Showing posts with label बहश. Show all posts
Showing posts with label बहश. Show all posts
संगीतको क्षेत्र सगरमाथा चढेभन्दा कम संघर्षशील छैनः गायक कृष्ण काफ्ले

संगीतको क्षेत्र सगरमाथा चढेभन्दा कम संघर्षशील छैनः गायक कृष्ण काफ्ले

गीत–संगीत भनेपछि सबैको मन फुरुङ्ग हुन्छ । यो क्षेत्रमा लाग्नेहरुको संख्या कम छैन बजारमा । फरक यत्ति हो कोही सफल हुन्छन्, कोही असफल । यस्तै प्रतिस्पर्धाको बाजारमा पनि आफ्नो सुरिलो आवाज मार्फत श्रोताहरुको मन मुटुमा बस्न सफल गायक हुन् स्याङ्जाको रापाकोट ९ निवासी आमा फुलमाया काफ्ले र बुवा केशव प्रसाद काफ्लेका कोखबाट जन्मेका गायक कृष्ण काफ्ले । सुरिलो आवाजसँगै हँसिलो मुहार र मिजासिलोपनले सबैको मन जितेका उनले दर्जनौं भन्दा बढी गीतमा आफ्नो आवाज दिई सकेका छन् । उनले गजल र आधुनिक गीतमा आफ्नो स्वर बढी दिदै आहिरहेका छन् । साथै नेपाली फिल्म क्षेत्रमा समेत आफ्ना आवाज दिई सकेका, उनका गीतले हिजो आज नेपाली फिल्म क्षेत्रलाई समेत अझै प्रभावकारी बनाउँदै आएको छ । विश्वकै कान्छो निर्देशकले निर्देशन गरेको “लव यु बाबा”मा रहेको “मेरो मुटुको टुक्रा तिमी मेरो जीवनको सहारा हौ” भन्ने बोलको गीत श्रोताहरुले औधी रुचाएका थिए । र यति बेला “काफ्लेको मेरो पिक्चर हिट” भन्ने बोलको गीतले पनि चर्चाको शिखर चुमिरहेको छ ।
गिनिज बुक अर्फ वर्ल्ड रेकर्ड राख्न पाउदा सबै भन्दा सुखद र खुशीको क्षण बाताउने उनले संगीत माध्यमबाट श्रोताहरुको मन जित्दै अरु थुप्रै उपाधीहरु समेत हात पार्न सफल भएका छन् । मिहेनत, लगनशीलता र धैर्यता गीत संगीतमा मात्र नभई हरेक क्षेत्रमा अवश्यक रहन्छ भन्ने भावना भएका काफ्ले । हिजो आज स्टेज प्रोग्रामको लागी देश विदेशमा पुग्दै नेपाली संगीत प्रेमीहरुलाई संगीत मार्फत जनचेतना र मनोरंजन हुने किसिमका प्रस्तुती दिंदै आहिरहेका व्यस्त गायक हुन् ।

इन्डियन गायक सोनु निगम, अजित सिंहका ठूला फ्यान समेत रहेका काफ्ले नेपाली गीत संगीत बाजारका एक व्यस्त गायक समेत हुन् । उनै काफ्लेले छोटो वार्तालाप मार्फत अफ्नो सांगितिक यात्रा, यस क्षेत्रका चुनौती र अवसरकाबारेमा क्राइम चेक साप्ताहिक पत्रिकाको लागि दीपिका भुसालसमक्ष यसरी प्रस्तुत भए.....
 
कृष्णजी नमस्ते, साथै स्वागत छ
– नमस्ते, धन्यवाद ।
तपाईको प्रेरणाको श्रोत के हो ?
– मेरा घरपरिवार र साथीभाईहरु ।
– संगीत कोसँग सिक्दै हुनुहुन्छ ?
– म मेरा श्रद्धेय गुरु चण्डिप्रसाद काफ्लेसँग सिक्दै छु ।
संगीतमा लागेर बाँच्न सकिन्छ ? कतिको गाह्रो छ यो क्षेत्रमा लागेर जीवन जिउनको लागी ?
– आजको भोली नै थुप्रै पैसा कमाएर काठमाडौंमा घर बनाउन त सम्भव छैन तर अथक परिश्रम साधना र धैर्यता गर्न सकियो भने अवश्य बाँच्न सकिन्छ ।
पारिश्रमिकमा कत्तिको ठगिनु हुन्छ ?
– मेहनत गरे अनुसार पारीश्रमिक कमी भएको महशुस अवश्य हुन्छ ।
एल्बम निकाल्ने सोचमा हुनुहुन्छ ?
– गीत संगीतको अवस्था बुझेर एल्बमका साथ प्रस्तुत हुने सोचमा छु ।
तपाईंको चर्चामा रहेका गीतहरु ?
१. माया बस्यो जुनेली रातैमा (एल्वम पहिरो)
२. फूलजस्तो रुप तिम्रो ।
३. खाएको कसम फिर्ता ।
४. मेरो मुटुको टुक्रा तिमी ।
५. दुनियाँ सारा बिर्सेर ।
६. पावरफुल वैंशको झट्काले (चलचित्र दवावको टाइटल गीत)
७. यो जुनीमा तिम्रो मान्छे ।
८. तिमीलाई आफ्नो बनाउने ।
९. पिएको छु यो साँझमा
१०. आँसुमा डुबाउन्न भन्थ्यौ
११. आकाशका तारा झारी दिन्छु भन्दिन म
सुरुमा मेरो आवाजमा रेकर्ड भएको गीत दिपक भट्टको शब्द आफ्नै संगीतमा आँसुमा डुवाउन्न भन्थ्यौ बोलको गीत २०६५ सालमा ।
संगीतमा क्षेत्रमा प्रवेश कहिले गर्नु भयो ?
– गीतहरु सानैदेखी गुन्गुनाए पनि औपचारीक रुपमा २०६५ देखि प्रवेश गरेको हुँ ।
संगीत नै किन रोज्नु भयो ?
– जब मैले होस् सम्हाले त्यसैबेला देखि म भित्र एउटा संगीत प्रतिको मोह पाएँ । त्यसैले म यो क्षेत्रमा प्रवेश गरेको हुँ ।
कतिवटा गीत रेकर्ड भए ?
– चलचित्र आधुनिक, पप, लोक पप, देशभक्ति लगायतका सबै विधाका गीतहरु गरी दर्जनौ भन्दा माथि मेरो आवाजमा रेकर्ड भैसकेका छन् ।
संगीत क्षेत्र कतिको संघर्षको हो ?
– यो क्षेत्र एकदमै धेरै संघर्षको क्षेत्र हो । यहाँ प्रतिभा भएका व्यक्तिहरु पनि आर्थिक अभावमा पछि पर्छन् । र पैसा भएका व्यक्तिहरु पैसाको भरमा अगाडी बढ्छन्, लाग्छ संगीतको क्षेत्र सगरमाथा चढेभन्दा कम संघर्षशील छैन ।
संगीत के हो ? 
– संगीत एउटा यस्तो चिज हो जसबाट मान्छे त के पशु पनि मुग्ध रहन्छन् । समाजमा सकारात्मक परिवर्तन ल्याउने एउटा गतिलो कशी हो ।
नयाँलाई संगीतको क्षेत्र कतिको गाह्रो छ, कि छैन ?
– जुनै क्षेत्रमा पनि नयाँलाई गाह्रो त भै हाल्छ । अरु जस्तै यो क्षेत्रमा पनि एकदमै गाह्रो छ । नयाँ भएपछि राम्रो Quality भएपनि मान्छेहरुले नपत्याउने भएकोले यो क्षेत्रमा संघर्ष गर्न नयाँलाई एकदमै गाह्रो छ ।
मन परेको गायक र संगीतकार को ?
– मनपरेको संगीतकार र गायक भन्नु पर्दा प्राय: सबै गायक र संगीतकारलाई मैले सुन्ने गर्छु । सबै किसिमका गीतहरु सुन्ने र गाउने भएकोले मलाई सबै Patron का संगीतकार, गायकहरु मन पर्छन्, तर पनि मन पर्ने गायक भन्नु पर्दा नेपालको हकमा नारायण गोपाल, भक्तराज, र दिप श्रेष्ठ इण्डियाको हकमा सोनु निगम मेरो दिलमै बस्न सफल गायक हुनुहुन्छ ।
सबै भन्दा बढी खुशी अहिलेसम्म के मा पाउनु भयो ?
८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र “लव यू बाबा” जुन विश्वको कान्छो निर्देशकले बनाएको चलचित्र भनि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स्मा रेकर्ड राख्न सफल भयो । जसले गिनिज बुक अफ वल्र्ड रेकर्ड पार्टी सिपेन्टको रुपमा प्लेब्याक सिंगरको हकमा प्रमाण पत्र पाएका छन् । जुन चलचित्रको टाईटल गीत (मेरो मुटुको टुक्रा तिमी) कृष्ण काफ्लेको आवाजमा रहेको थियो ।
अन्त्यमा तपाईलाई मन पर्ने कुराहरु ?
आफू फ्रि भएको टाईममा कुनै कार्यक्रमहरुमा सहभागी हुन पाउँदा मलाई धेरै खुशी लाग्ने र त्यसैमा म रमाउने गर्छु ।

प्रकाशन मितिः २०७३ असार १६ गते विहीबार
संवेदनामा सेल्फीको सहवास किन....?

संवेदनामा सेल्फीको सहवास किन....?

–प्रशान्त महासागर

नेपालमा नेपाली समाजको सोच देखेर मरेको मान्छे पनि आत्तिएको अवस्था छ । र सुख सुविधामा रम्ने प्रयासरत जमातहरु देख्दा मरे भने पनि नेपाल मै जन्मिन पाउँ भन्ने निवेदनहरु यमजीमा पेश भएको सुनिंदा आखिर नेपालमा के छ भनि स्वयम् यमजी पनि खोजमा निस्केको छ भन्ने सन्दर्भका कुराहरु मनमा खेलिंदा जोकोहीलाई मृत्युबाट डर लाग्नु स्वाभाविक नै हो । हुन त मृत्यु मुक्ति हो तैपनि काम, क्रोध, रिस, राग आदीसँग कोही पनि छुट्टिन नचाहेकै अवस्था नेपालमा हुनुलाई पूरै सृष्टि चकित हुनु नै हो । जन्म छ त मृत्यु त्यसको शुरुवातको कार्य हो बुझ्नु नितान्त आवश्यक रहेकोमा सबैले बिर्सिनु नै जाति ठानेका छन् र नेपालमा नेपालीहरुले नयाँ नयाँ पाप उत्पादन त नभनौं भोग चलनमा चाहिं अवश्य ल्याएका छन् जसमा एक सेल्फी त अर्को विचार जसको सन्दर्भ हिजोको दिनसँग जोड्न म चाहन्छु ।

जहाँ एक सन्त मानिने प्रधानमन्त्रीज्यूको दाह संस्कार हुँदै थियो त मलामी उपस्थिति मान्यजन प्राणीहरु सेल्फी खिच्नमा व्यस्त थिए भने फोटो पत्रकारीता चल्नु कुनै ठूलो कुरा होईन जुन कसैको पेशा हुन् भने कसैको रहरवाजी पनि हुन् । प्रविधिले मनुष्यको जीवन सुखमय होस् भन्नुको अर्थ कुनै संवेदनासँग नै सहवास गरी आफ्नो तृप्तता पूरा गर्नु कहाँसम्मको न्यायोचित तर्क हो जुन मैले बुझ्न सकिरहेको छैन । हुन त मनुष्य चेतनशील प्राणी पनि हुन भनी व्याख्या र विश्लेषणहरु धेरै ठाउँमा गरिएका छन् तैपनि किन हो भन्ने प्रश्नहरु मनुष्यमै आएर अड्किने देखिंदा एउटा शंका मलाई आफुमाथि पनि लाग्ने गरेको मैले महशुस गरेको छु के म साँच्चिकै मनुष्यहुँ र ? त्यस्तो मनुष्य हुन के साँच्चिकै सेल्फी खिच्नु नै पर्ने थियो र ? कुरा साधारण छ तर विचारवानले त्यसलाई कुलो पनि बनाउँछन् भन्ने सुनेको छु शायद सेल्फीको पनि यो जमानामा यस्तै अर्थ पो निस्किने हो कि...? हुन त सेल्फी नेपालले बनाएको होईन मात्र प्रयोग माल्याएका हुन् साँच्चिकै बनाउने सक्ने अवस्था नेपालीहरु रहेको खण्डमा शायद सेल्फीको अर्थ पनि अर्कै हुने हो कि...?

र अर्को विचारको खेती, शरीर मरेपछि न त्यो प्रधानको हुन्छ न त कुनैको नै । शरीरमा आत्माशक्तिले राज्य गर्न छोडे पछि त्यो कुनै वस्तु भन्दा बेसिं मूल्यवान हुँदैन भनेर शास्त्रहरु चिच्याउँछन् र भनिन्छ पिण्ड दान मन शान्त गर्ने दान मात्र हो त्यसले कुनै पितृको इच्छा पूरा हुँदैन भनेर शास्त्रहरुमा व्याख्या गरिएका छन् जसलाई धेरैले धेरैको माध्यमबाट सुनेका, बुझेका छन् तैपनि मानवीय प्रवृत्ति जसमा धेरै स्वाङ्गहरु देख्न र सुन्न पाईन्छ त्यसकै अनुरुपका कार्यहरु नै हुन् मृत्यु पछिका अनेकौं संस्कारहरु जसमा समय र पैसाको कुनै मूल्य हुँदैन भने अर्को विचारले त्यस मृत्युबाट पैसा कमाउने कार्य गरिरहेका हुन्छन् यो मेरो विरोध होईन दायित्व मनुष्यले बिर्सिदै गएको खण्डमा उठाईएको कुरा मात्र हुन् । मनुष्य मर्छ तर कुरा र अर्थ अर्कै भनी यहाँ व्याख्या हुन्छ आखिर ती त्यस्ता कुराहरु किन ? आज मिति २०७२ साल माघ २८ गतेमा उल्लेख भए अनुसार एकातिर अवसर र उन्नतिका मार्गहरु पहिचानकै आधारमा माग्ने अर्कोतिर बोक्सीको आरोप लगाई मान्छे जलाउने काम किन हुन्छ ? किन सधैं नेपाली समाजमा मानवीय आचरणकै मात्र हत्या हुन्छ ? त्यस्तै उमेरको हिसावले सम्मानीय सन्त प्रधानमन्त्री ज्यू कालगतिले नै मरेको हो भन्ने ठहर हुँदापनि सामान्य कुनै निशानीलाई जुन मृत्यु पछि देखिएको भनेर भ्रम या कुनै स्वार्थबाट हत्या हो भन्न कोही किन अग्रसर हुन्छ र नेपालमा लाश माथि नै राजनीति गर्ने कामहरुमा मिडियाहरु किन लागी परेका छन कि नेपालमा पत्रकारिताको अर्थ नै त्यो हो ? बोली र विचारले गर्ने खेतीहरु त्यस्तै रहिरहन्छन् भने उत्पादनहरु लाशसँगै सेल्फी खिच्ने, संवेदनासँगै सहवासको मनस्थिति नेपालीहरुको रहिरहन्छन् नै । त्यसैले स्वच्छ र सफा राजनीति हुन दिनलाई भएपनि कलम र मसिको अर्थलाई अशुद्ध नपारि दिनहुन सबैमा अनुरोध गर्न चाहन्छु ।

