Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts
गायिका बुनु उप्रेतीको “टुट्यो टुट्यो आकाशको तारा टुट्यो” सार्वजनिक

गायिका बुनु उप्रेतीको “टुट्यो टुट्यो आकाशको तारा टुट्यो” सार्वजनिक

वीरगंज, १४ जेष्ठ/
सुमधुर स्वरबाट श्रोताहरूलाई तान्ने खुबी भएकी चर्चित गायिका बुनु उप्रेतीको नयाँ गीतको अडियो सार्वजनिक भएको छ ।

करिब दर्जनजति नेपाली गीतहरूमा उत्कृष्ट एवं सुमधुर स्वर दिइसकेकी गायिका बुनु उप्रेतीको सार्वजनिक भएको पछिल्लो गीत हो, “टुट्यो, टुट्यो, आकाशैको तारा टुट्यो” रहेको छ ।

कमला राईको उत्कृष्ट शब्द तथा बाबुल गिरीद्वारा संगीतवद्ध गरिएको सो गीत ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको गायिका बुनु उप्रेतीले बताउनु भयो ।

वियोग एवं मार्मिक शब्दहरूबाट संयोजन गरिएको उक्त गीतको म्युजिक भिडियो पनि चाँडै नै बजारमा आउने गायिका उप्रेतीले जानकारी गराउनु भयो ।

५० हजारको मदिरासहित दुई जना तस्कर पक्राउ

५० हजारको मदिरासहित दुई जना तस्कर पक्राउ

वीरगंज, १४ जेष्ठ/ वडा प्रहरी कार्यालय विर्ताले दुई जना भारतीय तस्करलाई ५० हजार मूल्य बराबरको मदिरासहित पक्राउ गरेको समाचार जानकारीमा आएको छ ।

भारतको बिहार राज्यमा स्थानीय सरकारले मदिरा सेवन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि सीमावर्ती नेपाली क्षेत्रबाट अवैध रुपमा विभिन्न ब्राण्डका मदिराहरू ओसार पसार गर्ने कार्यभईरहेको विशेष सुुराकीको आधारमा वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिगएको प्रहरी टोलीले वीरगंज स्थित शंकराचार्य गेट अगाडीको सडक भएर भारतको विहार जिल्ला मोतिहारी थाना रक्सौल पशुपतिनगर बस्ने वर्ष २२ का मोस्तकिम आलम र सोही ठाउँ निवासी २५ वर्षीय बबि पटेलले अवैध भन्सार छलि तथा चोरी निकासी गरी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा विभिन्न ब्राण्डका करिब ५० हजार मूल्य बराबरको मदिरासहित पक्राउ गरिएको विर्ता प्रहरीले जानकारी गराएको छ ।
तस्करहरूको साथबाट बरामद गरिएका मदिरा आइतवार वीरगंज भन्सार कार्यायमा बुझाइएको प्रहरीले जानकारी गराए ।

नेताको दवावमा प्रहरीले अपहरणकारीलाई कार्यवाही नै नगरी उम्काउने षडयन्त्र

नेताको दवावमा प्रहरीले अपहरणकारीलाई कार्यवाही नै नगरी उम्काउने षडयन्त्र

आर.सी.एनबाट
बीरगंज १४ गते जेष्ठ /
श्रीमति उर्मिला देवी यादवले आफ्नो श्रीमान रामाधार राउत यादवलाई अपहरण गर्ने अपहरणकारीहरुको नाम सहित उल्लेख गरी किटानी लिखित जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय पर्सामा २२ दिन अगाडी दिईएको भएता पनि हाल सम्म पर्सा प्रहरीले उक्त जाहेरी दरखास्त दर्ता नगरेको र जाहेरी दरखास्तमा अपहरणकारीहरुको नाम किटानी सहित उल्लेखित अपहरणकारीहरुलाई नेपाली काँग्रेस पार्टी पर्सा क्षेत्र नं. ३ का सभासद अजय चौरसिया लगायतका नेताहरुको दवावमा आएर अपहरणकारी भोला राउत यादव, प्रदिप यादव, शंकर राउत यादव, रधै भन्ने राधा कृष्ण यादव र लाल बाबु यादवलाई पर्सा प्रहरीले साधारण तारेखमा रिहा गरेको आरोप आज रिपोटर्स क्लव नेपाल पर्साको बिशेष साक्षात्कार कार्याक्रममा पिडित श्रीमति यादवले लगाएकी छिन ।

भने बीरगंज उपमहानगरपालिका २७ कुहडी घर भएका श्रीमान यादवको गत बैशाख २४ गते राती ८:०० बजे अपहरण हुनू अगावे दिउँसो करीब १२:०० बजे तिर म श्रीमति यादवलाई मेरो साखै जेठो भिनाजु भोला यादव, जेठी दिदी मन्तुरा देवी राउत यादव, माहिलो भिनाजु बलदेव राउत यादव, माहिली दिदी उषा देवी राउत यादव र जेठी दिदीको छोरा प्रदिप राउत यादवले म अपहरीतका श्रीमति कान्छी बहिनीलाई ललाई फकाई गरेर नजिकको छिमेकी जोगी साहको घरमा लगी गाली गलौज गर्दै म र मेरा श्रीमानलाई मारेर लास गाएब गरी दिने धम्कि दिईदै मलाई सबै मिलेर कुटपिट गरी बेहोश बनाएर छोडी गएका कुरा अपहरीतका पिडित श्रीमति यादवले साक्षात्कार कार्यक्रममा उपस्थित स्थानिय संचारकर्मीहरुलाई बताईन् ।

कार्यक्रममा अपहरीतका भाई नन्द किशोर राउत यादवले भाउजु उर्मिला देवी राउत यादवलाई बारम्बार सोही ब्यक्तिहरुले गत बैशाख २५ र २६ गते गाली गलौज गर्दै ज्यान मार्ने फोन गरी धम्कि दिईएको मोबाईल नं.र कल डिटेल समेत प्रहरीलाई जानकारी गराएता पनि हाल सम्म दाई यादवको प्रहरीले अतोपतो नलगाई सत्यतथ्य घटनाको उजागर गर्न कुनै किसिमको ठोस पहल नगरेकोले कार्याक्रममा भाई यादवले दु : ख ब्यक्त गर्नु भयो ।

सो साक्षात्कार कार्याक्रममा अर्का भाई अवध किशोर यादवले भाउजुको दाजु भाई नरहेको कारण बहिनी उर्मिला देवी राउत यादव र उनका श्रीमान रामाधार राउत यादवलाई भाउजुको जेठी , माहिली दिदी र उनका श्रीमांनहरुले सासु र ससुरा बहादुर राउत यादवको नाममा अढाई बिगाहा खेत लगायत घडेरीहरु कब्जा गर्ने मनसायले दाई यादवलाई अपहरण गरेको बताए ।

उक्त कार्यक्रममा अपहरीतका बहिनी ज्वाई गोपाल प्रसाद यादव, गाउँले नरेश प्रसाद कुशवहा, एजाजुल अंसारी, संजिव कुमार सरार्फ र अपहरित यादवका बर्ष १२ का सुजित कुमार यादव, बर्ष ९ का सुवास कुमार र बर्ष ६ का शनी राउत यादवको समेत साक्षात्कार कार्याक्रम उपस्थित रहेका थिए ।
विशेष साक्षात्कार कार्याक्रम रिपोटर्स क्लव नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ताको सभापतित्वमा कार्याक्रम सम्पन्न भयो ।
एसएसपी सर्वेन्द्र खनालको उदघोष सामाजिक सञ्जाल दुरुपयोग गर्नेहरुलाई कडा कार्वाही गर्ने

एसएसपी सर्वेन्द्र खनालको उदघोष सामाजिक सञ्जाल दुरुपयोग गर्नेहरुलाई कडा कार्वाही गर्ने

महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालबाट अपराध हुने सङ्ख्यामा वृद्धि आएको जनाएको छ ।
नेपालमा सामाजिक सञ्जालको विकाससँगै सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर अपराध गर्ने गरेको फेला पारेको हो ।
महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले अपरिचित व्यक्तिले आफ्नो मन नपरेको व्यक्तिको प्रतिष्ठालाई सिध्याउन अर्कोको नाममा नक्कली आइडी चलाउने गरेको जानकारी दिए । उनले भने, “२० देखि ३० वर्ष उमेरका मानिस बढी साइबर अपराधमा सक्रिय भएका छन् ।”
महाशाखामा दैनिक साइबर अपराधका पाँचदेखि सातवटा घटना दर्ता हुने गरेको छ । महाशाखामा दर्ता भएका घटनामध्ये ९० प्रतिशत फेसबुकबाट हुने रहेको महाशाखाले जनाएको छ । महाशाखामा आर्थिक वर्ष २०७२÷७३ मा आठसय ३० र आव ०७३÷७४ मा चारसय ६६ अपराध दर्ता भएका छन् ।
तीमध्ये आव २०७२÷७३ मा १७ र आव २०७३÷७४ मा १५ मुद्दा दर्ता अदालतमा गएको र बाँकीलाई ब्लक गर्न या नयाँ आइडी बनाएर फेसबुकको प्रयोग गर्न लगाएको रायले बताउनुभयो । अपराधमा विद्यार्थी तथा गृहिणीदेखि जागिरेसम्म रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले नचिनेका व्यक्तिलाई फेसबुकमार्फत साथी बनाउँदा साइबर अपराधका घटना बढेको बताउँछन् । उनी भन्छन्, “जथाभावी सामाजिक सञ्जालमा लेख्ने वा अर्कोको नाममा आइडी बनाउने व्यक्तिलाई कडा कानुन बनाई कारबाही गरे मात्र यस्ता घटना घट्छ ।”
खनालले सामाजिक सञ्जालको प्रयोगका लागि नेपालमा आफ्नै साइट बनाउनु जरुरी रहेको बताए । उनले साइबर अपराधका घटना कम गर्न छुट्टै निकाय आवश्यक रहेको उल्लेख गरे ।
नेपालीहेडलाइनस
२२ मङ्सिर २०७३
नेताको उपचार खर्चमा करोडौं खर्च गर्ने राज्य यी बालिका प्रति उदासिन किन ?

नेताको उपचार खर्चमा करोडौं खर्च गर्ने राज्य यी बालिका प्रति उदासिन किन ?

पहिला पहिला ठुलाबडाहरु औषधि उपचारको लागि देस वाहिर आफ्नै खर्चपानीमा  जाने गर्थे । २०४६ साल पछी जनताको छोराछोरीहरु देसका ठुलाठुला पदमा पुगे । सानो रोग लाग्नासाथ सरकारी ढुकुटी खर्चेर आसेपासे साथ लाएर उपचारको नाउँमा बिदेस जाने चलन बसाले जुन आजको मिति सम्म कायमै छ ।
२०४६ साल पछी नेपालमा धेरै नेताहरुले सरकारी ढुकुटी रित्याएर विदेशको महंगा महंगा अस्पतालमा गएर औषधि उपचार गराए तर भोट दिने बिकट स्थानका गरिब जनताहरुले सिटामोलको अनुहार समेत देख्न पाएका छैनन । गरिबको चमेली बोल्दिने कोहि छैन भन्ने गीत यस्तै कारणले रचिएको होला ।
कांग्रेसी महिला नेत्री तथा पुर्व मन्त्रि सुजाता कोईराला गरिब घरानाकि हैनन । हाल स्तन क्यान्सर उपचारको लागी सरकार संग १ करोड मागेकी छिन । पार्टीका युवा नेता गगन थापा स्वास्थ्य मन्त्रि भए पश्चात सरकारी ढुकुटीमा ब्रम्हलुट मच्चाएको देखेर  नेताहरुको उपचार खर्चमा अंकुस लाउन खोज्दैछन तर पार्टी सभापति देउवा देखि अन्य ठुला नेताहरु सुजाता कोईरालाको उपचार खर्चको लागी ५० लाख भए पनि दिनु पर्छ भनेर अड्डी कसेको समाचार यतिखेर छताछुल्ल भएर पोखिएको छ ।
बर्दिया जिल्ला गुलरीया नगरपालीका ५ तुल्सीपुर बस्ने १२ वर्षकि सरस्वती खड्का बिरामी परिन । पारिवारिक अबस्था सारै कम्जोर भएकी खड्का परिवारले प्रथम पटक नेपालगंजको एक नरसिंग होममा लगेर चेकजाँच गराए । ब्रेन ट्युमर भएको छ भनेर डाक्टरले जनाउ दिए । आर्काको जग्गा अधिया गरेर परिवारको पेट पाल्नु पर्ने गरिब खड्का परिवारले छोरीलाई काठमान्डौ लगेर उपचार गर्न सक्ने हैसियत नभयेसी बिरामी बालिका घरमै पिडा खपेर बस्न बाध्य भएकी छिन ।
नेपाली कांग्रेसका युवा नेता तथा स्वास्थ्य मन्त्रि माननीय गगन थापाले स्वास्थ्य मन्त्रि हुनासाथ ‘अब देखि गरिब नेपालीहरुले रोगको कारणले अकालमा ज्यान गुमाउनु  पर्दैन’ भनेर उद्घोष गर्नु भएको थियो ।
मा.स्वास्थ्य मन्त्रीज्यु आफ्नो भनाईमा अडिग हुनुहुन्छ भने ब्रेन ट्युमरले पिडित भै हाल आँखा पनि देख्न छाडेकी १२ बर्षे बालिका सरस्वती खड्काको उपचार राज्यले गरि दिएमा माननीय ज्युको बचनले यथार्तता पाउनुको साथै गरिब नेपाली जनताको कल्याण समेत हुने थियो ।
यो लेख हामीले सामाजिक संजाल फेसबुक प्रयोग्कर्ता श्री प्रितम के.सि को सहयोगमा तयार पारेका हौ ! फोटो तथा विवरण उपलब्ध गराउनु भएकोमा के.सी ज्यु लाई ई-कोशीको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ !

साभारः इकोशी
पूर्व सभासद कुटपिट, अवस्था चिन्ताजनक

पूर्व सभासद कुटपिट, अवस्था चिन्ताजनक

गौशाला—महोत्तरी जिल्लाबाट एनेकपा (माओवादी)का पूर्व सभासद् रहेकी बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ। कुटाइबाट घाइते भएकी उनको अवस्था चिन्ताजनक छ।
जिल्लाको लक्ष्मिनियाँ गाविस–८ घर भएकी पूर्व सभासद् महतो गएराति आफ्नै घरमा बसिरहेको बेला ८-१० जनाको समूहमा आएको व्यक्तिले मरणाशन्न हुनेगरी कुटेको माओवादी नेता महादेव यादवले बताए। घरेलु हातहतियार र लठ्ठी भाटा लिएर आएका व्यक्तिहरुको कुटाइबाट सभासद् महतो गम्भीर घाइते भएकी छिन्। उनको अवस्था चिन्ताजनक रहेको छ।

गएराति करिब १० बजेको समयमा अज्ञात व्यक्तिहरुले आफ्नै सुत्ने कोठामा बसिरहेकी उनलाई शरीरभरि अन्धाधुन्द लठ्ठी र भाटा प्रहार गरी घाइते बनाएको थिए। अहिले उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको माओवादी नेता पिकरु पासवानले बताए।

उनी हिँडडुल गर्न र बोल्न नसक्ने अवस्थामा छिन्। उपचारमा संलग्न चिकित्सकले उनको अवस्था चिन्ताजनक रहेको नेता पासवानले बताए। सभासद् महतोलाई कसले के कारण कुटपिट गरेको भन्नेबारे केही खुलेको छैन। जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई यस घटनाबारे केही जानकारी नभएको जनाइएको छ।
-nagariknews
घाटी थिची पत्नीको हत्या

घाटी थिची पत्नीको हत्या

झापा- झापाको बिर्तामोडमा गएराति एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।


बिर्तामोड–६ निवासी ३३ वर्षीय दीपक अग्रवालले २५ वर्षीया श्रीमती ज्योति अग्रवालको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए ।

बिर्तामोड–५ स्थित हरि राजवंशीको घरमा डेरा गरी बस्दै आएका उनले के कारणले श्रीमतीको हत्या गरे सो भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्यामा संलग्न अग्रवाललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको बताइएको छ ।
- nagariknews
लाइसन नदिदा समस्या

लाइसन नदिदा समस्या

काठमाडौं: सरकारले ठूला सवारीसाधन (हेभी इक्विपमेन्ट) का लागि लाइसेन्स खुला नगर्दा जनशक्ति अभाव भएको छ । क्रेन, एक्साभेटर, लोडअल, ग्रेडर, लोडरलगायतका हेभी इक्विपमेन्टका लागि यातायात व्यवस्था विभागले लाइसेन्स खुला नगर्दा अपरेटरको अभाव भएको हो । ट्रायलका लागि ठाउँ नभएको भन्दै विभागले नेपालगन्ज, बागमती र धनगढीबाहेक अन्य स्थानमा लाइसेन्स खुला गरेको छैन ।

सडक विभागअन्तर्गतको हेभी इक्विपमेन्ट डिभिजन कार्यालय काठमाडौंका प्रमुख शिवराम यादवले हेभी इक्विपमेन्ट सञ्चालनका लागि मुलुकभर अपरेटर अभाव भएको बताए । उनले मुलुकभरका १४ अञ्चलबाट कम्तीमा प्रत्येक महिना लाइसेन्सका लागि खुला गर्नु पर्ने भए पनि आफू प्रमुख भएर काम गरेको डेढ वर्षको अवधिमा लाइसेन्स प्रदान अत्यन्तै न्यून प्रदान गरिएको बताए ।

उनले अन्नपूर्णसँग भने, ‘सहयोगी बनेर काम गर्दागर्दै हेल्परले नै अपरेटरको काम काटिरहेका छन् । विशेषगरी विकास निर्माणका काममा समस्या देखिने हो । थोरैले धेरै काम गर्नुपर्ने अवस्था छ । विभागले भने लाइसेन्स वितरणको काम कुन समयदेखि कहाँकहाँ भएको छैन भन्नेबारे यकिन जानकारी दिन सकेन । यातायात व्यवस्था कार्यालय दाङले अढाइ वर्षयता लाइसेन्स खोलेको छैन ।

दाङका प्रमुख अच्यूत दाहालले अढाइ वर्षपछि फारम लिन थालेको तर ट्रायलको मिति निश्चित नभएको जानकारी दिए । पोखराका प्रमुख चेतप्रसाद उप्रेतीले पनि गत साउनदेखि नखुलेको जानकारी दिँदै दुई साताअघि प्रमुख भएर आउँदा चाप बढी भएकाले खुला गर्न लागेको जानकारी दिए । बागमतीका प्रमुख उमेश बस्नेतले भने प्रत्येक साता खुलिरहेको जानकारी दिए । डिभिजन कार्यालय प्रमुख यादवले भने बस्नेतले भनेजसरी नियमित नखुलेको दाबी गरे ।

उनले भने, ‘भन्नका लागि भनिदिएर हुँदैन, एक नीतिले अर्को आवश्यकता पूरा हुने गरी मात्र पनि नखुल्नु समस्याका विषय हुन् । कम्तीमा तीन, तीन वा चार चार महिनामा एकपटक खोलिदिए पनि धेरै समस्या समाधान हुने थियो ।' यातायात व्यवस्था विभागको तथ्यांकअनुसार, मुलुकभर ५८ हजार नौ सय ६२ वटा हेभी इक्विपमेन्ट छन् ।

चैत मसान्तसम्ममा दुई पांग्रे १६ लाख ९० हजार नौ सय ६२, तीन पांग्रे नौ हजार ८१ र चार पांग्रे चार लाख ४३ हजार एक सय ४३ दर्ता भएका छन् । नेपालमा हालसम्म यी सवारीसाधनबाट नौ अर्ब ३५ करोड १६ लाख १८ हजार रुपैयाँ राजस्व उठेको छ भने २० लाख जनालाई लाइसेन्स दिइसकेको छ । मोटरसाइकल वा कारजीपको लाइसेन्स लिएको दुई वर्षपछि मात्र हेभी इक्विपमेन्टका लागि लाइसेन्स दिने सरकारी प्रावधान छ ।

‘दुई पांग्रे नचलाउनेले पनि हेभी चलाउन सक्छन् अनि हेभी चलाउनेले पनि सानो नचलाउन सक्छन्', यादवले भने, ‘अहिले लोकसेवा आयोगले एक सयभन्दा बढी यस्तै जनशक्ति मागेको छ, सायद प्रतिस्पर्धा हुने अवस्थै छैन । विदेशमा पनि थुप्रै यस्ता जनशक्ति मागिरहेको हुन्छ लाइसेन्स नखोलिदिँदा ठूलो समस्या भएको छ ।'
क्रेन, एक्साभेटर, लोडअल, ग्रेडर, लोडरलगायतका हेभी इक्विपमेन्टका लागि यातायात व्यवस्था विभागले लाइसेन्स खुला नगर्दा अपरेटरको अभाव छ ।
विगतमा नेपाल प्रहरीले लाइसेन्स प्रदान गर्ने भए पनि २०६५ सालदेखि विभागले यसको जिम्मेवारी सम्हालेको हो । विभागको नियममा १४ वटै अञ्चलबाट सबै प्रकारका सवारीसाधनको लाइसेन्स दिनुपर्ने व्यवस्था छ । तर अधिकांश यातायात व्यवस्था कार्यालयसँग ट्रायलका लागि स्थान छैन र धेरैले दुई, चार पांग्रेका लागि हुने गरी जग्गा भाडामा लिएका छन् ।

‘पहिले लाइसेन्स होम डेलिभरी हुने समेतको व्यवस्थाले अहिले पनि धेरैलाई ट्रायल निस्पक्ष र पारदर्शी हुन्छ भन्ने विश्वास छैन', विभागका एक कर्मचारीले भने, ‘अहिले दबाब सुरु हुन्छ भनेर कति प्रमुखले नखोलेका होलान्, कतिमा प्रमुख छैनन् कतिमा ट्रायलका लागि स्थान छैन । कतै जनशक्ति छैन ।'

नेपालगन्ज, धनगढी र पोखरामा मात्र हेभी इक्विपमेन्टको ट्रायलका लागि जग्गा उपलब्ध छ । विभागका निर्देशक वसन्त अधिकारीले हेभी इक्विपमेन्टको लाइसेन्सका लागि अत्यधिक माग भएको बताए । ‘हेभी इक्विपमेन्ट धेरै छन् तर त्यसलाई धान्ने जनशक्ति छैन । कतिपयले त वार्षिक ३० हजार कर तिर्नुपर्छ भनेर दर्ता नै गराएका छैनन्', उनले भने, ‘ट्रायलका लागि जग्गा, क्रेन, एक्साभेटर जस्ता विविध समस्या होलान् तर विभागले मुलुकभरका सम्बन्धित सबै कार्यालयलाई चालकको संख्या अत्यन्तै कम भएकाले जग्गा आदि भाडामा लिएर पनि लाइसेन्स खुलाउनु भनेर गतसाता पत्राचार गरेका छौं ।'

डिभिजन कार्यालयका प्रमुख यादवले सडक विभाग र यातायात व्यवस्था विभागबीच समन्वय र सहकार्यको अभावले समस्या आएको बताउँदै भने, ‘सहकार्य गरे डिभिजनका मुलुकभर ११ यान्त्रिक कार्यालय र सात ठाउँमा डिभिजन कार्यालय छन्, ट्रायलका लागि सबैमा जग्गा र साधन छन् ।' यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले पनि लाईसेन्स वितरणमा समस्या भइरहेको स्वीकार्दै तत्काल सहजका लागि प्रबन्ध गरिने जानकारी दिए ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरले अप्रेटरको अभावमा हेभी इक्विपमेन्ट सञ्चालन हुन नसकि कवाडीमा परिणत भएको बताए । उनले भने, ‘ ६० हजारसम्म तिरेर लाइसेन्स पाएका छन् तर नियमितरूपमा ट्रायल लिएर सरकारले लाइसेन्स दिएको छैन ।'
-annapurnapost
पैरोले बगायो बजार

पैरोले बगायो बजार

सुर्खेत:
पहिरोसँगै आएको बाढीले दैलेख र कालीकोटको सिमानामा रहेको दहीखोला बजार बगाएको छ । भीषण वर्षासँगै पहाडबाट झरेको पहिरोले दहीखोला बजार बगरमा परिणत भएको छ । शुक्रबार साँझ असिनापानी बर्सिएपछि दहीखोलामा बाढी आएको थियो ।


खहरे खोलामा आएको बाढीले एकजनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार पहिरोमा पुरिएर ३५ वर्षीया गीता थापामगरको ज्यान गएको हो । उनको शव शनिबार सुरक्षाकर्मीले निकालेका थिए । बाढी आएपछि दैलेख सिहासैन ९ का रंग विक बेपत्ता भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी वीरबहादुर वलीले बताए । पहिरो र बाढीले बजारमा रहेका दैलेखतर्फका ८ र कालीकोटतर्फका सात घर बगेका छन् ।

अत्यधिक वर्षाका कारण बजारभन्दा माथि रहेको लेकबाट झरेको पहिरो र दहीखोलामा आएको बाढीले हेर्दाहेर्दै बजार बगाएको हो । बजारमा व्यवसाय गर्दै आएका व्यापारी गोकर्ण रावतले पहाडबाट खसेको पहिरोसँगै खोलामा आएको बाढी बजारमा पसेको बताए । उनले भने, ‘साँझ एकाएक ठूलो पानी पर्‌यो । माथि लेकबाट झरेको पहिरोले दहीखोला बौलायो । भाग्यले बजारका धेरैजना भाग्न सफल भयौं तर हामीले हेर्दाहेर्दै बजार बग्यो ।'

