनि मनलाई कलिमा यस्तै हो भनी सान्त्वना दिई नाक खुम्च्याई बनावटी हाँसोसँगै मुस्कुराउने अथाह प्रयास जीवनमा गर्छन् भने नसकेको खण्डमा जीवन त्याग्न पनि घास खानेहरु होईनन् खाना चपाउनेहरु अग्रसर भएको पाउँछौं । यसले एउटालाई दोषी लुत्याउँछ कि खराब काल युगले होईन, बुद्धिबाट सञ्चालित व्यक्ति विशेष वा समूह वा कुनै गुट नै ठहर हुन्छ भने लक्ष्य भने दूधपानीको मित्रताबाट आय आर्जन गर्नु नै हो । यसमा दुधको साक्षि बिरालो मात्र नभईकन पेशागत कुराले, व्यवहारले सबैलाई कलिसँग जोड्दै लग्छन् जहाँ पैसा नै भगवान्को प्रतिमा बनी रहेकै हुन्छ । यसमा नाता संगतको कुरा भन्दा पैसा प्राप्तिका, कुरा विषयहरु जस्ले हत्यालाई पनि ठूलो मानेका छैनन् भने स्वार्थका लागि आफ्नै अर्कै सिद्धान्तहरुलाई प्रतिपादन गर्नु पानीमा दूध घोल्नु जस्लाई बजार दिन र लिनु सबैको परम कर्तव्य हुँदै जानुले कलि सक्रिय र मानव त्यसकै लसपसमा घोलिंदै जानु हो । यसमा मानवता मर्नु र जिउनुमा एउटा अभिनयको कुरामा देखिनु हो । दानकै कुरामा पुण्य हराउँदै गएको कुरालाई प्रमाणिकरण गर्न बुद्धाश्रम तथा अनाथालय बढ्नुले देखाउँछन् । अनि पानी र दूधका अनेक अनेक कथाव्यथाहरु त्यही भेट्टिन्छन् जहाँ धेरै चलखेल पैसा र सम्बन्धकै बढी मान्यताहरु देखापर्छन् भने कति सुन्न र बुझ्न शायद मानव मनले नसक्ने कुराहरु प्रचुर मात्रामा भेट्टिन्छन् । जहाँ विश्वासमा पनि एउटा शंकाको प्वाख एकातिर पलाउँछन् भने अर्कोतिर फेरि दोष कलि र युगकै कुरामा आएर अड्किन्छन्, मानव पुण्य जोगिन्छन् । यस्ता कुराहरुले मानवलाई खाना होईन घासकै अधिनमा पारि दिएको भए शायद त्यो कार्य अवश्य गर्ने छैनन् जुन मानवले युगको साहारामा गरिरहेका छन् । दूध भन्दै पानी बेच्दै पैसालाई भगवान मानी पूजामा समर्पित छन् साथसाथै अमृतको ठाउँमा विष अनि अन्य अन्य जुन मानव रगतको लागि खराब कुरा हुन् ती नै ज्यादा बेच्दै पैसा सोहर्ने कार्य भई रहेका छन् । यसले अर्थ तन्त्रलाई मानव बेचबिखनको सिमा भन्दा पर लगी बस्तु सरि खरिदबिक्रिको मूल्याङ्कनमा राखि छाड्छन । यी कुरामा राज्य जस्ले शासनको बागडोर समातेका छन् त्यसले ज्यादा चलखेल पैसाकै गर्छन भने अरुले नकल रुप धारणको देखासिकी गर्ने हो जहाँ पैसाकै परिधि हुन्छन् । न्याय पैसा हुन्छ भने पुण्य पैसा हुने कुरालाई मैले भन्नु मूर्खता हुनेछ र बल शक्ति पनि पैसा नै हुन्छ । खराब आचरण चरित्र पैसाले पखाल्दा चोखिने कुराहरु पनि प्रतिपदान हुन्छन् । यस्तो अवस्थामा पेशाको अगाडि केहीको, कुनैको मूल्य निर्धारण हुँदैनन् भने कसरी कमाईयो त्यसको अर्थ भन्दा नि समाजमा रवाफ अर्कै हुने तथा हामीले दिने हाम्रै खानाले हामीलाई सिकाउने कुरालाई कलिमा यस्तै हो भनी हामी पन्छिन्छौं जुन पाप हो । पैसा, भगवानमा रुपान्तरित हुनुमा हाम्रै दोष छ । बृद्धाश्रम, अनाथालयहरु बन्नु हाम्रै पाप हो । बिक्रिमा सबै पाउनु, किन्नेहरुको भीडमा हामी पनि सामेल हुनु हो । पुण्यमा पाप पाउनु हाम्रै सोचाई हो ।