र मृत्यु पछि कसैमाथि दोष थुपार्नु पनि बाँच्नेहरुको कमजोरी या मूर्खता नै हो म भन्न चाहन्छु किनभने जीवनको कार्य अनि दोष मृत्युपछिको यात्रालाई दिएर हामीले हामीसँग भएको क्षमतामा ह्रास खोज्नु नै हो । त्यस्ता कुराहरुले, आलोचनाहरुले कुनै सिन्को पनि भाँचिने छैन भने त्यो सिन्को कुनै केहीमा प्रयोग पनि हुँदैन । त्यसैले कस्ले के गरे नखोजीकन मैले के गरें भने के हुँदै जानेछन त्यो नै सोचौं र हरेक त्यो आत्माशक्तिले जीवनकालको यात्रामा गरिएका, भोगिएका कार्यहरुको परिणाम भोग्नु नै पर्छ चाहे त्यो सन्त होस् चाहे माहात्मा नै किन नहोस् लेखिएको मेटिदैन भन्ने सबैलाई थाहा भएकै कुरा हो भने नेपालमै यमजी खोजकर्ता हुनुको अर्थ जबसम्म रहन्छन् नेपालीहरुले जुनसुकै रणनीति वा भाषा वा व्यवहार लागू गरेर हक र पहिचान लिएपनि कार्यन्वयन बोक्सी भन्दै जलाउनु जस्तै मात्र हुन्छ । आज आम नेपाली सबै बोक्सी भईसकेको अवस्था छ । 

सबैलाई सबैको रगतको गन्ध मिठो हुन थालेको अवस्था छ । यहाँ कसैले चुसि रहेकाछन त कसैले डसि रहेका छन् । त्यसैले कसैको केही खराबीहरुलाई नियाँल्ने छोडि सर्वप्रथम त दक्ष र लक्ष्यसँग बाँच्नु यदि बाँच्न जानिएको खण्डमा मर्न केही गरौं । हुन त नमरेको पल कहाँ नै छ र ? कोही थुक्न निल्न मर्छ त कोही थुक्न पाउँन नै मर्छ आखिरमा दुईटै कुराको लेखा बोली र विचारले दिने कुरा हुन् जसमा शक्ति हुनेको खराब पनि राम्रै हुन्छ भने शक्ति नहुनेको राम्रो पनि खराब नै हुने हो । त्यसैले जीवन र मृत्यु जुन फरक छ भन्ने बुझ्छौ भने आफुलाई हेर्ने फरकताबाट मुक्त हुन नै बाँचौं । मर्न त सजिलै छ । 

प्रस्तुत लेखमा समावेस गरिएको कार्टुन गुगल सर्चबाट लिइएको छ ।

प्रकाशन मितिः २०७२ फागुन ०६ गते बिहीवार

भारतीय विस्तारवाद र नेपालको संविधान २०७२

भारतीय विस्तारवाद र नेपालको संविधान २०७२

–सन्तोष मिश्र

अन्तरिम संविधान २०६३ जारी भएको झण्डै नौ वर्ष पछि नेपाल अधिराज्यको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट बहुमतले पारीत भई राष्ट्रपति डाक्टर रामवरण यादवद्वारा घोषणा सहित जारी भयो । संविधानमा अधिकतम सहमति हुन सकेन । संविधान लेखनको ‘मसि सुक्न नपाउँदै संशोधन गर्नुपर्ने बाध्यता आयो ।

संविधानको प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको लगत्तै आफ्ना अधिकार र मागहरु समावेश नगरिएको भनेर मुलुकभरी असन्तुष्टी जाहेर भयो । २०७२ साउन ३० गतेबाट मधेश केन्द्रित दलहरूको संयुक्त मोर्चाले संघीय प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समावेशी समानुपातिक राज्यको सिमांकन लगायतका मुद्दा अघि सारेर संविधान पुनर्लेखनको माग गरी तराई–मधेश नै ठप्प पार्‍यो ।

तीन दलले हिन्दू सापेक्ष राष्ट्रको माग गर्ने पक्ष लगायत मधेशवादी दलहरूको मागलाई संविधानमा संवोधन गर्न चाहेन । तीन दलले सत्ता शक्ति बाँडफाँडमा सहमति गरे । १६ बुंदे सहमतिको चौतर्फी आलोचना र विरोध हुँदाहुँदै नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीले संविधानसभामा ह्वीप जारी गरी छिमेकी राष्ट्र भारतको ‘अधिकतम सहमतिको दस्तावेज संविधान बनाउ’ भन्ने आग्रहलाई लत्याएर जोरजबरजस्ती हत्तारमा संविधान जारी गर्‍यो । जसको परिणाम तराइ–मधेशमा जनआन्दोलनको आँधी बेहरी सिर्जना भयो ।
तराइ–मधेश आन्दोलनका कारण असहज परिस्थिति आएकोले आन्तरिक समस्या राजनीतिक रुपमा पहल गर्नुपर्ने भन्दै भारतले अघोषित रुपमा नाकाबन्दी गर्‍यो । के.पी. ओली नेतृत्वको सरकार र नेपालको संविधान २०७२ जारी गर्नमा विशेष पहल गर्ने तीन दलका विरुद्ध मधेशवादी दलले चर्काएको आन्दोलनमा चर्को दमन भयो । काठमाण्डौलाई नाकाबन्दी गर्ने भन्दै आन्दोलनरत मधेशवादी दलहरुको मोर्चाले असोज ७ गतेबाट भन्सार नाकाहरुमा धर्ना दिए ।

यसैबीचमा भारतले नेपालमा पैठारी हुने कूल मालवस्तु पेट्रोलियम पदार्थ लगायत २५ प्रतिशत मात्र पैठारी गर्ने निधो भारतले गरी सोही अनुरुपको व्यवहार गर्‍यो । देश नै अस्तव्यस्त भयो । नेपाली जनताहरूले अति कष्ट र सास्ती खेपे, नेपालीहरूको सम्पूर्ण चाडपर्व, मेला समेत प्रभावित भयो । नेपाली जनताले तराइ मधेश आन्दोलन र नाकाबन्दीका कारण पाँच महिनासम्म जुन सास्ती खेपे, यो ऐतिहासिक र उल्लेखनीय बन्यो ।

नेपालका ठूला तीन दल र सरकारले उग्र राष्ट्रवाद, नक्कली राष्ट्रवाद, अन्ध राष्ट्रवाद, खोक्रो राष्ट्रवादलाई भारतीय नाकाबन्दी र मधेशी आन्दोलनलाई तहमा ल्याउने माध्यम बनाए । नेपाली जनताहरु पनि राष्ट्रवादप्रति गम्भीर र संवेदनशील भई नाकाबन्दीका कारण राष्ट्रियतामा पर्न गएको संकटप्रति कदापी नझुक्ने, संझौता नगर्ने प्रण गरे । नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरणको प्रयास गरियो । भारतीय नाकाबन्दीले सम्पूर्ण नेपालीको पेशा, व्यवसाय, संकटमा पर्‍यो । विकास निर्माण ठप्प भयो । राजश्व संकलन बन्द भयो ।

देशको अर्थतन्त्र ध्वस्त र तहस नहस भयो । आखिरमा उग्रराष्ट्रवाद आत्मसमर्पणवाद भनेझैं भारतको शरणमा नेपाल सरकार पुग्यो । केपी ओली भारत भ्रमणमा जाने भए । भारतप्रति नानाथरीका तर्क, वितर्क, कुतर्क, शंका, उपशंका गर्ने गलत नीति र व्यवहारको विरोध गरि भारतलाई चिढाउनेहरू देशलाई दाउमा राखेर अहिले आफ्नो स्वार्थ र अभिष्ट पूरा गराउन भारतीय विस्तारवादसँग गठजोड गर्न तत्पर छ ।

नयाँ शक्तिको अभियन्ता डा. बाबुराम भट्टराईले भारतीय नकाबन्दी र मधेश केन्द्रित आन्दोलन बेग्ला बेग्लै कुरा हुन् । बेग्ला बेग्लै किसिमले यस चुनौतीको सामना गर्नु पर्दछ । भारतसँग कुटनीतिक सम्बन्ध कायम गरी भारतसँग आर्थिक साझेदारी गर्दै अगाडी बढ्नु पर्दछ भन्ने अवधारणा अघि सार्ने भट्टराइलाई भारतपरस्त, नेपाली राष्ट्रवादका विरुद्ध देख्नेहरू अहिले भारत परस्त बन्न सक्दो प्रयास र प्रतिस्पर्धा गरी नेपाललाई यथास्थितिमा नै राख्ने राष्ट्रघाती काम हुँदैछ ।

राष्ट्रवादी अडान नभएको, नेपालको राष्ट्रिय स्वार्थलाई संरक्षण गर्न नसक्ने परिस्थिति देखा परेको छ । केपी ओली नेतृत्वको सरकारको अवस्था “गइल भैंस पानी मे, र घुमिफिरी रुम्जाटार” बन्न गएको छ । भारतले नेपाली जनतालाई दिएको सास्ती र नेपालको राष्ट्रियतामाथि पुर्‍याएको आँच बिर्सिएर शासन सत्ता टिकाउन भारसँग आत्मसमर्पण गरी नेपाललाई भारतको नियन्त्रण र प्रभावबाट मुक्त गराउन नसक्ने कायरता र दुस्साहसपूर्ण कार्य देखा पर्दैछ ।

भारतलाई चिढाउनु पर्छ, भारतसँगको सम्बन्ध बिग्रिरहोस्, नेपालमा अशान्ति र अराजकता कायम भइरहोस्, कुटनीतिक सन्तुलन खलबलियोस् भन्ने चाहना कुनै नेपालीको छैन । भारतसँग सुमधुर सम्बन्ध हुनै पर्दछ । आजसम्म विद्यमान नेपाल–भारतबीचको सम्बन्धमा देखा परेको चुनौती र असमान सन्धी, सम्झौता, सहमति सबै खारेज हुनु पर्दछ । भारतीय विस्तारवादसँग घुंडा टेक्ने काम नेपालको कुनै पनि दल र सरकारले गर्नु हुँदैन । भारतको आजसम्मको नेपाल प्रतिको दृष्टिकोण र नेपालमाथि भारतले राख्दै आएको खराब नियत, खराब दौत्य सम्बन्ध खारेज गरी बहुआयामिक नयाँ सन्धि नेपाल–भारतबीच नभएसम्म नेपाल र नेपालीको अस्तित्व र भविष्य सुनिश्चित हुन सक्दैन । तराई मधेशका जनतालाई ढाल बनाएर गरिएको नेपाल विरुद्धको भारतीय नाकाबन्दी पुन: दोहोरिन सक्दछ । आत्मसमर्पणवादी कुटनीति र राजनीतिले समस्याको समाधान दिन सक्दैन ।

प्रकाशन मितिः २०७२ माघ २८ गते बिहीवार
मानव तस्करीमा सरकारी क्रियाशीलता

मानव तस्करीमा सरकारी क्रियाशीलता

–प्रशान्त महासागर

आम नेपाली जीवनको इतिहासमा धेरैले धेरै छन भन्दै वर्णन र विश्लेषण गरिईयो तर त्यसको अर्थ कुनैमा पनि केहीमा पनि खुलेनन् भने नेपालीहरु विस्तारै विभाजित हुँदै गएको इतिहासलाई आ–आफ्नै सोच र परिभाषाले ठीक हो भन्न लगाउँदै राजनैतिक हस्तिहरु सफल र शिखर चढ्दै गए त आम नेपाली खुड्किलो सावित हुँदै गए । यसले देशको चौतर्फी विकासलाई थाँती राख्दै सिमित मनुष्यहरु मात्र राज्यमा देखिंदै गए जसको लक्ष्य भनेकै आफन्त विकासका सिद्धान्त मात्र सर्वोपरि सावित हुँदा नि निमुखाहरु भोकै हुनुलाई ठूलो कुनै पनि सिद्धान्त र परिभाषाले नदेखिनु नै हो । र गरीव भनेको मर्न मात्र जन्मेको स्वयम्सिद्ध हुँदै गए । त्यस्तै देशले पनि शब्दमा धेरै ठाउँ परिवर्तित हुने मौका पाए तर घाउ आलो र तातोको तातो नै रहिरह्यो भने मलमको खोजी कसैले पनि महशुस गरेनन् । त्यसैले यहाँ सगरमाथा छ भन्दा पनि नेपाल कहाँ छ भन्ने प्रश्न २१ औं शताब्दीमा पनि जहाँको त्यही रहिरह्यो र नेपाल कुनै दुई देश वीचको तरुल हो भन्ने सबैले बिर्सिदै गए भने तरुल मीठो हुँदैन साथै ऋषिमुनीहरुको आहार होईन भन्ने कुरालाई विद्यमान कलहहरुले सावित गराउँदै लगे ।


र नेपालमा विद्यमान कलहहरुको कुरा गर्ने हो भने शायद जूनीले नपुग हुने कुरालाई कसैले नकार्न सकिदैनन् । हामीले जीवन जन्मलाई समेत मागकै परिभाषामा बुनेर आन्दोलन जस्तो पवित्र पुण्य यज्ञलाई पनि अपवित्र पार्दै लगी रह्यो । शायद मनुष्य हुुनुको दूभाग्र्य नै त्यही होला जसले गर्दा कहिल्यै कसैमा सद्बुद्धि पलाएनन् । सधैं सबैले विध्वंशका बाटाहरु नै अधिकार प्राप्तिका सहज माध्यम ठाने जुन विल्कुलै गलत हुन भने त्यसले प्राप्त हुने पनि खराब नै हुन भन्नुको अर्थ वीउ अनुसारकै फल मात्र प्राप्त हुने हुनाले अरु अरु केहीको अपेक्षा गर्नु मूर्खता नै हो । हुन त हामीले संघर्ष त्याग्यौं भने जहाँसम्म लाग्छ जीवन नै समाप्ति हुन्छ तैपनि संघर्षलाई बाटो बनाई कुलतमा आफुलाई फसाएको थाहा नपाउनु शायद जीवन जन्म एउटा पाप नै हुनेछन् । हामीले जीवन पाएको कुरालाई यो त कसैको केहीको नतीजा हो भन्दै त्यतिकै खर्च गर्नु आफु मानवीयताबाट अलगिएर जानु पनि हो । मैले यी कुरालाई अगाडि किन सारेको भन्दाखेरि देशको घाउलाई कसैले मतलब नगर्नु र आफ्नो स्वार्थले आफुहरु चल्नु आदीले मनको बहलाई कलमको मद्दतले पोख्ने कोशिस गरेको हुँ जुन कोशिस कसैलाई शायद विषै पनि सावित हुन सक्छ भने कसैको लागि अमृत तर नेपालको सन्दर्भमा अमृत सकेकै अवस्थालाई मैले पनि बुझेकै छु भने झन अरुले नबुझ्ने कुरा त हुनै सक्दैन ।