पहिरोमा छोरी गुमाएकी धनादेवी थापाले भनिन्, ‘साँझपख माथि लेकमा पहिरोको ठूलो आवाज आयो । हामी घरबाट निस्केर भाग्यौं । हामीले हेर्दाहेर्दै दैवले छोरी गीतालाई लग्यो । चाहेर पनि बचाउन सकेनौं ।' बजार नै बगेपछि स्थानीय बासिन्दा बिचल्लीमा परेका छन् । सडकमा काम गर्न पुगेका मजदुर र स्थानीय बासिन्दा गरी एक सयभन्दा बढीले भागेर ज्यान बचाएका थिए ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार पहिरोका कारण कर्णाली राजमार्गलाई क्षति पुगेको छ । राजमार्गअन्तर्गत धेरै ठाउँमा सडक पुरिएको छ । शुक्रबारबाट कर्णाली राजमार्गमा यातायात सेवा ठप्प छ । सडकको पहिरो हटाउन केही दिन लाग्ने प्रहरीले जनाएको छ । यातायात अवरुद्ध भएपछि सुर्खेतबाट जुम्लाका लागि छुटेका र जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेका दर्जनांै सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।

मध्यपश्चिमका प्रहरी प्रमुख डीआईजी माधव नेपालले एक्कासि आएको बाढी र पहिरोबाट करोडौंको क्षति पुगेको बताए । साँझमै भएकाले बजार बगे पनि मानिस भने भाग्न सफल भएको उनले बताए । ‘राति भएको भए ठूलो मानवीय क्षति हुने रहेछ', नेपालले भने, ‘बजारका घर बगेका छन् । हालसम्म एकजनाको मृत्यु भएको र एकजना बेपत्ता भएको पाइयो ।'

क्षेत्रीय प्रहरी कार्यालयका अनुसार कालीकोट र दैलेखबाट प्रहरी र नेपाली सेनाले दहीखोलामा उद्धारकार्य जारी राखेका छन् । घटनास्थल पुगेका दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले खोला सानो भए पनि पहाडबाट ठूलो पहिरो खसेका कारण बजार नै बगेको बताए । उनका अनुसार बजारका अधिकांश घर बगेका छन् भने केही घर पुरिएका छन् ।

पहिरोले कर्णाली नदी आधा मिटर थुनिएको स्थानीय बासिन्दाले बताए । बाढीले दुईवटा ट्याक्टर र एउटा मोटरसाइकल पनि बगाएको छ । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि दहीखोला बजार बनेको हो ।
annapurnapost
-
पुनर्निर्माण बजेट आठ खर्ब !

पुनर्निर्माण बजेट आठ खर्ब !

काठमाडौं:
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आठ खर्ब ३० अर्ब रुपैयाँबराबरको पुनर्निर्माण बजेटसहित पञ्चवर्षीय मार्गचित्र बिहीबार सार्वजनिक गर्ने भएको छ । प्राधिकरण निर्देशक समितिका अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय दातृ समुदायको सहकार्यमा तयार गरिएको पञ्चवर्षीय योजना उनीहरूलाई नै साक्षी राखेर सार्वजनिक गर्न लागेका हुन् ।

क्षति भएका आठ लाख व्यक्तिगत घर पुनर्निर्माणका लागि सरकारले दिने अनुदान रकम करिब १६ अर्बमात्रै हुनेछ भने पुनर्निर्माणको वार्षिक बजेट करिब एक खर्ब ५० अर्बको हुनेछ । राष्ट्रिय योजना आयोगले एक वर्षअगाडि तयार गरेको ‘विपत्पछिको आवश्यकता आकलन' मा छुटेका विषयसमेत समेटेर पञ्चवर्षीय योजना ल्याउन लागिएको प्राधिकरणका सचिव मधुसूदन अधिकारीले बताए । प्रतिवेदनअनुसार गत वर्ष वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प र त्यसपछि आएका चार सयभन्दा बढी पराकम्पले सात खर्ब ६ अर्ब रुपैयाँ बराबरका भौतिक संरचनामा क्षति गराएको थियो ।


पुनर्निर्माण र पुनस्र्थापनाका लागि ६ खर्ब ६९ अर्ब रुपैयाँ लाग्ने अनुमान प्रतिवेदनले गरेको थियो । ‘त्यसमा एक बिलियन अमेरिकी डलर लागत बढेको छ,' सचिव अधिकारीले भने । भूकम्पबाट क्षति भएका २१ वटै क्षेत्र समेटिएको पञ्चवर्षीय कार्ययोजना पुनर्निर्माणको मार्गचित्र हुने विश्वास गरिएको छ । ‘कुन निकायले कति रकम खर्च गरेर कति समयमा तोकिएको जिम्मेवारी पूरा गर्ने भन्ने कार्यतालिका समेटिएको छ,' अधिकारीले भने, ‘पञ्चवर्षीय योजना बनाउन दाता र सम्बन्धित मन्त्रालय सहभागी भएका छन् । यसलाई कार्यान्वयन निकायहरूको समष्टीगत कार्यक्रम भन्दा पनि हुन्छ ।'

सचिव अधिकारीका अनुसार पञ्चवर्षीय योजनाका लागि स्रोत जुटाउने र समयतालिकामा काम गर्न सम्बद्ध निकायलाई थप कार्यभार समाल्न सक्ने गरी कार्यक्षमतामा वृद्धि गराउनुपर्ने चुनौती छन् । ‘पञ्चवर्षीय योजना अपुग रकम जुटाउने सहयोगी दस्ताबेज पनि हुनेछ,' उनले भने । प्राधिकरणका अनुसार हालसम्म एक खर्ब ६० अर्ब रुपैयाँ ऋण तथा अनुदान सहयोग प्राप्त गर्नेगरी दातृ निकाय र छिमेकी मुलुकसँग सहमति र सम्झौता भएको छ ।

गत वर्ष असारमा भएको दाता सम्मेलनले पुनर्निर्माणका लागि करिब चार खर्ब ऋण र अनुदान सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । अन्य प्रतिबद्धता प्राप्त रकमका लागि छलफल अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा २५ अर्ब रुपैयाँ र चीन भ्रमणका क्रममा करिब ५० अर्ब बराबरको अनुदान सहयोगसम्बन्धी सम्झौता भएको थियो । प्राधिकरणका अनुसार भारत सरकारसँग थप ७५ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहयोगका लागि सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्राधिकरणले गठन गरेका संरचनाअनुसार बजेट खर्च गर्न चारवटा मन्त्रालयलाई नौ अर्ब रुपैयाँ खर्च गर्न अख्तियारी दिइसकिएको छ । ‘अहिले हामीले परिचालन गरेका सरकारी संरचनामार्फत नै पुनर्निर्माण अगाडि बढाइनेछ । प्राधिकरण गठन गरी काम थालेपछि दाताका सकारात्मक धारणा आइरहेका छन्,' अधिकारीले भने । स्रोतका अनुसार पञ्चवर्षीय योजना लागू गर्ने अवधिसम्म आठ खर्ब ३० अर्बको बजेट १० खर्ब पुगिसक्नेछ । सचिव अधिकारीका अनुसार पुनर्निर्माणको वार्षिक बजेट डेढ खर्ब बराबरको हुनेछ ।

भूकम्पपछिको राहत तथा उद्धारमा वितरण भएको भूकम्पपीडित परिचयपत्रको विश्वसनीयतामा प्रश्न उठेको भन्दै सबै घरको सर्वेक्षण गरी अनुदान रकम वितरण गर्ने आधार तयार पारिएको प्राधिकरणले जनाएको छ । २०७२ साउन २१ गते सरकार र विश्व बैंकबीच भूकम्पपीडित पहिचान गर्न भूकम्प प्रभावित आवास पुनर्निर्माण लगत संकलन गर्ने कार्यक्रममा सम्झौता भएको थियो । निजी आवास पुनर्निर्माणलाई प्राथमिकतामा राखेको प्राधिकरणले वैशाख १२ गते तीन सय ८४ गाविस तथा नगरपालिकाका तीन लाख १९ हजार नौ सय १२ अनुदान पाउनयोग्य घरधनीको नाम सार्वजनिक गरेको छ ।

अनुदान सम्झौताका लागि सर्वेक्षण भएका ११ जिल्लामा तीन हजारभन्दा बढी घरधनीसँग अनुदान सम्झौता भइसकेको छ भने सम्झौता गरी खाता खोलेका घरधनीलाई बैंकमार्फत रकम निकासाको काम जारी छ । गत वर्ष आठ हजार सात सय ९० जनाको ज्यान लिएको भूकम्पले २२ हजार चार सय ९३ जना घाइते बनाएको थियो ।
- annaournapost
एक खर्ब २८ अर्ब राजस्व अलपत्र

एक खर्ब २८ अर्ब राजस्व अलपत्र

काठमाडौं:
सरकारको ढुकुटीमा जम्मा हुनुपर्ने एक खर्ब २८ अर्ब रुपैयाँभन्दा बढी राजस्व अलपत्र परेको छ । सरकारी स्वामित्वका संस्थासहित केही निजी कम्पनीले ठूलो मात्रामा राजस्व बक्यौता राख्दा राज्यको ढुकुटी कमजोर भएको हो । एक खर्बभन्दा बढी रकम त्यत्तिकै थन्किएर बस्दा सरकारले विकासनिर्माणका काममा स्रोत परिचालन गर्न विदेशी ऋण र अनुदानको हिस्सा बढाउनुपर्ने बाध्यता परेको छ ।

सरकारले आफ्नो ढुकुटी मजबुत बनाएर परिचालन गर्न असफल भएको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०७०।७१ को तुलनामा राजस्व बक्यौता १८.८४ प्रतिशतले बढेको हो । अघिल्लो आवमा यस्तो बक्यौता एक खर्ब सात अर्ब ९० करोड २२ लाख रुपैयाँ थियो । विगत पाँच वर्षयताको तथ्यांकले प्रत्येक वर्ष बक्यौताको अंश रफ्तारमा बढ्दै गएको देखाउँछ ।


सरकारी ढुकुटीमा आउनुपर्ने रकम भने वर्षौदेखि त्यतिकै विभिन्न संस्थामा बक्यौताका रूपमा थन्किएर बसेको छ । सरकार यस्ता असुली हुन नसेका अरबौं रुपैयाँको बर्सेनि हिसाबकिताब गरेरमात्र बसिरहेको छ । राजस्व बक्यौता असुली गर्ने जिम्मेवारी लिएका उच्चपदस्थ अधिकारीको अक्षमतालाई पनि यसले उदाङ पारेको छ ।

विशेष गरी सरकारी संस्थानले घाटाको व्यापार गर्दा बर्सेनि राजस्व बक्यौताको अंक बढ्दै गएको हो । कुल बक्यौतामा सरकारी स्वामित्वका संस्थाको हिस्सा मात्रै ७० अर्ब ५८ करोड ४१ लाख रुपैयाँ छ । विद्युत् प्राधिकरण, नेपाल आयाल निगम, नेपाल खानेपानी संस्थान, नेपाल वायुसेवा निगमलगायतका चल्तीका सरकारी संस्थानले अरबौं रुपैयाँ राजस्व सरकारलाई नतिर्दा भारीमात्रामा राजस्व बक्यौताको अंश बढ्न गएको हो ।

सरकारी स्वामित्वका कम्पनीमा सबैभन्दा धरै राजस्व बक्यौता हुनेमा नेपाल विद्युत् प्राधिकरण परेको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार प्राधिकरणले मात्रै गएको आर्थिक वर्षसम्ममा ३२ अर्ब ९२ करोड ६३ लाख रुपैयाँ राजस्वबापत सरकारलाई बुझाउन बाँकी छ ।

प्राधिकरण घाटामा सञ्चालित छ । आवश्यकभन्दा बढी कर्मचारी, परियोजना तोकिएको समयमा सम्पन्न नहुनु, राजनीतिक हस्तक्षेप, डलरमा विद्युत् खरिद गर्दा हुने घाटा तथा आन्तरिक लेखा प्रणालीमा हुने छिद्रलगायतले प्राधिकरणलाई घाटामा लगेको हो । सरकारी स्वामित्वको संस्था भएकाले राजस्व तिर्न आनाकानी गर्दा पनि बक्यौताको आकार ठूलो हुन गएको हो ।

दोस्रो धेरै राजस्व बक्यौता हुनेमा नेपाल आयाल निगम परेको छ । गत आर्थिक वर्षसम्ममा आयाल निगमले मात्रै सरकारलाई १२ अर्ब ९६ करोड ७७ लाख रुपैयाँ तिर्न बाँकी छ । सबैभन्दा बढी चल्तीको व्यापार गर्ने आयाल निगमले सधैंजसो घाटाको व्यापार गर्दैआएको छ । ग्यास, पेट्रोल, डिजेललगायतका पदार्थमा वार्षिक अरबौंको कारोबार हुने भए पनि चुहावट अधिक हुने गरेकाले निगमले सधैं आफ्नो वासलत नोक्सानमा देखाउँदै आएको छ ।