अन्तमा, कलिमा यस्तो भयो उस्तो भयो भन्नु एउटा मन्त्र हो जस्मा हामी चोखिनु हो र त्यस्तो चोखोपन मलाई त्यो दूधमा पानी मिसाएर कमाउनु छैन् पनि । बरु मेरो लाश सडेर चिलकौवाको आहार बनोस् त्यो चिन्ताको विषय म मान्दिन पनि तर मेरो लाशको कफनको निम्ति म त्यो पैसा संचय गर्न चाहन्न जस्मा कुनै विष कसैको आहार अनि रक्तको कुनै षडयन्त्रको लागि मैले कदमलाई चाल्नु नपरोस् भने पैसालाई भगवानको रुपमा कहीं कतै सजावत गर्न नपरोस् । अर्को आफ्नो गल्तिलाई म कलिमा यस्तै हो भनी कहिल्यै बाँच्न नपरोस् साथसाथै मेरो, मसँगको परिधिका कोहीहरुले त्यो दोषलाई, त्यो पापलाई मलाई चिने बुझेको नाताले घासलाई घास अनि खानालाई खाना बनाई चपाउने पचाउने कुरालाई, विधि तुल्याउने सबैले त्यो पापलाई पुण्यमा रुपान्तरित नगर्न आह्वान गर्दै कलम यही बन्द गर्ने अनुमति चाहन्छु ।
prashantsharmila2@gmail.com
प्रकाशन मितिः २०७३ असार १६ गते विहीबार
राष्ट्रिय झण्डा उठाउने वेला भयो

राष्ट्रिय झण्डा उठाउने वेला भयो

-स्वयम्भुनाथ कार्की

विगतका करिव तीस वर्ष नेपालीले कुनै न कुनै दलको झण्डा बोक्यो । नेपाली दलहरुमा यसरी निलिप्त भए कि राष्ट्रको अस्तित्व छ भन्ने पनि भुलेको भान पर्दैछ । जनताको नाम घेरै लिइने त गरिन्छ तर लाजै पचएर जनताको अधिकार उसले हैन दलहरुले प्रयोग गर्ने हो भनेर भनिदैछ । दलको स्वास्थ्र्यमा राष्ट्र गौण मान्ने प्रवृति आफ्नै पुर्खाहरुको अपमान हो, तैपनि भएको त्यही छ । ठूला दलका शीर्ष नेताको चाकरी गरेर छिटो व्यक्तिगत प्रगति गर्ने सोच यति बलवान भएको छ कि अव योग्यता भन्दा दलीय भागवण्डाले वैधानिकता पाएको छ ।

कसैले पनि योग्यताको आधारमा भन्दा चाकरी र “पत्रम पुष्पम”को आधारमा स्थान पाउछ । काम गर्नु भन्दा “पत्रम पुष्पम”मा गरेको लगानी नाफा सहित उठाउनु उसको पहिलो प्राथमिकता भयो भने त्यो स्वभाविक नै मान्नु पर्दछ । सत्तामा दल बदलिने वित्तिकै आफ्नो पद पनि धरापमा पर्ने भएकोले उपलब्ध समयमा पुरानो लगानी उठाएर नयाँ लगानीको चाँजोपाँजो मिलाउन आवश्यक भएको छ । यहि नै विगत तीस बर्षको भ्रष्टाचारको बिउ हो, जो अहिले अजंगको भएको छ ।

प्रजातन्त्र केवल शब्दमा सिमित भएको छ । दशकौं भयो स्थानिय निकायमा दल र नेताहरुको टिके प्रणाली बलवान छ । स्थानिय निकाय दल र नेताहरुको पैसाको जोहो गर्ने संयन्त्रमा बदलिएका छन् । वर्तमानमा धेरै स्थानिय निकायहरु जनताबाट उठाएको करले कर्मचारीहरुको तलव र टिके प्रतिनिधिहरुको भत्तासम्म पनि नपुग्ने अवस्थामा छौ भनेर भन्दछन् । जुन निकाय हरेक जनताको प्रत्यक्ष सरोकारमा हुनु पर्ने हो र सहज पहुँच हुनुपर्ने हो त्यहाँ अघोषितरुपमा जनताको प्रवेश निषेध छ । जननिर्वाचित प्रतिनिधिले जनसरोकारका विषयमा काम गर्ने अवधारणाको स्थानिय निकाय जनतामा अतिरिक्त कर थोपर्ने संयन्त्रमा परिणत भएको दशकौ भई सकेको छ ।

कर्मचारीतन्त्र, प्रहरी, प्रशासन सबै दलहरुको भर्ति केन्द्र भएका छन् । निष्पक्ष र निर्भिक भएर जनताको हितको निमित्त काम गर्नु पर्ने यस्ता सरकारी संरचनाहरुमा काम कसरी हुन्छ भन्ने कुराको भुक्तभोगी जनता भएका छन् । राजनैतिक आस्थाले काम हुने वा नहुने कुरा निर्धारण गर्दछ । त्यसैले जनता आफ्नो कामको निमित्त पहिले कुनै न कुनै दलको स्थानिय नेताको चाकरीमा पुग्न विवश छ । के यही हो प्रजातन्त्र ? यो अहम प्रश्न वनेको छ ।

