Showing posts with label सीमापारी. Show all posts
Showing posts with label सीमापारी. Show all posts
इक्वेडरमा ६.७ म्याग्निच्यूडको भूकम्प

इक्वेडरमा ६.७ म्याग्निच्यूडको भूकम्प

इक्वेडरः इक्वेडरमा बुधबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ६.७ म्याग्निच्यूडको भूकम्प गएको हो । 
 
इक्वेडरमा एक महिना अगाडी गएको ७.८ म्याग्निच्यूडको भूकम्पपछि पुनः ६.७ म्याग्निच्यूडको अर्को ठूलो भूकम्प गएको हो । 

 
एक महिना अघि गएको भूकम्पमा परी ६८० व्यक्तिको मृत्यु भएको थियो । 
 
स्थानीय समयाअनुसार बुधबार बिहान २ः५७ मा गएको भूकम्प ६.८ म्याग्निच्यूड मापन गरिएको इक्वेडर राष्ट्रिय भूगर्भिय संस्थाले जनाएको छ ।
 
दक्षिण अमेरिकी राष्ट्रको पश्चिमी मनाबी क्षेत्र यो भूकम्पबाट प्रभावित भएको बताइएको छ । 
 
 भूकम्पको विस्तृत विवरण भने प्राप्त भएको छैन । भूकम्पबाट हालसम्म मानवीय र भौतिक क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । एजेन्सी
 
-
इजरायलमा २५६० औ  बुद्ध जयन्ति मनाउने अन्तिम तयारि

इजरायलमा २५६० औ बुद्ध जयन्ति मनाउने अन्तिम तयारि

दिपिका भुसाल
इजरायल
गौतम वुद्धको शान्ति सन्देश विश्वभरि फैलाउने र जन्मस्थल नेपालको लुम्बिनीमा रहेको  प्रचार प्रसारका लागी गत बर्ष हरु जस्तै एस बर्ष पनि  इजरायलको तेलअबिब लेबन्सकी पार्कमा  ! यहि आउदो मे २१ का दिन २५६०  औ  बर्ष को अवसरमा भगवान गौतम   बुद्धको जन्म जयन्ती इजरायल बासि नेपालि हरुले मनाउने भएका छन  !

सान्तीका दुत भगवान गौतम बुद्धको जम्न जयन्ति मनाउन ,नेपाल जनजाती महासंघ इजरायलको मूल आयोजकमा   इजरायल रहेका  सामाजिक एबम धार्मिक संघसस्था हरुको   समेत सह - आयोजकमा बुद्ध जयन्ति भव्यताका साथ मनाउन लागेका हुन् !

सह-आयोजक संस्थाहरु तमु समाज इजरायल ,ह्योल्मो समाज इजरायल,शेर्पा संघ इजरायल , किंरात राई यायोक्खा नेपाल इजरायल ,किंरात याक्थुङ चुम्लुङ इजरायल(नेपाल),नेवा:खल इजरायल,नेपाल तामाङ घेदुङ इजरायल , नेपाल मगर संघ इजरायल , पर्वत सेवा समाज नेपाल ,विश्व नेपाली साहित्य महासंघ इजरायल, हिन्दु जागरण अभियान नेपाल इजरायल ,अन्तरास्ट्रिय नेपाली समाज इजरायल,नेपाली संङघीय समाज इजरायल र नमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा इजरायल ,सह आयोजकमा रहेका छन  भने   त्यसै गरि अनलाईन मिडिया तर्फ सीएनएन ई न्युज,स्क्याई संसार डटकम,तामाङ अनलाईन डटकम र न्युज डायरी इकोशी न्युज समेत रहेका छन ! अनलाइन मिडिया हरुले कार्यक्रम सफल पार्नको लागि आर्थिक सहयोग समेत गरेका छन !
यसै  गरि इजरायलमा रहेका सम्पूर्ण नेपालि हरुमा आयोजक टिम सान्तीका दुत भगवान गौतम बुद्धको जन्म जयन्ति भव्यताका साथ सफल पार्नको लागि उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेका  छन  !

नमुना बस्ति निर्माणमा,धुर्मुस सुन्तली लाइ इजरायल बासिको साथ

नमुना बस्ति निर्माणमा,धुर्मुस सुन्तली लाइ इजरायल बासिको साथ

इजरायल- गत वर्ष नेपालमा गएको महा भूकम्पले तहस नहस बनाएको नेपाललाई धेरै भन्दा धेरै सहगोग गरेर एउटा अभियाननै संचालन गरेका धुर्मुश सुन्तली अर्थात हास्यकलाकार कलाकार दम्पत्ति सिताराम कट्टेल कुन्जना घिमिरे सर्वत्र चर्चा कमाएका छन् ।

धन भएर होइन ठुलो मन बनाएर भुँइचालोमा घरबास गुमाएकाहरुको लागी आफ्नै पहलमा काभ्रेमा नेपालमै पहिलो पटक एकिकृत नमुना बस्ती बनाँएका दम्पतिले फेरी भुकम्पपिडितहरुलाई सिन्धुपाल्चोकको ‘गिरानचौर’ गाउँमा पैसट्टि घरधुरी एकिकृत नमुना बस्ती बनाउँने महान अभियानमा सुरु गरेको जानकारी गराएका छन् । तर धुर्मुश सुन्तीलोको एकल प्रयासमा मात्रै यत्ति ठुलो अभियान सम्भब भने पकै  सफल हुने छैन । त्यसकोलागि सर्वत्र अर्थात् विश्वभर रहेका नेपालीहरुले अभियाननै सुरु गरेका खबरहरु आउन थालेका छन् ।

अरुको सधै पिडाँबोध गर्न सक्ने भएर नै हामी उत्कृस्ट मानब जातिमा गनिएका छौ त्यसमाथि पनि आफ्नै देशमा परेको दुखमा आसु नझार्ने को होला र । आज पनि पिडितहरुको भिडियो हेर्दा सबैको मन रुन्छ आखा रसाउने गर्छ तर पनि नेपाल सरकारको कार्य गर्ने शैली र मुख ताक्दै आलोचना मात्रै गरेर होइन अब एउटा सचेत नागरिकको भुमिका सबैले बहन गर्दै धुर्मुश सुन्तलीको यस महाभियानमा साथ दिन विश्वभर रहेका नेपालीहरु एक आपसमा साथमा साथ हातमा हात दिएर सहयोग गर्न जरुरी छ ।

इजरायलमा कार्यरत केहि सहयोगीमन नेपालीहरुबाट यस अभियानमा सहयोग गर्ने हेतुले एक- महिने धुर्मुश-सुन्तली सहयोग अभियान सँचालन गरेका छन् र उक्त अभियानमा साथ दिनको लागि अभियानकर्ताहरुले इजरायलमा कार्यरत दाजु भाई, दिदि बैनी, बुद्दिजिबी, पत्रकार, समाजसेवी, विभिन्न राजनीति कर्मी, दल, संघ सस्था सबैमा सकेको सहयोग गरि एक उत्कृस्ट मानवीयताको धर्म निर्वाह गर्न अनुरोध गरेका छन् र जतिपनि प्राप्त रहेको सहयोग ३५ दिनभित्र धुर्मुस सुन्तली फाउन्डेसनमा हस्तान्तरण गर्ने कुरा पनि जानकारी गराएका छन् ।

सहयोग गर्न चाहने मनहरुले निम्न ब्यक्तिहरु सँग सम्पर्क गरी नाम टिपाउँन हुन सक्नुहुनेछ ।

१) सागर भुसाल – ०५४८१६६५८४
२) उमेश नेवार – ०५४७६६०७९६
३) अर्जुन पौडेल – ०५४५६०९८८०
४) भोजराज क्षेत्री – ५४४८४६७९४
५) सुबास खरेल -०५३२८५३४०९
६) राम ढुँगाना – ०५३३३४६७६७

तथा, स्वतन्त्र मिडिया इजरायल सम्पर्क

१) खेमराज कट्टेल- ०५८७१९९४४१
२) रमेश रिजाल – ०५४३६७२६९४

-nepalisrael.net
नेपाली नायक लामिछानेको हिन्दी शर्ट चलचित्र सार्बजानिक

नेपाली नायक लामिछानेको हिन्दी शर्ट चलचित्र सार्बजानिक

दिपिका भुसाल
नेपाली नायक संकर लामिछानेको हिन्दी शर्ट चलचित्र  सार्बजनिक भएको छ ! दुर देश अस्ट्रेलियामा रहे पनि गित संगित र कलाक्षेत्रमा निरन्तर लागिरहेका लामिछानेले हिन्दी  शर्ट चलचित्र  गहिराइ युटुब मार्फत सार्बजनिक गरेका हुन् !
प्रदेशमा रहे पनि नेपाली गित संगित र कला क्षेत्रमा निरन्तर लाग्ने हरुको संख्या बढदो देखिन्छ ! रोजगार ब्यबसायक सिक्षा लगाएतका लागि प्रदेशमा रहेका नेपाली हरुले कला र साहित्य क्षेत्र लाइ अगाडी लिएर बढीरहेको देखिन्छन    !
यसै सिलसिलमा नायक लामिछानेले  हिन्दी शर्ट चलचित्र  सार्बजनिक गरेका हुन् !  उक्त  चलचित्रमा  धनि गरिबको भेदभाबले निम्तायको एक साचो प्रेमको अन्त्य भएको देखाइएको छ ! संकर लामिछानेको  कथा र निर्देशन समेत रहेको चलचित्रमा लामिछाने नै मुख्य भूमिकामा देखिएका छन ! र उनलाई स्थानीय र  स्थानीय कलाकार हरूले समेत साथ दिएका छन !  भिडियोको छायांकन पर्बतको रमणीय स्थल हरुमा गरिएको छ ! एस अघि किन लाग्छ माया, बोक्सी जस्ता नेपाली फिलिममा पनि मुख्य स्थानमा रही अभिनय गरिसकेका लामिछाने ले    चर्चित शर्ट नेपाली चलचित्र  ए नेपाली हो भन्ने एस अघिनै  सार्बजानिक गरिसकेका छन ! देशको बिग्रिदो अबस्था जातीय युद्द , सिमांकन बिभाजनले निम्ताउने परिस्थिति लाइ समेटी  ए नेपाली हो भन्ने शर्ट मुबी बनाएका थिए ,! उनले एस अघि हिन्दी चर्चित  गायक, गायिका  हरुको आवाजमा आफ्ना रचना हरुलाइ पनि संगित भरेर  बजारमा ल्याई सकेका छन !  साथै नेपाली गित संगित लाइ माया गर्दै मिस नेपाल जस्ता अन्य थुप्रै गितहरु पनि बजारमा ल्याएका हुन्   ! पर्बत स्थाई ठेगाना रहेका लामिछाने हाल भने अस्ट्रेलियामा रहदै आएका छन
एमाले निकट भातृ संगठन प्रवासी नेपाली मंच इजरायल गठन गरिदै