कतिपय अवस्थामा भारतीय आयल निगमलाई बक्यौता भुक्तानी गर्नसमेत निगमले सरकारसँग ऋण तथा अनुदान लिने गरेको छ । यही कारण निगमले सरकारलाई तिर्नुपर्ने दायित्वको हिस्सा अत्यधिक बढी देखिएको हो ।

प्राधिकरण र निगमपछि सरकारलाई तिर्नुपर्ने अरबौं रुपैयाँ बाँकी राख्नेमा नेपाल खानेपानी संस्थान दर्ज भएको छ । संस्थानले चार अर्ब ८५ करोड ९१ लाख रुपैयाँ राजस्वबापत सरकारी ढुकुटीमा दाखिला गर्न बाँकी छ ।

सरकारको स्वामित्वमा चलेका संस्थानले नै आर्थिक पारदर्शिता कायम नगरेका, सरकारको उच्चप्रशासनिक कर्मचारी वा कतिपय अवस्थामा मन्त्री नै यी संस्थाका सञ्चालक समितिमा रहने भए पनि अरबौं रुपैयाँ सरकारी ढुकुटीमा जाने रकम नतिरेर आलटाल गर्ने तथा सधैंजसो घाटामा चलेको देखाउने प्रवृत्तिले वित्तीय अनुशासन कायम गर्न यी संस्था अक्षम रहेको पुष्टि हुन्छ ।

अर्को धेरै राजस्व बाँकी हुनेमा उदयपुर सिमेन्ट उद्योग पनि परेको छ । यस उद्योगले सरकारलाई दुई अर्ब ७१ करोड रुपैयाँ बुझाएको छैन । सरकारले प्रभावकारीरूपमा तोकता नगर्दा पनि यी संस्थाले अटेरी गरी राज्य कोषमा जाने रकम तिर्न आनाकानी गरेको देखिएको छ ।

यस्तै, सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि आफ्नो अपारदर्शिता र घाटाको व्यापारलाई राजस्व तिर्न आनाकानी गरेर छर्लङ पारेको छ । महालेखा परीक्षकका अनुसार निगमले गएको आर्थिक वर्षसम्ममा सरकारलाई तिर्नुपर्ने एक अर्ब २२ करोड ८२ लाख नतिरी बसेको छ । प्रमुख संस्थानमा रहेको साँवाब्याज तथा हर्जनासमेतको बाँकी रकमरले सरकारी बक्यौता उठाउने अधिकारीको कार्यक्षमतामा गम्भीर प्रश्न उठेको छ ।

एक अर्बभन्दा बढी राजस्व बक्यौता हुने कम्पनीमात्रै एक दर्जन हाराहारीमा छन् । एक अर्ब भन्दाबढी राजस्व बक्यौता हुने थप संस्थामा विराटनगर जुट मिल्स, नेपाल नागरिक उड्डयन प्राधिकरण, बुटवल धागो कारखाना, ओरियन्ट म्याग्नेसाइटलगायत छन् । महालेखा कार्यालयका अनुसार विराटनगर जुट मिल्सले सरकारलाई एक अर्ब ५३ करोड ४६ लाख तिर्न बाँकी छ ।

यसैगरी, ओरियन्ट म्याग्नेसाइटले एक अर्ब २१ करोड ३२ लाख बुझाएको छैन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अर्ब ५७ करोड ८६ लाख तिर्न सकेको छैन । यसैगरी, बुटवल धागो कारखानाले एक अर्ब एक करोड रुपैयाँ सरकारी ढुकुटीमा जम्मा गर्न बाँकी रहेको देखिएको छ ।

कतिपय करदाताले राजस्व न्यायाधीकरणसहित अन्य अदालतमा मुद्दा दायर गरेकाले असुलीमा कठिनाइ भएको राजस्व अधिकारीको भनाइ छ । धेरैजसोले भने बारम्बार ताकेता गर्दा पनि तिर्न अटेरी गरेको उनीहरूको दाबी छ । कतिपय संस्था अस्तित्वमै रहेका छैनन् । अस्तित्वमा नरहेका २२ वटा संस्थाबाट मात्रै तीन अर्ब २८ करोड ३९ लाख रुपैयाँ असुली गर्न बाँकी छ ।
-
मन्दिर अगाडी गैरधार्मिक कार्यक्रम नगर्न हिन्दू युवा संघ नेपालको चेतावनी

मन्दिर अगाडी गैरधार्मिक कार्यक्रम नगर्न हिन्दू युवा संघ नेपालको चेतावनी

वीरगंज/वीरगंजको माइस्थान मन्दिर अगाडी कुनै पनि गैरधार्मिक कार्यक्रम नगर्न हिन्दू युवा संघ नेपाल पर्साले चेतावनी दिएको छ ।

सोमवार श्रीपुरस्थित बिजयज्योति होटलमा रिपोटर्स क्लव नेपालले आयोजना गरेको एक साक्षात्कार कार्यक्रम मार्फत हिन्दू युवा संघ नेपालले यस्तो चेतावनी दिएको हो ।

संघका वरिष्ठ सल्लाहकार ज्योतिलाल प्रसाद कलवारले देशमा हालै जारी भएको धर्म निरपेक्ष संघीय गणतन्त्र नेपालको संविधान २०७२ ले सबै धर्मको संरक्षण, संवद्र्धन गर्दै कसैको पनि धार्मिक आस्थामाथि असर पर्ने काम कानुनी अपराध हुने र त्यसो गर्नेहरू सजायको भागीदार हुने संवैधानिक व्यवस्था पनि लागु गरेको हामी सबैलाई थाहा हुँदा हुँदै पनि वीरगंजको पौराणिक, धार्मिक र ऐतिहासिक महत्व बोकेको माइस्थान मन्दिर क्षेत्र वरिपरि विगत केही समय यता हिन्दू धर्म र आस्थामाथि असर पर्ने गतिविधि गर्ने क्रम बढ्दै गएको हुँदा यस हिन्दू युवा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।

उनले नेपाल संवैधानिक रुपमा धर्म निरपेक्ष राष्ट्र घोषणा भए लगत्तै मन्दिरमा पूजा गर्न आउने श्रद्धालु भक्तजनहरूलाई अवरोध गर्न हिन्दू धर्म विरोधी विभिन्न संघ–संस्था, समुह र राजनीतिक दलहरू सक्रिय भएको पाइएको छ । माइस्थान मन्दिर विशुद्ध धार्मिक स्थल भएकोले तथा धार्मिक स्थल र देवीस्थल भएका कारण विहान पूजा आजा र बेलुकी आरती र भजन किर्तन गर्न दिनहुँ हजारौं भक्तजनहरू आउने गरेको सो मन्दिरको मूलद्वार अगाडी नै विभिन्न समुह, ब्यान्ड, संघसंस्था र राजनीतिक दलहरूले गीतसंगीत, मनोरं्रजन, नाचगान, आमसभा, राजनीतिक प्रदर्शन लगायतका कृयाकलापहरू गर्ने क्रम बढ्दै गएको प्रति हिन्दू युवा संघ नेपालले गम्भीरताका साचो लिएको बताउनु भयो ।

यसरी पूजाआजा र आरती गर्ने समयमा नाचगान, आमसभा, प्रदर्शन लगायतका कार्यक्रम हुँदा माइस्थान मन्दिरमा पुजा गर्न आउने महिला, चेलीबेटी, वृद्ध लगायतका हजारौं भक्तजनहरूलाई अवरोध हुने गरेको गुनासाहरू तीव्र रुपमा बढ्दै गएको छ । वीरगंजमा अनेकौं खुल्ला स्थान, सार्वजनिक हल, मैदान, होटेलहरू हुँदाहुँदै धार्मिक स्थलमा गैरधार्मिक कार्यक्रम गरी अरुको धर्म संस्कृति र आस्थामाथि चोट पुर्‍याउनु निन्दनीय कार्य हो जुन वर्तमान संविधानको नीति विपरित पनि भएको स्मरण गराउनु भयो ।

उनले माइस्थान मन्दिर अगाडी, मन्दिर अगाडीको पार्क वा माइस्थान चोकसम्म कुनै पनि किसिमका गैर धार्मिक कार्यक्रम (सभा–समरोह, पार्टी, सांस्कृति कार्यक्रम, प्रदर्शन) नगर्न नगराउनु हुन माइस्थान मन्दिर संचालक समिति वीरगंज, स्थानीय राजनीतिक दल, स्थानीय प्रशासन लगायत सम्पूर्ण संघसंस्था र सरोकारवाला निकायहरूसँग जोडदार आग्रह गरे ।

हिन्दूहरुको यस्तो आग्रहलाई बेवास्ता गरी माइस्थान मन्दिर अगाडी यदी कसैले कुनै गैरधार्मिक कार्य गरेमा वा सो मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई अवरोध हुने काम गरे/गराइएको पाइएमा हिन्दू युवा संघ नेपाल कडा प्रतिकारमा उत्रिने चेतावनी समेत दिंदै उनले त्यसपछि हुने संभावित क्षतिको जिम्मेवार सम्बन्धीत पक्ष स्वयं हुने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा हिन्दु युवा संघ नेपालका हिन्दु युवा स्वयं सेवक मदन प्रसाद कुर्मी, राजेश पटेल, बालमिकी प्रसाद कानु, अरबिन्द साह कानु, सुनिल प्रसाद कलवार, राजु गुप्ता, आत्माराम प्रसाद कानु, दिनेश पटेल, दिपु सर्राफ, कृष्ण कुमार चौरसिया, रवि कलवार लगायतको उपस्थिति रहेको बताउनु भयो ।

कार्यक्रम रिपोर्टस क्लब नेपालका मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो 
पर्बत सेवा समाज नेपालको स्थापनाकालको अबसरमा आर्थिक सहयोग

पर्बत सेवा समाज नेपालको स्थापनाकालको अबसरमा आर्थिक सहयोग

दिपीका भुसाल
इजरायल
सम्पूर्ण पर्बतेलीको यौटै छ नारा जन्म भुमि बिकास गर्ने हाम्रो अभिभारा भन्ने मूल नाराका साथ स्वोदेश तथा प्रदेशमा अध्यान , ब्याबसायी रोजगार आधि इत्यादिले रहेका प्रबासि हरुलाई संघगठित गर्दै मातृ भुमि सम्मुनती र दुखि पिडित असहाय एबम दैबी प्रकोप पिडित हरुको लागि सहयोग पुराउने उदेश्यले नब स्थापित पर्बत सेवा समाज नेपालको स्थापनाकालको अबसरमा आर्थिक सहयोग गरेको छ !  पर्बत सेवा समाज नेपालको  पहलमा समाजकी आजिबन सदस्य  हिमाली गुरुङको बिषेस सक्रियता आगो निभाउन जादा घाइते बनेका रबिन गुरुङ लाइ उपचारको लागि आर्थिक सहयोग गरेको हो   !