रामशाहको पालादेखि “न्याय नपाए गोरखा जानु” भनेर विख्यात नेपालको न्यायप्रणालीमा पनि दलिय ग्रहण लाग्ने खतरा देखा पर्दैछ । संसारका कुनै प्रजातान्त्रिक भनिएका प्रणालीमा नभएको न्यायक्षेत्रमा राजनीतिक्षेत्रको हस्तक्षेप नेपालमा व्याप्त छ । विगत दश बर्षमा आएका समाचारहरुमा यो कुराको प्रमाण बग्रेल्ती देखिन्छ । संसदिय सुनवाईका कतिपय घटना र कार्यविधि सुन्दा पढदा त्यहाँ सुनवाई भन्दा मानमर्दन भएको भान हुन्छ । यसरी आफ्नो मानमर्दन गराएर पदमा पुगेको व्यक्तिले कस्तो कार्य सम्पादन गर्ला भन्ने सोच कसैलाई छैन ।

राज्यले आधारभूत रुपमा जनतालाई नि:शुल्क दिनु पर्ने कुरा हुन सुरक्षा, शिक्षा र स्वास्थ्य । एक बिमारीले आफुले आफ्नै खर्चमा उपचार गराउँदा पनि सरकार त्यसमा कर उठाउँछ । विद्यार्थीको शुल्कमा प्रतिशतले शिक्षाकर उठाएर सरकारलाई बुझाउन विद्यालय बाध्य छ । जति कर लगाए पनि जति राजश्व उठाए पनि त्यो साधारण भनिने प्रशासनिक खर्चलाई नै अपुग छ । यो कुरा प्रस्तुत बजेटको अंक हेरे स्पष्ट हुन्छ । त्यही खर्चबाट हण्डी खाएर बजेटको प्रशंसाको पुल बाध्न बुद्धिजीविहरु विवश छन् । दलहरुको बक्र दृष्टि पर्‍यो भने जति नै योग्य भए पनि अवसरबाट बञ्चित हुनु पर्ने डर छ ।

नेताहरु मुलुकलाई २१ औं शताव्दिमा लैजाने कुरा गर्दछन् । तर कुनैपनि राष्ट्रमा विद्यार्थी, चिकित्सक, श्रमिक, वकिल, शिक्षक आदि राजनीतिमा संलग्न हुन्नन् भन्ने कुरा भुल्छन् । नेपालमा हरेक व्यक्ति राजनीतिमा संलग्न नभएमा बाँच्न नसक्ने अवस्था दलहरुले बनाएका छन । यहाँ नेपाल र नेपाली भनेर कोही चिनिदैनन् । दलको नामले जातीको नामले, क्षेत्र वा प्रान्तको नामले चिनिनु पर्ने नेपालीको दुभागर््य नै हो । केवल भोटको निमित्त, शक्ति र पैसाको निमित्त नेपाली नेपाली बीच फाटो ल्याउने नेताहरुले मुलुक बनाउछन भन्ने आशा राख्ने ?

झण्डै ३० बर्षको दलिय शासनको मुल्यांकन गर्ने वेला भएन र ? हरेक घर परिवारले दैनिक भोग्नु परेका समस्याको विरुद्ध लड्ने समय भएन र ? हरेक सरकारी कार्यालयमा जनताले खानुपरेको हण्डरको विरुद्ध लड्ने समय भएन र ? भ्रष्टाचारको विरुद्ध, शान्तिपूर्ण विकसित र सुन्दर नेपालको निमित्त लड्ने वेला भएन र ? हाम्रा सन्ततिको निमित्त कस्तो नेपाल छोड्ने भन्ने चिन्तन गर्ने बेला भएन र ? साँच्चो प्रजातन्त्रको निमित्त लड्ने समय आई सकेन र ?