एमाले निकट भातृ संगठन प्रवासी नेपाली मंच इजरायल गठन गरिदै

दिपीका भुसाल
इजरायल
ने. क. पा. एमाले निकट भातृ संगठन प्रवासी नेपाली मंच इजरायलले  कार्यकारिणी समितिको गठन गर्ने भएको छ ।
इजरायलमा रहेका बिभिन्न संघसस्था बुद्धिजीवी साहित्यकार कलाकार ब्याबसाहिक ,मिडियाकर्मी लगाएत समस्त इजरायल बासि नेपालि हरुलाइ निम्न लिखित फेसबुक आइडी  प्रवासी नेपाली मञ्च इजरायल )ईमेल आईडी प्रवासी नेपाली मञ्च इजरायल @ yahoo.com तथा निम्न टेलीफोन नम्बर मा सम्पर्क गर्नुहुन् अनुरोध गरेका छन्  ।  प्रबासमा बसेर आफ्नो राजनीतिक आस्था बिचार लाइ निरन्तर दिदै प्रबासमा रहेका नेपालि हरुको आबाज नेपाल सम्म पुराउनको लागि कार्यसमिति गठन गर्न लागिएको  तिर्थ गौतमले  बताएका छन !
 अनुरोधमा भनिएको छ – “यस्को चरित्र प्रगतिशील, देशभक्त तथा जनबादी रहेको छ। राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता,राष्ट्रिय अस्मिता तथा विश्वब्यापी मानवअधिकारको रक्षागर्दै छुवाछुत जस्ता सामाजिक समस्याहरुको समाधान गर्दै, सर्वहारा श्रमजिवीजनताको हकहितको संरक्षण तथा सम्वर्धन गर्दै, न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने नेपाली क्रान्तीको मौलिक कार्यक्रम तथा मार्गदर्शक सिद्धान्त “ जनताको बहुदलिय जनवाद लाई इजरायलमा रहेका नेपाली समुदायका माझमा स्थापित तथा प्रवर्दन गर्दै, एस भात्रीसंगठन इजरायलमा कृयासिल रहने उदेश्यले स्थापना गर्न लागिएको जनाएका छन !

 अनुरोधमा जानकारीको लागि समपर्क नम्बरहरु क. तिर्थ गौतम( 0524283877) क. भोला थापा(0546926146 ) क.जय ओडारी(0547044670) क. अन तिमल्सीना(0549234308) लाई सम्पर्क गर्न सकिने बताइएको छ ।
पर्बत  युवा सेवा समाज कतारको सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

पर्बत युवा सेवा समाज कतारको सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दिल कुमार श्रेष्ठ दोहा  –
गत शुक्रबार पर्वत युवा सेवा समाज कतारले सांगीतिक कार्यक्रम सांगीतिक धमका भब्यता का साथ सम्पन्न गरेको छ । बिबिध सांगीतिक प्रस्तुति रहेको सो कार्यक्रममा स्थानीय लगाएत नेपालबाट आएका वरिष्ट तथा चर्चित लोकगायक गायिकाहरुले प्रस्तुति दिएका थिए । कतारको सालिमार होटलमा भएको सो कार्यक्रममा बिल्कुलै संगीतमय भएको थियो । औपचारिक कार्यक्रमको अन्त्य संगै सुरु भएको सांगीतिक कार्यक्रमले हलभरि रहेका दर्शकहरुले कार्यक्रम अबधिभर भरपुर मनोरन्जन लिएका थिए ।

सुरुभएको  अनौपचारिक कार्यक्रम कार्यक्रमको अन्त्य सम्म दर्शकहरुलाई तानेर राख्न सफल भएको थियो । “मेरो पतालु कम्मर होकी” भन्ने गीतको बोलमा  स्थानीय कलाकार मिना मगरले कम्मर मर्कौदै नाचे पछि दर्शकहरु पनि रमाउन सुरु गरेका थिए । लगतै दर्शकलाई नाकुराई नेपालबाट आएका राष्ट्रिय गायिका कल्पना काफ्लेले आफ्नो प्रस्तुति दिन आएकी थिइन् ।

उनले दुनियाले मुटु जलाए, चुप्प चुप्प मुई खान मन लाग्छ तिम्रो गालामा, हासौं बोलौं दुई दिने चोला फेरी भेट होला, या नहोला, लगाएत आधा दर्जन गित गएर दर्शकको मन जितिन भने तन्नेरी दर्शकहरुलाई आफ्नो आफ्नो ठाउँबाट उठेर नाच्न बाध्य बनाएकी थिईन । त्यसै गरि कलाकार इशा घतानीले कोहि आँखा लगाउन सिपालु भन्दै स्टेज हल्लाउन आइ पुगेकी थिईन ।
मौलिक शैली र लोक पारखिहरुको लागी बसन्तको वाहर भएको धमका कार्यक्रम फेरी अर्की गायिका सावित्री जोशीले सबैकी म प्यारी सायद मा काली भएर होला गित गाउन म यहाँ आएको छु सायद पर्बतेको माया र ताली भएर होला भन्दै स्टेजमा उक्लेकी मात्रै थिईन । दर्शकको माहोल गरम भएको थियो, उनले पनि जहाँ गएनि सिठी र ताली, नाचौ गाउन भेट भाको भेलामा, जस्ता चर्चित गएर उपस्थिति सबैलाई उफारेकी थिईन । त्यस्तै कलाकार तुफान काफ्लेको ट्युबलाइट डान्सले सबैको मुटु कमाएको थियो । अनि कतारका सोल्टीहरुको मनको ढुकढुकी बन्न सफल गायिका जमुना रानाले सोल्टीले मलाई आँखा मार्यो भन्दै आउदा तालीको स्वागतसंगै उमंगको कोलाहल नै मच्चिएको थियो । साथमा उनले झ्याउरे सालैजो देखि भुर भुर गर्ने पुतली बोलको लगाएत आधा दर्जन गाउदा सम्म हलमा भएका सबैले आफुले बसेको ठाउँ नै छोडी सकेका थिए ।

Presentation3 यसरि आफ्नै बिर्सने माहोललाई अजि रक बनाउन लेकाली ब्यान्डका नरेन खड्का, चितवन आइडल २०७० नबराज श्रेष्ठ र दामोदर न्यौपाने लोक तथा रक पपगित गाउदै सांगीतिक माहोललाई तातो बनाए । दिनभरिको प्रतिक्षा अनि साधारण तर असाधारण प्रतिभाका धनि मौलिकपन देखि भोलिका लोकदोहोरी गायकहरुका प्रेरणा बनेका नेपाल लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष तथा बरिष्ठ लोक दोहोरि गायक बिमलराज क्षेत्रीले आफ्नो प्रस्तुति जब दिन सुरु गरे तब सबैले आफुलाई समाल्न नसकी उनको गितसंगै घरि छमछमी नाचे भने घरि उनकै तालमा बहकिएका थिए । उनले ३० भन्दा बढी आफुले गएका गित कुनै ट्रयाकमा गाए तPresentation5 कुनै आफ्नै शैलीमा, कलाले भरिएको उनको निखारता गीतको भाकामा र उनको भावमा प्रष्ट देख्न सकिन्थ्यो । उनले कुन गित गाए भन्दा पनि उनको प्रस्तुति शैलीको प्रसंशा गर्न कोहि पछि परेका थिएनन् । उनले सोलो मोसनमा रानीघाटैबाट सुरु गरेर पन्चे बाजा, रोएला, छुटका, भजन, लगाए लोकशैलीका सम्पूर्ण भाकाहरुमा आफ्नो स्वर पुर्याएका थिए । साथै अन्त्यमा कल्पना काफ्ले, जमुना राना, सावित्रीका साथमा विमलले दोहोरि समेत गाएका थिए । उद्घाटन, ब्यानर अनावरणसंगै राष्ट्रिय गानवाट सुरु गरिएको कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष सबिन्द्र श्रेष्ठले गरेका थिए ।

प्रमुख अतिथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष विनेश तामांग रहेको कार्यक्रममा बिशेष अतिथि समाजसेविहरुमा रामहरी गैरे, दिल किरण खुजुम, नरेन्द्र भाट, नरेश श्रेष्ठ, इश्वर काफ्ले, राज अधिकारी, राज कुमार दिक्पाल, क्रान्ति सिंह, होमनाथ शर्मा रमेश भट्ट, दोर्ण बस्नेत, कतारी अहमद अब्बुल्ला लगाएत कतारमा स्थापित स्थापित सम्पूर्ण संघसंस्थाहरुको अतिथ्यता रहेको थियो । सस्थाका सांगीतिक संयोजक शक्ति क्षेत्रीले स्वागत मन्तब्य दिएसंगै कार्यक्रमको लागी शुभकामना मन्तब्य दिनको लागी जनबर्गिय संगठनको तर्फबाट, रामहरी गैरे, ब्यबसायी तथा समाजसेवीहरुको तर्फबाट नरेन्द्र भाट र सम्पूर्ण संघसस्थाहरुको प्रतिनिधित्व गर्दै म्याग्दी प्रवासी संघ कतार साखाका अध्यक्ष गणेश श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए ।

साथै शुभकामना मन्तब्य दिदै प्रमुख अतिथि बिनेश तामांगले कला र सस्कृति को लागि लोकसंगीतले बिसेष भूमिका खेलेको भन्दै कतारमा पनि आगामी दिनमा कल्चर सेन्टर हुने मा ढुक्क हुन भनेका थिए । भोलिका दिनमा हुने यस्ता कार्यक्रमलाई मध्यनजर गर्दै एनआरएनले यस्तो प्रक्रिया चलेको र राजदुताबासबाट समेत यस बिषयमा लबिंग भएको बताएका थिए ।