पर्बतको पन्चासेमा लागेको  आगो नियन्त्रण गर्न जाँदा घाईते बनेका आर्थर डाँडाखर्क ६ घर भई राम्जा देउराली ४ बस्दै आएका रबिन गुरुङ अस्पतालले तोकेको रकम बुझाउन नसक्दा जीवन मृत्यूको दोसाँधमा  परेका थिए !
आगो निभाउन जादा भिर बाट खसेको ढुंगाले लागेर गम्बीर घाइते भएका गुरुङ्ग  पोखरा स्थित  मणिपाल अस्पतालमा उपचारको लागि आर्थिक समस्या भए पछि  घाइते गुरुङ परिवारले  सहयोगको लागि अपिल गरेको हो   !  पर्बत सेवा समाज नेपाल साखा इजरायलमा रहेका समाजका आजिबन सदस्य एबम इजरायलमा रहेका सहयोगी ब्याक्ति हरु दूवारा संकलित ७६ हजार  ६ सय  पर्बतको राम्जा रापू ४ निवासी सन्तोष गुरुङ दूवारा  पिडित रबिन गुरुङ लाइ हस्तान्तरण गरिएको छ !
सहयोगी हरुको नामवाली
१ हिमाली गुरुङ २०० सेकल
२ शिमा गुरुङ २०० सेकल
३ उजेली कुमारी गुरुङ २०० सेकल
४ डिक कुमार गुरुङ १२० सेकल
५ इश्वोरी खड्का १०० सेकल
६ मनिता लिम्बु १०० सेकल
७ निर्मला भटराई १०० सेकल
८ दिपिका भुसाल १०० सेकल
९ माया घले १०० सेकल
१० सावित्रा गौतम १०० सेकल
११ तारा गुरुङ ५० सेकल
१२ चन्द्र पुन १०० सेकल
१३ ओबी भुसाल १०० सेकल
१४ टंकराज पौडेल १०० सेकल
१५ कबिता गुरुङ १०० सेकल
१६ देबी शर्मा १०० सेकल
१७ भोज राज छेत्री २०० सेकल
१८ दिल कुमारी गुरुङ १०० सेकल
१९ सावित्रा भुसाल ५० सेकल
२० कल्पना गुरुङ १०० सेकल
२१सारा गुरुङ १०० सेकल
एनसेल लाइ कर तिर्नको लागि दबाब

एनसेल लाइ कर तिर्नको लागि दबाब

चितवन–
राजश्व तिर्न आनाकानी गरेको भन्ने विवादमा मुछिकएको निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेललाई राजश्व तिर्न दबाब दिने उद्देश्यले नवलपरासी गैंडाकोटका युवाहरुले बिहीबार बिहानदेखि मोबाइल फोन सेटबाट एनसेलको सीम कार्ड झिक्ने अभियान सुरु गरेका छन्।
सरकारलाई राजश्व नतिरे एनसेलको सीम पनि प्रयोग नगर्ने उनीहरुले बताए । गैंडाकोटको राइजिङ स्टार स्पोर्टस क्लबले यो अभियानको सुरुवात गरेको हो। 'कर तिर्नु सवैको दायित्व हो । राज्यलाई तिर्ने ठुलो दायित्व पुरा नगर्ने विरुद्ध हामी दवाब अभियानमा लागेका हौं । हामीले सीम संकलन सुरु गरेका छौं । स्वस्फुर्त रुपमा सीम झिक्नेहरु बढेका छन् । कर तिर्दैन भने एनसेलको सीम अब फोन सेटमा राखिदैन', क्लबका सचिव शिव अधिकारीले भने ।

क्लबका सदस्यहरुबाट सुरु भएको यो अभियान टोलटोलमा पु¥याउने उनले बताए । 'यति ठूलो कम्पनीले कर तिरेन भन्ने सुन्दा ज्यादै दुख लाग्यो। हामी एनसेललाई जिम्मेवार बनाउने अभियानमा लागेका हौं', क्लबका अध्यक्ष रमेश ढकालले भने। विस्तारै आफूहरुले गैंडाकोटभरी अभियान चलाउने योजना बनाएको उनले बताए । राजश्व तिर्न आनाकानी गर्दै राखे थप शैलीका कार्यक्रम पनि गर्ने उनले बताए ।

गत महिना मात्रै एनसेलको व्यवस्थापन परिवर्तन भएको छ । खरिद बिक्री प्रकृयासँगै एनसेलले कर तिर्न आनाकानी गरेको समाचार सार्वजनिक भएको हो । एनसेलले ४० अरब रुपैयाँ तिर्न नखोजेको चर्चा चल्दै आएको छ । यो चर्चासँगै एनसेललाई कर तिर्न दवाब दिनका लागि देशका अन्य भागमा पनि युवाहरुले स्वस्र्फुत अभियान चलाउन थालेका छन् ।
 nagariknews

जोन कँडेलको परोपकारी रेष्टुरेन्ट

जोन कँडेलको परोपकारी रेष्टुरेन्ट

अविश अधिकारी
काठमाण्डौ/सोमबारको कुरा हो हामी चितवन भ्रमणको शिलशिलामा दि ग्रीन पार्क रेष्टुरेण्ट पुगेका थियौं त्यहाँ पुग्दा प्राकृतिक शैलिमा रेष्टुरेण्ट देख्यौं चारै तिर हरियालीसँगै ५ वर्ष भन्दा माथि १४ वर्ष सम्मका करिव १४ जना नानीहरु रमाईरहेको देख्यौ अनि हामीलाई जिज्ञासा लाल्यो यस्तो सुन्दर माहौल कसरी भयो ? यस्तै पृथक कुराकानी सगै हामी पनि त्यही सुन्दरतामा भावुक भयौं ।

समाज परिवर्तन गर्नुछ भने आफैबाट अनि आजैबाट सुरुवात गर्नु पर्छ भन्ने विचार युक्त भावनाले उथुल पुथुल समाजसेवी तथा युवा व्यवसायी जोन कंडेलको कथा सानो छैन । कथा भित्रको कथा लुकेको कंडेलको जीवनयात्राबाट धेरै कुरा सिक्न सक्छौं । टिकाराम कंडेल र आमा देवकली कंडेलको कोखबाट भरतपुर–५ लन्कुमा जन्म भएका जोन आठ जना छोरा मध्यका सबैभन्दा कान्छा छोरा हुन् ।

उनी भन्छन, “अर्काको देश बनाउने हैन अवसर पाए आफ्नै देश बनाउने थिएँ” भन्ने कोमल ह्दयका धनी जोन कंडेल अविवाहित हुन । देशमा राजनीतिक दल र उच्च तहका निकाय वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्समा मक्ख छन् । अझ यसो भनौं देशनै यसैले चलिरहेको छ । राजनीतिक नेतृत्वमा जिम्मेवारी नहुँदा आज देशमा चरम बेरोजगारी सिर्जना भएको छ । लाखौं युवा विदेशको भूमिमा पसिना बगाउन बाध्य छन् । आफ्नै देशमा अवसर नदिँदा अन्य देश बनाउन बाध्य बनाइएको छ ।

कंडेल भन्छन्, ‘देशमा महँगीले टिक्न सक्ने अवस्था छैन् भने,  विदेशमा भोग्ने दु:ख झनै कहालिलाग्दो छ । विदेशमा अप्ठेरो पर्दा दु:खमा साथ दिन खोलिएका दूतावास नाम मात्रका छन् । वैदेशिक रोजगारले परिवारबाट टाढा पुर्‍याएको छ । धेरैको सम्बन्ध विग्रँदो छ । परिवारीक र सामाजिक सम्मन्ध टुट्दै गएको छ । धेरैको घारबार उठिबास बनाएको छ । बाबु आमा भएर पनि धेरै सन्तान टुहुरा भएका छन् । दिन प्रतिदिन अदालतमा सम्बन्ध बिच्छेदका घटना बढ्न थालेका छन् । यसैले नेपालमा नै बसी नेपाली उत्पादनमा वृद्धी गरी स्देशमै राजगारीको अवसर सृजना गर्नु पर्छ ।

जोन अविवाहित भएकाले पारीवारीक जिम्वेवारी खासै छैन उनमा तर सामाजिक जिम्वेवारी राम्रोसँग निभाएका छन् । उनी करिव एक दशक यता सामाजिक यात्रामा होमिएका छन् हाल चितवनमा समाजसेवीहरुको अग्रपंक्ति आउने नाम हो युवा सामाजसेवी जोन कँडेल ।

उनको सेवा अरुको भन्दा पृथक र भिन्न छ । झट्ट हेर्दा  व्यापारीक  हिसावले सञ्चालन भएको देखिएता पनि दि ग्रिन पार्कबाट भएको आम्दानी उनले सेवामा नै खर्चिने गरेका छन् । भने सामाजिक कार्यलाई अझै तीव्रता दिन उनले सामुहिक प्रयास समेत गरेका छन् । उनकै अध्यक्षतामा हर्ट टु हर्ट सोसियल वेलफेयर सोसाईटी नेपालको स्थापना गरी सामाजिक रुपान्तरणको लागि एक नविन अभियानाको थालनी समेत गरेका छन् ।
आफ्नो गाउ आफै बनाउ भन्ने बिचारका साथ उनले आफ्नो टोल छिमेकमा साना देखि ठूला सामाजिक कार्यहरुमा अग्रसर हुन्छन् । उनी जति सामाजसेवी छन् उत्तिकै प्रकृति प्रेमी पनि रहेछन् । उनको अग्रसरतामा धारापानी निर्माण तथा व्यवस्थापन उपभोक्ता समिति गठन गरी भरतपुर उपमहानगरपालिका लगायतको सहयोगमा प्राकृतिक सम्पदा संरक्षण अभियान सञ्चालन सार्वजनिक जग्गाको सदुपयोग गरी ऐतिहासीक पानीको मुहान संरक्षण तथा बाल उद्यानको निमार्णाधिन अवस्थामा रहेको छ । जोनको सेवा यतिमा मात्र सिमति छैन कहिले भुकम्पपीडितको आहतमा राहत दिलाउन कुना कन्दरासम्म पुग्छन् भने जिल्लाका सवै सामाजिक संस्थामा सहयोगी हात र फराकिलो मन लिएर पुगिहाल्छन् । चितवनमा सञ्चालित एक सामाजिक संस्था साहाराको घरलाई उनले मासिक रुपमा केही न केही सहयोग गरीरहँदा रहेछन् । उनलाई भेट्न यो पंक्तिकार उनको रेष्टुरेष्टमा पुग्दा मोहल अर्कै थियो रेष्टुरेष्ट भरी साना साना बालिकाहरु मामा मामा भन्दै अघिपछि गर्दै थिए । पंक्तिकारको जिज्ञासा कुराकानीमा उनले मेटाए यिनीहरु सबै मेरा भान्जीहरु हुन साहाराको घरका ।

मन्द मुस्काउदै उनले थपे, ‘म निरन्तर सेवामा लाग्नुमा उनीहरुको ठुलो हात रहेको छ उनीहरुको मामा भएको नाताले उनीहरुको भविष्य प्रति चिन्ता गर्नु र उनीहरुलाई खुसी पार्नु मेरो पनी कर्तव्य हो । हप्तामा एकपटक त भउनपा ११ मा रहेको साहाराको घरमा पुगेकै हुन्छु महिना दिनमा भान्जीहरुलाई स्वाद फेर्न रेष्टुरेष्टमै बोलाउँछु । आज मजदुर दिवसको अवसर पारी उनकै माध्यमबाट श्रमका लागी कतार पुगेको नेपालीको छोरो कृष्ण रिजालले बालिकाहरुलाई भोजन तथा स्टेशनरीका लागी सहयोग गरेका रहेछन । यसैका लागी ग्रिन पार्क पुगेका रहेछन् बालिकाहरु ।

मास्टर गर्न काठमाण्डौ छिरेका उनी व्यवस्थापन शास्त्रमा स्नातकोत्तर गरेका छन् । काठमाण्डौ मै रहेर अक्सन इन्स्सिच्यूटबाट ब्यवसाय सुरुवात गरेका उनी बेकरी क्याफे, अक्सन सहकारी, कलेजमा लगानी र अहिले दि ग्रीन पार्क रेष्टुरेन्ट सन्चालन गरीरहेका छन् । आफ्नो रेष्टुरेण्टबाट बिक्री भएको प्रत्येक चुरोटबाट रु. दुई रुपैयाँ क्यान्सर रिलिफ फण्डमा सहयोग गर्दै आइरहेका छन् । समाज पहिले जस्तो रहेन ब्यक्तिगत लाभ हावी हुँदै गएको छ युवा पलायन स्लो पोइजननै भएको छ राष्ट्रको लागि यसले नेपालमा भावी अर्थतन्त्र नाजुक नै देख्दै छु नेपाल कृषि प्रधान देश हो यहाँको जमिन बाजो हुनु र जमिन किनबेचको बस्तु हुनु, लगानी उत्पादन मुखी होइन जग्गामा लगानी गरिनु अर्थतन्त्रको लागि घातक सावित हुनु उनको ठम्याई छ । सरकारी जागिरेले एक टुक्रा जग्गा किनी एउटा सानो घर बनाउने सपना नदेखे पनि हुने भयो । यो डरलाग्दो अर्थतन्त्र हो । यो रेमिटेन्सको असर हो । सरकार सत्ता मोह र युवा विदेश मोहमा अशक्त छ यो दुबै मोह एउटै प्रबृतिको हो यसले राष्ट्रलाई झनै नाजुक बनाउने कंडेलको बुझाई छ ।

उनि थप्छन ‘म रेष्टुरेन्टमा मदिरा मात्र हैन विदेशमा जस्तै फुड कल्चरको विकास होस भन्ने चाहन्छु यसैले मापासे जाँचले रेष्टुरेण्ट ब्यबसाय घटे पनि दिर्घकालमा यसको सकरात्मक असर देखिको छु । प्राय: फोन आउँछ घरबाट तर म रेष्टुरेण्टमा छु भन्न सकेको छैन किनकी रेष्टुरेण्ट प्रतिको मानिसहरुको सोचाई अझै पनि सकरात्मक छैन त्यस्तो सोच हटाउने प्रयासमा छु ।’ कंडेलले भन्छन्, अब शिक्षित युवाले राम्रो नराम्रो छुट्याउने र स्वदेशी उत्पादनलाई प्रोसाहन दिने गर्नु पदर्छ यसैले मैले नैपालमा नै बनेको जुत्ता प्रयोग गदै आएको छु रेष्टुरेण्टमा पनि नेपाली गुणस्तर सामाग्री प्रयोग गदै आएको छु, यो त मेरो सुरुवात हो सबैले यस्तै प्रयोग गर्ने हो भने अवस्य नेपाली उत्पादनले नेपालमै ठाउँ पाउने छन् ।