अब नेपालीहरुले केही समयको निमित्त दलको झण्डा बिसाउनै पर्दछ ।  दलिय राजनीति भन्दा माथि उठ्नै पर्दछ । एक पटक सबै राष्ट्रिय झण्डा मुनी आउनै पर्दछ । पहिले राष्ट्रिय झण्डा सबै मिलेर उठाउनु पर्दछ । दलिय झण्डा राष्ट्रिय झण्डाको अन्तरगत हो, राष्ट्रिय झण्डा सबैभन्दा माथि हो यो चेतना हुनै पर्दछ । कसैको दया वा कृपा वेगर, कसैको चाकरी नगरी आफ्नो योग्यता र क्षमताले केवल नेपाली भएर बाँच्न पाउने नेपाल बनाउनै पर्दछ । यो नै नेपालीको स्वाभिमान हो ।

(सिनेट श्रेष्ठले परिकल्पना गरेको राष्ट्रिय मोर्चाको अवधारणामा आधारित)

विराटनगर १
प्रकाशन मितिः २०७३ असार १६ गते विहीबार
राजनीतिक आतंकवादको चपेटामा औद्योगिक नगरी

राजनीतिक आतंकवादको चपेटामा औद्योगिक नगरी

-सन्तोष कुमार मिश्र

झण्डै एक शताब्दी अगाडी स्थापना भएको वीरगंज नगरलाई नेपालकै प्रमुख औद्योगिक एवं व्यापारिक केन्द्र मानिन्छ । पछिल्ला दिनहरूमा उद्योगपति, व्यापारीहरूले वीरगंजलाई आर्थिक राजधानी समेत घोषणा गरेका थिए । ग्रेटर वीरगंजको अवधारणा समेत ल्याइएको छ । वीरगंजदेखि पथलैयासम्म उद्योगले ढाकिएको वीरगंज औद्योगिक कोरीडोरले मान्यता पाएको छ ।

वीरगंज नेपालको प्रमुख प्रवेशद्वार पनि हो । नेपाल–भारतवीच हुने कुल राष्ट्रिय आयता–निर्यात मध्ये ६५ प्रतिशत वीरगंज–रक्सौल नाकाबाटै   हुन्छ । वीरगंज–रक्सौल भन्सार नाका एउटा संवेदनशील नाका हो । वीरगंज क्षेत्रमौ सुख्खा बन्दरगाह छ । कोलकत्ता भारतको समुद्र मार्ग (कोलकत्ता पोर्ट) बाट नेपाल आयात हुने ठूलो परिमाणको सामान रेल्वे भएर ड्राइपोर्ट सिर्सियामा भित्रिन्छ । वीरगंज आयात निर्यातकालागि अति सुगमको ठूलो नाकाको साथै सप्लाई मार्केट तथा प्रमुख ट्रान्जिट प्वाइन्ट हो । वीरगंजसँगै जोडिएको भारतीय सिमावर्ती बजार रक्सौलमा रेल्वे हेड छ । वीरगंज कोरिडोरमा २०४२ साल यता थुप्रै उद्योगहरू स्थापना भएका छन् । लगानी गर्न उपयुक्त हुँदै आएको वीरगंज यतिखेर अनुपयुक्त बन्दै गएको छ ।

वीरगंज क्षेत्र उपयुक्त राजनीतिक केन्द्र बन्दै गएको छ । बन्द, हड्ताल, चन्दा आतंक, व्यापारी अपहरण, फिरौती जस्ता असुरक्षाको प्रमुख केन्द्र वीरगंज रुपान्तरण हुँदै गएको छ । वीरगंजमा भारतको महावाणिज्य दूतावास स्थापना भएदेखि लगातार वीरगंज तराइ–मधेश केन्द्रित प्रमुख राजनीतिक केन्द्र विन्दू सावित भएको छ ।

केही महिना तराई–मधेश केन्द्रित राजनीतिक दलहरूको संविधान संशोधन सम्बन्धी मागलाई लिएर भएको अनिश्चितकालीन आम हड्तालले भविष्यमा उद्योग र व्यापारका लागि लगानी गर्न अनुपयुक्त क्षेत्र प्रमाणित गरिदिएको छ । आम हडताल अघि नै वीरगंजका धेरै उद्योगपति, व्यापारी भारत र अन्य क्षेत्रमा पलायन भइसकेका थिए । वीरगंजमा हुँदै आएको व्यापारको प्रकृति पनि बदलियो । कुनै बेला फरेन गुड्सको अवैध व्यापारकालागि वीरगंज नाका अति चर्चित थियो ।

फरेन गुड्सको भारतमा गरिने अवैध व्यापारले वीरगंजका धेरै व्यापारीहरू लखपतिबाट करोडपति बनेको जग जाहेर नै छ । वीरगंजको पुरानो बजार छपकैयामा थियो । वीरगंजमा सारिएपछि वि.सं. २००७ सालको क्रान्ति पश्चात गणेशमान सिंह उद्योगमन्त्री भएको बेला चन्दा विवाद हुँदा छापामारी अभियान (कर छल्ने व्यापारीमाथि कारवाही)लाई तीव्रता दिइँदा ६ महिनासम्म वीरगंज बजार पूर्ण बन्द भएको थियो ।