अन्त्यमा धन्यवाद सहित कार्यक्रमको समापन गरेका सभापति श्रेष्ठले कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गराउन सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी शुभचिन्तक संघसस्थाहरुमा हार्दिक आभार प्रकट गरेको कार्यक्रमको संचालन महासचिब दिल कुमार श्रेष्ठ र सल्लाहकार शेषराज तिमिल्सेनाले गरेका थिए ।
बेलायतमा भूकम्पपीडित बालबालिका किनबेच, मूल्य आठ लाख

बेलायतमा भूकम्पपीडित बालबालिका किनबेच, मूल्य आठ लाख

एजेन्सीः
बेलायती एक पत्रिकाले भूकम्पपीडित नेपाली बालबालिका करिब आठ लाख नेपाली रुपैयाँमा किनबेच भएको खुलासा गरेको छ ।

वैशाख १२ गते गएको भूकम्पमा परी परिवार गुमाए पनि बाच्न सफल नेपाली बालबालिका बेलायती परिवारले किन्ने गरेको खुलासा उक्त पत्रिकाको छ । १० वर्ष भन्दा कम उमेरका बालबालिकालाई बेलायती परिवारले किन्ने गरेको खबरमा उल्लेख छ ।

गिरोहले भूकम्पपीडित नेपाली बालबालिका र नेपालसँग सीमा जोडिएको भारतको बिहारका बालबालिका बेलायत लगेर बेच्ने गरेको खुलासा भएको हो ।

द सनले गरेको खुलासा अनुसार यसरी बिक्री हुने बालबालिकाको मूल्य ५ हजार दुई सय ५० पाउण्ड तोकिएको छ । जसको नेपाली मूल्य सात लाख ९० हजार हुन्छ । समाचारमा बालबालिका बिक्री गर्ने गिरोहको नाइके भारतीय नागरिक मख्खन सिंह रहेको दाबी गरिएको छ ।
यसरी बिक्री भएका बालबालिकालाई बेलायती परिवारले धर्मपुत्र–पुत्री अर्थात् घेरलु कामदारका रुपमा प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ ।

सनको टोलीले ग्राहकको रुपमा मख्खनलाई नेपालको सीमाबाट ५० माइल टाढा रहेको भारतको जालन्धरमा भेटेका थिए । मख्खनसँगको सबै कुराकानी लुकाइएको क्यामेराबाट रेकर्ड गरिएको समाचारमा उल्लेख छ ।

मख्खनले द सनको टोलीलाई बालबालिकासँग समेत भेट गराएको खबरमा उल्लेख छ । मख्खनले भारतको बिहारका गरिब परिवारका बालबालिकालाई समेत यसरी नै बिक्री गर्ने गरेको समेत खुलासा गरिएको छ ।


ग्राहकको रुपमा मख्खनलाई भेट्न पुगेको द सनको टोलीलाई उनले बिक्रीका लागि १३ वर्षका बालक सुस्ती राम, १२ वर्षकी पूजा र १० वर्षका बालक अमितलाई भेट्टाएका थिए ।

खबरमा मख्खनले भेट्टाएका बालबालिका नेपाली हुन् वा भारतीय हुन भन्ने विषयमा भने केही उल्लेख गरिएको छैन ।

मख्खनले द सनको टोलीसँग परिचय गर्न लगाउदा १२ वर्षीया बालिका पूजाले आफ्नो उपनाम प्रिती रहेको बताएकी थिइन ।

द सनको टोलीलाई मख्खनले पहिला सम्झौता गरेपछि मात्र बालबालिका लान दिने बताएका थिए ।

समाचारमा यसरी नै भारत र भारतसँग सीमा जोडिएको नेपालका गरिब परिवारका बालबालिकालाई धर्मपुत्र वा पुत्रीको रुपमा र घरायसी कामदारको रुपमा बेलायतमा बिक्री गर्ने गरेको उल्लेख छ ।

मख्खनले सम्झौतापछि आफूले बालबालिका उपलब्ध गराउने तर आवश्यक कागजात आफै तयार गर्नुपर्ने बताएको समेत समाचारमा उल्लेख गरिएको छ ।

भारतमा यस्ता बालबालिका धेरै भएको र नेपालमा वैशाखमा गएको भूकम्पपछि बिचल्ली भएका धेरै बालबालिका समेत भारत पुगेकाले आफूले बिक्री गर्ने गरेको मख्खनले बताएको खबरमा उल्लेख छ ।

अन्नपूर्ण पोस्ट्

सुशि तालिमको सुनौलो अवसर

सुशि तालिमको सुनौलो अवसर

मार्च २९ बार्सिलोना
सम्पुर्ण स्पेनबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा न्यानो अभिबादन
हाम्रो गौरबशाली संगठन नेपाली जनप्रगतिशील मञ्च स्पेन तपाईहरु माँझ हरेक क्रियाकलापमा साथै भुकम्पबाट क्षतिग्रस्त देशको पुनःनिर्माणमा सक्दो भुमिका निभाउदै अगाडी बढेको यथार्थ सर्बबिधितै छ। सर्ब प्रथमत हरेक गतिविधिमा तपाईहरुको साथले हामीलाई उर्जा प्राप्त भएको छ ।
यसै क्रममा हाम्रो संगठनले सीपमुलक तालिम संचालित गर्ने प्रयास स्वरुप यहि अप्रिल ३, २०१६ , देखि जापानिज खाना (सुशी) तालिम सन्चालन गर्न गइरहेको जानकारी गराउँछौ ।
१),तालिम हप्ताको दुई दिन आइतबार र मंगलबार ५ देखि ७.३० बजे संचालन हुने २.३० घन्टा चल्ने र १२ दिनको रहनेछ ।
२) पहिलो चोटि जम्मा १२ जनालाई स्थान रहनेछ, साथै दोस्रो चरणको सुशी तालिम सेप्टेम्बरमा सुरु हुनेछ ।
3,पहिलो चरणको तालिम सकिए लगत्तै बिचमा महिला दिदीबहिनीहरुको माग लाई बिशेष मध्यनजर गर्दै दिदीबहिनीहरुको लागी केक (पास्तेल) बनाउने तालीम सुरु गरिने छ ।
स्वरोजगार अभिब्रिदी तथा सिपमुलक तालीम साथै यस शुसी तालिमको नेर्तित्व संगठनका उपाध्यक्ष कृष्णहरी कंडेलले गर्नु हुनेछ भने केक( पास्तेल) तालिमको नेर्तित्व निबर्तमान उपाध्यक्ष तथा वर्तमान सल्लाहकार श्याम खनालले गर्नु हुनेछ । तालिममा सहभागी हुन इस्छुक दाजुभाइ तथा दिदीबहिनीहरुले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ ।
नेपाली जनप्रगतिशिल मञ्च स्पेन

फेसबूकले बिभिन्न किसिमका समस्या उब्जाउदै. बेलैमा सचेत बनौ

फेसबूकले बिभिन्न किसिमका समस्या उब्जाउदै. बेलैमा सचेत बनौ

शिमा श्रेष्ठ
गजब छ फेसबुक दुनिया हरेक घटना थाहा पाउन र ठ्टयौलीको रुपमा लिनलाई ठीक छ तर प्रेम मायाको मामलामा ५ प्रतिशत सही र ९५ प्रतिशत गलत साबित भएको छ । त्यो कुरा हामीले देख्दै र भोग्दै आइरहेका छौ । एक हिसाबले फेसबुकलाई रमाइलो र दुख बिसाउने चौतारिको रुपमा देखिन्छ तर बास्तबमा फेसबुकले गर्दा नै कयौ घरबार बिहिन भएका छन् । कति ,हत्या, आत्महत्या र ठगीमा परेको देखिन्छ । नेहा पुन जसलाई निर्ममता साथ हत्या गरिएको थियो ।जसको आगो अझै निभेको छैन्,फेसबुकमा साथी बनाईन , दाई जस्तो मानेर बिस्वास गरिन नतिजा भयानक र निकै डर लाग्दो भयो । फेरी अर्को घटना फेसबुककै कारणले भेनिसा लिम्बु बर्ष २० कि सामुहिक बलात्कारको सिकार बनिन । कस्तो निर्दयि यो मान्छे,,, सन्सारमा अनेक थरि मान्छेको जन्म हुँदैछ । नत सोच्न सकिन्छ, नत हेर्न नै यस्ता अप्रिय र डरलाग्दा घटनाहरु पनि निम्त्याउदैछ फेसबुकले । साबधान हुनुपर्छ र जरुरी पनि छ ,फेसबुकमा अन्जान मान्छे साथी बन्छन , कतिपय बेला बनाउनु पनि पर्छ तर पुरै बिस्वास पनि गर्नु हुँदैन । जब सम्म यथार्थ थाहा हुँदैन (फेसबुकमा राम्रा मान्छेपनी भेटिन्छन तर चिन्नु सक्नुपर्छ ्र आधी बिस्वास आधी बिचार गर्नुस । कतिपय कुराहरु हामी आफैको कमी कमजोरिको कारणले हुन्छ । जसमा हामी कसैको आसु देख्न सक्दैनौ ,माया गर्छौ त्यो पनि थोरै होइन अनगिन्ती अनि बिस्वास गर्छौ आखा चिम्म गरेर्,्र मिठो बोलिको भरमा छिटो बिस्वास गर्छौ ।छिटो सपना देख्छौ । हामी नारी सोच्ने शक्ती हुँदाहुँदै पनि मतलब राख्दैनौ ्र यती सम्म बिस्वास गर्छौ कि घर बेचेर पैसा दिने ्रकसैले अलिकति दुख देखाउदैमा जिन्दगीको मिहिनेतको पुजी ,शरिरका गहना ,आदी इत्यादी तेती मात्रै कहाँ होर आमा बुवा सँग मागेर पनि ? (जाबो दुईदिन फेसबुकमा चिनेको भरमा,,,सचेत हौ जो कोहीले तपाई सँग फेसबुकमा परिचय गर्न नपाउदै आफ्नो दुख देखाएर पैसाको कुरा गर्छ वा म अमेरिका क्यानडा वा युरोप कन्ट्रीमा बस्छु भन्छ तर नेपालको कुनै एउटा कुना बाट बोलिरहेको हुन्छ ।
 अहिलेसम्म फेसबुकको कारणले जुन घटना हरु हुँदैछ नम्बर (ठगी) देशमा राम्रो काम छैन बेरोजगारी नम्बर २ (प्रेम माया) जुन पुरै आखा चिम्म गरेर बिस्वास गरिन्छ नम्बर्३०बलत्कार )जुन अन्जान मान्छेलाई बिस्वास गरेर समयको मतलब नगरि भेट्घाट गर्ने गरिन्छ । यि याबत कुराहरुले नै निम्त्याउछ सोच्नै नसक्ने घटना ।जब समय बिस्वास र सोच्ने शक्तिले काम गर्न छोड्छ यि घटना हुन्छन पनि र दोहोरिरन्छ पनि । सबै मान्छे नराम्रा हुँदैनन र सबै मान्छे राम्रा पनि हुँदैनन । फेसबुकका कतिपय कुरा राम्रा पक्ष पनि छन जसमा आपतकालिन समयमा उद्दार ,गरीबि बेबस पिडितहरुको सहयोगको लागी मिडिया र कानुनको ढोका ढक्क ढक्किनु भन्दा छिटो ढक्ढकिने ठाउ पनि फेसबुक नै हो ।
नराम्रा पक्ष भने सोझा साजालाई पैसाको लागी ठग्ने । प्रेमको रुपमा झुटकपट गरी फसाउने निर्मम हत्या आत्महत्या सम्म पुराई घातक बनाउने ्रयस्ता भाइरस, किरा पनि फेसबुकमै हुन्छ्न । सचेत हौ बेलैमा र अरुलाई पनि सचेत बनाउ । -
पर्बत ,हाल इजरायल 
पर्बत युवा सेवा समाज कतारको  सांगीति कार्यक्रम अन्तिमचरणमा