अन्त्यमा, यस्ता ह्दयका खानी महापुरुष अझै धेरै जन्म लिउन । हरेका ब्यवसायिक यात्रा र सामाजिक यात्राले सगरमाथाको शिखर चुम्न सकोस् अझै धेरै सामाजिक कार्यमा मन जओस  युवा ब्यवसायी तथा समाजसेवी जोन कंडेललाई हाम्रो पनि शुभकामना ।

प्रकाशन मितिः २०७३ वैशाख २३ गते बिहीबार
अब  के छन् त अब केपी ओलीका विकल्पहरु

अब के छन् त अब केपी ओलीका विकल्पहरु

२२ वैशाख, काठमाडौं ।
एकीकृत नेकपा माओवादीले सरकार ढाल्ने अभ्यास सुरु गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गए । त्यहाँबाट फर्केर उनले सत्तारुढ दलहरुको बैठक बोलाए । यति गर्नुभन्दा पहिले उनले पार्टीका शीर्ष नेताहरुसँग भावी रणनीतिबारे आन्तरिक छलफल गरे ।

सत्ता साझेदार एमाओवादीले बहिर्गमनका खुट्टो उचालेपछि प्रधानमन्त्री ओली पनि नयाँ रणनीति बनाउने अभियानमा लागेका छन् । नेपाली राजनीतिका चतुर खेलाडी मानिने झापाली नेता ओलीले अब कस्तो कदम चाल्लान् ? धेरै मानिसहरुमा यसबारे जिज्ञासा बढेको छ ।

आखिर के छन् त अब केपी ओलीका विकल्पहरु ? उनले हठात् राष्ट्रपतिलाई किन भेटे ? त्यो भेट राष्ट्रपतिको आशन्न भारत भ्रमणमा मात्रै केन्द्रित थियो या दुबैले मिलेर भावी राजनीतिक ‘स्टेप’बारे छलफल गरे ? यो विषय अहिलेसम्म अनुमानमै सीमित हुने स्थिति छ ।

तथापि नेपालको नयाँ संविधान र वर्तमान शक्ति सन्तुलनको अवस्थालाई हेर्दाखेरि प्रधानमन्त्री केपी ओलीसँग मुख्यतः चारवटा विकल्प देखिन्छन्, जुन यस्ता छन्ः

पहिलो विकल्पः बहुमत जोगाउने

प्रधानमन्त्री ओलीका लागि पहिलो र सबैभन्दा सुरक्षित विकल्प भनेको अझै पनि एमाओवादीलाई फकाउनु, सत्ता साझेदार दलहरुलाई एकतावद्ध पार्नु र आफ्नो सरकारको बहुमत गुम्न नदिनु नै हो । यसका लागि एमाले स्थायी कमिटीले पनि गठबन्धन टुट्न नदिने निर्णय गरेको छ र प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठकसमेत बोलाएका छन् ।

यो परिघटनालाई हेर्दा प्रधानमन्त्री अझै पनि सरकारको बहुमत गुम्न नदिने रणनीतिमै केन्द्रित देखिएका छन् ।

सत्तारुढ गठबन्धनले समर्थन फिर्ता लिँदैमा प्रधानमन्त्रीले तत्काल राजीनामा दिइहाल्नुपर्ने संवैधानिक प्रावधान छैन

सत्ता साझेदार मध्येको बलियो शक्ति राप्रपा नेपालले एमाओवादीको निर्णयप्रति असहमति जनाएको छ, जुन ओलीका लागि सकारात्मक पक्ष हो । त्यस्तै साना दलहरुले पनि ओली सरकारको विकल्प खोज्ने एमाओवादीको निर्णयलाई समर्थन गरिसकेका छैनन् । र, स्वयं एमाओवादीले पनि मन्त्रीहरुलाई फिर्ता बोलाउने वा समर्थन फिर्ता लिएको घोषणा गरिहालेको अवस्था छैन । यो स्थितिले ओलीलाई ‘डुब्ने बेलामा त्यान्द्रोको सहारा’ भनेजस्तो झिनो विकल्प दिएको छ, जसलाई उनी प्रयोग गर्न खोजिरहेका छन् ।

ओलीको विकल्पमा भावी प्रधानमन्त्री कसलाई बनाउने भन्नेबारे एमाओवादी र कांग्रेसवीच कुरो मिलिसकेको छैन । सहमतीय सरकार बन्नेभए मात्रै आफू प्रधानमन्त्री बन्छु भन्ने प्रचण्डको घोषणाले के बताउँछ भने उनलाई प्रधानमन्त्री बनाउने/नबनाउने चाबी अझैसम्म एमालेकै हातमा छ । एमाले राष्ट्रिय सहमतिको सरकारका लागि तयार भएन भने त्यसको फाइदा देउवालाई हुनेछ ।

दोस्रो विकल्पः संसद ‘फेस’ गर्ने

एमाओवादीलाई कुनै हालतमा फकाउन सकिएन र उसले सरकारलाई दिइरहेको समर्थन फिर्ता लियो भने प्रधानमन्त्री ओली थप जटिल समस्यामा पर्नेछन् । यस्तो बेलामा संसदीय परम्पराअनुसार गठबन्धनबाट समर्थन झिकिएपछि संसदलाई फेस गर्नेतिर नलागी तत्काल राजीनामा दिएर मार्गप्रशस्त गरिदिने  एउटा विकल्प ओलीसमक्ष बाँकी रहन्छ ।


तर, सत्तारुढ गठबन्धनले समर्थन फिर्ता लिँदैमा प्रधानमन्त्रीले तत्काल राजीनामा दिइहाल्नुपर्ने संवैधानिक प्रावधान छैन । त्यसरी राजीनामा दिनु संसदीय मूल्य र नैतिकताको प्रश्न हो । कानूनी एवं संवैधानिक हिसाबले हो भने एमाओवादीले समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत परीक्षण गरेरमात्रै बाहिरिन्छु भन्ने अधिकार प्रधानमन्त्री ओलीसँग रहन्छ ।

एमाओवादीले समर्थन फिर्ता लिँदा ओलीले विश्वासको मतका लागि संसदमा प्रस्ताव लैजान सक्छन् । या त सरकार ढाल्ने दलका एक चौथाइ सांसदले अविश्वासको प्रस्ताव संसदमा दर्ता गराउन सक्छन् । दुबै स्थितिमा भोटिङ हुँदा प्रधानमन्त्रीले बहुमत सिद्ध गराउन सकेनन् भने प्रधानमन्त्री स्वतः पदमुक्त भएको मानिनेछन् ।

त्यसैले तत्कालै राजीनामा नदिने र संसदलाई फेस गर्ने बाटोमा प्रधानमन्त्री गए भने उनले केही सानातिना फाइदा पाउने छन् । जस्तो कि केही दिन भए पनि नयाँ सरकार गठनलाई विलम्ब गराउन र रोक्न सकिने छ । यसलाई जेठ १५ सम्मै तन्काउन सकियो भने कामचलाउ सरकारकै तर्फबाट आफैं बजेट ल्याउन पाइनेछ । गणतन्त्र दिवस पनि मनाउन पाइनेछ ।

तथापि बहुमत गुम्नासाथ राजीनामा दिँदा ओली जति नैतिकवान मानिन्छन्, संसदमा फेस गर्नेतिर लाग्दा पदलोलुप रहेको प्रचार विपक्षीहरुले गर्न सक्छन् । तथापि यो विकल्पले जेठ १५ लाई टार्ने रणनीतिलाई मलजल पुग्न सक्छ ।

यो दोस्रो विकल्प ओलीको जीत नै त होइन, तर ‘मरता क्या नहीँ करता’ भनेजस्तै हो ।

तेस्रो विकल्पः देउवालाई रोक्ने

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्को एउटा रमाइलो विकल्प पनि छ, त्यो हो- आफ्नो मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्नबाट रोक्ने ।


अहिले कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउने कार्ड फालेर अन्ततः देउवा आफैं बहुमतीय प्रधानमन्त्री बन्ने दाउमा रहेको चर्चा छ । प्रचण्ड त्यो कण्डिसनमा मात्रै प्रधानमन्त्री बन्न सक्छन्, जतिवेला कांग्रेसले जस्तै एमालेले पनि उनलाई साथ दिन्छ । तर, एमालेलाई सरकारमा आउनबाट रोक्ने काममा कांग्रेसकै नेताहरु लागेको अवस्थामा प्रचण्डको प्रधानमन्त्रित्वमा कांग्रेस-एमाले सहितको सरकार बन्ने सम्भावना निकै झिनो छ ।

तथापि प्रधानमन्त्री केपी ओलीले तरिका पुर्‍याए भने प्रचण्डलाई समर्थन जनाइदिन सक्छन् र त्यो गर्दा अर्थ लगायतका कतिपय मन्त्रालय आफैले राखेर एमाले पनि सरकारमा जान सक्छ र प्रचण्डमार्फत देउवालाई प्रधानमन्त्री हुनबाट रोकिदिन सक्छ ।

यसो गर्दा भोलि चुनावका बेला कांग्रेसले सरकारबाट बाहिरिन खोज्यो भने पनि पुनः अहिलेकै गठबन्धनको सत्ता टिक्न सक्छ ।

तर, एमाले नेताहरुमा सानो दललाई सरकारको नेतृत्व गर्न दिने उदारता खासै देखिँदैन । पहिलो संविधानसभामा एमाले अहिलेको एमाओवादीजस्तै तेस्रो दल थियो तर, पहिलो दल एमाओवादीले माधव नेपाल र झलनाथ खनाललाई घुमाई-घुमाई प्रधानमन्त्री बनाएको थियो । माधव नेपाललाई संविधानसभामा प्रचण्डले नै ल्याएका थिए । यो परिघटनालाई हेर्दा अहिले प्रचण्डलाई स्वीकारेर सबै दललाई सहमतिमा ल्याउनु एमालेका सामु अर्को विकल्प छ ।

चौथो विकल्पः संसद विघटन ?

अहिले बजारमा एउटा ‘अण्डर करेन्ट’ हल्ला सुलहझै फैलिएको छ, त्यो के हो भने केपी ओलीले संसद विघटन गर्दैछन् । राष्ट्रपतिमा आफ्नै दलकी नेतृ भएकीले ओलीले गर्ने संसद विघटन राष्ट्रपतिले सहजै स्वीकार गर्ने र संसद विघटन गरिसकेपछि बहुमत पनि देखाउनुपर्ने आवश्यकता नहुने हुँदा सरकार ढल्ने खतरा समाप्त हुने तर्क केही चिया पसलहरुमा सुन्न थालिएको छ ।

संसद विघटन गरेपछि कानूनहरु कसरी निर्माण गर्ने र संविधानको कार्यान्वयन गर्ने भन्दा अध्यादेशमार्फत् कानूनहरु ल्याएर ओलीकै नेतृत्वमा ६ महिनाभित्र चुनाव गर्ने र बहुमतको सरकार बनाउने बाटोमा केपी ओली जान सक्ने अनुमानहरु पनि लगाउन थालिएको छ । नयाँ सरकार बन्यो भने दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने संवैधानिक व्यवस्था छ ।

तर, के केपी ओलीले आफ्नो सरकारलाई ढल्नबाट जोगाउनका लागि संसद विघटन गर्लान् त ? यसतर्फ विचार गर्दा दुईवटा परिस्थिति सतहमा आउँछन्ः प्रथमतः संविधानको संक्रमणकालीन प्रावधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रावधानै छैन । संविधानमा नटेकी राष्ट्रपतिलाई प्रभावमा पारेर विघटन गरियो भने अदालतले ओलीलाई दोस्रो मनमोहन बनाइदिन सक्छ ।

दोस्रोः प्रधानमन्त्री ओलीले संसद विघटन गरे भने त्यसबाट उत्पन्न राष्ट्रिय र अन्तरराष्ट्रिय तरंगलाई देशले धान्न मुस्किल पर्छ । संविधान कार्यान्वयनमै समस्या आउँछ र मुलुक एउटा भीमकाय र कहालीलाग्दो सुरुङतर्फ फस्नेछ ।

देशमा निरंकुशताविरुद्ध लोकतनत्रका लागि लामो समय संघर्ष गरेर यहाँसम्म आइपुगेका प्रधानमन्त्री ओलीले कुर्सीको रक्षाका लागि त्यसरी ज्ञानेन्द्रीय शैलीको निर्णय लेलान् भनेर अहिल्यै कल्पना गर्न सकिँदैन । तर, राजनीतिमा अनौठो एवं पागलपूर्ण निर्णयहरु पनि यदाकदा हुने गरेको कुरालाई चटक्कै बिर्सनचाँहि मिल्दैन ।