त्यस्तै हामी इतिहासबाट आफ्नो परिचय खोज्छौं तर इतिहासका पन्नाहरु जलाई वर्तमानमा आगो ताप्छौं जुन क्षणिक राप पाईएला तर इतिहासै मेटिएको कुरालाई पटक्कै मनन गर्दैनौं । आजभोलीको परिस्थितिमा, नेपालमा सबैको संस्कार जीर्ण हुने तवरले जल्दै गएको छ जसलाई निभाउनु पर्छ भन्ने लगभग सबैको स्मरणबाट शून्य भएको अवस्था निर्मित भएको छ र कत्तिले त त्यही शून्यताको भरपूर फाइदा लिंदै जातीय युद्धलाई बढावा दिनसम्म पनि लागी परेका छन् जसले गर्दा गौतम बुद्ध फेरि नेपालमा नजन्मिनु भन्नु नै हो । सीताको जन्म थलो नेपाल होईन भन्ने जत्थाहरु जन्मिन खोज्नु पनि यसका प्रमुख कारण नै हुन् । र नेपाल प्राकृतिक स्रोतको धनी राष्ट्र भनी गर्व गर्नु पनि बेकार नै हुनेछन् किनभने यहाँको त्यो प्राकृतिक सुन्दरताको के काम जसको निम्ति ज्यानको आहुति दिनुपर्ने उल्झनहरु यथावत शेष रहिरहन्छन भने, त्यस्तै पुग्न र अवलोकन गर्न कुनै सुविधा छैन, विकासका र बाटाहरु छैन साथै त्यसबाट उपलब्धिहरु न्युन भन्दा न्युन प्राप्त हुन्छन र त्यसका फाइदाहरु कालोबजारीले लिई रहन्छन भने नेपालमा आर्थिक सामाजिक विकासको निम्ति कोही पनि पर्यटक बनी आउने छैनन् ।

र मानव जाति भनेको शान्तप्रिय जन्तु हो । ऊ जीवनको हर मोडमा आफु दु:खमै डुबेर भएर पनि सुख र खुशीकै निम्ति सास फेर्नमै तल्लीन भई रहन्छन भन्ने कुरालाई देशको अभावलाई सभाव तुल्याउन विदेशीनु नै हो । उसलाई परिवारसँग रम्ने मन छ होला । उसलाई पनि जात्रा पर्वहरुमा हाँस्न मन छ होला । उसका पनि असिम चाहहरु होला जुन देशमै बसि पूरा गर्ने इच्छाहरुबाट विदेशमा पिचास बनेका होला । नचाहँदा नचाहँदै पलाएन हुने कुरालाई शायद विद्रोह नै बनाएका भए अझ भनौं प्राप्तिका बाटाहरु रोजेका भए यो देशको रुपरंग कस्तो हुन्छ होला एकचोटि शासक वर्गको ज्यादतिले सोच्नु पर्ने हो तर आफुहरु चोखिने मन्त्रबाट सबै विभूषित आम नेपालीहरुले गरि दिनाले नेता भनाउँदाहरु विभिन्न रुपको भत्ता र कमिशनमा रमी रहेका छन र आम नेपालीहरुले आफु विक्रि भएको अर्थलाई बुझ्न नचाहेर पनि ती त्यस्ता क्षणिक पशुहरु मौलाएका हुन् ।

र मानव बेचविखन भनेको महिलाको यौवनसँग मात्र आबद्ध हुनु र त्यसलाई मात्र ठूलो ठानिनुले गर्दा आज खुलेआम रुपमा पुरुषहरु विक्रि हुँदैछन् भने महिला तथा बालबालिका नहुने त कुरै आउँदैनन् भन्नुको अर्थ जहाँ कमिशनको कुरा विद्यमान हुन्छ त्यो विक्रि नै हो भने देश चाहे जुनसुकै नै होस त्यसको नीति खरिद नै हुनेछ र त्यो खरिद नै हो मात्र काटेर बेच्न मिल्दैन त्यो अर्कै कुरा हो । आजभोली सरकारद्वारा नै हामी नेपाली खुलेआम विक्रि भएको कुरालाई सरकारी भाषामा रोजगारी भन्ने व्याख्या हुँदै आएको कुरालाई सबैले हाँसीखुशी स्वीकारेका छन् भने भाषा सिकी मलाई किन्नु है भन्दै परिक्षामा सम्मेलित हुँदै विदेशी माटोमा मर्नु र बाँच्नु दो–साँधमा कमाईहरु आफुलाई बेची भित्र्याउनु परेका बाध्यता आम नेपालीहरुको हुँदै गएको अवस्था छ ।

 यसमा सरकारको ध्यान नजानु भनेकै कमिशन पाई रहनु नै मुख्य कुरा हो । र सञ्चार माध्यमले यसलाई बेवास्ता गर्नु भनेकै सरकारले भ्रमित पार्दा नि त्यसको जरो थाहा नपाउनु हो या चाहेर पनि खुलेर पत्रकारिता निभाउन नसक्नु नै हो । हुन त सबैको पेशा हो त्यसमा विवाद गर्नु जायज हुँदा नि नाजायज हुन्छ भन्ने कुरालाई जोताह र मालिक वीचको अधिकार क्षेत्र बेग्ला बेग्लै हुनु नै हो । आजभोली जहाँ जुनसुकै नाका वा मार्गमा आफ्ना आँखाहरु बिछ्याउनु विक्रि हुन जानेहरुको ताँती दिनहुँ सयौं भन्दा माथिकै हुन्छन् भने सिमित मात्रामा प्रविधि प्रशासनबाट दिक्क हुँदै लाग्नेहरु देख्छौं नै जसलाई चाहेर पनि फर्क है विक्न नजाऔं भन्ने आँटहरु हुँदा नि शीप र साधन दिने क्षमताहरु सरकार पहुँचवालाहरुले गुमाउँदै गएको कुराले देश अब कहिले उठ्छ भन्ने नै ठूलो मुद्दा बनेको छ । हामी पनि अरु जस्तै विकास र समृद्धि युक्त देश हुन चाहन्छौ । हाम्रो पनि चन्द्रमा जाने लक्ष्य र योजना छ तर पूरा कहिले हुने हो यो एक कल्पनीय सोच भएको छ भने त्यो पूर्ति कुन सरकारको पालामा हुन्छ भन्दै आन्दोलनलाई अगाडि सार्ने दुई दोषले अबका दिनहरुमा आम नेपाली श्रापित छन । भनिन्छ नेपाल सतीले सरापेको देश भनेर वास्तवमा सती भनेको के त भन्दाखेरि सहन शक्ति नै हो ।

 हामी नेपाली दिनकै विक्रि र खरिदको तराजुमा जोखिदै जाँदा नि कुनै शक्तिसँग त्यो दु:खको आवाज नहुनु र भएका शक्तिहरु पनि आ–आफ्नो दूनो सिधा पार्ने खेलमा रमी रहेको हुनाले आज पूरै नेपालीहरु विक्रि भई रहेको अवस्था विद्यमान छ । नेपालहरुको मोलमोलाई खुल्ला रुपमा सरकार सरकार वीच हुँदा नि हामी बोल्न नसक्ने छौं किनभने सबैलाई स्वदेशको माटो भन्दा विदेशको कमाई नै प्यारो लागेका छन् । नलागोस् पनि कसरी...? खानु परेकै छ भने बेअर्थमै भएपनि बाँच्नु परेकै छ ।
अन्तमा, यहाँ बाँच्नुको सार आफैंलाई बेच्नु सिद्ध भई रहेको अवस्था दिन दुगुणा र रात चौगुणाको गतिले क्रियाशील भई रहेको अवस्था छ भने यस्तोमा सरकारले र अरु अन्यले खुलेआममा नेपालीहरु बेच्ने र किन्ने काम हुन्छ नै । हामी गरीब छौं हुँदाहुँदै विवेकहीन पनि हुँदै गयौं भने जिउने कवज सहनशीलतालाई मान्दै गएको अवस्था छन जसले गर्दा अकुट सम्पत्ति संचय बानीबाट हामी पनि विभूषित हुँदै गयौं र पैसा नै सवथोक हो भन्ने सिद्धान्तबाट प्रतिपादित प्राणी बन्दै गयौं पनि जस्ले गर्दा यौवन लुटलाई या भनौं बाल श्रमलाई मात्र शोषन र बेचविखन ठानिदै जाँदा देशको अरु शक्ति सहजै विदेशीको लागि विक्रि हुँदै गए भने देश खोक्लिंदै जीर्ण अवस्थामा पुगे । यो जीर्णतामा कति दिनसम्म हाम्रा सन्ततीहरुको भविश्य चल्ने हो भन्ने सोच्न म आज बाध्य भएको छु भने कति दिनसम्म मैनबत्तीमै खाना पकाई खाई जिविका चलाई रहुँ...?

त्यसैले सम्बन्धि सबै निकायलाई चाँडो भन्दा चाँडो नेपालीहरु बेचविखन रोक्नेतिर कदम चालौं भन्ने आग्रह गर्न चाहन्छु । र विश्व निर्माण गर्न सक्ने नेपालीहरुले नेपाल बनाउन सक्दैनन् भनी सरकारले नेपाली बेच्ने काम ठप्प गर्नु नै पर्छ भन्ने आग्रह पनि गर्न चाहन्छु  साथसाथै विक्रिमा रम्ने नेपालीहरुलाई के आग्रह गर्न चाहन्छु भने तिम्रो कमाई देश चल्छ र घर खर्च टर्छ तर बन्नु पर्ने गाउँको पुल तिम्रै परिश्रमले मात्र बन्छ, तिम्रो शिपले मात्रै तिम्रो घर बन्छ । जोड्नु पर्ने गाउँ गाउँको बाटो अब तिमीले नै खन्छु भनी लागी परेको खण्डमा अवश्य विकासले सबैलाई छुने नै छन । हुनसक्छ यो मेरो कुरा मात्र तर मनन गर्ने हो भने पनि जराबाटै कीरा लागेको बोटलाई स्वच्छ र स्वस्थ्य बनाउन सक्छौं नै त्यसको लागि गाउँ भरिएको हुनु पर्‍यो भने माग र अधिकारका परिभाषाभित्र फरक के हो भन्ने पनि आत्मा मन्थन गर्नु आजको नितान्त आवश्यक सिद्धान्त पनि हुन् । होशियार ! एकातिर हामी पानी बेच्दैनौं भन्दै लागी परेका छौं भने उता सरकारी नीति नियमले हाम्रो रगतको मूल्य तोकि रहेका छन । जय देश, जय जनता ।

prashantsharmila2@gmail.com

प्रकाशन मितिः २०७२ माघ २८ गते बिहीवार
मस्यौदामा यस्तो, संविधानमा झन कस्तो होला ?

मस्यौदामा यस्तो, संविधानमा झन कस्तो होला ?

– सन्तोष मिश्र
संविधानसभा सचिवालय, सिंहदरबारबाट प्रकाशित गरी सार्वजनिक गरिएको नेपाल संविधान, २०७२ प्रारम्भीक मस्यौदा चरम विवादमा परेको छ । मस्यौदा प्रति नेपाली सेना, सर्वोच्च अदालत, राजनीतिक दल, महिला, दलित, मधेशी लगायत सार्वभौम नेपाली जनताहरूले चारैतर्फी विरोध र आपत्ती जनाएका छन् । मस्यौदा जलाउने काम जताततै भइरहेको छ । मस्यौदाको विरोध गर्दै केही राजनीतिक दलहरूले बन्द, हडतालको आह्वान गरेका छन् । संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका तर्फबाट २४० वटै निर्वाचन क्षेत्रमा संविधानसभाका सदस्यहरू जनताको राय सुझाव संकलनकालागि खटिएका छन् । साउन ४ र ५ गते मुलुकभर राय सुझाव संकलनकालागि तिथिमिति तय गरी सार्वजनिक विदा समेत दिएको थियो ।

यतिखेर आम जनता र संचारमाध्यमको संविधानको मस्यौदामा केन्द्रित छ । जताततै सार्वजनिक स्थान र घर–घरमा एक आपसमा नेपालको नयाँ संविधानकालागि तयार पारिएको मस्यौदाकै चर्चा छ । मस्यौदा विवादमा परेको छ, मस्यौदामा धेरै कुरा बाझिएका छन् । राम्रो र सन्तुलित संविधान देश र जनताको भाग्य र भविष्य सुनिश्चित हुने, देशमा तीव्र आर्थिक विकास, शोसनरहित शान्ति, स्थिर र समृद्ध नेपाल बन्ने नेपालीको सपना र कल्पनामा तुषारापात भएको छ ।

{अहिले सार्वजनिक गरिएको मस्यौदाले व्यक्ति बलियो बनाएर राज्यलाई कमजोर बनाउन, सामाजिक हक प्रति बेवास्ता गर्न खोजेको छ । अर्थतन्त्रको विकासलाई भन्दा राजनीतिलाई महत्त्व दिइएको छ । नागरिकताको विषयमा गोलमटोल छ । मस्यौदामा राज्यको निर्देशक सिद्धान्तहरू पढ्दा हाँस्पास्पद देखिन्छन् ।}


शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त अनुशरण संविधान प्रारम्भिक मस्यौदामा गर्न खोजिएपनि संसारकै निकम्मा र अशान्ति फैलाउने संविधान बन्ने हो कि भन्ने संकेत गरेको छ । एकथरिले संविधानको मस्यौदाको विरोध गर्ने र अर्काथरिले कडासुरक्षाबीचमा नगन्य नागरिकहरूको सहभागितामा राय सुझाव संकलन गरी औपचारिकता निर्वाह गरी फाष्ट ट्रयाकबाट जोरजबरजस्ती संविधान लेख्न र जारी गर्न उन्मूख छन् । संविधान निर्माणका बखत सत्तापक्ष र विपक्षको अवस्था देखिनुले बन्ने संविधानले कुनै पनि हालतमा देश र जनताको हित गर्दैन । यसले थप द्वन्द्व र राजनीतिक परिवर्तनको मार्ग प्रशस्त गर्न खोज्छ । संविधानसभाबाट नेपालको इतिहासमा पहिलोपटक संविधान बनाउन उत्साहपूर्वक सक्रिय भएका राजनीतिक दलहरू जबरजस्ती राष्ट्रिय सहमति र बहुमतको आधारमा सबैलाई चिढाएर संविधान निर्माण र जारी गर्न सक्दैनन् । सबैपक्षलाई मान्य हुने सन्तुलित संविधान निर्माण र लागु भएन भने त्यसलाई वैध पनि मान्न सकिंदैन । त्यस संविधानलाई द्वन्द्वको दस्तावेज मान्न कर लाग्दछ । वर्तमानमा प्रारम्भीक मस्यौदा त्यही हालमा पुगेको छ । मस्यौदा निर्माण गर्ने र मस्यौदा विरोध गर्ने बीचमा राजनीतिक रस्साकस्सी र ढुंगामुढा चलिरहेको छ । संविधान शून्य शिराबाट बनाइनु पर्दछ । सबैलाई मान्य हुनु पर्दछ । संविधान परिवर्तनशील हुन्छ, परिमार्जन हुँदै जान्छ । अहिले भइरहेको राय संकलन र विरोधको पक्रिया न्यायसंगत र उपयुक्त छैन । मस्यौदा च्यात्ने, संकलनसभा बहिष्कार गर्ने र प्रहरी तैनाथ गराएर बन्द कोठामा सीमित मानिस भेला गराई राय सुझाव संकलनको औपचारिकता पूरा गर्ने काम सबै बेठीक हुन् ।