पर्बत युवा सेवा समाज कतारको सांगीति कार्यक्रम अन्तिमचरणमा

पर्वत युवा सेवा समाज, कतारले यहि आउदो १ अप्रिल २०१६  का दिनमा कार्यक्रम सांगीतिक कार्यक्रम पर्वत सांगीतिक धमाका  गर्दैछ ।  कार्यक्रमको तयारी पुरा भैसकेको  सस्थाका संयोजक  शक्ति क्षेत्री  बताए । आफ्नो घर देश छोड़ी परदेशमा रोजगारीको सिलशिलामा परदेशी जीवन बिताउन बाध्य नेपालीह? द्वारा स्थापित सामाजिक संस्था जो अहिले कतारमा सम्पूर्ण नेपालीह?को सुखदुःखको  चौतारी बन्न सफल भइरहेको छ ।
प्रवाशको ठाउँमा रहेता पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको सामाजिक संस्था पर्वत युवा सेवा समाज, कतार निकै चर्चामा आएको संस्था हो । जस्ले विभिन्न सामाजिक,सांस्कृतिक कार्यक्रमह? गर्दै आएको छ । विगतमा  समाजले कतारमा सामाजिक कार्यक्रम सहित सहकार्यमा सांगीतिक कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

यसपाली  संस्थाले नयाँ कार्यक्रमहरुको रुपमा  आफ्नै एकल प्रयासमा सांगीतिक धमाका  आयोजना गर्दै  छ । सांगीतिक धमाका  कतारको नज्मा स्थित सालिमार रेस्टुरेन्टमा १ अप्रिल २०१६ को दिन बिहान १० बजे देखि सुरु हुने छ ।  साथै कलाकारहरुको लागि सबै  टिकट र व्यवस्थापन पनि भई  सकेको जानकारी पूर्ण बहादुर नेपालीले  बताए l

नितान्त नेपाली गित संगीत र आफ्नै गाउँठाउँका चर्चित राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारको उपस्थिति रहने छ । नेपालबाट  कायक्रमको लागी आउने  कलाकार चर्चित लोक गायकगायिकाहरुमा  विमलराज क्षेत्री, जमुना रानामगर, कल्पना काफ्ले, र सावित्री जोशीको सहभागिता रहने  छ ।

यो कार्यक्रमले सम्पूर्ण कतारबासी पर्वते तथा गैरहरुलाई एकै ठाउँमा भेला गर्दै रमाइलो भाईचाराको सम्बन्धको विस्तार गर्ने छ  । यस कार्यक्रमको लागि  कतार स्थित सम्पुर्ण पर्वते तथा गैर पर्वते दाज’भाइलाई  समेट्दै भेटघाट एबम रमाइलो गर्दै मनाइने  छ ।  यस कार्यक्रममा कतारमा रहेका ब्यबसायी, गैर ब्यबसायी, विशिष्ट समाजसेवी व्यक्तित्वहरु, पत्रकार तथा  संम्पुर्ण संघसस्थाहरुलाई  पनि उक्त कार्यक्रममा सहभागी भई  भब्य रुपमा सफल पारिदिनु हुन हार्दिक अनुरोध गरेको छ ।
-
भारतीय शिक्षा मन्त्रि  इरानीको नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्न आश्वासन

भारतीय शिक्षा मन्त्रि इरानीको नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्न आश्वासन

 वीरगन्ज,चैत्र ७
 नेपाल भारतको सम्बन्धलाइ झन प्रगाढ बनाउनको लागी विभिन्न भागं राख्दै भिडिया फर बोर्डर हारमोनीले भारत सरककारको केन्द्रिय मन्त्रीलाइ सोमबार दिउसो ज्ञापन पत्र दिएको छ । मिडिया फर बोर्डर हारमोनीका अध्यक्ष अमरेन्द्र तिवारी ,भारतीय जनतापार्टीका सभासद एवम हारमोनीका संरक्षक अजय निषाद र संघीय समाजवादी फोरम  पर्साका जिल्ला अध्यक्ष र हारमोनीका संरक्षक प्रदिप यादवको टोलीले नेपाल भारतको सम्बन्धलाइ जनस्तरबाट अझदरीलो बनाउको लागी भारतले नेपालमा दिदै आएको शिक्षा क्षेत्रको  सहयोगलाइ बढान मागंगर्दै भारतका केन्द्रिय मानव तथा सशांधन मन्त्री श्रीमती स्मृती इरानीलाइ ज्ञापन पत्रदिएको छ । ज्ञापन पत्रमा नेपालमा  भारतले दिदै आएको शिक्षा सहयोगको सिटक्षमता अभिबृद्धि गर्नुको साथै विभिन्न मागंहरु गरेको छ ।
नेपालका निजी विद्यालयहरुलाइ भारतीय सि वि एस शिक्षा प्रणालीसगं अनुबन्धनको लागाइने गरिएको नियमहरुलाइ उदार बनाउनुको साथै दुबै देशका विद्यार्थीहरुलाइ शैक्षिक भ्रमण तथा सिमागत रुपमा विभन्न खेलकुद प्रतीयोगीता जस्ता कार्यक्रमहरु सरकारी स्तरबाट संचालन गर्नसमेत मागं गरिएको नेता प्रदिप यादवले बताउनु भयो । बार्डर फर हारमोनीले मागंगरेको बुन्दाहरु दुबै देशको सम्बन्धलाइ प्रगाढ बनाउन कोशेढुगांको रुपमा सावित हुने आशा व्यक्त गर्दै नेपालको शिक्षा क्षेत्रको सहयोगलाइ बढाउन केन्द्रिय मन्त्री इरानीले आश्वासन दिएको नेता प्रदिप यादवले बताए । उनले निकट भबिष्यमै मन्त्री इरानीले नेपालको भ्रमण समेत गर्ने आश्वासन दिएको बताए ।

अनेसासको रंगिन काब्य उत्सब भव्यताका साथ  इजरायलमा सम्पन्न

अनेसासको रंगिन काब्य उत्सब भव्यताका साथ इजरायलमा सम्पन्न

मार्च २०
बसन्त ऋतुको आगमनसंगै मनाइने पर्व फागु पुर्णिमा ( होली ) र इजरायलमा मनाइने यस्तै प्रकृतिको रंगीन चाड ‘पुरिम’ को अवसर पारेर इजरायलको तेल अभिभमा एक भव्य साहित्यिक उत्सव यहि मार्च १९ का दिन सम्पन्न भएको छ । ‘रंगीन काव्य उत्सव’ नाम दिइएको सो साहित्यिक कार्यक्रम अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज इजरायल च्याप्टरले आयोजना गरेको हो ।

बिभिन्न चरणहरुमा सम्पन्न सो काव्य उत्सवमा गीत, संगीत, नृत्य लगायत इजरायलका श्रष्टा तथा साहित्यानुरागीहरुका काव्यवाचन प्रमुख आकर्षण रहेको थियो भने हालसम्म इजरायलमा रहेर साहित्यिक कृति या गीति संग्रह प्रकाशित गर्नु भएका श्रष्टाहरुको सम्मान, त्यसैगरी इजरायलका लागि नेपालका महामहिम राजदूतज्युको अभिनन्दन तथा अनेसास च्याप्टरको कार्यसमिति गठन लगायतका विविध साहित्यिक कार्यक्रमहरु सम्पन्न भएका थिए ।

नेपाली दुतावास इजरायलका महामहिम राजदूत श्री प्रल्हादकुमार प्रसाईको प्रमुख आतिथ्य तथा संयुक्त राष्ट्रसंघका डा. ध्रुव कोइरालाको विशेष आतिथ्य रहेको सो समारोह अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज इजरायल च्याप्टरका निवर्तमान अध्यक्ष कृष्णपक्ष थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

इजरायलका सबै संघ संस्थाहरुलाई निम्ता गरिएको सो कार्यक्रममा नेपाली दुतावास इजरायलका सहचारी भोजकुमार भट्टराई, गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलका अध्यक्ष दिपकप्रसाद ओली, इजरायली नागरिक अधिवक्ता नाइफ़ आयुब अल्दा, इजरायलस्थित अन्य साहित्यिक संस्थाहरु नेपाल मुक्तक प्रतिष्ठान इजरायलकी अध्यक्ष सुचित्रा खनियाँ र विश्व नेपाली साहित्य महासंघ इजरायलका उपाध्यक्ष दिपेन्द्र थापा, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रीय अध्यक्ष – रामशरण बानियाँ, काभ्लाओभेदकी सामाजिक सहजकर्ता तथा नारीका लागि नारीकी नीतु खतिवडा, सत्य साई सेन्टर तथा नारी आवाज इन इजरायलकी नेहा गुरुङ, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इजरायलकी अध्यक्ष लक्ष्मी अनुरागी, पर्वत सेवा समाजकी महासचिव – दिया चापागाईं तिवारी, रेडियो स्वतन्त्रका गणेश गौतम सागर, झापाली एकता समाजका अध्यक्ष भोला थापा, नेपाल इजरायल डट नेटका प्रधान सम्पादक श्रीकृष्ण भण्डारी लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा हुनुहुन्थ्यो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महामहिम राजदूत श्री प्रल्हादकुमार प्रसाई र कार्यक्रमका सभापति कृष्णपक्ष थापाबाट पानसमा दीप प्रज्वलनका साथै नेपाली राष्ट्रीय गानबाट गरिएको थियो भने कार्यक्रमको संचालन गीतकार तथा अनेसास इजरायलका कोषाध्यक्ष सुमन कार्कीले गर्नु भएको थियो । कार्यक्रममा अनेसास इजरायलका उपाध्यक्ष तथा संस्थापक सदस्य कुमार पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्मा, पुर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्टीका सदस्य ज्ञानेन्द्र गदालका साथै इजरायल च्याप्टरका संस्थापक अध्यक्ष सुनील संगमको शुभकामना संदेशसहित आरम्भ गरिएको सो कार्यक्रममा आकृति अधिकारी र पेमा लामाले आकर्षक नृत्य प्रस्तुत गर्नु भएको थियो भने हजुरी शाह कँडेल, भरत थापा असफल र गणेश गौतम सागरले गीत गाएर मिठो सांगीतिक प्रस्तुति दिनु भएको थियो ।