पाँचौं विकल्पः बेवास्ताको राजनीति

प्रधानमन्त्री ओलीसँग अर्को एउटा विकल्प पनि छ, जुन राम्रो विकल्प होइन, तर संसद विघटन गर्नुभन्दा कम खतरनाक विकल्प हो । तथापि यो विकल्प सिर्जनात्मक नभएर ध्वंशात्मक अर्थात कालीदास शैलीको विकल्प हो ।

एमाले नेताहरुको तर्क सुन्दा उनीहरु संसदमा अविश्वासको प्रस्ताव टेबुल नै हुन नदिने रणनीतिमा उत्रिने सम्भावना देखिन्छ

यो विकल्प हो- बेवास्ताको राजनीति । सत्ता साझेदार दलले समर्थन फिर्ता लिँदा पनि संसदमा मेरो बहुमत छ भन्दै तर्क गरेर बसिरहने र दुईचार हप्ता गुजार्ने र लोकप्रिय बजेट ल्याएर मात्रै आगामी चुनावको एजेण्डा सुरक्षित गरेर सरकारबाट बहिगर्मन हुने यो तरिका पनि केही ओलीले अपनाउन सक्छन् ।

एमाले समर्थक केही कानुविदहरुले अहिले प्रधानमन्त्री ओलीलाई भनिरहेका छन् कि अविश्वासको प्रस्ताव राख्ने संसद नियमावली नै छैन, त्यसैले विपक्षीहरुले नियमावली नबनी अविश्वासको प्रस्ताव नै संसदमा ल्याउन सक्दैनन् ।

संसदको अधिवेशन सुरु भइसकेकाले यसलाई टार्न एमालेलाई गाह्रो छ । तर, एमाले नेताहरुको तर्क सुन्दा उनीहरु संसदमा अविश्वासको प्रस्ताव टेबुल नै हुन नदिने रणनीतिमा उत्रिने सम्भावना देखिन्छ । राप्रपा नेपालले पनि सरकारको प्रतिरक्षामा ‘डटेर लाग्ने’ निर्णय गरिसकेको छ ।

संसदमा अविश्वासको प्रस्ताव टेबुल हुन सकेन भने कमसेकम एक-दुई हप्ता सरकारको आयु थपिन सक्छ, जुन जेठ १५ अघि निकै महत्वपूर्ण हुनेछ एमालेका लागि ।

तर, यी जति पनि विकल्पबारे माथि चर्चा गरियो, यी सबै प्राविधिक माथापच्चीसीका विषयहरु मात्रै हुन् । जहाँसम्म राजनीतिको कुरो छ, ओली सरकारले जनताको पक्षमा काम गर्न नसकेको एकातिर असन्तुष्टि छ । तर, अर्कोतिर सरकार परिवर्तनको जोड घटाउमा लाग्ने प्रचण्ड र कांग्रेस एवं मधेसीप्रति पनि जनताको घृणा कम छैन ।

बुधबार एमाओवादीले सरकार परिवर्तनको निर्णय सार्वजनिक गर्नासाथ सामाजिक सञ्चालमा एमाओवादी नेताहरुमाथि आलोचना र निन्दाको वर्षा सुरु भएको छ । प्रचण्ड भारतको एजेण्डामा बहकिएको आरोपले सामाजिक सञ्जाल भरिएको छ । यो ट्रेण्डलाई हेर्दाखेरि ओलीको अर्को कुनै दाहाल वा देउवा नै आए पनि सरकारले दिने डेलिभरीमा कुनै सुधार आउला भन्ने विश्वास जनमानसमा देखिँदैन ।
onlinekhabar
अबैध डेढ किलो सुन पक्राउ

अबैध डेढ किलो सुन पक्राउ

चितवन–
मकवानपुर प्रहरीले अवैध रुपमा डेढ किलो सुन ल्याएको आशंकामा बुधबार बिहान सवेरै एक जनालाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैया जाँदै गरेको बा ३ ख ४७४६ नम्बरको यात्रु बस चेक जाँचगर्ने क्रममा सो बसमा रहेका रौतहट जिल्ला गौर नगरपालिका–१३ बस्ने ३० वर्षका अर्जुन सिंहको साथमा सो परिमाणको सुन फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।
एक किलोको एउटा सिंगो र एउटा आधा टुक्रा भएको अवस्थामा सुन फेला परेको फोटो मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । इलाकाप्रहरी कार्यालय हेटौंडा पशुपतिनगरको टोलीले रातमाटेमा चेक जाँचगर्दा सुन भेटाएको प्रहरीको भनाइ छ । बिहानपौने चार बजे प्रहरीले गाडी खानतलासी गरेको मकवानपुर प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै मंगलबार साँझ सात बजे रातमाटेमै प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । ना १ ज ५२७० नम्बरको यात्रु बस खानतलास गर्दा हेटौंडा–४ का ३९ वर्षीय सन्तोष गुप्ताको साथबाट लागू औषध डाइजेपाम २४ एम्पुल, ब्युप्रिनोफिम २५ एम्पुल र फेनार्गन २४ एम्पुल फेला परेको थियो । बस बीरगञ्जबाट हेटौंडा आउँदै थियो ।

मकवानपुर प्रहरीले अवैध काठ कारोबारमा लागेका दुई जनालाई पक्राउ गरेको छ । मकवानपुर गढी गाविसको तीनघारे वनबाट सालको पाँच क्युफिट चिरान काठ ल्याएको आरोपमा प्रहरीले गढी गाविस– ८ का महेस स्यानताङ र सञ्जय लोप्चनलाई सोमबार रातीनौ बजे पक्राउ गरेको थियो। दुवैजनालाई मंगलबार जिल्ला वन कार्यालय बुझाएको प्रहरीको भनाइ छ ।
- nagarik news
बारा पर्सा क्षेत्रमा विदेशी लगानीको सम्भावनाबारे छलफल

बारा पर्सा क्षेत्रमा विदेशी लगानीको सम्भावनाबारे छलफल

वीरगंज ।
वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरु तथा जाईकाका प्रतिनिधिहरुबीच सङ्घकै सभाकक्षमा आज एक समारोहबीच पर्सा–बारा क्षेत्रमा विदेशी लगानीको सम्भावना बारे छलफल भएको छ ।
सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले सङ्घको ऐतिहासिक पृष्ठभूमि, उद्योग व्यापारको प्रबद्र्धनमा खेलेको भूमिका र यस पर्सा(बारा क्षेत्रले बोकेको आर्थिक महत्व दर्शाउँदै विदेशी लगानीको लागि यस क्षेत्र एकदमै उपयुक्त रहेको बताउनुहुँदै जाईकाका प्रतिनिधिहरुलाई यस क्षेत्रमा विदेशी लगानी गर्न आग्रह गर्नुभयो ।

जाईकाका विदेशी लगानी सल्लाहकार हिरो ईवाजाकीले नेपालका अन्य क्षेत्रहरुको तुलनामा पर्सा(बारा क्षेत्र लगानी गर्न योग्य रहेको बताउनुहुँदै यस क्षेत्र जाईकाको प्राथमिकतामा परेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुहुँदै विदेशी लगानीको जाईका टोलीले विराटनगर, वीरगञ्ज र भैरहवा क्षेत्रको स्थलगत अध्ययनमा रहेको बताउनुभयो ।

कार्यक्रममा सङ्घका का.स.स. निरज अग्रवालले कार्यपत्र प्रस्तुत गर्नुहुँदै लगानीका लागि यस क्षेत्रले बोकेको सम्भाव्यता र निर्माणाधीन अवस्थामा रहेका परियोजनाहरुको बारेमा विस्तृत रुपमा प्रस्तुत गर्नुभयो । कार्यक्रममा जाईकाका युका कितामाचु, सङ्घको पूर्व अध्यक्ष एवम् नेउवामहासङ्घका कार्यकारिणी सदस्यद्वय विजय सरावगी र अशोककुमार टेमानी, सङ्घका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । सङ्घका मनोज उपाध्यायले सहजीकरण गर्नु भएको कार्यक्रममा सङ्घका उपाध्यक्ष सुबोधकुमार गुप्ताले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रम पश्चात् जाईकाका टोलीले श्रीसिया सुख्खा बन्दरगाह र विभिन्न उद्योगहरुको अवलोकन भ्रमण गर्नुभएको थियो ।
प्र.म.ओलीले फरार अभियुक्तलाई प्रेस काउन्सिलको सदस्य बनाए

प्र.म.ओलीले फरार अभियुक्तलाई प्रेस काउन्सिलको सदस्य बनाए

इतिहासले गर्‍यो मजाक ! प्रेस काउन्सिलमा नटवरलाल !

प्रधानमन्त्रीले बोकेका पाठक प्रहरीको फरार सूचीमा


१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ६ महिना लामो अथक प्रयासपछि अन्ततः प्रेस काउन्सिल नेपालको सदस्य पदमा दीपक पाठक मनोनित भएका छन् ।

एमाले नेता एवं सञ्चारमन्त्री शेरधरन राई र पार्टी सचिव प्रदीप ज्ञवालीसमेतले विरोध गर्दागर्दै प्रहरीको फरार सूचीमा रहेका पाठकलाई प्रधानमन्त्री ओलीको मुढे बलमा काउन्सिलको सदस्य बनाइएको छ ।
सरकारले अभियुक्त पाठकलाई काउन्सिलको सदस्यमात्रै बनाएनन्, राष्ट्रको ढुकुटीबाट ९ लाख रुपैयाँसमेत दिने निर्णयमा सञ्चारमन्त्रीको हात पक्डेर सही गराएका छन् ।
केपी ओलीको गृह जिल्ला झापा घर भएका पाठक ठगी प्रकरणमा ‘नटवरलाल’का रुपमा चिनिन्छन् । उनी प्रहरीको खोजी सूचीमा छन् । पाठकलाई खोज्दाखोज्दै बालकोट चौकीका प्रहरीको धेरै जोर जुत्ता फटिसकेको छ ।
पाठकको अपराधकर्मका फाइलहरु यतिबेला अदालत, प्रेस काउन्सिल र सूचना विभागदेखि प्रहरी कार्यालयमा समेत सुरक्षित छन् । तर, उनै नटवरलाललाई प्रधानमन्त्री केपी ओलीले ९ लाख नगदसहित प्रेस काउन्सिलको सदस्य बनाएका छन् ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले ५ महिनादेखि लगातार अस्वीकार गर्दै आएको पाठकका नाममा ओलीको दबाव सहन नसकी आत्मा रुवाएर शनिबार विदाका दिन सही धस्काएका छन् । सचिव दिनेश थपलिया शनिबार विदाका दिनमा यही कामका लागि दौडादौड गर्न बाध्य भए ।
को हुन् दीपक पाठक ?
झापाली पाठकले सुरुमा मार्गदर्शन नामको मासिक पत्रिका निकाल्थे । पछि उनले तत्काली प्रधानसेनापति छत्रमान गुरुङ, नेपाल वायु सेवा निगमका सुगतरत्न कंशाकार, सामसुङका व्यवसायी दीपक मल्होत्रा, राजस्व अनुसन्धानका भरत सुवेदी र सशस्त्र प्रहरीका एआइजी/आइजीपी लगायतसँग ब्याकमेलिङ गरेको उजुरी प्रेस काउन्सिलमा पर्‍यो ।
पत्रकारको भेषमा भीआइपीहरुलाई ब्ल्याकमेलिङ गरेको र राजधानीमा आलिशान घर बनाएको उजुरी परेपछि प्रेस काउन्सिलले पाठकमाथि छानविन सुरु गर्‍यो । काउन्सिलले छानविन थालेपछि पाठकले प्रेस काउन्सिलकै पदाधिकारीको चरित्र हत्या गर्दै मार्गदर्शनमा लेख्न थाले ।
अन्ततः काउन्सिलले पाठकको पत्रिका मार्गदर्शनलाई प्रेस काउन्सिलको दफा ११ लगाएर कारवाही गर्‍यो । पाठकको पत्रिकाले सरकारबाट पाउँदै आएको सुविधा रोक्का भयो । उनको पत्रिका वर्गीकरणबाट झिकियो । पत्रिका प्रकाशनसँगै पाठकले ट्राभल एजेन्सीसमेत खोलेर सञ्चालन गरिरहेका थिए ।
आफू कारवाहीमा परेपछि पाठकले प्रेस काउन्सिलमा पुगेर कार्यालयमा तोडफोड गर्नुका साथै काउन्सिलका पदाधिकारीमाथि हातपात गरे । त्यसपछि उनलाई प्रहरीले समातेर हिरासतमा कोच्यो । ६ दिन थुनामा बसेपछि उनी माफी मागेर थुनामुक्त त भए । तर, उनको पत्रिकामाथि काउन्सिलले गरेको कारवाही यथावत रह्यो । उनको यो कारवाहीलाई अदालतले समेत सदर गरिसकेको छ ।