संविधान कसैको निगाह र दयाले पाउने होइन, दिने होइन । जनताबाट देशको आवश्यकता र देश, काल, परिस्थिति अनुकूल आम नेपलाी जनताको चाहना र विगतमा भएका शान्ति सम्झौता र अन्य सम्झौताको परिधिमा रहेर बनाइनुपर्ने दस्तावेज र व्यवस्थापनकालागि संविधान बनाइन लागेको हो । आम नेपाली जनताको अधिकार सुनिश्चित गर्ने देशको मूल कानून हो संविधान । संविधान बनेपछि स्वस्फूर्त रुपमा सबैले अक्षरस पालना गर्नु पर्दछ । संविधानमा नागरिक अधिकार र कर्तव्य दुबै उल्लेख छ । संविधानको पालना ठीकसँग भएन, सरकारले संविधान कार्यान्वयन गर्न सकेन भने त्यस देशमा अशान्ति, अराजकता र अपराधले बास गर्दछ । जनता असुरक्षित हुन्छन् । राष्ट्र कमजोर र असफल हुन्छ । संविधान गम्भीर र संवेदनशील कुरा हो । हत्तारमा जबरजस्ती संविधान निर्माण र जारी गरी पछि पछुताउने र पश्चाताप गर्ने कार्य कहिं कतैबाट कुनै पनि हालतमा गर्नु हुँदैन । संविधानसभाबाट संविधान निर्माण गर्ने कार्य एक जटिल प्रक्रिया मानिन्छ ।

संविधानभित्र सबै भूगोलमा बस्ने सबै नागरिकको मन जित्न र उनीहरूको भावना र चाहनाको प्रतिनिधित्त्व गर्न पटक पटक सहमति र संवाद हुनु पर्दछ । उनीहरूसँग स्पष्ट सम्झौता हुनु पर्दछ । संविधान भनेको नागरिकहरूबीच गरिएको संझौताको दस्तावेज पनि हो ।

वर्तमान समयमा एमाले, काँग्रेस, एनेकपा माओवादी र मधेशी फोरम प्रजातान्त्रिकले आपसी राजनीतिक गठबन्धन र सत्ता साझेदारी अनुकूल शासनसत्तामा मात्र केन्द्रित रहेर धेरै जनतालाई पाखामा पारेर जबरजस्ती जुन संविधान निर्माण गर्न खोजेका छन् यो अति प्रत्युत्पादक सावित हुने छ । अहिले शान्त रहेको देशको वातावरणमा ठूलो राजनीतिक भूकम्पको चाहना गरिएको छ । षडयन्त्र र दमनद्वारा शासनसत्ता चलाउने दिन अब गए । हामी मात्र शक्तिशाली छौं, हामीमात्र राजनीतिक रुपमा टाठाबाठा हौं, अरुलाई सजिलै छकाउन र काबुमा राख्न सकिन्छ भन्ने “विनाशकाले विपरित बुद्धि” जुन देखा परेका छ, जसरी संविधान निर्माण प्रक्रिया अघि बढेको छ, यसले राम्रो संकेत र सन्देश अवश्य दिने छैन । बेलैमा सतर्क हुन सकिएन भने ठूलो राजनीतिक संकट बाध्यतावस आउने छ । संविधान शान्ति, एकता र समृद्धिको दस्ताबेज बनोस, भावनात्मक एकीकरण बलियो होस् भन्ने कामनालाई कहिं कतैबाट, कसैबाट धमिल्याउने भन्दा मस्यौदा संविधानलाई जती सक्दो सच्याएर सबैलाई एउटै राजनीतिक मूल प्रवाहमा समाहित गर्न समय खर्चिनु वुद्धिमानी ठहर्छ । एक अर्ब रुपैयाँको बजेटमा जुन राय सुझाव संकलन कार्य गरिंदै छ यो अनुत्पादनक भयो भने ठूला दलहरूबाट जनताहरूले यसको मूल्य चुकाउने छ । ठूला दलहरू खबरदार ! सावधान !

संविधान राष्ट्रिय सुरक्षा, जनताको सुख र राष्ट्रको समृद्धिको प्रतिवद्धताका साथ बन्नु पर्दछ । को राष्ट्रपति, को उपराष्ट्रपति, को प्रधानमन्त्री, बन्ने भन्ने सुझ न बुझको भागबण्डामा संविधान बन्न सक्दैन । राष्ट्रपति र प्रधानमन्त्री बन्न चाहनेहरू पतनको खाल्डोमा जाकीन पुग्ने छन् । बेइमानी र नैतिकताहीन काम अब टिक्न सक्दैन । राजनीतिक मतभेद, राजनीतिक रुपबाट नै समाप्त गर्नु पर्दछ । अर्को विकल्प हुन पनि सक्दैन । प्रारम्भिक मस्यौदा सबैले पढ्ने र बुझ्ने मौका पाएका छैनन् । यसको समर्थन र विरोधले केही समय राजनीतिक वातावरण धमलिन पुगेपनि हडबडाइहाल्ने अवस्था छैन । जहाज डुबी हाल्दैन । ठण्डा दिमागले विरोध र समर्थनमा लागेकाहरूले सोचेर विकल्पका रुपमा नयाँ सहमति खेजे संविधान बन्छ ।

{संविधानले देशलाई कस्तो दिशा दिने भन्ने बुझाउने सारांश हो प्रस्तावना तर यसको लक्ष्य बुझिंदैन । प्रस्तावनामा हुन नसक्ने र गर्न नसक्ने अनावश्यक शब्द बढी राखिएका छन् । सबै दिएजस्तो मस्यौदामा देखिने, व्यवहारमा आम जनताले केही नपाउने, मुठ्ठीभरका मानिसको मात्र अभिष्ट पूरा हुने राजनीतिक घोषणापत्रजस्तो छ ।}

विदेशीको इशारा, आग्रह र पूर्वागह सबै पक्षले अनिवार्य रुपमा त्यागे नेपाली हावा, पानी, माटो सुहाउँदो, नेपाली राष्ट्रियता सबल हुने असल संविधान आउन सक्दछ । अहिले सार्वजनिक गरिएको मस्यौदाले व्यक्ति बलियो बनाएर राज्यलाई कमजोर बनाउन, सामाजिक हक प्रति बेवास्ता गर्न खोजेको छ । अर्थतन्त्रको विकासलाई भन्दा राजनीतिलाई महत्त्व दिइएको छ । नागरिकताको विषयमा गोलमटोल छ । मस्यौदामा राज्यको निर्देशक सिद्धान्तहरू पढ्दा हाँस्पास्पद देखिन्छन् । सामाजिक न्याय र उदारवादी लोकतन्त्रका साथै कुनै क्रिश्चियानिटी, कुनै विदेशी कम्पनी तथा गैर सरकारी संस्थाहरूको प्रभाव र दबाव रहेको मस्यौदाले कसरी देशलाई सही ढंगले संचालन गर्न सक्दछ ? यो प्रश्नको उचित जवाफ जनताले पाउनु पर्दछ ।

संविधानले देशलाई कस्तो दिशा दिने भन्ने बुझाउने सारांश हो प्रस्तावना तर यसको लक्ष्य बुझिंदैन । प्रस्तावनामा हुन नसक्ने र गर्न नसक्ने अनावश्यक शब्द बढी राखिएका छन् । सबै दिएजस्तो मस्यौदामा देखिने, व्यवहारमा आम जनताले केही नपाउने, मुठ्ठीभरका मानिसको मात्र अभिष्ट पूरा हुने राजनीतिक घोषणापत्रजस्तो छ । धार्मिक द्वन्द्व र विवाद बढाउने अवसर मस्यौदाले दिएको छ । जनताले विभिन्न माध्यमबाट दिएको सुझावको कुनै औचित्य नरहने देखिन्छ । मधेशमा अशान्ति बढाएर संविधान निर्माण र जारी हुन सक्दैन ।

संविधानको विधेयकको पहिलो मस्यौदाका विशेषताहरूमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने उद्देश्य राखिएपनि संघीय राज्यको सिमाड्ढन, रेखांकन र नमांकन नगरी जारी गरेको संविधानले उद्देश्यको उपलब्धी कुनै पनि हालतमा गर्न सकिंदैन । संघको सिमांकन, रेखांकन र नामांकन विना संविधान घोषणा गर्न खोजिएमा थप रक्तपात र भयानक द्वन्द्व हुनेछ । यसतर्फ नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीले समय छँदै वुद्धि पुर्‍याओस, होइन भने ती पार्टीको अभिष्ट कुनै पनि हालतमा पूरा हुने छैन ।

हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता भनि नेपाली जनताको नामबाट काइते संविधान जारी गर्दैमा के देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हुन सक्दछ ? यो त दिवास्वप्न र मनको लड्डू घ्यूसँग खानु मात्र हुनेछ । नेपाली सार्वभौमसत्ता नेपाली संविधान बोली र किताबमा होइन, व्यवहारमा अक्षरस लागु होस भन्ने चाहन्छन् तर सत्ताका भोका राजनीतिक दलहरूले जनताको परिवर्तनको चाहना, अग्रगामी संविधानको मर्मलाई तगारो हाल्ने दुष्प्रयास गर्दैछन् । यति भन्नु वुद्धिमानलाई इशारा काफी हो ।

विविधताबीचको एकता, सामाजिक र सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्ने समतामूलक समाजको निर्माण गर्ने संकल्प मात्र लिएर पुग्दैन । त्यसकालागि आवश्यक पर्ने वातावरण संविधान जारी हुनु अगावै तयार हुनु पर्दछ । संविधानको पुस्तक त निर्जीव हुन्छ, त्यसलाई पालना गर्ने, लागु गर्ने सजिव मानिस नेपालका नेपाली हुन् । वर्तमान पार्टीमा गूट, फूट र लूटको संस्कृति, राजनीति खिचातानीले मस्यौदाका विशेषताहरूलाई कुनै पनि हालतमा व्यवहारमा दिगो रुपमा उतार्न सक्दैन । नेपालीहरूलाई एकथान संविधानको पुस्तक चाहिएको होइन, पुस्तकमा लेखिए बमोजिमको इमान्दार व्यवहार चाहिएको हो ।

जुन ढंगले संविधान लेखन, राय सुझाव संकलन र जारी गर्न खोजिंदै छ यो प्रकृया एकदमै गलत छ । निश्चित रुपमा यस्तो अभ्यासले देशमा राजनीतिक आगो लाग्ने छ । राजनीतिक परिस्थिति अन्यत्रै मोडिन सक्छ । विवाद उठेका विषयलाई थांती राखेर संविधान जारी भएमा त्यो भन्दा ठूलो अनिष्ट केही हुने छैन ।

देशमाथि संविधान निर्माणका क्रममा गम्भीर प्रकृतिको आक्रमण भइरहेको छ । निश्चित रुपमा अनावश्यक एजेण्डाहरू अघि सारेर देशर जनतालाई हरबखत सास्ती दिने काम गर्न मिल्दैन । संविधानमा महत्त्वपूर्ण र आवश्यक कुरा छुट्न र छुुटाउन हुँदैन । संविधान राजनीतिक भागबण्डा र झगडाको बिउ हुनु हुँदैन । झुटो आश्वासन कसैले कसैलाई दिन र अपवित्र राजनीतिक गठबन्धन हुनु हुँदैन । विदेशीको इशारा र निर्देशनमा नहिंडे मेलमिलापबाट संविधान बन्न सक्दछ ।

(प्रकाशित मिति:२०७२ साउन ०७ गते बिहीवार)
नयाँ पुस्ताका प्रेरणाका श्रोतःडा. अम्बरिश पोखरेल संगको कुराकानी

नयाँ पुस्ताका प्रेरणाका श्रोतःडा. अम्बरिश पोखरेल संगको कुराकानी


  • पश्चिम नेपालको लुम्बिनीको सेरोफेरो अन्तर्गत पहाड़ी जिल्लाको युवा एक वैज्ञानिक व्याक्तित्व तत्कालीन सन्धिखर्क गावीस ०७ भालयडाडा निवासी हजुरवुवा पण्डित चन्द्रकान्त पोख्रेल, हजुरआमा कर्णकुमारी पोख्रेलको नाती एवं प्रखर शिक्षा प्रेमी पिता रामचन्द्र पोख्रेल र संघर्ष कसरी गर्नु पर्छ भनेर सिकाउने हैसियत भयकी ति महान माता चित्रकला पोख्रेलको छोरा अम्बरिश पोख्रेलले जापानको होक्कैड़ो बिस्व बिद्यालय जापानवाट अध्यन गर्दै मौसम सम्वन्धी अनुसन्धानको क्रममा सन २०१४ को Atmospheric Chemistry को प्रथम पुरस्कारले सम्मानित हुनु भएकोमा समग्र नेपाल र हाम्रो जिल्ला अर्घाखाँचीको लागी गौरवको विषय हो ।
    उहाँको अथाह मेहनत र दृढ़ लगनसिलताको परिणाम यो पुरस्कार हो । यसै विषयमा हाल जापानमै अनुशन्धानमै सक्रिय यी नै वैज्ञानिक अम्बरिश पोख्रेल र अर्घाखाँची भ्वाँईसका कार्यक्रम उत्पादक तथा संचालक डिल्लीराज घिमिरे संगको संक्षिप्त अन्तरवार्ता :


  • डिल्लीराज घिमिरे : सर्व प्रथम तपाईलाई अर्घाखाँची भ्वाईसको स्टूडियोमा स्वागत छ ।

    डा॰ अम्बरिश पोख्रेल: आज मलाई मेरो व्याक्तीगत जीवन र मेरो अनुसन्धानको सफलताको वारेमा कुराकानी गर्ने अवसर प्रति यहाँलाई बिसेस धन्यवाद साथमा अर्घाखाँची भ्वाँईसका सवै संचालक प्रति आभारी छु । हामी जनता, जनताको रुपमा, जनताकै माझमै बसेर काम गर्दा जती आन्नद आउछ, त्यो अरु कृतिम बसाई वा ब्यबहारले आउदैन होला भन्ने लाग्दछ/ २- ४ जना अत्याचारीको रबाफ देखेर, त्यसै गरी भुल्न खोज्दा मनमा अशान्ती लुकायर बस्नु पर्ने बिकल्प बाहेक अरु छैन कि/
    तपाई हाम्रो काम दुनिया बदल्नु हो, बाटो मात्र फरक तर परिपुक हुन्/ कसरी पृथक हुन सकिन्छ होला र / तपाइलाई पनि हामी युवाको तर्फबाट धेरै धेरै ध्नाय्बाद/

    डिल्लीराज घिमिरे : सर्वप्रथम त तपाईको पारिवारिक रुपमै परिचय पाउन ?
    डा॰अम्बरिश पोख्रेल: मेरो जन्म अर्घाखाँची जिल्लाको सन्धिखर्क गावीस ०७ भालयडाडामा पिता रामचन्द्र पोख्रेल र माता चित्रकला पोख्रेलको कोखवाट भएको हो । मेरा हजुरवुवा चन्द्रकान्त पोख्रेल, हजुरआमा कर्णकुमारी पोख्रेल हुनुहुन्छ । बिसेस गरी मेरा हजुरबा, बा र आमाको नामले जिल्लाबाशीहरुले बिसेस रुपले हाम्रो परिवार चिन्नुहुन्छ/
    डिल्लीराज घिमिरे : यो अमेरिकन मौसम विद समाज कस्तो प्रकारको समाज र सभा हो ?
    डा॰अम्बरिश पोख्रेल: अमेरिका लगायत विस्वका दश हजारभन्दा बढी नामुद नामुद मौसम विदहरुको सदस्यता भएको समाज “अमेरिकन मौसम विद समाज” हो ।यस्तै अन्य बिषयसंग सम्वनधित समाज पनि छन दुनियामा । यो नेटवर्क अन्य देशहरुमा पनि छन । म आवद्द रहदै आफै नेपालको “जल तथा मौसमविद समाज नेपाल” नामक समाजको आजीवन सदस्य छु । तर अझै यस समयसम्म पनि त्यो गौरबशाली समाजको सदस्य हुन् सकेको छैन । यसका धेरै कारणहरु छन्/ एक अर्थमा विस्वका मौसमविदहरुको लागी सपनाको समाज पनि हो । यो समाजले प्रत्येक नयाँ बर्ष को पहिलो महिना आपनो बर्षिक साधारण सभा गर्ने गर्छ । यो बर्ष उसले आफ्नो ९५ औँ बर्षिक साधारण सभा जनवरी ०४ देखी ०८ अमेरिकाको एरिजोना राज्यमा आयोजन गरेको थियो ।
  • डिल्लीराज घिमिरे : यसले कसरी यस्तो प्रकारको पुरस्कार घोषणा गर्दछ वताई दिनु न ?