त्यसपछि विभिन्न व्यक्ति, समुह र दलको राजनीतिक माग, एजेण्डा र स्वार्थका कारण बारम्बार यो क्षेत्रमा बन्द हड्तालले निरन्तरता पाइरहे । विभिन्न कारणले उद्योग, व्यापार बन्द हुने क्रम चलिरहेको नै थियो । वीरगंजको उद्योग–व्यापारको भविष्य सुनिश्चित नरहेको यतिखेर देखिएको छ । यसले व्यापारीहरूमा ठूलो मनोवैज्ञानिक असर परेको छ ।

आम हड्ताल र भारतीय अघोषित नाकाबन्दीले वीरगंजका उद्योगपति, व्यापारीहरूले कारोबारमा ठूलो घाटा व्योहोर्नु पर्‍यो । वीरगंजका व्यापारीहरूको न दिनमा भोक थियो न रातमा निद्रा नै । अघोषित नाकाबन्दी र मधेशवादी दलको आम हड्तालका मारमा परेर घाटा व्योहोरेका स्थानीय व्यवसायी र व्यापारीहरूले हालसम्म पनि सन्तुलनमा ल्याउन सकेका छैनन् । उनीहरू पूर्ण रुपमा हतोत्साहित भएका छन् । उनीहरूले वीरगंजबाट अन्यत्र पलायन हुने उपाय खोज्दै मौनता र धैर्यतामा छन् । यस्तो गम्भीर र ऐतिहासिक चुनौती वीरगंजका उद्योगपति व्यापारीसमक्ष कहिल्यै आएको थिएन ।

वीरगंज औद्योगिक कोरिडोरका उद्योगपतिहरुले २०५२ सालमा माओवादी सशस्त्र जनयुद्ध जारी भएदेखि आजसम्म निरन्तर रुपमा कठीन दिनहरू व्योहोर्दै आएका छन् । नेपालको संविधान २०७२ जारी भएपछि लगानी, औद्योगिक शान्ति, औद्योगिक मैत्रीको उपयुक्त वातावरण बन्छ, उद्योगपति–व्यापारी लगायत सर्वसाधारण वीरगंजवासीको भाग्य र भविष्य जम्छ भनेको त दूर्भाग्य र कठिनको दिन पो आएको छ । यो ऐतिहासिक दु:ख र कठिनको क्षण मानिसले आफ्नो जीवनमा चाहेर पनि भुल्न सक्दैन ।

राजनीतिक र कुटनीतिक सन्तुलन बिग्रिनाले यस्तो विषम परिस्थिति संकटकाल आइलागेको हो । व्यवसायिक संकटले आर्थिक संकट ल्याउँछ । वीरगंज नाका ठप्प हुँदा सिंगो देश प्रभावित भएको थियो । नाका खुलेको लामो समय भइसक्दा पनि यहाँका उद्योगी व्यपारी राजनीतिक आतंकबाट मुक्त हुन सकेका छैनन् । वीरगंज एउटा संवेदनशील क्षेत्र हो भन्ने कुरा नेपालका सत्तासीनहरूले नबुझेकै कारण नेपाल राजनीतिक, कुटनीतिक रुपमा असफल र कमजोर, आर्थिक रुपमा जर्जर मुलुक भइसकेको छ । वीरगंज औद्योगिक क्षेत्रलाई राजनीतिक मुक्त क्षेत्र घोषणा गर्नु पर्दछ ।

बर्दिवास–वीरगंज रेल्वे सञ्चालन हुने, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने, निजगढ–काठमाण्डौ फाष्ट ट्रयाक सडक निर्माण हुने, हेटौडा–काठमाण्डौ सुरुङमार्ग बन्ने, वीरगंज–पथलैया औद्योगिक कोरिडोरको विकास र विस्तार गर्ने कुरा अब कोरा कल्पना, दीवा स्वप्न सावित  हुँदैछ । वीरगंज विकास क्रममा लगभग २० वर्ष पछि धकेलिएको छ । वीरगंजमा लगानीको संभावना क्षीण हुँदैछ । उद्यमी व्यवसायीको मन भाँचिएको छ । उनीहरू निरास भइसकेका छन् । लक्ष्मीले उद्यमीलाई सघाउने दिन गएको छ । वीरगंजबाट अब लक्ष्मी अन्यत्र भागिसकेकी छिन् । वीरगंज खण्डहर क्षेत्रमा परिणत हुने दिन आउँदै छ । यो दूर्भाग्यको क्षण र दिन आउन नदिन वीरगंजका उद्योगी व्यापारीसमक्ष एउटा मात्र विकल्प छ, त्यो हो वीरगंजबाट भारतीय महावाणिज्य दूतावास अबिलम्ब हटाउनु, संघीय राज्यको राजधानी वीरगंजमा हुन नदिनु र राजनीतिक केन्द्रविन्दूबाट वीरगंजलाई टाढा राख्नु ।