कविता वाचन गर्नुहुनेहरुमा कृष्ण कला वनेम, सानु खतिवडा, निता ढकाल, भोला थापा, राम ढुंगाना, नुतन भुसाल, विष्णु भट्टराई, नितु खतिवडा, सुचित्रा खानिया, निशा खनाल अर्याल, सिमा श्रेष्ठ, दिपिका भुसाल, केशु पोखरेल, सुभद्रा घिमिरे, सबिता अधिकारी घिमिरे, बिनु गुरूङ, बेलकुमारी घिमिरे, दिया तिवारी, सुरेन्द्र प्रसाई, भगवती बस्नेत, समाश्री, श्री कृष्ण भण्डारी, यश घिमिरे आफै उपस्थित भई आ आफ्ना गीत गज़ल कविता र मुक्तकहरु सुनाउनु भएको थियो भने समय अभावका कारण प्रत्यक्ष वाचन गर्न असमर्थ हुनुभएका वेदना उपाध्याय, श्रीकृष्ण अधिकारी तथा सावित्री लुइँटेल घिमिरेका रचनाहरु संचालकले पढेर सुनाउनु भएको थियो ।

इजरायलमा रहेर बिभिन्न साहित्यिक र सांगीतिक कृतिहरु प्रकाशन गर्नु भएका साहित्यकारलाई पनि यस काव्य उत्सवमा उहाँहरुको कृतिको कदरस्वरूप प्रसंशा गरिएको थियो । यसरी प्रशंसित हुनुहुने श्रष्टाहरुमा पुस्तकतर्फ – लक्ष्मी अनुरागी – (समय संयोग, किनारा), श्रीराम अधिकारी – (जल्छ मुटु भित्र भित्रै), सुचित्रा खनिया – (गोधुली गुञ्जन, मनफुल), निशा अर्याल – (जीवनलाई चियाउदा), भगवती बस्नेत – (रहर भो जिन्दगी, प्रेमदह, किनाराको मन), समाश्री – (वंशलोचन), शान्ति पाख्रिन – (निरिह समदृष्टि), बेलकुमारी घिमिरे – (नओभाएका आँखाहरु), बसु श्रेष्ठ – (प्यासी जिन्दगी ), कल्पना पौडेल जिज्ञासु – (भावनाका भेलहरु र जुन हराएको रात), विमला शर्मा ढुंगाना – (क्षितिजपारीको जुन), साबि पाठक – (चम्पाका हजार पाइला) , आर के शर्मा – (माधुर्य), सावित्रा लुइँटेल घिमिरे – (खोली बिनाको बगर), कृष्ण कला वनेम – (बिर्सिएका गीतहरु र अविश्वासको तरंग), हुनुहुन्थ्यो । त्यसै गरि सांगीतिक कृतितर्फ निता ढकाल – (भावना) , नवराज खड्का – (अनुभूति), सुमन कार्की – (तुलसा), नुतन भुषाल – (नुतन), कुमार आन्ग्दम्बे अबि – (संयोगवश), रजनी शर्मा – (तीज विशेष गीति एल्वम), रेशम छेत्री – (लोक गायक तथा संकलक ) पेमा लामा – (पेमा), इशा लावती – (पहिलो माया, परेली), अम्बेबर लिम्बू (मधुरस) हुनुहुन्थ्यो ।

संस्थाको स्थापनाकाल देखि योगदान पुर्याउदै आउनु भएका साहित्यिक व्यक्तित्वहरु नवराज आचार्य, यश घिमिरे र कुमार पौडेललाई अनेसास इजरायलका तर्फबाट विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमको अर्को चरणमा नेपाली दुतावास इजरायलका महामहिम राजदूत श्री प्रल्हादकुमार प्रसाईलाई अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजका तर्फबाट अध्यक्ष कृष्णपक्षले अभिनन्दन गर्नुका साथै इजरायलको सम्झनास्वरुप जेरुसेलम शहरको मुर्ति कुँदिएको प्रतिमा उपहार प्रदान गर्नु भएको थियो ।

प्रमुख अतिथिका तर्फबाट मन्तव्य राख्ने क्रममा राजदूत प्रसाईले कार्यक्रमको मिठो समीक्षा गर्दै काव्यवाचन गर्नेहरुको सिर्जनाको प्रशंसा गर्नु भयो । उहाँले संसार भर विस्तारित अनेसासको इतिहास लामो रहेको भन्दै इजरायलमा यस्तो प्रकृतिको कार्यक्रमको आयोजना गरिएकोमा खुसि व्यक्त गर्नु भयो ।

त्यसपछि कार्यक्रमका सभापति तथा अनेसासका निवर्तमान अध्यक्ष कृष्णपक्षले संस्थाका गतिविधिहरुको चर्चा गर्दै अनेसास इजरायल च्याप्टरको नयाँ कार्यसमितिको घोषणा गर्नुभयो । उहाँले कार्यसमितिका पदाधिकारीहरुलाई हार्दिक बधाई दिदै संस्थाको गरिमा र लक्ष्य प्राप्तिका लागि सदैव लाग्नु हुनेछ भन्ने शुभकामना पनि दिनु भयो ।

नयाँ कार्यसमितिमा अध्यक्ष – भगवती बस्नेत, उपाध्यक्ष – लक्ष्मी अनुरागी, महासचिव – निशा खनाल अर्याल, सचिव – दिपिका भुषाल, कोषाध्यक्ष – लीला रिजाल र सदस्यहरुमा सिमा श्रेष्ठ, निता ढकाल, नुतन भुषाल, दिया चापागाईं, आर के शर्मा, सुभद्रा घिमिरे, हजुरी शाह कंडेल हुनुहुन्छ । सल्लाहकारहरुमा डा. ध्रुव कोइराला, कृष्णपक्ष थापा, समाश्री, श्रीकृष्ण भण्डारी, सुवास खरेल, दिपक प्रसाद ओली, सुमन कार्की र यश घिमिरे रहनु भएको छ ।

श्रव्य दृश्य र फोटोग्राफीमा माला खनाल, नयन सापकोटाका साथै कार्यक्रम सुचारु रुपले संचालन गर्नका लागि बिपिन तामाङ्ग र भोजराज क्षेत्रीले उल्लेख्य सहयोग पुर्याउनु भएको थियो । साँझ पांच बजेसम्म संचालित सो काव्य उत्सव इजरायलको तेल अभिभस्थित सेन्ट्रल बस स्टेसनको एभेरेष्ट क्लबमा संचालन भएको थियो ।
केशव रिजालको शव्द संकलनमा घाम पानीले छुँदैन.... छिट्टै बजारमा आउँदै

केशव रिजालको शव्द संकलनमा घाम पानीले छुँदैन.... छिट्टै बजारमा आउँदै

–दीपिका भुसालनेपाली लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल सर्जक केशव रिजाल र सर्जक शिव अखेलीको संयुक्त शव्द सिर्जनामा “घाम पानीले छुँदैन...”बोलको गीत बजारमा आउन लागेको छ ।
उक्त गीतमा बसन्त थापा र जुना सृसको आवाज रहेको सर्जक केशव रिजालले जानकारी गरायका  छन  ।
पर्वत जिल्लाको पाङ गाविसमा २०४८ साल मंसिर ०७ गतेका दिन पिता रामप्रसाद रिजाल र माता विष्णुदेवी रिजालको कोखबाट जन्मिनु भएका केशव रिजाल नेपाली लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल सर्जकको नाम हो । “हिमालको काखबाट सेती बग्यो सानु....”को प्रस्तुतीसँगै सांगितिक यात्राको मेलोको थालनी गर्नु भएका रिजालले लगत्तै उनले आफ्नै रचनामा “छड्के कपाल कोरी...” र “आधा उमेर गैसक्यो माया पिरिम नलाई–२” तिज गित बजार मा ल्याई सकेका छन् । उनका गीतहरुले बजारमा राम्रो चर्चा पाएको थियो । मिठो सृजनाका धनी मानिने रिजाल को आगामी प्रस्तुती अर्का सफल सर्जक शिब अखेलिको साथमा सयुक्त शव्द सृजना मा रहेको “घाम पानीले छुँदैन नामको गित रहेको छ “बसन्त थापा र जुना सृस को आवाज रहेको उक्त गित शिब अखेली र केशब रिजाल को प्रस्तुतिमा बजारमा आउन लागेको उनले बताए ।

सहयात्री भेटेनी नयाँ कोइ
मलाइ झल्को पुरानो माया  कोइ
झलिकोले होला रोयेर आधा रात गयो
तिम्रै आसले अरु मन पराइन, माया कमि कुनै दिन गराइन” के कारणले सानु आज घात भयो ।
आचार्य डिजिटल पोखरामा रेकर्ड भएका उनका अर्का दुई गित पनि रेकर्डिङको काम अब अन्तिम चरण मा पुगेको उनी बताउँछन् ।
लोक दोहरी क्षेत्रमा मात्र नभएर आधुनिक छेत्रमा पनि उन्ले कलम चलाउन लागेको र अब छिट्टै आधुनिक गीतको पनि तयारीमा जुटेको रिजाल बताउँछन् ।
सानै देखि लोक संगीत प्रति असाध्यै रुची अनि चासो राख्ने रिजाल “बिगत मा जस्तै भविष्य मा पनि यो छेत्र मा सक्रिय रहने बाचा पनि गर्दछन् ।
रिजाल विगत ४ वर्षदेखि अमेरिका बस्दै आएका छन् ।
पर्वत सेवा समाज नेपालले वैधानिकता पायो