  • डा॰अम्बरिश पोखरेल : प्रत्येक वर्ष उसले आफ्नो साधारण सभामा अनुसन्धानको प्रतियोगिता वा अनुसन्धानको प्रस्तुतिका लागी बिस्व ब्यापी आमन्त्रण खुला गरेको हुन्छ अर्थात् निवेदनको माग गरेको हुन्छ । त्यसमा आफ्नो आफ्नो अनुसन्धानको टिपोट बुझाउनु पर्ने हुन्छ । त्यो कस्तो कुन स्तरको अनुसन्धान हो, त्यो कुरा त्यहाका मौसम विदहरुले अर्थात् अमेरिकन प्रोफेशरहरुको जाच मण्डलले पहिले जाच गरी सके पछि प्रभावकारी भएमा त्यो साधारण सभामा प्रवेश दिन्छ। अब अनुसन्धान यती गहिरो भैसकेको छ कि, त्यो साधारण सभाले मौसम शास्त्र भित्र पनि मुख्य रुपले १२-१५ बटा जती हागाहरु बाडेको छ। ति हागाहरुका छुट्टा छुट्टै सभाहरु हुने गर्दछन । अझ खुसीको कुरा के छ भने म पुरस्कृत भएको हागा त निकै ठुलो पो छ त । अझ समय समयमा ति सहायक क्षेत्रहरुलाई जोडेर सभा गर्ने गरिन्छ । यस पाली पनि त्यसो गरिएको थियो । त्यहा एउटा न्याय मण्डल हुने गर्दछ, त्यसमा धेरै अमेरिकन र केही अन्य राष्ट्रका विज्ञ प्रोफेस्सर हुने गर्छन, किनभने त्यो मुलत अमेरिकन मौसमविद समाज हो । जस्तै हाम्रो जुरी मण्डलमा एकजना बाहेक सबैजना अमेरिकन प्रोफेस्सर हुनुहुन्थ्यो । उसले गराउने भिन्न भिन्न थरिका प्रतियोगिता अन्तर्गत, एउटा ठुलो अनुसन्धानको हागा Atmospheric Chemistry हो । अर्थात यहि समाजका मान्छेले नै हो, हाम्रो पृथ्वी देखि मंगल ग्रहको Atmospheric Chemistry को अनुसन्धान गर्ने गर्छन । यो हागामा मेरो अनुसन्धान उत्कृत भएकोमा पुरस्कृत भएको छु। यसको बिषयमा बिसेष नाम त हुदैन । मैले जापानमा मेरो PhD अन्तर्गत गरेको अनुसन्धान भएको हुनाले, यसलाई “स्टुडेन्ट बेस्ट प्रिजेनटेशन अवार्ड-प्रथम स्थान” भनेर लेखिएको छ । यसको अर्थ कम्तिमा पनि अमेरिकन मौसमविद समाजको नजरमा मेरो अनुसन्धान यो बर्स २०१४ को लागी उत्कृस्ट अनुसन्धान हो । २०१५ को लागी ९६ औ सभाले स्वत: नया चयन गर्दछ/
    डिल्लीराज घिमिरे : नेपालमा कुन विद्यालयवाट अध्ययन सुरु गर्दै हुनुहुन्थ्यो र पढाई कस्तो थियो होला ?

    डा॰ अम्बरिश पोखरेल: उस जमानामा मेरा पिताहरु सहित जिल्लाका अन्य हस्तीहरु सस्थापक सदस्य समेत रहेर २०१० सालमा स्थापना गर्नु भयको आजको सरकारी स्कुल जन ज्योति मा. बि. मा नै १ देखि १० सम्म पढेको हो/ खुसीको कुरा छ यहाँ/ हाम्रा ती आदरणीय शिक्षकहरु निकै इमान्दार हुनुहुन्थ्यो, त्यसैले राम्रो पढाई हुने गर्दथ्यो, अनि हामीलेअरु बोर्डिंग स्कुल धाउनु परेन । जहाँसम्म मेरो कुरा छ, म कहिले कक्षा प्रथम भईन । तर हामी ५-७ जनाको एउटा पढ्ने समुह थियो, त्यो झुण्डको एक म पनि रहेको थियो तर अचम्मको कुरा हाम्रा शिक्षक सधै पढेनन केटाहरुले भनेर गुनासो गर्ने गर्नु हुन्थ्यो । त्यो किन रहेछ भन्ने कुरा अहिले पो थाहा भयो, त्यो के रहेछ भने, स्कुलको शिक्षक बने पछि, आफ्नो कर्तब्य के हो भन्ने कुरा राम्ररी निर्वाह गर्ने सस्कारबाट उहाहरु आउनु भएको पो रहेछ । धेरै शिक्षकहरू त मेरा पितासंग भारतको बनारसमा संगै पढ्नु भएको रहेछ । यहाँ स्मरण गर्नु र जोड्नु पर्ने देखिन्छ कि मेरो पिताले पहिला सस्कृत पढेर यता बिज्ञान बिसय सुरु गर्नु भयको रहेछ/ त्यसको लागी ठुलो मिहिनेत चाहिन्छ होला/ अनि त्यही अनुसारको इमान्दार शिक्षक पनि/ यसरी त्यो बेलाको शिक्षा लिने र दिने सस्कार नै अति उत्तम थियो कि जस्तो लागेर पो आउछ । यसरी स्कुलको बारेमा धेरै बताउन परेन सबै प्रस्ट छ । विगतलाई स्मरण गर्दा धेरै रमाइलो लाग्छ कि हामी त निकै चकचके समुहमा पर्ने समुह पनि हो । शिक्षकहरुको गाली त कति खाइयो खाइयो मात्र हैन, ५ कक्षा सम्म त कुटाई पनि याद छ । अचम्मको कुरा गाली गरेर पनि ति सरहरू प्रती सधै आदर लाग्ने, शायद हामीलाई धेरै पढ्नु पर्ने दबाबले हुनु पर्छ ।
    पढ्ने कुरामा दबाद दिनु हुन्न भन्ने कुरा मैले मान्न तयार छैन / हाम्रो जस्तो समाजमा त्यो सहि हैन / हो मलाई सिधै कसैले दबाद त दियानन तर मैले सधै त्यो दबाब महशुस गर्न पर्ने थियो/ कारण पनि छ/ मेरो आमाको मावली, मेरो मावली, मेरो बाको मावली देखि मेरी हजुर आमाको मावली समेत पढ्ने घराना मा पर्ने रहेछ/ अब मैले पढिन र हलो जोत्न लागे भने मलाई कसले गन्ल्ला र कसले माया गर्ला ? तर मैले हलो पनि राम्ररी जोत्न जानेको छु है / अर्को कुनै पेशेवर मान्छेले भन्दा कम छैन रे, मेरी हजुर आमाको नजरमा/ संयोगबस मैले जोतेको बर्षरुमा धेरै फलेको समेत छ/ हुन् पनि सक्छ, मशिनो र गहिरो गरी जोतेमा राम्रो फल्ने हो/ तर पद्नु पर्ने त्यो मानशिक दबाब सधै हुने/ आज पनि मलाई लाग्दै छ, कि मेरा कोहि ति नाताहरुबाट अझै पुगेन पो भन्दै होला अर्थात् कतै खोट देखाउने काम पो हुदै छ कि भन्ने/

  • हाम्रो परिवार ठुलो परिवार हो / हामी पनि धेरै छौ/ घरमा हामी सबै मिलेर घास पानी गर्नु पर्ने थियो कारण एक्लो आमा र हजुर आमाले मात्र त्यो गर्न धेरै गारो थियो/ जस्तै: साझमा घास काट्नु पर्ने र बिहान बिहान पधेरोबाट पानी बोकेर स्कुल जाने मान्छे पनि हो हामी सबै । काम गरेर पढ्ने गरेकोमा गर्व लागेर आउछ/ यहाँ मैले भन्नु नै पर्छ, मलाई गुच्छा र खोपी खेल्न आउदैन । त्यसैले म विद्यार्थी भाई वहिनीहरुलाई भन्न चाहन्छु कि घरको काममा गुनासो नगर्नुस,गुच्छा, खोपी र आजभोली मोबाइलमा खेल्ने समयमा काम गर्नुस र पढ्नुस त्यो अझ ताजा हुन्छ । दिनमा समय छैन भने रात रात पद्नुस/


    डिल्लीराज घिमिरे : तपाईको उच्च शिक्षा कसरी कहावाट लिनु भयो र जापान पुग्नु भयो ?
    डा॰ अम्बरिश पोखरेल : शुरुमा शहर हाम्रो लागी नरमाइलो हुने हुदो रहेछ । कारण धेरै छन्, अहिले त्यो चर्चा नगरु होला/ तर उस जमनामै आफ्नै मेरा दाजु एक र दुइ दिदीहरु काठमाडौँमै पढ्नु हुन्थ्यो । विद्यालय शिक्षा भन्दा क्याम्पस तह अलि भिन्न हुने रहेछ विशेष गरी हामी गाउलेहरुको लागी सुरुवाती समयमा/ तर समस्त समस्या भएता पनी हिम्मत हारीएन । सुरु सुरुमा एक दुइ हप्ता त शिक्षकले पढाउने तर म भने मेसो नपाउने भन्ने भयो / त्यही बिचमा मैले एउटा लामो कविता समेत लेखेको छु/ ति कविताहरु मसंग अझै छन/ गाउदेखि सहरको पिडा र शहरका मान्छेले देखाउने प्रवृत्तिको बारेमा समेत उल्लेख छ । चादीको घेरा कहाँ छैन र ? त्यही घेराले हो हामी अघाडी बढ्ने पनि/ यहानेर एकजना शहरिया साथीले मलाई धेरै माया गरेर दिएको सुझाब सधै सम्झन्छु । मैले आइ एस्सी (I.Sc.) को पहिलो बर्ष सयौ माँझमा (त्यो समयमा पाँच सय भन्दा बढी विद्यार्थी हुने गर्थे) त्रि चन्द्र क्याम्पसमा १९ जनाको उत्तीर्णको सूचीमा आफुलाई समाहित पारे तर प्रतिशत भने सामान्य नै आयो । यसै गरी (B.Sc .) मा त जम्मा २० जनाको कोटा सुची थियो । मौसम बिषयमा भर्नाको लागी त्यो समयमा अझै संगठनले भर्ना गर्ने त्यति धेरै आट गर्ने चलन थिएन । त्यसमा पनि पर्न सफल भइयो/ अन्त्यमा मास्टर तह मा भने नेपाल दोस्रो भइयो, अनि पढाउन सुरु गरियो, सन् २००३ देखि अहिलेसम्म सोहि पेशा मै छु र अहिले म त्रिचन्द्र क्याम्पसको बाताबरण र मौसम विभागमा सेवारत छु । स्मरण गर्नु पर्ने कुरा के छ भने, मैले बि. एस. सी. पढदा नै, यो अमेरिकन मौसम समाजको बार्षिक साधारण सभामा जाने रहर लागेको थियो । एकजना धिरज सरसंग कुरा पनि मैले गरेको हो/ उहा त कति हो कति खुसी त्यो कुरा सुनेर, मलाई त अचम्म लागेर आयो । उहाले थप भन्नु भयो, “तिमि अहिले नै त्यहा जाने सोचेका छौ भने पछि त कुनै दिन पक्का पक्कि जान्छौ” भन्नु भयो । तर त्यहा जाने कसरी यो निकै कठिन कुरा हो / थोरै मान्छेहरुलाई मात्र त्यो मौका मिल्ने गर्छ अर्थात् गहन प्रकारको अनुसन्धान चाहियो नि / यसरी सन् १९९८ तिरको सपना साकार पार्न भनेर, सन् २०१२ मा म जापानको होक्कैड़ो बिस्वविद्यालयतिर पी एच डी (PhD) का लागी हिडियो भन्न सकिन्छ । तर त्यहा पुग्नको लागी हैन कि, मलाई मेरो बिस्वविद्यालयमा प्रोफेशरमा बढुवा हुनको लागी चाहिने नै भयो । यसरी धेरै ठाउमा तीर हान्ने यन्त्र हो यो पी.एच.डी.को अनुसन्धान र पी.एच.डी.उपाधी/


  • डिल्लीराज घिमिरे : तपाई अर्घाखाँचीवाँसीको विश्व संजाल अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्चमा आवद्द हुनु हुन्छ कि हुनुहुनन् ?
    डा॰ अम्बरिश पोखरेल: म साधारण संस्थापक केन्द्रिय सदस्य छु किनभने म संस्था स्थापनाको चरणमा वरिष्ठ केन्द्रीयउपादक्ष्य कर्ण रायमाझी दाईसंग, तर अहिलेको समितीमा मलाई याद छैन सायद साधारण सदस्य छु । मलाई संगठन निकै मन पर्छ तर बिदेशमा बसेर नेपालका कमिशन खोरनेताको ओकालत गर्ने बानीले गर्दा चित्त बुझ्दैन । तर यो अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मंचले यस्तो काम गर्दैन भन्ने लागेर आउछ / यस संस्था प्रती खुसी छु । समाजमा सक्रिय सेवा गर्ने भावना स्वरुप मेरै जिबन साथी डा. भगबती सहित हामीले धेरै काम गरेका छौ/ जुन कामलाई बताउदै हिड्नु राम्रो हैन जहाँ मानबियता प्रमुख छ ।