लामो समयदेखि वीरगंज वरपरका क्षेत्रमा चन्दा आतंक, बन्द हड्ताल र औद्योगिक सुरक्षा आदी इत्यादी कारणले गर्दा लगानीको प्रचुर संभावना बोकेको नेपालकै प्रमुख औद्योगिक क्षेत्र बनाउने परिकल्पना गरिएको वीरगंज क्षेत्रलाई अहिले निरासाको कालो बादलले ढाकिदिएको छ । कुनै राजनीतिक दलको सामान्य कार्यक्रमकालागि पनि तिनै उद्योगी–व्यापारीसँग माग्ने र राज्यसँग कुनै कुरामा असन्तुष्टी भएमा तिनै उद्योगी व्यापारीहरूलाई पलायन हुने अवस्था सम्म पुग्नेगरी बन्द हड्ताल, चक्काजाम जस्ता अराजकता मच्चाइने कामको निरन्तरताले वीरगंज क्षेत्र उद्योग व्यापारकालागि अनुपयुक्त क्षेत्रको रुपमा परिणत भएको हो ।

प्रकाशन मितिः २०७३ असार ०९ गते विहीबार
एक अनुहारको लामो असफल खोजी

एक अनुहारको लामो असफल खोजी

-स्वयम्भुनाथ कार्की

पञ्चायत हटाईसकेपछि वर्तमानको गणतन्त्र संविधानसम्मको झण्डै तीन दशकको लामो कालखण्ड असफल भएको नै हो । यो दावी प्रमाणित नै गर्नु आवश्यक छैन किनभने यस अवधिमा हताकर्ता भएकाहरु सबै आफै यही कुरा निरन्तर भन्दैछन् । सफलताको दावी गर्नपर्नेहरु आफैंले असफल भनेपछि थप प्रमाणको आवश्यकता नै परेन । त्यसै पनि नेपालको संविधान २०७२ को प्रस्तावनाले यस संविधान भन्दा पहिले नेपाल रहेको कुरा नै स्विकार गरेको छैन ।

प्रस्तावनाको “सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै” वाक्यांश पर्याप्त छ । यस अनुसार नेपाल मुलुक हैन एक अन्यायको गठवन्धन थियो र अहिले मुक्त भयो भन्ने अर्थ लाग्छ । यदि कोही नेपालको पूर्व इतिहासमा गौरव गर्दछ भने त्यसले यो संविधानको मान्यतालाई अस्विकार गर्दछ ।

त्यही पात्र, नेतृत्व विगत तीस बर्षको व्यवस्थालाई यति ठूलो आरोप लगाएर नयाँ नेपालको नाममा फेरी आफ्नो हाली मुहाली चलाउछ भने त्यो केवल नेपालमा मात्र संभव छ । हिजो रगत उमाल्ने विचार प्रवाह गर्ने बुद्धिजीवि मध्ये केहीलाई अब यस कुराको अनुभूति हुन थालेको छ । कोही निर्भिकतापूर्वक यो कुरा स्विकार पनि गर्न थालेका छन् भने धेरैमा यो सत्यको साक्षात्कार गर्ने साहस छैन । आफ्नो त्यो लज्जास्पद विचार प्रवाहको बचावटको निमित्त कुनै उदेश्य र लक्ष विहिन कार्यहरू गर्दैछन् ।

जसले बुर्जुवा शिक्षालिए दिएको अपराधमा हजारौंलाई मृत्युदण्ड सुनायो त्यो अहिले स्नातक उतीर्ण नगरेकोले नेतृत्व गर्न नपाउने विचार राखेर दल खोल्छ । दशौं वर्षसम्म किताप र कपी खोसेर बन्दुक बोकाईएका जनतालाई अर्को दशकसम्म पनि आफ्नो अधिनमा राख्ने यो राम्रो उपाय हो । किनभने कुनै नेताका सन्तानहरु त्यस अवधिमा अशिक्षित रहनु परेको थिएन । सबै नेताहरुको घरमा स्नातकहरु भरिभराउ छन् । तर कुनै जनताको घरमा त्यो कालखण्डमा आक्कल झुक्कल मात्र पढेका भेटिन्छन् ।

जनता र नेता परिवारमा यो विभेद पैदा गर्न आवश्यक भएको थियो । सबै समान भनेर मुखले भन्ने र कामले भने नेता परिवार भन्दा बाहिर नेतृत्व नजाओस् भनेर सोचिएको यो प्रणालीको चालक शक्ति नै यहि विभेद हो । नेपालमा केही औंलामा गन्न सकिने नेताले कसैलाई पनि कतैबाट टिपेर रातारात नेता बनाउन सक्छन्, त्यसै गरेर कुनै नेतालाई रातारात सर्वसाधारण पनि बनाउन सक्छन् । यस्ता रातारात हुने नेता र सर्वसाधारण भने नेता परिवारका होईनन् । यी त जनतालाई समानताको भ्रममा राख्न प्रयोग गरिने औजार मात्र हुन् ।