पर्वत सेवा समाज नेपालले वैधानिकता पायो

पर्वत, २४ फागुन ।
पर्वत जिल्लामा जन्मस्थान भई बिदेश, जिल्ला बाहिर तथा जिल्लाभित्रै बसोबास गर्ने यूवाहरुको सक्रियतामा सामाजिक सेवा गर्ने उद्धेश्यले पर्वत सेवा समाज नामक संस्थाको विधिवत शुभारम्भ गरिएको छ । पर्वतको पाङ्राङमा जन्मथलो भई हाल रोजगारको शिलशिलामा इजरायलमा रहेकी दिपिका भुषालको संयोजकत्वमा गठित संस्थाले जिल्ला प्रशासन कार्यालय पर्वत र महिला तथा समाजकल्याण मन्त्रालयमा आधिकारिक मान्यता समेत पाएको छ । 

संस्थाले विशुद्ध सामाजिक सेवा गर्नेगरि बिभिन्न मुलुकमा रोजगारीका शिलशिलामा कार्यरत पर्वतेहरुलाई एउटै मालामा उनिएर पर्वतबासीहरुका हरेक समस्यामा साथ दिने मुख्य लक्ष्य रहेको बताइएको छ । ‘सम्पूर्ण पर्बतेलिको एउटै छ नारा जन्म भुमि बिकास गर्ने हाम्रो अभिभारा’ भन्ने नाराका साथ बिशुद्ध सामाजिक सेवामा लाग्नेगरि गठित संस्थाको स्थापना गरिएको संयोजक भुषालले जानकारी दिनुभयो । 

संस्थाले सामाजिक कुरिति र अन्धविश्वासलाई निरुत्साहित गर्दै देश विकासका लागि सत्चरित्रवान समाजको निर्माण गर्ने राष्ट्रिय भावना जागृत गराई ग्रामिण क्षेत्रमा छरिएर रहेको महिला र पूरुष युवा शक्तिलाई संगठित रुपमा परिचालन  गर्ने योजना रहेको बताइएको छ । पर्वत जिल्लाको समग्र विकास गरि राष्ट्रनिर्माणका कार्यमा लगाउने बिशुद्ध उद्धेश्य राखि अघि बढ्न प्रचलित नेपाल कानुनको अधिनमा रहि संस्थागत विकास गर्ने संस्थाको उद्धेश्य रहेको बताइएको छ । त्यसका साथै रोजगारी,व्यपारव्यवसाय, अध्ययन वा अन्य शिलशिलामा प्रवासिएका पर्वतवासीहरु मर्फत पर्वत जिल्लको समग्र विकाससंगै प्राकृतिक बिपत्तीमा सहयोग, अन्याय अत्याचार र शोषणका बिरुद्धमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने लगायतका उद्धेश्य रहेको संयोकज भुषालले बताउनुभयो । त्यससंगै संस्थाले स्थानीयस्तरमा ग्रामिण उद्यमशिलतालाई समेत प्राथमिकता दिने जनाइएको छ । 

इजरायलमा रहनुभएकी भुषालको संयोजकत्वमा बसेको समाजको भेलाले बिभिन्न मुलुकमा रहेका पर्वतेलीहरुलाई संस्थामा एक–एक जना प्रतिनिधि चयन गरेको छ । जसमा कोरियाबाट इश्वर के सी, इजरायलबाट भोजराज क्षेत्री दुवइबाट  संजिव  अधिकारी, र युबराज भुसाल , मलेसियाबाट दुर्गा पोख्रेल, अमेरिकाबाट प्रभात पौडेल छन् । त्यस्तै माल्दिभ्सबाट प्रकाशभुसाल, साउदीबाट भगीरथ पोख्रेल, जर्मनबाट समिर श्रेष्ठ, बहराइबाट  सुरेश एस बी डीलाई प्रतिनिधिमा चयन गरेको छ । त्यस्तै रुशबाट रामेस्वर गौतम, भारतबाट प्रकाश पाठक, पर्चुगलबाट दिपा शर्मा, कतारबाट सक्ति क्षेत्री , र बिरेन नेपाली चयन गरिएको भेलाले जानकारी दिएको छ । त्यसैगरि हङ्कङ र लन्डन. डेनमार्क , बाट छिट्टै नै संयोजक तोकिने भेलाले निर्णय गरेको छ । 

केहि साताअघि जिल्ला प्रशासन कार्यालय पर्वतमा विधिवत रुपमा दर्ता भएको संस्थामा हालसम्म पर्वत निबासी मुना भुसाल, गणेशबहादुर क्षेत्री, अगन्धर तिवारी, शिवप्रसाद शर्मा, छबिलाल तिवारी, ओमप्रसाद घायल, गायत्री पोख्रेल, आरती रेग्मी, अच्युत तिवारी, प्रतिक्षा केसी लगायत बिभिन्न देशमा रोजगारी र अध्ययनको शिलशिलामा गएका सय भन्दा बढी आवद्ध भइसकेका छन् । संस्थाले आगामी दिनमा छिटै सामाजिक कामको औपचारिक शुभारम्भ गर्नेगरि आन्तरिक गृहकार्य भइरहेको पनि जानकारी दिएको छ ।
यसैगरी हाल सम्म संस्थामा आबद्ध सस्थागत सदस्यहरु,  बिरेन्द्र नेपाली, शक्ति क्षेत्री , दीपक बस्याल , टंक भुसाल ,धन कंडेल ,इश्वर छेत्री ,विक्रम कुवर . कृष्ण कुवर . कमल गुरुङ .स्वदेश श्रेष्ठ,अनिल क्षेत्रि , सुमन कुवर , सन्तोष गुरुङ, प्रेम कंडेल ,संजिव अधिकारि ,राम कृष्ण कंडेल . हरि बहादुर लामीछाने , युवराज भुसाल,इश्वर के सी ,दिनेश ढकाल , विक्रम कुवर , तेजेन्द्र सुबेदी , श्याम क्षेत्रि , गणेश जी सी ,मुकुन्द शर्मा , शिब क्षेत्रि , दीपक क्षेत्रि , लाल बहादुर क्षेत्रि ,गोबिन्द शर्मा , संगीता भट्टराई , चन्द्र क्षेत्रि , जय नारायण सुबेदी ,किरण श्रेष्ठ , धुर्ब जोशी ,,लक्ष्मन शर्मा ,गौतम आचर्य .सुमन केसी , अमित पौडेल, दीपिका भुसाल . राज क्षेत्रि ,डिक कुमार गुरुङ ,मिरा श्रेष्ठ ,हिमाली गुरुङ ,सुसिला भण्डारी , राधा जोशी ,जमुना गुरुङ ,इश्वोरी खड्का ,पर्बत माला केसी ,साबित्र भुसाल , जितु गुरुङ , सुजन मल्ल ,सुमित्र गुरुङ,चन्द्र पुन ,सारा गुरुङ , कल्पना गुरुङ ,तारा देवी गुरुङ , अबिलाश गिरि. दुर्गा प्रसाद श्रेष्ठ , हरि भण्डारी ,दीपक ढुंगाना ,प्रभात पौडेल ,सुन्दर हमाल,राम कृष्ण शर्मा ,कमल आचर्य ,भगीरथ पोख्रेल ,हित काजि जि सी , प्रकाश लामिछाने दुर्गा पोख्रेल, राम कृष्ण श्रेष्ठ, मुना भुसाल, गणेश बहादुर क्षेत्री ,शिब प्रसाद शर्मा, छबि तिवारी, ओम घायल, अगन्धर तिवारी, गायत्री पोख्रेल ,आरती रेग्मी,  अच्युत तिवारी. प्रतिक्षा के सी, दिपेन्द्र के सी, कृष्ण रेग्मी, प्रदीप आचार्य , प्रकाश भुसाल, डम्बर नेपाली,  नबराज पाठक,  समिर श्रेष्ठ,  गंगा भुसाल प्रकाश  भट्टराई, रामेश्वर गौतम, सुरेश एस बी डी, किशुन रेग्मी लगायत रहेका छंन् । 

पर्वत जिल्ला घर भई संसारका जुनसुकै ठाउँमा रहेपनि सो समाजमा आवद्ध भइ परोपकारी कार्यमा संलग्न हुन समाजले सबैमा आग्रह गरेको छ ।
नेपाल सहकारी संघ युएईद्वारा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी समक्ष ज्ञापनपत्र

नेपाल सहकारी संघ युएईद्वारा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी समक्ष ज्ञापनपत्र

दामोदर दाहाल, युएई।

प्रवासमा दिनानुदिन सहकारिको स्थापना हुने लहर चलिरहेको र यस्लाई ब्यवस्थित गर्नको लागि कठिनाइ भैरहेको अवस्थालाई मध्यनजर गर्दै युएईमा बिभिन्न उदेश्यमा खुलेका सहकारिको सहजिकरण गर्दै दिर्घकालिन ठोस योजना सहित अघि बढ्ने उदेश्यले युएईमा रहेका १५ ओटा भन्दा बढी बचत तथा ऋण समुहको छाता सङ्गठनका रुपमा २५ सेप्टेम्बर २०१५ मा "नेपाल सहकारी संघ युएई" स्थापना गरिएको हो ।

स्थापना पश्चात छरिएर रहेको बचत सङ्कलनलाई व्यवस्थित गर्ने र दीर्घकालीन लगानीमा प्रोत्साहन गर्ने, बचतकर्तालाई सहकारी सम्बन्धि ज्ञान प्रदानगर्ने जस्ता योजनाका साथ अघी बढीरहेको नेपाल सहकारी संघ युएईको तर्फ बाट  सह-सयोजक सुत्रमणि  दुमी  राई तथा प्रवासी हातेमालो बचत तथा ऋण सहकारी सस्थाका  निबर्तमान अध्यक्ष रामकुमार चाम्लिङले  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सस्थाका अध्यक्ष, कार्यकारी प्रमुख सहितको समुपस्थितिमा प्रबासमा गठित सहकारीहरुलाई  व्यवस्थितरुपमा लगानी गर्न अभिप्रेरित गर्न नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको सहयोगको जिज्ञासा राखेका छन।