    डिल्लीराज घिमिरे : तपाईको नजरमा अर्घाखाँची कस्तो जिल्ला हो,वास्तविक रुपमा जिल्ला र राष्ट्रीय संक्रमणकालिन अवस्थाको निकास के देख्नु हुन्छ ?
    डा॰ अम्बरिश पोखरेल : मलाई म जन्मेको ठाउँ धेरै माया लाग्ने याद हुने हुन्छ,अरुलाई भन्दा बढी हो कि जस्तो लाग्छ । मेरो जिल्ला प्यारो जिल्ला र हामी जिल्लाबासी राजनीतिमा आगाडी छौ तर शिक्षामा र विकासमा पछाडी छौ । यसलाई परिवर्तन गर्नु पर्छ भन्ने मेरो विचार हो । अनि हामीलाई अन्य जिल्लाले पनि चिन्ने अवसर मिल्ने छ । जस्तो अहिले शारदा भुसाल झाले निकै राम्रो गर्नु भएको छ । खुसी लागेर आउछ उहा मेरो स्कुलको मिल्ने साथी पनि हो / त्यो अभियानले राष्ट्रिय स्तरमा हाम्रो जिल्लाको पनि नाम सकरात्मक रुपमा जोडिने गरेको छ । उहाँ जस्ताको हिम्मत बढाउने काम हामी जिल्ला बासीको हो । तर हामी त उल्टो पो गर्छौ । यहाँ शायद जिल्लाबासीहरुमा एकता नभएको जिल्ला हाम्रो जिल्ला पनि हो जस्तो मलाई लाग्छ । अन्य जिल्लाबासी फरक छन मैले धेरै अनुभव गरेको छु/ यसरी मेरो जिल्लावाँसीमा बिखन्डन जिल्लाकारी शैली वढी छ । यसको परिणाम हामी विभिन्न क्षेत्र त्यो पनी रोज़गारको क्षेत्रमा धेरै पछि परेका छौ । हाम्रो जिल्लाको विकास गर्ने त जिल्ला बासीले हो तर औघोगिक लगायतका बिकाश भएकै छैन/ किन हो ? को हो हाम्रो बाधक ? मलाई त लाग्छ, कतै हाम्रो प्रबृति हो बाधक ! फेरी यहि कुरा राष्ट्रको लागी पनि सहि हो/ बिडम्बना हामी सत्तामा पुग्नको लागी एकछिनमै एक ठाउमा हुने गर्छौ / विदेशीसंग समेत राता रात सम्झौता गर्छौ कुनै ठुलो विवाद हुदैन तर नेता र पार्टीको कमिशनका लागी, एउटा खानेपानीको सुरुङ्ग खन्न १४ वर्ष भन्दा बढी को खेल खेल्छौ / यो चरम तर निक्रिस्ट राष्ट्रीय समस्या हो । मेरो ब्याक्तिगत बिचारमा अब उत्तरी देश चीनले नेपालको मामलामा दरो हस्तक्षेप गरेर भारतियहरुसंग सम्झौता गरेनन भने हामी अरु बढी संकटमा फस्ने छौ । मेरो बिचारमा चीन त्यो सोच्दै हुनु पर्छ अबस्य पनि गती धिमा हुनेछ । सोचेन भने राष्ट्रीय समस्याको निकासको लागी हामीले नै अब निम्ता गर्नु पर्ने छ । मलाई यहाँ गाली नगर्नुस, किनभने मसंग स्वार्थ छैन तर यदी उसले त्यो गरेन भने, अब हाम्रो पुस्ताले पनि बिस्व मानचित्रमा नेपाल नभेट्न सक्छ, त्यो मलाई मान्य छैन / हामी नया शिराबाट चल्नु पर्ने छ । त्यसको लागी जनतले अब लेन्डुप दोर्जेहरुको तिरस्कार सुरु गर्नु पर्ने नै हुन्छ । आशा गरौ दुवै सुखद हुनेछ तर पछिल्लो अझ उत्तम र स्वाभिमानी विकल्प हो ।
    डिल्लीराज घिमिरे : पढाइको अतिरिक्त तपाईका इच्छाहरु के छन नी ?
    डा॰ अम्बरिश पोखरेल: कविता लेख्नु मेरो बिशेष रुची हो तर आजभोली त्यो लेखन बन्द छ कहिलेकाही मात्र लेख्ने गर्छु । सामाजिक सेवा दिवसको सन्दर्भमा म कक्षा ५ मा पढ्दा कविता लेखेरै जिल्ला स्तरिय प्रथम पुरस्कार हात पारेको थिए । त्यही पुरानो सभा गृहमा त्यो बाचन गर्दा बोली अड्केको याद मलाई छ । यसको साथै गाउको घरमा वरिपरी सरसफाई गरी चिटिक्क पार्ने, अनेक प्रकारका आकर्षक सानासाना बाटोहरु बनाउने, फलफूलका बोट वरिपरी चौपारीहरु बनाउने, सधै काटछाट गर्नु पर्ने/ राम्रो काम गर्ने संगठनमा काम गर्नु मेरो अर्को रुचीको बिषय हो ।
  • डिल्लीराज घिमिरे : तपाईको ख़ास अविस्मरणीय क्षणको अनुभूति वताउनु न है ?

  • डा॰अम्बरिश पोख्रेल : यस्तो अवसर आउला जस्तो लाग्दैन थियो पहिले त सामान्य लागेको थियो । तर मेरा गुरु र जीवन साथी भगबती जो यहि क्षेत्रमा पहिले देखि अनुसन्धानरत हुनुहुन्छ उहाँहरुले बधाई दिएपछी चाही म नया अनुभुती गर्न सुरु गरे मात्र हैन मेरो मन हल्का भयो । अझै केहि गरौ गरौ लाग्ने,अहिले नै सुरु गरौ त्यो काम पनि, किन एकछिन ढिला गर्ने भन्ने मनमा आउदो रहेछ । यो प्रतिफल हप्तौ, महिनौ अनिदो रातहरुको प्रतिफल हो जुन आज आएर मिठो लागेको छ । आज मसंग ति सारा अनिदो रातहरुको सम्झना ताजा हुदै छन । अचम्मको कुरा, नयाँ नयाँ अनिदो रातहरुको कल्पना मनमा आउने गर्दछ यो मेरो नयाँ बिशेष प्रकारको अनुभुती हो ।


    डिल्लीराज घिमिरे : तपाईको भावी योजना के छ जापानमै रहनु हुन्छ कि नेपालमा केही गर्ने योजना छ ?
    डा॰अम्बरिश पोख्रेल : फेरी त्यहीबाट आएको अर्को बर्षको निमन्त्रणा अनुसारको तयारी गर्दै छु । केहि नया नया अरु तथ्यहरु फेला पार्ने काम हुदै छ तर जाने वा नजाने भन्ने कुरा अझै निश्चित गरेको छैन । मेरा आफ्ना व्याक्तीगत अन्य विषय पनि हेर्नु पर्ने हुन्छ । आउदो बर्षको ९६ औ साधारण सभामा जान अनुकुल भएन भने अर्को ९७ औ सभामा जाने विचार हो । यसै बिचमा मैले अरु आधा दर्जन भन्दा बढी अनुसन्धानहरु र तिनबाट आएको नतिजा प्रकाशनको लागी अन्तराष्ट्रिय वैज्ञानिक जर्नलहरुमा पठाउने काम भैरहेको छ । शायद आउदो १-२ बर्षमा प्रकाशित हुने नै छन भन्ने कुराको अपेक्षा छ । अनि नेपालमा यो विषयको आधारभूत अनुसन्धानशाला स्थापना गर्ने योजना छ । यो योजना म र मेरो जीवन साथी डा.भगवती कुँवर पोख्रेलले गरेका छौ । त्यसको ५० प्रतिशत जती काम पुरा गरि सकेका समेत छौ तर हामीलाई २४ घण्टा बिजुली चाहिने भएको हुदा निकै कठिन होला भन्ने लागेको छ तर जहाँ इच्छा त्यहा उपाय जसको तयारी सुरु गरेका छौ । हामीसंग चीनियाँ,ताइवानी,जापानिज एक एक जना र दुइ जना अमेरिकन बैज्ञानिकहरुले नेपालमा हामीसंग काम गर्ने उत्साह देखाउनु भएको छ । त्यही अन्तर्गत पनि हामीले हाम्रो तयारी गरेको हो । इज्जत धान्न सकिन्छ कि भन्ने लागेको छ । हाम्रा कानुनले हामीलाई नै दुख दिएन भने त्यो सपना अब छ महिना देखि एक बर्ष भित्र नै पुरा हुदै छ । नया पुस्ताले प्रेरणा पाउने छन् भन्ने लागेको छ ।
    डिल्लीराज घिमिरे : तपाईको परिवार कहाँ हुनुहुन्छ हालको स्थाई वसाई कहा छ ?
    डा॰अम्बरिश पोख्रेल : हाम्रो परिवार अर्थात् मेरो बुवाआमा, दिदि बहिनीहरु र दाजु भाई सबैको स्थायी बसोबास नेपाल मै र बिसेस गरी सन्धिखर्क मै हो/ तर हामी बिगत ३-४ बर्ष देखि म, मेरी जीवन साथी र मेरो एक छोरा सहित यता जापानमा अनुसन्धानमा लागी रहेका छौ । अझ मेरी जीवन साथी त पहिले देखि नै यहि क्षेत्रको अनुसन्धानमा तल्लिन भयता पनि हामी नेपाल फर्कने हो । म त अझ छिटो फर्कनु पर्ने छ, किनकी म त्रिभुवन बिस्वविद्यालयको असिस्टेन्ट प्रोफेसर पनि छु ।

    डिल्लीराज घिमिरे : आफ्नो व्यास्त समयको वावजुत आफ्नो समय उपलब्ध गराई विचार आदान गरिदिनु भएकोमा धन्यवाद व्याक्त गर्दछु ।
    डा॰अम्बरिश पोख्रेल : आज म कहाँ तपाई कहाँ तर आफ्नो मीडिया नेटवर्क प्रयोग गरी मेरो अन्तरवार्ता लिनु भई संदेश प्रवाह गर्ने अवसर दिनु भएकोमा तपाई र अर्घाखाँची भ्वाईस परिवार प्रति आभारी छु धन्यवाद/
  • श्रोतः सिमानापारी डट कम
छोरी हैन छोराको बिदाई

छोरी हैन छोराको बिदाई


बाउआमालाई छोरी जन्माएपछि कहिले त्यो ठूली हुन्छे र त्यसलाई अर्काको घरमा बिदा गरेर पठाउ भन्ने हतार हुन्छ । छोरीलाई बिहाको नाममा अरुलाई सुम्पिन पाउनु जस्तो ठूलो अभिभारा अरु नठान्ने बाउआमाले नै छोरीलाई बोझ ठानेर हुर्काउने गर्दछन् । तर आजको समय छोरा र छोरीलाई बराबर ठानेर हुर्काउने हो । जहाँ पनि महिलाको हक अधिकारको कुरा उठिरहँदा के यो परम्परामा परिवर्तन आउन जरुरी छैन ? केटा खोजेर छोरीलाई धूमधामसित बिहा गरेर अर्काको घरमा बिदा गर्ने चलनलाई बद्लेर अब अभिभावकले अर्काको छोरालाई बिहा गरेर छोरीले घरमा भित्र्याउने चलनको थालनी गर्नु आवश्यक छ । सधैंको अरुको दैलो छोरीले मात्र किन पोत्ने ?
छोरीले अरुको घर मात्र जानु पर्दैन कि त्यहाँ गएर अनेक बुहार्तन पनि सहनु पर्दछ । सन्तानकी आमा बनेर तिनलाई हुर्काउन सजिलो पक्कै छैन, तर पनि यो समाजले तिनै महिलालाई देखि सहंदैन । एउटा छुट्टै परिवेशमा फरक मूल्य मान्यताको बीचमा हुर्किएकि युवतीलाई कहिले नदेखे सुनेको घरमा जीवन बिताउनु पर्दा कति सास्ति हुंदो होला ? अझ त्यस घरका मान्छे सहयोगी र मायालु छैनन् भने ती युवतीको सि·ो जीवन नर्क बन्दछ । बुहारीलाई दाइजोमा प्राप्त हुने नगद र सामान ठानेर केटा पक्षले सोही अनुसार ब्यवहार गर्दा हाम्रो समाजमा रिहानाहरुले अकालमै ज्यान गुमाउनु पर्दछ ।
छोरीको हात बिहामा बेसार दलेर शुभ बनाइन्छ । तर तिनै छोरीको जीवन श्रीमानको घरपट्टिका मान्छेको निच व्यवहारले जीवन नै पँहेलो हुन्छ । सुकेको बिरुवा जस्तो ठि· र उजाड ती युवतीहरुको बारेमा श्रीमानले कहिल्यै घोत्लिंदैनन् । त्यसैले पुरुषहरुलाई अरुको घरमा गएर जीवन बिताउनु पर्दा कस्तो अनुभव हुन्छ त्यो जान्नु पर्ने भइसकेको छ । त्यसैले समय र परम्परालाई चुनौति दिदैं अब छोरीको बिदाई हैन कि बाउआमाले छोरालाई बिदा गरेर अरुको घरमा पठाउनु पर्ने बेला भइसकेको छ । बुहारीको स्वागत गर्ने भन्दा ज्वाइँको स्वागत गर्नकालागि अभिभावकहरुले आफुलाई मानसिक रुपमा तयार गरेर सोही अनुसार गरे दाइजो समस्या पनि हल हुन्थ्यो होला ?
पुरुषवादी सोच र यो समाजले महिलालाई शरीरको हद भन्दा माथि उक्लिनै दिएन । महिलालाई भोगको वस्तु बनाएर लुट्न पल्केको पुरुषवादी सोचले नै महिला हिंसा बढाएको छ । महिला पनि मान्छे हुन्, तिनीहरुसँग पनि सोच्ने सम्झिने शक्ति छ भन्ने सोचमा परिवर्तन नभएसम्म महिलाले आफुमाथि हुने हिंसाबाट पार पाउन सक्दैनन् । पुरुषवादी सोच र समाजको अकर्मण्यताले गर्दा आज महिलाको आफ्नै शरीर उसको दुश्मन भएको छ । प्रकृतिले सृष्टिको अमूल्य कार्य दिएर महिलालाई जुन महानताको वोध गराएको छ आज त्यही शरीर उसकोलागि दुश्मन हुनु सभ्य समाजको लागि कलंक हो ।
जीवनको मूल्य नै वोध गर्न नपाएका कलिला बालिकाहरुको बलात्कार, अन्धबिश्वासमा रुमलिएर एउटी सोझी र गरिब महिलालाई बोक्सी मानेर चरम यातना तथा दाइजो नपाएको निहुंमा महिलालाई सर्वा· जलाइनुले समाजको असली चरित्र देखाएको छ । महिलामाथिको पीडा पुरुषले कहिले बुझ्दछ होला ? आजकी युवती भोली कसैकी आमा हुन् भन्ने सोच पुरुष जातिमा पलाउन सके मात्र उसले महिलालाई सम्मान दिन्थ्यो कि ?
महिलाकालागि सवारी साधनमा, जागिरमा वा अरुमा पनि आरक्षण छ । तर यही आरक्षणले महिलालाई परजीवि बनाएको छ । म पनि मान्छे हुं र म पनि त्यति नै लड्न भिड्न सक्छु भन्ने सोच महिलामा पनि आउनु आवश्यक छ । घरमा पस्केर दिएको खाए जस्तो आरक्षणले महिलाको स्वस्र्फुत प्रतिभा र हिम्मतलाई कुण्ठित पारेको छ । जबसम्म म छोरी वा महिला हुं भन्ने सोचाइबाट महिलामाथि उक्लिंदैनन् तबसम्म महिलामाथिको अत्याचार रहिरहन्छ ।
महिला र पुरुषबीच समानताकोलागि पनि छोरीलाई अन्माएर थप दुख दिनकालागि अरुको घरमा पठाउनु भन्दा अरुको छोरालाई आफ्नी छोरीको जीवनसाथीको रुपमा स्वागत गर्न ढिलो भइसकेको छ । किन छोरीले मात्र अरुको घरमा गएर आफन्तबाट बिछोरिएर त्यो पीडा ब्योहोर्ने ? छोराले पनि आफ्नो जन्मघर छाडेर आउँदा कस्तो सास्ति हुन्छ भन्ने अनुभव किन नगर्ने ? त्यसैले अब अभिभावकहरुले बुहारीको हैन कि ज्वाइँको स्वागत गर्नकालागि आफुलाई मनदेखि तयार पार्नु पर्दछ । यो २१ औं शताब्दि हो, यहाँ छोरा र छोरी दुबै बराबर छन्, अझ छोराले भन्दा छोरीले आमाबाउलाई बढी माया गर्ने र रेखदेख गर्ने कुरा घामझैं छर्ल· छ ।
छोरीलाई घरबाट बिहा गरेर बिदा गरेर पठाउँदा दाइजोका कारणले उनीहरुले अल्पायु मै आफ्नो जीवनबाट बिदा हुन बाध्य हुनु परेको छ । त्यसैले दाइजोको समस्यालाई जरैबाट निर्मूल पार्नकालागि छोरीलाई बिदा गरेर श्रीमानको “कसाईघर” पठाउनु भन्दा आफ्नै प्यारो घरमा ज्वाइँलाई स्वागत गर्ने र सधैंकालागि बस्ने वातावरणको निर्माण गर्न सक्नुपर्दछ । अब कसैको छोरा बेहुली लिन बाजागाजा बजाएर अरुको ढोकामा स्वागत गर्न गएको दृश्यभन्दा फरक कसैकी छोरीले पनि त्यसैगरी बेहुली बनेर बाजागाजा बजाएर आफ्नो श्रीमान वा बेहुलालाई लिन गएको दृश्य कम रोचक र उदाहरणीय हुदैंन होला ?