यति सबै हुँदा पनि र यत्रो शक्तिको निर्वाध उपयोग गर्दा पनि कसैले आफुलाई अनुहारको रुपमा स्थापित भने गर्न सकेन । विभिन्न विदेशी संस्थाहरुको सहयोगमा विश्वको सयमा परेको भनेर केही नामहरुलाई लगातार अनुहार बनाउने प्रयत्न नगरिएको पनि हैन । विश्वको धनी सूचिमा पनि नेपाली आए । तर सूचिमा आएदेखि नै बरु झन प्रतिष्ठा गुमाए । केही यस्ता नाम पनि आए जसले ती नाम चुन्ने संस्था प्रतिको नेपालीको भरोसा नै खसायो ।

आफ्नो मुलुकको एक देवस्थलको भ्रमणमा जाँदा पनि विवादमा परेर एकल महिलाको आवरणमा ढाल खोज्नु परेको नेपालको राष्ट्रपति विश्वको शक्तिशाली महिलाको सूचिमा पर्नु मान नै थियो त ? भनेर सोध्ने नेपाली रहनु नै त्यो मूल्यांकन ठिक नभएको प्रमाण हो । यो नेपालीको कत्रो दुर्भाग्य हो कि विश्वसूचिमा आफ्नो राष्ट्रपति पर्दा समेत सुशी मनाउन संकोच मान्नु पर्ने भयो । विश्वको कुशल अर्थमन्त्री छानिएर महतले नेपाली मनमा इज्जत भन्दा ज्यादा उपहास कमाए ।

भविष्यमा पनि नेताहरुबाट कुनै राष्ट्रिय अनुहार बन्नसक्ने क्षमताबान देखिएका छैनन् । कुनै यस्तो अर्को नाम देखिएको छैन जसमा सकारात्मक वा नकारात्मक कुनै पनि तरिकाले कसैले क्षमता रहेको मानोस । प्रधानमन्त्री गम्भीरतापुर्वक कुनै काम गर्छु भन्छन्, तर नपत्याउनेहरुको समुह नै तैयार हुन्छ । बाबुराम नयाँ दल खोल्छन्, लगानी अनुसारको चर्चासम्म पाउँदैनन् । हमेशा तरंग ल्याउन खप्पिस प्रचण्ड कुनै तरंग पैदा गर्न सक्दैनन् । यहाँसम्म कि कल्याणकारी तानाशाहमा दावेदारी गर्दछन् त्यो पनि ओसिएको दाउरा सरह हुन्छ । नेपाली कांग्रेसलाई जनता विदुषकको टोली मान्छन् ।

यस्तोमा केवल राजा ज्ञानेन्द्र मात्र एकलौटी चर्चा पाउँछन् । उनले न सत्ताको दावा गरेका छन् न राजनीति गर्ने चहाना नै । तै पनि उनको हरेक कुरामा सबैको चासो रहन्छ । कसैको मनमा ढ्यांग्रो ठोक्न थाल्छ, अनि गाली गर्न थाल्छन् । कतै देखिने सुचना पाएपछि जनतालाई उनीसम्म जान कसैले रोक्न सक्दैन । आव्हान गरेका वन्द बेकार हुन्छन् । हो अनुहार भनेको यस्तो हुन्छ जो समर्थकको आशाको केन्द्र त बन्छ नै विरोधिको मुटुमा ढेयांग्रो पनि ठोक्छ । कुनै लोभ लालच नदेखाई, कुनै धम्की नदिई ।
विराटनगर–१

प्रकाशन मितिः २०७३ असार ०९ गते विहीबार
मर्यादित पेशा अनि गरिमामय छविभित्र लुकेका काला अनुहारहरू”

मर्यादित पेशा अनि गरिमामय छविभित्र लुकेका काला अनुहारहरू”

-सीता पौडेल

जहाँ साधारण जीवन जिउनेहरुले आफ्नो सभ्यता, संस्कार अनि भद्रताको मुल्यांकन गर्दै समाज या देशमा सुन्दर सोच र विचारलाई राख्ने गर्छन् भने, त्यहीँ मर्यादित पेशा अनि गरिमामय छवि बनाएर समाजमा राम्रै पहुँच भएका व्यक्तिहरु जसको चर्चित अनुहार भित्र कालो अनि घृणित अनुहार लुकेको कुरा उनीहरुको विभिन्न क्रियाकलापले दर्शाइ रहेको हुन्छ ।

