काठमाडौं:
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आठ खर्ब ३० अर्ब रुपैयाँबराबरको पुनर्निर्माण बजेटसहित पञ्चवर्षीय मार्गचित्र बिहीबार सार्वजनिक गर्ने भएको छ । प्राधिकरण निर्देशक समितिका अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय दातृ समुदायको सहकार्यमा तयार गरिएको पञ्चवर्षीय योजना उनीहरूलाई नै साक्षी राखेर सार्वजनिक गर्न लागेका हुन् ।
क्षति भएका आठ लाख व्यक्तिगत घर पुनर्निर्माणका लागि सरकारले दिने अनुदान रकम करिब १६ अर्बमात्रै हुनेछ भने पुनर्निर्माणको वार्षिक बजेट करिब एक खर्ब ५० अर्बको हुनेछ । राष्ट्रिय योजना आयोगले एक वर्षअगाडि तयार गरेको ‘विपत्पछिको आवश्यकता आकलन' मा छुटेका विषयसमेत समेटेर पञ्चवर्षीय योजना ल्याउन लागिएको प्राधिकरणका सचिव मधुसूदन अधिकारीले बताए । प्रतिवेदनअनुसार गत वर्ष वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प र त्यसपछि आएका चार सयभन्दा बढी पराकम्पले सात खर्ब ६ अर्ब रुपैयाँ बराबरका भौतिक संरचनामा क्षति गराएको थियो ।
पुनर्निर्माण र पुनस्र्थापनाका लागि ६ खर्ब ६९ अर्ब रुपैयाँ लाग्ने अनुमान प्रतिवेदनले गरेको थियो । ‘त्यसमा एक बिलियन अमेरिकी डलर लागत बढेको छ,' सचिव अधिकारीले भने । भूकम्पबाट क्षति भएका २१ वटै क्षेत्र समेटिएको पञ्चवर्षीय कार्ययोजना पुनर्निर्माणको मार्गचित्र हुने विश्वास गरिएको छ । ‘कुन निकायले कति रकम खर्च गरेर कति समयमा तोकिएको जिम्मेवारी पूरा गर्ने भन्ने कार्यतालिका समेटिएको छ,' अधिकारीले भने, ‘पञ्चवर्षीय योजना बनाउन दाता र सम्बन्धित मन्त्रालय सहभागी भएका छन् । यसलाई कार्यान्वयन निकायहरूको समष्टीगत कार्यक्रम भन्दा पनि हुन्छ ।'
सचिव अधिकारीका अनुसार पञ्चवर्षीय योजनाका लागि स्रोत जुटाउने र समयतालिकामा काम गर्न सम्बद्ध निकायलाई थप कार्यभार समाल्न सक्ने गरी कार्यक्षमतामा वृद्धि गराउनुपर्ने चुनौती छन् । ‘पञ्चवर्षीय योजना अपुग रकम जुटाउने सहयोगी दस्ताबेज पनि हुनेछ,' उनले भने । प्राधिकरणका अनुसार हालसम्म एक खर्ब ६० अर्ब रुपैयाँ ऋण तथा अनुदान सहयोग प्राप्त गर्नेगरी दातृ निकाय र छिमेकी मुलुकसँग सहमति र सम्झौता भएको छ ।
गत वर्ष असारमा भएको दाता सम्मेलनले पुनर्निर्माणका लागि करिब चार खर्ब ऋण र अनुदान सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । अन्य प्रतिबद्धता प्राप्त रकमका लागि छलफल अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा २५ अर्ब रुपैयाँ र चीन भ्रमणका क्रममा करिब ५० अर्ब बराबरको अनुदान सहयोगसम्बन्धी सम्झौता भएको थियो । प्राधिकरणका अनुसार भारत सरकारसँग थप ७५ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहयोगका लागि सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
प्राधिकरणले गठन गरेका संरचनाअनुसार बजेट खर्च गर्न चारवटा मन्त्रालयलाई नौ अर्ब रुपैयाँ खर्च गर्न अख्तियारी दिइसकिएको छ । ‘अहिले हामीले परिचालन गरेका सरकारी संरचनामार्फत नै पुनर्निर्माण अगाडि बढाइनेछ । प्राधिकरण गठन गरी काम थालेपछि दाताका सकारात्मक धारणा आइरहेका छन्,' अधिकारीले भने । स्रोतका अनुसार पञ्चवर्षीय योजना लागू गर्ने अवधिसम्म आठ खर्ब ३० अर्बको बजेट १० खर्ब पुगिसक्नेछ । सचिव अधिकारीका अनुसार पुनर्निर्माणको वार्षिक बजेट डेढ खर्ब बराबरको हुनेछ ।
भूकम्पपछिको राहत तथा उद्धारमा वितरण भएको भूकम्पपीडित परिचयपत्रको विश्वसनीयतामा प्रश्न उठेको भन्दै सबै घरको सर्वेक्षण गरी अनुदान रकम वितरण गर्ने आधार तयार पारिएको प्राधिकरणले जनाएको छ । २०७२ साउन २१ गते सरकार र विश्व बैंकबीच भूकम्पपीडित पहिचान गर्न भूकम्प प्रभावित आवास पुनर्निर्माण लगत संकलन गर्ने कार्यक्रममा सम्झौता भएको थियो । निजी आवास पुनर्निर्माणलाई प्राथमिकतामा राखेको प्राधिकरणले वैशाख १२ गते तीन सय ८४ गाविस तथा नगरपालिकाका तीन लाख १९ हजार नौ सय १२ अनुदान पाउनयोग्य घरधनीको नाम सार्वजनिक गरेको छ ।
अनुदान सम्झौताका लागि सर्वेक्षण भएका ११ जिल्लामा तीन हजारभन्दा बढी घरधनीसँग अनुदान सम्झौता भइसकेको छ भने सम्झौता गरी खाता खोलेका घरधनीलाई बैंकमार्फत रकम निकासाको काम जारी छ । गत वर्ष आठ हजार सात सय ९० जनाको ज्यान लिएको भूकम्पले २२ हजार चार सय ९३ जना घाइते बनाएको थियो ।
- annaournapost
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आठ खर्ब ३० अर्ब रुपैयाँबराबरको पुनर्निर्माण बजेटसहित पञ्चवर्षीय मार्गचित्र बिहीबार सार्वजनिक गर्ने भएको छ । प्राधिकरण निर्देशक समितिका अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय दातृ समुदायको सहकार्यमा तयार गरिएको पञ्चवर्षीय योजना उनीहरूलाई नै साक्षी राखेर सार्वजनिक गर्न लागेका हुन् ।क्षति भएका आठ लाख व्यक्तिगत घर पुनर्निर्माणका लागि सरकारले दिने अनुदान रकम करिब १६ अर्बमात्रै हुनेछ भने पुनर्निर्माणको वार्षिक बजेट करिब एक खर्ब ५० अर्बको हुनेछ । राष्ट्रिय योजना आयोगले एक वर्षअगाडि तयार गरेको ‘विपत्पछिको आवश्यकता आकलन' मा छुटेका विषयसमेत समेटेर पञ्चवर्षीय योजना ल्याउन लागिएको प्राधिकरणका सचिव मधुसूदन अधिकारीले बताए । प्रतिवेदनअनुसार गत वर्ष वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प र त्यसपछि आएका चार सयभन्दा बढी पराकम्पले सात खर्ब ६ अर्ब रुपैयाँ बराबरका भौतिक संरचनामा क्षति गराएको थियो ।