प्रवासमा रहेका सहकारीलाई ब्यवस्थित गर्नको लागि कठिनाइ भैरहेको अवस्थालाई मध्यनजर गर्दै सबै बचत समुहहरुलाई  सहकारीको एउटै छातामुनी संगठित गर्ने र सबै बचत सस्थाको  समान उदेश्य बनाउदै  यसको दिर्घकालिन ठोस सहकारी नीति अन्तर्गत बचतमा प्रोत्साहन गर्न तथा बिशेष लगानीको योजना सहित प्रबासमा स्थापित नेपाल सहकारी संघ युएईले  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारीको कार्यालयमा पुगी सहकार्य, सहजता र दीघकालीन योजनामा सहयोग गर्न र सहकारी ऐन मार्फत सबै बचतकर्ताको लगानीलाई  सुरक्षितरूपमा लगानी गर्न पहल गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारीका अध्यक्ष श्री ऋषिराज घिमिरे, कार्यकारी प्रमुख  शिबजी सापकोटा , महासचिव पारितोश पौडेल  र आइ टि डिपार्टका प्राबिधिक राजन सुवेदी र लभ सुन्दर श्रेस्ठको समूपस्थितिमा ज्ञापनपत्र बुझाएको छ ।

उक्त ज्ञापनपत्र पछी प्रवासमा सन्चालन भएको सहकारी र यस्को भविष्य माथि समसामयिक बिषयमा छ्लफल गर्दै  प्रवासमा सन्चालन भएका सहकारीहरुलाई संस्थागत गर्न र अन्य संस्थाहरुलाई पनि आवश्यक पर्ने सहयोग गर्न केन्द्रीय सहकारी संघ तयार रहेको संघका अध्यक्ष ऋषि राज घिमिरेले बताउनु भयो ।
रक्सौलमा कपडा बैकको उद्घाटन

रक्सौलमा कपडा बैकको उद्घाटन

सन्तोष पटेल
 वीरगंज,फागुन १८
सिमावर्ती शहर रक्सौलमा आज एक कार्यक्रमको बिच कपडा बैंकको उद्घाटन गरिएको छ । ईण्डो नेपाल चेम्बर अफ कर्मश एवं आर्य समाज रक्सौलको संयुक्त पहलमा सुरु गरिएको बैंकको अनुमण्डल पदाधिकारी श्री प्रकास र एस.एस.बि का डिएसपी राकेश कुमारले संयुक्त रुपमा उदघाटन गरेका थिए । भारत बिहार राज्यको रक्सौलमा  स्थापित सो बैंकले  स्थानिय व्यापारी र समाजसेवीहरुबाट   नयाँ तथा पुराना कपडा संकल्न गरी हरके मंगलबार निशुल्क कपडा  बितरण गर्ने लक्ष्य लिएको इन्डो नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजकुमार गुप्ताले  बताए ।
 उदघाटन समारोहमा ईण्डो नेपालका सचिव हरीओम सर्राफ,कृष्णा प्रसाद,सदभावना पार्टीका केन्द्रिय सहमहामन्त्री अधिवक्ता सुरेन्द्र कुर्मी, केन्द्रिय सदस्य निजामुदिन समानी, पुर्वराज्यमन्त्री करिमा वेगम,ईन्डो नेपाल चेमबर अफ कर्मशका नेपाल प्रमुख मुकेश सरावगी,उपाध्यक्ष संजय रौनियार,नेपाल सदभावाना पार्टीका केन्द्रिय सदस्य अनिरुद्ध सिंह,महिला मंचका उपाध्यक्ष मुनी श्रीवास्तव,पर्सा जिल्ला सहकोषाध्यक्ष भरत सर्राफ,महिला नेतृद्वव उषा श्रीवास्तव,अनिता यादव, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल लगायतको सहभागिता रहेको थियो ।

इजरायलमा मेरो सोल्टी  पर्दशनको तयारि

इजरायलमा मेरो सोल्टी पर्दशनको तयारि

इजरायल
२५ फेब्रुअरी २०१६ | तमु समाज ,इजरायलको आयोजनमा दिपक घोताने गुरुङ  द्वारा  निर्मित  चलचित्र “मेरो सोल्टी” यहि  आउँदो ११ मार्च २०१६ (शुक्रबार) तेलअविव स्थित यशोदमाला स्ट्रीट – २० मा रहेको हलमा प्रदर्शन हुने भएको  छ |

तनहु जिल्ला स्थित  पन्च ज्योति प्राथमिक बिद्यालय क्यामिन -९ ,पाचथरमा अध्यनरत अत्यन्तै गरिब तथा जेहेन्दार छात्रछात्राहरु आर्थिक अभाबका कारण स्टेसनरी सामग्री जुटाउन नसकी बिद्यालय आउन र दैनिक पढाईमा निरन्तरता दिन नसकेको हुदा बिद्यालय जान प्रेरित गर्नको निमित आर्थिक सहयोगको गर्ने  उद्धेश्य रहेको संस्था द्वारा  जनाएको छ  |

सम्पूर्ण सहयोगी मनहरुलाई उक्त चलचित्र ‘मेरो सोल्टी’  हेरी मनोरंजन लिनको निमित्त  इजरायलवासी दिदीबहिनी तथा दाजुभाइहरुमा गरिमामय उपस्थितिको लागि तमु समाज इजरायल परिवारले  हार्दिक निमन्त्रणा गरेको छ  |
भारतमा नेपाली झण्डाको अपमान हुँदा प्रधानमन्त्री केपी ओली मख्ख

भारतमा नेपाली झण्डाको अपमान हुँदा प्रधानमन्त्री केपी ओली मख्ख

वीरगंज डेस्क
फागुन ११ गते ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री खड्ग प्रसाद अर्थात केपी ओलीलाई सम्मन गर्दै मख्ख पारेको भारतलाई सिंगो नेपाल र नेपालीको भावनालाई लत्याएको छ ।

प्रधानमन्त्री ओलीलाई भारतले राजकीय सम्मान गरिरहँदा त्यहाँ प्रधानमन्त्री ओलीको गृह प्रदेश गुजरातका विभिन्न ठाउँमा झुण्डयाइएको नेपालको चन्द्र सूर्यअंकीत त्रिकोणात्मक राष्ट्रिय झण्डाको सट्टा चारपाटे रातो कपडामा चन्द्र सूर्य अंकित झण्डा बनाइ नेपालको राष्ट्रिय स्वाधिनताको धज्जी उडाएको छ ।


यति हुँदा पनि भ्रमण दलमा रहेका संघीय गणतन्त्र नेपालका प्रधानमन्त्रीलाई केपी ओली लगायत कुनै पनि राष्ट्रिय निकायका पदाधिकारीको आँखामा यो बेइज्जति पर्न गएन ।संघीय गणतन्त्र नेपालका प्रधानमन्त्रीलाई आफ्नो देश र राष्ट्रिय बेइज्जतले कुनै असर गरेन । उनी मख्ख भएर सम्मान थापिरहे ।

प्रस्तुत छ यही सन्दर्भमा अनलाइनखबर नयाँ पेजले प्रकाशन गरेको सामग्री......


काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतको नाममा  भारतले नेपाली झण्डाको अपमान गरेको छ ।
मंगलबार गुजरात राज्यमा ओलीको स्वागतका लागि बाटो छेउमा राखिएको भारत र नेपाली झण्डामा नेपालको तीन कुने झण्डा नराखेर भारतको जस्तै आकारको झण्डामा चन्द्र र सूर्यको चिन्ह मात्र राखिएको छ ।
भारत भ्रमणको पाँचौ दिन ओली गुजरातका विभिन्न भागको अवलोक गर्न  गुजरात राज्यमा पुगेका हुन् । ओलीलाई गुजरातका गभर्नर ओपी कोह्लीले भुज विमानस्थलमा स्वागत तथा अभिवादन गरेका थिए । भारतको गुजरात मोदीले राजनीतिक उठान गरेको क्षेत्र हो । गुजरातलाई भारतको विकासको केन्द्र समेत मानिन्छ । मोदीकै सक्रियता र आग्रहमा ओली गुजरात पुगेका हुन् । तर, ओलीको सम्मानमा राखिएको नेपाली झण्डाको अपमान भएको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भएको छ ।
ओली मंगलबार गुजरात राज्यमा भूकम्पबाट क्षतिग्रस्त संरचना, पुननिर्माण र पीडितको अवस्था बुझ्न र पुनस्थापनाको नयाँ मोडलको अवलोकन गर्न पुगेका हुन् । ओलीले गुजराको रेगेन्ता रिसोर्टको कार्यक्रममा सहभागिता जनाएका छन् । गुजरातमा पुगेका ओलीले भूकम्पपछि पुनस्थापना भएका बस्तीको अवलोकन समेत गरेका छन् । ओली गुजरात पछि मुम्बई पुग्दै छन् । ओलीले मुम्बईमा बलिउड कलाकारसँग भेटघाट गर्ने कार्यतालिका रहेको नेपाली दूतावासले जनाएको छ ।
नेपाली झण्डाको वास्तविकता
नेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो । नेपाली राष्ट्रिय झण्डामा माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सूर्य छ  ।  जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहिरहने  कुरालाई जनाउछ । नीलो किनारा शान्तिको प्रतिक हो र सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो ।
नेपालको संविधान २०७२को राष्ट्रिय झण्डासम्बन्धी धारा ८ मा राष्ट्रिय झण्डाबारे प्रष्ट पारिएको छ । धारा ८ मा भनिएको छ,  ‘सिम्रिक रङ्गको भुइँ र गाढा नीलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको झन्डा नेपालको राष्ट्रिय झन्डा हो ।’