घरमा श्रीमती, छोराछोरी भएका भद्र भलाद्मी व्यक्तिहरुका आँखा पराई चेलीबेटी र अरुका श्रीमतीलाई गलत नजरले हेर्ने र आफ्नै श्रीमती जो वास्तवमै सुशील अनि सहनशील छ उसैलाई विभिन्न शंका अनि उपशंका गरेर आरोप प्रत्यारोप लगाउँदै विभिन्न खाले यातना दिने गरि रहेका थुप्रै उदाहरणहरु छन् ।

फेरि हाम्रो समाज जस्को दायित्व हुन्छ सहीलाई सही अनि गलतलाई गलत भन्नू पर्ने, तर त्यो समाजले पनि मर्यादित पेशा अनि गरिमामय छविकै आडमा अझ उल्टो उसैलाई समर्थन र महत्व दिने गरेको हुनाले यस्ता चरित्रहरु झन् भन्दा झन् मौलाईरहेका छन् ।

एक्काइसौं शताब्दीको उदाहरण दिएर महिलाले सोच अनि विचारमा फराकिलो भएर परिवर्तन ल्याउनु जरुरी छ भन्ने ती भद्र महाशयहरु किन आफ्नो घरमा त्यो एक्काइसौं शताब्दी भन्ने शब्दलाई प्रयोग गर्दैनन् ? के पर नारीसँगका भलाकुसारीमा मात्र यो शव्दको प्रयोग गर्नु पर्ने हो र ? या पर नारीको सामीप्यता पाउनको लागि भद्र पुरुषहरूले यस्ता शव्द प्रयोग गर्ने गर्छन् ?

ठुला–ठुला पदका घुम्ने कुर्सीमा विराजमान हुने वरिष्ठ महानुभावहरुले आफ्नै कार्यालयमा आफूभन्दा तल्लो तहको पदमा कार्य गर्ने कर्मचारीहरुमा पनि पुरुष भन्दा महिला कर्मचारी प्रतिको व्यवहार र सामिप्यतालाई बडो रोमाञ्चकारी ढंगले निभाउने गर्छन् र तिनै भद्र महाशयहरु घरकी सुशील नारी प्रति तुच्छ व्यवहार गर्ने गर्दछन् ।

ज्ञान अनि विज्ञानको दुनियाँमा जतिसुकै अगाडी बढेर वाह वाही लुटे पनि कहिलेकाहीँ ज्ञानरुपी त्यो दिमागमा मन्दवुद्धिको बिर्को लागे पछि कठै तिम्रो विज्ञानरुपी ज्ञान भन्ने स्थिती आउँदो रहेछ । त्यहाँ नीर पनि उसको त्यो कालो चरीत्र झल्किन्छ । म यहाँ नीर ती महिलाहरुलाई पनि त्यत्तिकै दोषी मान्छु जसले यस्तो दोहोरो छवि भएका मर्यादित पुरुषहरुको वास्तविकता आँफूमै समेटेर राख्ने गर्छन् । यदि यस्ता दोहोरो चरित्रको खेल खेल्नेहरुलाई बेलैमा थन्को नलगाउने हो भने यसले अझै विकराल रुप नलेला भन्न सकिन्न ।

आफ्नो मर्यादित पेशा अनि गरिमामय छवि बनाएर समाजमा सुन्दर छाप बनाएर प्रस्तुत हुन सफल हुनुभएका भद्र महानुभावहरु आफ्नो क्षणिक मनोरञ्जनकोलागि या कसैको भावनासँग खेल्ने गरि चालिएको यो गलत कदमले आफ्नो भइ रहिआएको त्यो सुन्दर छविमा कतै कालो नपोतियोस् किनभने जतिसुकै राम्रो छवि भए पनि ध्यान अलिकति मात्रै पनि गलत कार्यतिर लाग्यो भने त्यहाँ डर लाग्दो घटनाले पर्खी रहेको हुन्छ जस्को बारेमा सायद कहिल्यै सोच्नु भएको पनि छैन् होला । हरेक मानिसको जीवनमा राम्रो र नराम्रो दुबै पाटोले भुमिका खेलेको हुन्छ । नराम्रो पाटोले बर्बाद गराउन ठिक त्यसरी नै मौका पर्खी रहेको हुन्छ जसरी एउटा चोरले कसैको घरमा चोर्ने एउटा दाउ हेरिरहेको हुन्छ ।

राम्रो कुराबाट ध्यान हट्यो कि दुर्घटना घट्यो । त्यसैले आफ्नो भावनालाई स्थिर राख्नुहोस् किनभने भावना त सागर जस्तै अस्थिर हुन्छ बगिरहने अनि अनेकौं छाल लिएर हुत्तिइरहने जसले कहिलेकाहीँ अपत्यारिलो तरिकाले डर लाग्दो विपत्ति निम्त्याउने गर्छ । कतै तपाईंको अस्थिर भावना त्यही पर्खाइमा त छैन् ?

प्रकाशन मितिः २०७३ असार ०९ गते विहीबार