प्रकाशित मितीः२०७१ पुस ३ गते बिहीवार
‘तिम्रो डलरको तागतले मलाई किनेर देखाऊ’

‘तिम्रो डलरको तागतले मलाई किनेर देखाऊ’

–निशा खनाल अर्याल
नेपाली समाज आजका दिन सम्ममा पनि अशिक्षाले ग्रसित नै छन् आफ्नो धर्म र संस्कारको  अर्थ, महत्व, र गरिमालाई बुझ्न नसकेको सामाजिक अवस्था अहिले व्याप्त नै छ यही  छुट्याउन नसक्नेहरुलाई नै  दिनानुदिन जीवनका  भौतिक र  अभौतिक पीडाबाट मुक्त गर्ने हाम्रो उद्देश्य  हुनु पर्ने हो । त्यसमा पनि नेपालको आफ्नो संस्कृति र समाजको परम्परालाई समय साक्षेप बनाउने र जीवनका हरेक पक्षमा सहयोगी, दृढ साहसी बनाउँदै सबैलाई समेटिएर अगाडी लैजान र अन्धविश्वाश, कुरीतिबाट पिडित, अचेतनाका कारणले गर्दा आफ्नो धर्म र संस्कारलाई बुझ्न नसकेका जमातलाई शिक्षित गर्दै लैजाने काम हामीले गर्नु पथ्र्यो तर समयमै त्यस्तो हुन् नसक्दा धर्म परिवर्तनको खेति निक्कै मौलाउँदै गएको देखिन्छ, यसरी बिभिन्न चमत्कार देखाई लोभको आगोमा होमिएर पिल्सिएका पिडित व्यक्तिहरुलाई बाहिर निस्कन निक्कै गार्हो छ अब । गरिवीका कारणले हावा बिना निसासिए झैं निसासीई रहेकालाई र तातो वालुवामा छटपटाई रहेका नारी तथा पुरुषलाई आफ्नो देश भित्रै उचाल्ने यी धार्मिक मुकुण्डोधारी  विदेशी दलालको प्रलोभनवाट मुक्त गर्नु हाम्रो परम् कर्तव्य हो । गरिवीको आडमा घूसपैठ गरि हिन्दुत्वको जरो उखेल्नु नै यो तमाम प्रचारप्रसारको उद्देश्य रहेको अब प्रशस्त छ । महामानव  “येशु”ले कहिलै पनि पैसाको लालचा देखाएर वा जवजस्ती आफुलाई मान्नु पर्छ वा त्यस्तो जमात बनाउनु पर्छ भनेनन् । तर यी दलालहरु आफू ठुलो हुन् र “येशु“ को वदनाम गर्न केहि कुरामा पछी परेनन् । यदी उनीहरुले धर्म आफंै लागु गर्ने हो भने कहिलै अरुलाई पैसाको बिटो थमाएर धर्म परिवर्तन गर भन्दै अरुको संस्कारलाई लत्याउँदै नानाभांति तोडफोड जस्ता घिनाउने कार्य गर्ने थिएनन् । एकपल्ट गम्भीर भएर सोच्नु होस् त, आज कैयौ क्रिश्चियन धर्ममा लागेकाहरुको मुसलमानले रेटेर र गोलि हानेर मारी रहेको अवस्थामा छ । क्रिश्चियनको शालिक तोडफोड गर्दा  किन उनीहरु त्यहा आफ्नो  धर्मको रक्षा गर्न सकिरहेका छैनन् यदी चमत्कार देखाएर शक्तिवान भन्दै धर्म परिवर्तन गराउनेले त्यहा मारिदै आएकाको किन रक्षा गर्न कि जाँदैन् त ?
आखिर धर्म भनेको के हो ? धर्मले अरुलाई होच्याउनु भन्छ ? हो, हामीले सामाजिक सदभाव, सहिशिष्णुता र मेलमिलापलाई धर्मको मुख्य कडी मनेकाछौ किन कि हाम्रो देश नेपाल भित्र आफ्नो संस्कार र आफ्नो धर्म छ चाहे जुन जातिका भए पनि । तर हामीले कहिले नभुल्ने कुरा भनेको हामी ओंमकार परिवारका सदस्य हौं , हिन्दु हौ ..जसलाई हामीले गर्वको विषय बनाएका छौं र हामीले यसमा गर्व गर्न सक्नु पर्छ । जहाँ हामीले बज्ने घन्टी को आवाज र शंखको धुनमा आनन्दको अनुभूति गर्दै इश्वर प्रति नतमस्तक हुन्छौ, हो त्यसैले मलाई कसैले मेरो हिन्दु धर्मको विपरीत आफ्नो धर्मको ब्याख्या गर्दा किन किन फोहर पानीले छयापे जस्तै लाग्छ । मलाई यस्तो भएर आउछ कि म बिषालु कुण्डमा कतै होमिदै छैन ? आफ्नो धर्मको खिलाफ कुनै कुरा सिकाउछ वा पैसाको बिटो देखाएर निरादर गर्न भन्छ भने उसले गर्ने म प्रतिको अगन्य प्रयाशको एलर्जीले मलाई झन् झन् हिजो आज येशुलाई बदनाम गर्ने ती ढोंगी दलालहरुसंग घृणाको भावहरु बढ्दै जादैछ । मेरो धर्म र संस्कार आफैमा सुरक्षा कवज हुँदा हुँदै ओंमबाट आउने शक्तिका मिठो धुन मेरो हिन्दु धर्मले रक्षा गरि रहँदा पनि किन अरुको अन्य देशको संस्कार किन मेरो देशमा ? साँच्चै यस्तो बेला मलाई याद आउछ दार्शनिक वैज्ञानिकहरुले भनेका छन् नि “धर्म बिनाको बिज्ञान, अनि बिज्ञान बिनाको धर्म लंगडो हुन्छ अरे झ् हो मलाई हिजो आज यो देशमा भै रहेको तोडफोड र अरुको देशबाट आएका दलालले सिकाएको भरमा आफ्नो देश भित्र रहेको प्राकृतिक सुन्दरता, विश्वमा नै धर्मको शक्तिको रुपमा मानिदै आएको मन्दिरहरु भित्र गरेका अनेकौ अपराधहरु “ओहो कस्तो विडम्बना ! आफ्नो देश भित्रकाले गर्ने नाइँ नास्तिक कस्तो लज्जात्मक भन्न पनि र सुन्न पनि ।
लौन सक्छौ भने मलाई धर्म परिवर्तन गराएर हेर ‘तिम्रो डलरको तागत मलाई पनि देखाऊ’ हुन् के भन्नु स्कुल, कलेजमा पठाउने शिक्षक तथा देशका रक्षकको रुपमा राज्य भित्र भएका नेता, सरकारी अफिसर कर्मचारीहरु जस्ता त पैसाको विटोले तराजुमा जोखिन्छन् भने गरिब, असहाय, र भोकले पिडितहरुको के कुरा गर्नु ? आफनो अभिमान, शान, इज्जत, गौरब, धर्म, संस्कारलाई पैसाको लालचले कुल्चिंदै ढोंगी भएर कचुला फेर्दछन र देशलाई अरुले नानाभाति भनेर आपसमा लडाई गराउँदा हेर्दछन भने त्यस्ता लाचारी ब्यस्याको व्यापार झैं गर्नेलाई के भन्नु र खै ? मन मनै सोची रहेकी छु हेर त, हाम्रो देशमा यो कस्तो विडम्बना आएको क्रिश्चिश्यनहरूले टाडा बसेर पनि पैसाको बिटो थमाई आफ्नै दाजु भाइ दिदी बैनी, तथा आफ्नो आमा बुवालाई गर्नु पर्ने कर्मबाट फुटाएर कलहको विज छर्न सफल हुन्छन् तर हामी हिन्दु देशका नेपाली शताब्दी देखि आफ्नै
 धार्मिक सहिष्णुता मा शान्तिसँग पुस्तौ पुस्ता बिताउदै आएका र विश्व विख्यात बौद्ध धर्मका प्रेणाता हाम्रो नेपालमा जन्म लिएका गौतम बुद्ध अनि सनातन हिन्दु धर्म बौद्ध धर्म र नेपाल भित्र रहेका जातीय धर्महरु एक आपसमा मिलेर हातेमालो गरि रहेकै थिए विना विवाद हजारौ बर्ष वित्दा पनि । आज क्रिश्चियन धर्मले प्रवेश पाउन साथ यो कलह, झगडा किन ? मठ, मन्दिर, गुम्बा, धार्मिक स्थल र मृत्यु संस्कारमा पनि क्रिश्चियनको आतंक किन ? यिनीहरुले किन टाडा बसेर नै नेपालो संस्कारलाई देखेर थपडी बजाउने गर्दछन् ? के एक पल्ट मौन भएर देशको बारेमा आफ्नो धर्म, संस्कारको बारेमा सोचेका छौं ? दशैंमा लाग्ने मेलामा टाँगिएको झुलुंगे पिंगको रमाइलो हेरे झैं गरि देश भित्र आफन्तमा लगाएको आंगोको तातो कतिन्जेल तापी रहन्छौ ? अनि कतिन्जेल उनीहरु संग रमाउँछौ ? हेर म त हाम्रो संस्कार र धर्मको बारेमा कसैले ब्याख्या गर्न आउछ भने पक्कै सहदीन किन कि म गर्वले भन्छु विश्वमा मेरो धर्म जाति पवित्र र शान्ति पूर्ण शक्ति भएको धर्म कहिं छैन । यदी अब मेरो धर्मलाई कसैले औंल्याई धावा दिन्छ भने म सहने छुइन । लौ त सक्छौ भने तिम्रो डलरले मलाई धर्म परिवर्तन गराएर हेर ?  हो अब हाम्रो हिन्दु धर्म भित्र रहेका हरेक जतजातीय, धर्मलाम्बीहरुले एक जुट भएर हाम्रो देशमा आयतित धर्मको बिरुद्ध सबै एक भएर प्रतिकार गरौ । र अब हाम्रो देश भित्र पनि सरकारी निकायमा धर्मको रेकर्ड राख्ने ब्यबस्थाको अविलम्व थालनी हुनु पर्छ, र धर्म परिवर्तन को प्रक्रियाका साथै सरकारी निकायमा रजिष्ट्रेसन र स्वीकृतिको प्रावधानको थालनी गर्नै पर्छ र धर्म परिवर्तनको कारण र त्यसको दुरगामी असरको सबैमा जानकारी भए मात्र हाम्रा मठ, मन्दिर, गुम्बा तथा धार्मिक स्थलहरुको संरक्षित हुने र जीर्णोद्धार हुनेछन् अनि पवित्रतामा कसैले औला ठड््याउने छैन सायद यस पछी मात्र शान्तिको किरण गुञ्जिनेछ । साँच्चै भन्ने हो भने धर्म भनेको  धारण गर्ने भावना, सोच, र व्यबहार हो, “धारान्त धर्ममित्याहँ, धर्मो धारयान्ति प्रजा “भनिने गरिन्छ, यो स्वर्गको  टिकट  बिक्री गर्ने कुनै ठेकेदारको पसल होइन, तर हिजो आज  नेपालीको गरिवीलाई भजाएर धर्मको खेति गर्ने “फिरिंगी “हरुको बढ्दो  चहलपहलले हामी सबैलाई गम्भीर बनाएको छ, धर्म भनेको त् आस्थाको नाम हो, विश्वाशको नाम हो, निष्ठाको नाम हो, तर अलिकति “पैसा” पाउँदैमा कसैको आस्था, निष्ठा, भक्ति र श्रद्धाको  बाटो नै बदलिन पाउँदैमा कसैको आस्था, निष्ठा, भक्ति र श्रद्धाको बाटो नै बदलिन सक्छ भने त्यसलाई कसरी “असल” मान्छेमा गणना गर्ने ? कुनै मान्छे पैसा पाएको भरमा आफ्नो “पूर्वज देखिको आस्थाको त व्यापार गर्न सक्छ भने अझै धेरै पैसा पाउँदा त्यसले के मात्र बेच्दैन होला र ? त्यसर्थ, धर्मको कुरा आउँदा गम्भीर भएर सोचौं, पैसा पाइन्छ, भन्दैमा भीरबाट फालहाल्नु उचित नहुन पनि सक्छ, त्यसैले जहिले पनि मनमा राखूू :–“स्वधर्मे निधनम् श्रेय परधर्मो भयावह, ओंम शान्ति शान्ति शान्ति” ।
(सप्तरी जिल्लाको राजविराज घर भएकी अर्याल वैदेशिक रोजगारीको क्रममा हाल इजरायलमा बस्दै आउनुभएको छ ।)
जुगाँको लडाईमै पिल्सिनेभो नेपाल