नेपालको राष्ट्रिय झण्डा बनाउने तरिका
(क) किनाराभित्रको आकार बनाउने तरिका
(१) एउटा सिम्रिक रंगको रातो कपडामा तल्लो भागमा चाहिएको जति
लम्बाइको रेखा बायाँबाट दाहिनेतिर खिच्ने र यसलाई क ख नाम
राख्ने ।
(२) क बाट सीधा माथि ग सम्म क ख को लम्बाई जतिमा क ख कै
तृतीयांश थप्दा जति हुन्छ त्यति लामो हुने गरी क ग रेखा खिच्ने ।
क ग मा क बाट क ख को लम्बाइ जति लिई घ चिनो लगाउने ।
ख र घ जोड्ने ।
(३) ख घ रेखामा ख बाट क ख जति लिई ङ चिनो लाउने ।
(४) ङ हुँदै क ख को समानान्तर पारेर क ग मा पर्ने बिन्दु च बाट शुरु
गरी दाहिनेतिर छ सम्म क ख को लम्बाइ जति रेखा खिच्ने ।
(५) ग र छ लाई जोड्ने ।
(ख) चन्द्र बनाउने तरीका
(६) क ख को चतुर्थांश जति क बाट दाहिनेमा ज चिनो लाउने र
त्यहाँबाट माथि क ग को समानान्तर पारेर ग छ लाई झ मा छुने
रेखा खिच्ने ।
(७) ग च को आधा ञ बाट क ख को समानान्तर पारेर रेखा दायाँतिर
खिची ग छ लाई ट मा छुने ।
(८) ञ ट र ज झ रेखा काटिएको ठाउँमा ठ चिनो राख्ने ।
(९) ञ र छ जोड्ने ।
(१०) ञ छ र ज झ काटिएको बिन्दुमा ड चिनो लाउने ।
(११) ड लाई केन्द्र मानी ख घ रेखालाई न्यूनतम अन्तर पर्ने गरी स्पर्श
गर्दा हुने जति दूरी पर्ने गरी ज झ रेखाको तल्लो भागमा ढ चिनो
लगाउने ।
(१२) ड मा छोई क ख को समानान्तर रेखा बायाँबाट दायाँतिर खिच्ने र
यसले क ग लाई छोएको बिन्दुको नाम ण राख्ने ।
(१३) ठ केन्द्र लिएर ठ ढ व्यासाद्र्धले तल्लो भागमा वृत्त खण्ड खिच्ने र ण
ड बाट गएको रेखालाई यसले छोएको दुवै ठाउँमा क्रमशः त र थ
नाम राख्ने ।
(१४) ड लाई केन्द्र मानी ड थ व्यासाद्र्धले तल्लो भागमा अर्ध वृत्ताकार त
थ लाई छुने गरी खिच्ने ।
(१५) ढ केन्द्र मानी ढ ड को व्यासाद्र्धले त ढ थ वृत्त खण्डको दुवैतर्फ
छुने गरी वृत्त खण्ड खिच्ने र यसले त ढ थ लाई छोएको
विन्दुहरूको नाम क्रमशः द र ध राख्ने । द ध लाई जोड्ने । द ढ र
ज झ काटिएको विन्दुको नाम न राख्ने ।
सामाजिक सञ्जालमा झण्डा बहस
पत्रकार देवेन्द्र भटटराईले ट्वीटरमा उक्त झण्डाको तस्बिर सार्वजनिक भएपछि भारतले नेपाली झण्डाको अपमान गरेको भन्दै बहस सुरु गरेका छन् । भट्टराईले पोष्ट गरेको ट्वीटमा भनेका छन्, ‘होइन, हाम्रो रातो र चन्द्र सूर्य झण्डाको आकारप्रकार यस्तो हो र ?’



गुजरातका राज्यमा नेपाली झण्डाको आकार फरक बनाइए पनि दिल्लीका सडकमा भने त्रिकोणत्मक नै नेपाली झण्डा फहराइएको छ ।  पत्रकार उमेश श्रेष्ठले ट्वीटरमा पोष्ट गरेको तस्बिरमा भने वास्तविक नेपाली झण्डा देख्न सकिन्छ ।


प्रम ओली भ्रमणको समाचार भारतीय मिडियाद्वारा बहिष्कार

प्रम ओली भ्रमणको समाचार भारतीय मिडियाद्वारा बहिष्कार

काठमाडौं, ८ फागुन । राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता मात्र गरेनन्, ९ बुँदे सम्झौता पनि गरे । भारतीय सेनाले गार्ड अफ अनर पनि प्रधानमन्त्री ओलीलाई दियो । तर भारतीय सञ्चार माध्यमले भने प्रधनमन्त्री ओलीको राजकीय भ्रमणलाई चासोको बिषय बनाएनन् ।
महात्मगान्धीको शालिकमा माल्यारपन देखि देशका प्रधानमन्त्रीले हैदरावाद निवासमा संयुक्त पत्रकार सम्मेलन पनि गरे । अपरान्न भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेट पनि भयो । यी सवै बिषयले भारतीय सञ्चार माध्यममा स्थान पाएन ।
अमेरिकी राष्टपति बाराक ओवामा र चीनिया राष्टपति भारत भ्रमण गर्दा भारतीय सञ्चार माध्यमले ठुलो स्थान दिएका थिए । तर नेपालका प्रधानमन्त्री ओलीको राजकीय भ्रमणलाई भारतीय टेलिभिजन, अनलाइन कुनैको पनि प्राथमिकता परेको छैन ।

दुई देशका प्रधानमन्त्रीले गरेको पत्रकार सम्मेलनको समेत समाचार भारतीय सञ्चार माध्यमले बनाएका छैनन् । प्रधानमन्त्री ओलीको भ्रमणको समाचार बष्किार गरेजस्तै केही अनसाइनले सानो फोटो र छोटो समाचार बनाए पनि ठुला मिडियाले भने ब्लक आउट नै गरेका छन् ।
श्रोतःएस काठमाण्डू
नमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा इजरायलमा गिरीको नेतृत्व

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा इजरायलमा गिरीको नेतृत्व

मनोरञ्जन, परोपकार र लगानी क्षेत्रको पहिचानको अभियान बोकेर विगत करिव २ बर्ष अघि स्थापना गरिएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको शाखा इजरायलको नेतृत्वमा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय गणेश गिरी चयन भएका छन् ।

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा इजरायलको गत १२ फेब्रुअरी शुक्रवार भएको दोस्रो भेलाले गिरीको अध्यक्षतामा २ वटा पद रिक्त राखी निर्विरोध १७ सदस्यिय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सोम प्रसाद चौलागाईलाई चयन गरेको छ भने सचिवमा माया खनाल चयन भएकी छिन । त्यस्तै संस्थाको सहसचिवको जिम्मेवारी सुर्य राना मगरलाई दिइएको छ भने कोषाध्यक्षको जिम्मेवारी सुजाता गौतमलाई दिइएको छ । त्यस्तै संस्थाका सदस्यहरुमा सृजना अधिकारी, अर्जुन पौडेल, सिन्धु पौडेल, ज्ञानेन्द्र लामिछाने, डम्मर गुरुड्ग, लक्ष्मी थापा, युवराज वास्तोला, कृष्ण प्रसाद सापकोटा, चिनु सुबेदी र रुपा राउत चयन भएका छन् ।

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा इजरायलकी अध्यक्ष सरस्वती खनालको सभापतित्व तथा नेपाली महामहिम राजदूत प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथ्यमा विविध संड्गीतीक मनोरन्जनात्मक कार्यक्रमको साथमा रात्री भोजको व्यवस्था सहित तेलअभिवको यसोधामाला मार्ग २० स्थित एउटा हलमा आयोजना गरिएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुदै महामहिम राजदूत प्रल्हाद कुमार प्रसाईले संस्थाले गरेको सामाजिक कामको प्रशंसा गर्नुहुदै  संस्थाको निरन्तर उन्नती र प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै शुभकामना मन्तव्यको क्रममा एनआरएन एनसिसी अध्यक्ष दिपक प्रसाद ओलीले प्रवासमा रहेका सहयोगी मनहरुलाई एकतावद्ध गरी स्वदेशमा रहेका दुःखी, गरिव असहाय दिनदुखीहरुको घाउमा मल्हम लगाउने  सह्रानिय कार्यको मुक्त कण्ठले प्रशँसा गर्दै संस्थाले गर्दै आइरहेका कार्यहरुमा एनआरएनको पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

त्यस्तै हेल्पीड्ग हटर्स सोसाइटीका केन्दीय अधक्ष्य कृष्ण ज्ञावली ज्युले सामाजिक क्षेत्रमा सबै मिलेर अगाडी बढ्नु पर्ने कुरामा जोड़ दिदै आगामी दिनमा अझै बिश्वासको बातावरण सृजना गरी हरेक काममा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले सबैलाई समेटेर लैजानु पर्ने कुरामा जोड दिनु भयो ।

शुभकामना मन्तव्यको क्रममा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रिय अध्यक्ष रामशरण बानियांले संस्थाको लक्ष्य र उदेश्य साथै भावी योजनाको वारेमा प्रष्ट पार्दै नमस्ते नेपाल परोपकार अक्षयकोष ५० लाख पुगेको जानकारी गराउनु भएको थियो । उहांले करिब सबा करोड़को लागतमा निर्माण गरिन लागेको नमस्ते नेपालको केन्द्रीय कार्यलयको सन् २०१६ को अन्त सम्ममा विधिवत शिलान्यास गरिने बताउनुभएको थियो ।

कार्यक्रममा संस्थाको शाखा इजरायलकी अध्यक्ष सरस्वती खनालले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा स्थानिय गायिका लक्ष्मी गर्तौला गायक रियाज शिवाकोटीको समधुर स्वरमा सजिएका गीतहरु प्रस्तुत गरिएका थिए भने  कलाकारहरु मोनिका शर्मा, अनिता आचार्य, सृजना अधिकारी, सम्झना पन्त, सू्र्य राना मगर  र रुपा राउतले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।  त्यस्तै कार्यक्रममा संस्थाका कलाकारहरु  टीमले सन्देस मुलक नाटक “राहात” सहीत विविध मनोरन्जानात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए ।
तिन भागमा बिभाजन गरी संचालन गरिएको उक्त भेलाले निर्वाचन समितीमा नवराज खड्का, दिपक ओली, बिशाल ज्ञावली र रामशरण बानियालाई ज़िम्मा दिएको थियो। सो समितीले पुरानो समितीलाई विघटन गरी नयां समिती चयन गर्दै भेलालाई समापन गरिएको थियो ।

कार्यक्रममको समापन गर्दै सभापति सरस्वती खनालले कार्यक्रम सम्पन्न गर्न दिलो ज्यानले लागि पर्नुहुने संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुप्रति हार्दिक धन्यवाद प्रकट गर्द नमस्ते नेपालको निमन्त्रणालाई स्विकारी कार्यक्रममा पाल्नुहुने राजदूत प्रसाई, द्वितिय सचिव  आस्था सुव्वा, उहाँका श्रीमान, विभिन्न संघ संस्थाका प्रतिनिधहरु लगायत सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो ।

श्रोतःएन आइ न्यूज इजरायल