माफी मागथेर थुनाबाट मुक्त भएपछि पनि पाठकको धन्दा उस्तै रह्यो । उनले ग्लोबल बैंक, मेघा बैंक आदिमा बाउन्स चेक दिएर मानिसहरुलाई ठगेको अर्को उजुरी आयो । जडिबूटीतिर बसोबास गर्ने भएकाले पाठकलाई खोज्न बालकोट चौकीका प्रहरी युवराज गिरी लागि परे । तर, पाठक कतै फेला परेनन् । उनी अझै पनि खोजीकै सूचीमा छन् ।
केपी ओली प्रधानमन्त्री भइसकेपछि प्रहरीको खोजीको सूचीमा रहेका पाठक दिनहुँजसो सिंहदरबार र बालुवाटारमा थर्पू हालेर बस्न थाले । र, त्यहीँबाट मानिसहरुलाई फोन गर्न र थर्काउन थाले ।
शेरधनले भनेका थिए, गेट आउट, तिम्रो अनुहार हेर्नु नपरोस्
स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले सत्ता सम्हाल्नासाथ पाठकलाई प्रेस काउन्सिलको सदस्य बनाउने प्रयास गरेका थिए । पाठकलाई काउन्सिलमा लैजान सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई आग्रह गर्दा राईले उनी आपराधिक छविको भएको र काउन्सिलबाटै कारवाहीमा परेको व्यक्तिलाई प्रेस काउन्सिलको सदस्य बनाउन नसकिने भन्दै टार्दै आइरहेका थिए ।
स्रोतका अनुसार एक दिन पाठकले सञ्चार मन्त्रालयमा राईलाई नै भेटेर आफूलाई प्रेस काउन्सिलको सदस्य बनाउन आग्रह गरे । साथै आफ्नो पत्रिकामाथि गरिएको कारवाही फुकुवा गर्नसमेत उनले आग्रह गर । तर, मन्त्री राईले हप्काउँदै पाठकलाई ‘गेटआउट’ भनेका थिए । ‘तिम्रो अनुहार सञ्चार मन्त्रालयमा देख्नु नपरोस्’ भनेर मनत्री राईले उनलाई हप्काएका थिए ।
अन्ततः मन्त्री राईले ओलीको दबाव खप्न नसकेर पाठकलाई शनिबार सरकारी विदाका दिन प्रेस काउन्सिलमा नियुक्त गरेका छन् । ओलीका हातबाट पूर्वमन्त्री कर्ण थापा बन्ने डर भएपछि मन्त्री राई शनिबारकै दिन भए पनि पाठकलाई प्रेस काउन्सिलको सदस्य बनाएर जेनेभातिर लागेका छन् । टेलिकमसम्बन्धी कार्यक्रममा सहभागिता जनाउन मन्त्री राई जेनेभा गएका हुन् ।
एक्ला ओली पाठकको पक्षमा
पाठकलाई प्रेस काउन्सिलको सदस्य बनाउनमा केपी ओली गुटका भए पनि धेरै नेताहरुको सहमति थिएन । ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले पाठकलाई काउन्सिलको सदस्य नबनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । तर, ओलीले दाहाललाई हप्काउँदै भने- ‘मैले तिमीलाई बनाउँदा हुने, उसलाई बनाउन किन नहुने ?’
केपी ओली समूहकै नेता एवं पत्रकार गोकुल बास्कोटाले त अपराधिक चरित्रको पाठकलाई काउन्सिलको सदस्य बनाइएमा म बालुवाटार नै छिर्दिँन भनेर चेतावनीसमेत दिए । तर, ओलीले बास्कोटाको पनि कुरो सुनेनन् ।
पार्टीका सचिव एवं ओली पक्षका नेता प्रदीप ज्ञवालीले पनि पाठकको आपराधिक चरित्र भएकाले उनलाई नियुक्ति नदिने प्रधानमन्त्रीसमक्ष आग्रह गरे । तर, ओलीले ज्ञवालीको पनि कुरो मानेनन् । प्रधानमन्त्रीलाई पूर्वसूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले पनि सम्झाए । तर, पाठकको प्रेममा फसिसकेका प्रधानमन्त्रीले कसैको कुरो सुनेनन् । प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी पनि पाठकलाई नियुक्ति दिन नहुने अडान राखेका थिए ।
तर, बालुवाटारमा विज्ञका रुपमा रहेका शाक्य थरका प्रधानमन्त्रीका नामतेदारहरुले चाहिँ पाठकलाई नियक्ति दिनैपर्ने बताएका थिए । त्यस्तै प्रधानमन्त्रीका राजनीतिक विज्ञ एवं झापाली एमाले नेता देवेन्द्र दाहाल पनि पाठकको पक्षमा हात धोएर लागिपरेका थिए ।
अर्थ मन्त्रालयमा १५ लाखको फायल, ९ लाख निकासा
पाठकलाई ओली सरकारले सरकारी सुविधा रोक्का भएवापतको ९ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयसमेत गरेको छ । काउन्सिलको कारवाहीका कारण उनको पत्रिकाको सुविधा रोक्का भएको थियो । सरकारको स्वायक्त निकायले गरेको कारवाहीलाई सरकारले हस्तक्षेप गरेर पाठकलाई ९ लाख उपलब्ध गराएको हो । बाँकी ६ लाखको फाइल अर्थमै छ ।
अब आफैं प्रेस काउन्सिलको सदस्य भइसकेपछि पाठकले कसरी पीत पत्रकारिता र ब्ल्याकमेलिङलाई नियन्त्रण गर्लान् ? यो सम्झेर एमाले निकट पत्रकारहरु एवं केपी ओलीका प्रशंसकहरु नै जिल्ल परेका छन् ।
एमालेमा एक से एक राम्रा एवं काबिल पत्रकार र सञ्चार विज्ञहरु थिए । तर, प्रधानमन्त्री ओलीले प्रहरीको फरार सूचीमा रहेका पाठकलाई नै किन यसरी ५ महिनासम्म मेहनत गरेर ९ लाख रुपैयाँसहित काउन्सिलको सदस्य बनाए ? यसबारे प्रश्न गर्दा एकजना एमाले नेताले अनलाइनखबरसँग भने- ‘पाठकले महाधिवेशनका बेला मार्गदर्शन पत्रिका छापेर केपी ओलीको पक्षमा प्रचार गरेका थिए ।’
यद्यपि पाठकको पत्रिकाको धन्दा अहिले बन्द छ ।
२०७३ वैशाख १९ गते १६:५२ मा  अनलाइनखबरमा प्रकाशित
बदलिदो समय संगै किसोर किसोरीमा नयाँ समस्या

बदलिदो समय संगै किसोर किसोरीमा नयाँ समस्या

काठमाडौं- आधुनिक प्रविधिको प्रयोग, साक्षरता दर र चेतनास्तर बढे पनि नेपालका किशोरकिशोरीमा नयाँ स्वरुपका समस्या बढ्दै गएको पाइएको छ। जनसंख्याको करिब एकचौथाइ हिस्सा ओगट्ने किशोरकिशोरीकमा चेतना र पहुँच वृद्धिअनुसार कम उमेरमै हुने विवाह र गर्भधारणसमेत उल्लेख्य घट्न नसकेको औंल्याइएको छ।

'किशोरकिशोरीमा भएको ज्ञान र पहुँचको अनुसार उनीहरुमा जोखिम जुन रुपमा घट्नुपर्ने हो, त्यो हुनसकेको छैन,' स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले नागरिकसँग भने। उनले सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएपछि गर्भपतन परिवार नियोजनकै विकल्पका रुपमा अपनाउने प्रवृत्तिसमेत बढेको औंल्याए।

सरकारी सर्वेक्षणहरुका क्रममा थुपै किशोरकिशोरीले परिवार नियोजन सेवाबारे जानकारी भए पनि त्यसलाई अपनाउन नगरेको बताए। विज्ञका अनुसार पछिल्ला दिनमा प्रविधिको दुरुपयोग, पोर्नोग्राफीको प्रयोग, सामाजिक सञ्जालको समेत दुरुपयोग र नियमित पठनपाठनलाई समेत बिगार्ने गरी दुरुयोगसमेत किशोरकिशोरीका समस्याका रुपमा देखिएको छ। 'एकातिर नयाँ चुनौती सामना गर्नुपरेको छ, अर्कोतिर बालविवाह, अनिच्छित गर्भधारण, गर्भपतन कायमै छ,' पोखरेलले भने।

किशोरकिशोरीले भोगेका अधिकांश समस्या विश्वव्यापी रुपमा अधिकारका रुपमा स्थापित भइसके पनि नेपालमा कुनै नीति छैन।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको करिब २ करोड ६४ लाख जनसंख्यामध्ये एकचौथाइ १० वर्ष देखि १९ वर्ष उमेरका किशोरकिशोरी छन्। यस आधारमा जनसंख्याको २५ प्रतिशत हिस्सा किशोरकिशोरी उमेरका जनसंख्या भएपनि उनीहरुलाई समेट्ने छुट्टै नीति र कार्यक्रम नभएकोले समस्या संवोधन हुन नसकेको पोखरेलको भनाई छ। नेपालको कानुनअनुसार विवाहका लागि न्यूनतम् १८ वर्षको उमेर पुगेको हुनुपर्छ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार किशोरकिशोरी मध्ये २९ प्रतिशत उमेर नपुग्दै विवाह र १७ प्रतिशतले २० वर्ष नपुग्दै विवाह गर्छन्। 'उमेर नपुगी विवाह र बच्चासमेत जन्माउन हुन्न भन्ने ज्ञान बढेको छ,' पोखरेलले भने, 'तर प्रवृत्ति घटेको छैन।'

चिकित्सकका अनुसार कम उमेरमा विवाह गरेकै कारण यौन परिपक्वता नभएकाले आमा/बाबु बन्न सक्षम नभएका किशोरकिशोर सामाजिक तथा मानसिक समस्यामा पर्छन्। किशोरी अवस्थामा गर्भवती हुँदा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्छ। ती किशोरीमा अत्यधिक रक्तस्राव, पाठेघरको क्यान्सर र बच्चा कम तौलको जन्मिने, पर्याप्त विकास नहुने समस्या हुन्छ।

नेपाल जनसांज्ञिक स्वास्थ्य सर्वेक्षण– २०६८ का अनुसार ४० प्रतिशत अर्थात् १३ लाख किशोरी १९ वर्ष नपुग्दै विवाह हुने गरेको छ भने तीमध्ये करिब साढे ५ लाख किशोरी त १९ वर्ष अगावै आमा बन्ने गरेका छन ्।

त्यस्तै, २०६८ सालको तथ्यांकअनुसार कुल विवाहित जनसंख्या १ करोड ३३ लाख ३८ हजार ४ सय ९६ मध्ये ८० लाख १८ हजार ३ सय १३ अर्थात् ६० दशमलव १२ प्रतिशतले बालविवाह गरेको तथ्यांकले देखाएको छ।

सरकारका सरोकारवाला मन्त्रालय र थुप्रै दातृ निकायले समेत किशोरकिशोरीका स्वास्थ्यमा जोखिम मानिएका छिट्टै विवाह, छिट्टै गर्भधारण, आत्महत्या, अपराधजस्ता घटना थपिँदै गएको भन्दै छुट्टै नीतिका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन्। किशोरकिशोरीमा बढ्दो स्वास्थ्य तथा विकास चुनौतीलाई सामना गर्ने बाटो पहिल्याउन नेपालमा पहिलोपटक किशोरकिशोरी सम्मेलन गरेर नीति बनाउने तयारीमा रहेको पोखरेलले जानकारी दिए।

तथ्यांकअनुसार १४ प्रतिशत किशोरकिशोरीले आफ्नो जीवनको कुनै बिन्दुमा आत्महत्याबारे सोचेका हुन्छन्। प्रत्येक पाँच किशोरकिशोरीमध्ये एक जनाभन्दा बढीले मादक पदार्थ प्रयोग गर्छन् र झन्डै चार प्रतिशतले कडा लागुपदार्थ प्रयोग गर्छन्।

सम्मेलनमा किशोरकिशोरीले भोगेका यस्ता समस्याबारे बृहत छलफल हुनेछ। विज्ञका अनुसार लैंगिक विभेद, यौनशिक्षामा सीमित सूचना तथा सेवामा पहुँच, अनिच्छित गर्भ, लागूपदार्थ सेवन र मादक पदार्थ किशोरकिशोरीका प्रमुख समस्या हुन्।

नेपालको किशोरावस्थासम्बन्धी स्वास्थ्यमा काम गरिरहेको संस्था जिआइजेडको स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमअन्तर्गत मातृ, किशोरकिशोरी, प्रजनन र बाल स्वास्थ्यका लागि वरिष्ठ सल्लाहकार भ्येलरी ब्रोच आल्भारेजले बालविवाह एवं अनिच्छित र किशोरावस्थामा गर्भधारण अन्त्य गर्न भएका राष्ट्रिय प्रयास र पहलमा सहयोग पुग्ने बताइन्।
- nagariknews