जुगाँको लडाईमै पिल्सिनेभो नेपाल

-प्रविण अधिकारी
आतंककारी पृष्ठ भूमिले आन्तरिक व्यवस्थापन र अन्तराष्ट्रिय राजनीति हाक्न सक्दैन भन्नेकुराको प्रमाण सार्क समिटको नेपालको बैठक हुन पुगेको छ ! हिन्दीमा एउटा उखान छ " बेशी जोगी मठ उजाडे " त्यै भा छ नेपाली घरेलु राजनीति ! आन्तरिक कलहबाट पिडित नेपालको कूटनीतिक लाजमर्दो अवस्थामा पुग्नु सरकारको अस्पष्ट र अपरिपक्व शैली हो ! छिमेकी सरकार प्रमुखहरूलाई जाबो एउटा मोटर समेत आफैं मिलाउन नसक्ने लाछी पनी बनायो ! अन्तर्राष्ट्रिय जगतामा नेपालको नाम सुन्ने बितिक्कै भृकुटी खुम्च्याउने बनाइदियो ! भारत प्रतिको निर्भरता गतिलो गरी नंग्याई दियो ! मूलूकको आन्तरिक राजनीतिमा काटाकाट गरिरहेका हाम्रा हनुमानहरुको कार्या शैली " खुच्चिङ्ग खाला पैताला मैले खाएँ सुन्तला " बन्न पुग्यो ! ८ देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुको सम्मेलनको पूर्व त्यैयारी मुलुकको अश्मिता बेच्न र भारतको निर्भरता देखाउनमै रुमल्लियो ! आफनै मुलुकबाट आफ्ना विशिष्ट अतिथिहरूलाई चढाउने मोटर जुटाउन नसक्ने तेश्रो देश संगको सम्बन्ध , पत्रु ब्यबस्थापन र पूर्ब तयारी रणनीति इज्जत घताउन् मै केन्द्रित हुनुले नेपालका ३ प्रमुख दलले मूलूक चलाउन सक्दैनन् भन्ने कुरो प्रष्ट पारे !
यी सम्पूर्ण कुराहरु नजिकैबाट नियाली रहेका आमनेपालीहरु भन्दै छन् अहिलेको गणतन्त्रे बन्दोबस्त भन्दा त् निरङ्कुश भनिएको पंचायत र त्यसले निर्धारण गरेको दुरदर्शितानै लाखौगुणा अशल थियो जस्ले नेपाल र नेपालीको शीर कहिल्यै झुक्न दिएको थिएँन !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण र उनको सम्बोधन र साइकल उपहारले हाम्रो निर्णय क्षमता र त्यसको दिगोपनलाई समेत प्रश्नको घेरामा तान्योनै त्यो भन्दा ठुलो कुरा नेपाल सरकारको आन्तिरिक राजनैतिक र व्यवस्थापन शैलीलाई लंगुटी पनी लाइदियो ! नेपालको संयुक्त सरकार त्यसका मन्त्रालयहरुको आन्तरिक ब्यबस्थापन र तिनको क्षेत्राधिकारको नाङ्गो नाच
अन्तराष्ट्रिय स्तरमा नाङ्गिनु अपरिपक्व कूटनीतिक व्यवस्थापनको भद्दा नमुना हो ।
बौद्ध धर्मावलम्बीले बुझ्नैपर्ने कुराः  ८०% हिन्दुहरुलाई खान खोज्ने अजिंगरले ९% बौद्धहरुलाई बाँकी राख्लान् ?

बौद्ध धर्मावलम्बीले बुझ्नैपर्ने कुराः ८०% हिन्दुहरुलाई खान खोज्ने अजिंगरले ९% बौद्धहरुलाई बाँकी राख्लान् ?

–महेश्वोर श्रेष्ठ
मैले "बुद्धको दर्शन, शान्तिको सुदर्शन" नामको फेसबुक ग्रुपमा गरेको एउटा कमेन्ट तपाईंहरुलाई पनि इन्ट्रेष्टिङ्ग होला भनेर यहं पनि पोस्ट गरेको छु।
म आफ्ना मान्यवरहरुलाई देवता मान्ने (पितृ देवो, गुरु देवो भव, अतिथि देवो भव भनेेर सिकाउने) र तथागत बुद्धलाई पनि त्यसरी नै सम्मान गरी देवता नै मान्ने सनातन हिन्दु धर्मको अनुयायी हुं। अहिले बजारमा हिन्दु राष्ट्र स्थापनाका स्वरहरु सुन्न थालिएका छन्, आन्दोलनहरु हुन थालेका छन्। यसलाई हिन्दु अतिवादीहरुको क्रियाकलाप भनेर आलोचना गरिए तापनि उनीहरु त्यसरी आन्दोलित हुनाको जायज कारणहरु छन् जसलाई म यसरी व्यक्त गर्न चाहन्छु।
१. नेपाललाई धर्म निरपेक्ष घोषणा गर्ने पहिलो संविधानसभामा सभासदहरुको अत्यधिक संख्या हिन्दुहरुकै थियो। मुलुकमा धार्मिक अल्पसंख्यकहरुको भावनालाई कदर गर्दै बहसमा एक शव्दपनि नबोलीकन देशलाई चुपचाप धर्म निरपेक्ष घोषणा गर्न तिने हिन्दु सभासदहरुको उदार मन र शालीन सदासयतालाई हामीले संधै सम्मानका साथ सम्झनु पर्छ कि पर्दैन ?
२. खाईपाई आएको हिन्दु अधिराज्यलाई समाप्त गरेर धर्म निरपेक्ष घोषणा गरिंदा जनस्तरबाट कहिं कतैबाट विरोधमा एक शव्द बोलिएन, सडकमा कोहि निस्केन, कहिं कतै तोडफोड भएको देख्नु परेन मानौं त्यत्रो परिवर्तन हुंदा पनि केहि भएकै थिएन। यसलाई देशको ८०% जनसंख्या भएका हिन्दुहरुको शालीनता, संयमता, सहनशीलता, त्याग र समावेशी भावनाको उदात्त प्रदर्शन भन्नु पर्छ कि पर्दैन ?
यति हुंदा हुंदै पनि गैर हिन्दुहरुबाट हिन्दु धर्म र हिन्दुहरुलाई हेप्ने, मानमर्दन गर्ने, हुंदो नहुंदो लान्छना लगाउने, मानसिक यातना दिने, मठ मन्दीर गुम्बा भत्काउन लगाउने, पैसा र तरुनी घरघरमा पठाएर लोभलालच देखाएर धर्म परिवर्तन गराउने कार्यहरु अस्वाभाविक र तीब्र रुपमा हुन थालेको र हुंदै आएकोले हिन्दुहरु आफ्नो अस्तित्व र स्वाभिमान रक्षाका लागि सडकमा उत्रन वाध्य भएका हुन्।
यसलाई बौद्ध मित्रहरुेले हिन्दु अतिवादको रुपमा लिनु गल्ती हुनेछ। याद गर्नु होस्, बौद्धधर्म त्यहीं मात्र फल्न, फुल्न र फक्रन पाएको छ, सकेको छ जहां पूर्वीय दर्शन सहितको सनातन धर्म पुग्न सकेको छ। सनातन धर्म नपुगेको ठाउंमा केहि बौद्धहरु पाइनु संकेतिक उपस्थिति मात्र हो, अपवाद मात्र हो, त्यसले खासै महत्व राख्दैन। त्यसैले नेपालको सन्दर्भमा बौद्धहरुले सहकार्य गर्नु पर्ने र सहअस्तित्वमा बाँच्नु पर्ने भनेको ८०% हिन्दुहरु सहित ९६% संख्यामा रहेका विशाल ओमकार परिवार नै हो।
यस्तो सत्य तथ्य थाहा हुंदा हुंदै केहि बौद्धहरु हिन्दु धर्मलाई खुइल्याउने उद्देश्यले म्लेच्छहरुको तमाम कुकर्म प्रति आंखा चिम्लेर (मौन स्वीकृति दिएर) एक किसिमको अघोषित कार्गत एकता गरिरहेको देख्दा मलाई निकै दुख लागेको छ। ८०% हिन्दुहरुलाई खान खोज्ने अजिंगरले ९% बौद्धहरुलाई खान कुनै सम्स्या हुने छैन। फुर्सदमा पछुताउनु भन्दा बेलैमा सोचौं मित्रहरु। भवतु सब्ब मंगलम् ।
(श्रेष्ठको फेसबुक वालमाट साभार)
भन्छन शंका नगर संविधान दिन्छौं

भन्छन शंका नगर संविधान दिन्छौं

– स्वयम्भुनाथ कार्की
राजनैतिक दलको, प्रजातन्त्रको अनि जनताको सर्वाधिकारको आफुखुशी र आफु अनुकुल व्याख्या गरेर आफैलाई मालिक ठान्नेहरुले सधै भट्याउने गरेको वाक्य हो “शंका नगर, संविधान दिन्छौं ” । योग्यताले दिईनु पर्ने तर राजनैतिक भागवण्डाले अपहरण  गरेको कुनै पद आफ्नो भागमा पार्न यो मुलुकका बुद्धिजीविहरु चौविसै घण्टा प्रमुख भनिएका केहि दलका शिर्ष भनिएका केहि नेताहरुको प्रशस्ती गाउन तूछाड मछाड गर्देछन । उद्योगी व्यापारीहरु यी शिर्ष नेताहरुलाइ आफ्नो फन्दामा पार्ने मेसोमा तल्लिन छन । संचारजगत “सिताको लोभमा गीता” गाउने प्रवृति मौलाएको छ । यसो भन्दा आजकलको भाषामा मुर्ख भनिने “आत्माको आवाज” निर्देशितहरुको खडेरी नै परेको भने होईन , अनेकौ हण्डर खाए पनि, छाक टार्न कठिन हुूदै गए पनि यस्ता कथित “मुर्ख”ले आफ्नो अस्तित्व कायम राखेका छन । उनिहरुको मुटु कसैले नेपाल आमालाई अपशव्द बोल्दा नराम्ररी दुख्छ , तर मुलुकको प्रधानमन्त्रीे नेपाल टुक्र्याउने अभिव्यतिm दिनेलाई कारवाही गरिनु हुन्न भन्छन । नागरिकले न्याय माग्दै मृत्युवरण गर्दा यस्ता बुद्धिमानहरुलाई अतिसामान्य घटना लाग्छ तर मुलुकलाई नै अनेकौ अपशव्द बोल्दै सशस्त्र विद्रोहको निमित्त प्रशिक्षण दिदै हिडेकाले हिरासतमा गरेको अनसन खोलाउन मुलुकका मन्त्रीहरुको लर्को लाग्छ । अनि जनता पछि फर्केर भन्छन “शंका नगर, संविधान दिन्छौं ”।

नेपालीहरुले प्रशस्त संविधान पाईसकेका छन, पञ्चायती संविधान बाहेक अन्य कुनै पनि संविधानलाई दशक पार गर्न कठिन भएको छ । बरु तानाशाही भनिएको संविधान अन्तरगतको आवधिक निर्वाचन कहिले थाँती रहेन तर लोकतान्त्रिक भनिएका संविधान अन्तरगत राजनीतिकर्मीहरुको “ हलुवामाँडा” पाक्ने निकायको बाहेक सर्वसाधारणका चासोका निकायमा निर्वाचनको खडेरी मात्र पर्‍यो । त्यसैले नेपालीहरु संविधान देख्न नै मरिहत्ते गर्ने खालका हैनन । नेपालीले चाहेको कुरा एक वाक्यमा भन्न सकिन्छ  त्यो हो, “आफ्नै थातवासमा बसेर आफ्नो सामथ्र्यले गौरवशाली नेपाली अनुभूत गर्दै जीवन यापन” । यही पाएनन भनेर आफ्नो निमित्त आफै संविधान बनाउने अधिकारको रुपमा संविधानसभाको परिकल्पना गरिएको हो । यस परिकल्पना अनुसार संविधानको खेश्रा कोरेर अनुमोदनको निमित्त आफु समक्ष पेश गर्न सभासदहरुलाई काम दिईएको हो, तर आफ्नो यो हैसियत चटक्कै भुलेर आफूलाई जनताको मालिक भएको जनाउने अति घमण्डी अभिव्यक्ति हो “संविधान दिन्छौं” भन्ने भनाई ।

दुई पटकसम्म निर्वाचन भएको संविधानसभाले आफ्नो क्षमता भन्दा धेरै काम गरेको छ । यसमा कुनै शंका गर्नुपर्ने ठाँउ नै छैन । गणतन्त्र कार्यान्वयन भयो, राजाको स्थानमा राष्ट्रपति राखिए । राजश्व संकलनमा बढ्यो, जनकल्याणकारी कामको निमित्त बजेट घट्यो । हजारौंले तन्नम आर्थिक स्थितिबाट सम्पन्नतामा पदार्पण गरे, लाखौं भएको सबै जसो गुमाएर वैदेशिक रोजगारीमा गए । संविधानसभामा राज्य पुर्नसंंरचनाको छलफल चल्दैछ, तर मुलुकमा धमाधम नगरपालिकाहरु घोषित हुूदैछन । राणाकाल बाहेक राजाहरुको अतिरिक्त दरवन्दी श्रृजना गरेर आफ्नालाई लैजाने हिम्मत नभएको विभागमा पनि मनमौजी अतिरिक्त दरवन्दी बनाउदै पदस्थापना गर्ने आँटिलो काम त केवल संविधानसभाको आडमा मात्र संभव थियो । सरकारी अस्पतालहरुको दवाइको बजेट कटाएर विदेशको महंगा अस्पतालमा “एपेण्डिसाईटिस”को अपरेसनको सुविधामा राजश्व खर्च गर्न पाउने सौभाग्य “जनताका छोराछोरी”ले पाए , सबैले होइन केही पं्रतिनिधि पात्र र परिवारले । यत्रो काममा व्यस्त हुूदा पनि अझ हिम्मत छ त्यसैले “शंका नगर, संविधान दिन्छौं” भन्छन भने त्यो भन्दा ठूलो वेइमानी अरु के हुनसक्छ ?

यो सबैको श्रेय राजनैतिक दलका शिर्ष नेताहरुलाई भन्दा ती नेताहरुले कुनै पद, शक्ति हड्डि झै फ्याक्लान र खाउूला भनेर तिनको स्तुति गायनमा प्रतिस्पर्धा गरिरहेका मुलुकका सार मानिने बुद्धिजीवि, संचार जगत, विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संस्थाका बलमा नागरिक समाज कहलिएकाहरुलाई ज्यादा छ । युवराज कुलतमा लागेर नसावाज भएको अनि एकमात्रा लागु पदार्थ सहित विदेशमा पक्राउ परेको कुरा भने उनलाई हदैसम्मको बद्नाम गर्न प्रयाप्त मानिन्छ तर नेपाललाई अश्लिल गाली गर्नेहरुलाई भने सम्पूर्ण सरकार नै मान पुर्‍याउन जान्छ । जनताले पुकारा गर्दा पनि झन गुप्तवासमा जाने पाखा लगाइएका राजा र उनको परिवारको खोइरो खन्न आफ्नो जीवनको लक्ष मान्नेहरुलाई अपराधिक पृष्ठभूमि भएकाहरु भगवान श्रीकृष्ण लाग्छन । मानविय कमजोरी तथा परिस्थितिको उपजमा भएको व्यक्तिगत भुल नेपालको अस्तित्वमा नै प्रश्नचिन्ह लाग्नेहरुलाई खाडी मुलुकहरुमा लागेको लर्को र त्यहावाट बाकसमा बन्द भएर, रस निचोरिएर खोस्टा सरह भएको अनुहार लिएर फर्केका नेपालीहरुको हालत मुलुकको अतित्वमा प्रश्न चिन्ह लाग्दैन ।

जनता जवजव आफुलाई अफ्ठ्यारोमा पाउछ आफ्ना ओरीपरी कोही तारणहार छ कि भनेर हेर्ने गर्दछ । यसैक्रममा उसले पाखा लगाइएका राजा र उनका परिवारबाट केही आशा गर्‍यो भने त्यो स्वभाविक पनि हो । नेपालको अस्तित्व सम्पूर्णरुपले धरापमा पर्दा त्यो परिवारलाई दुख त लागेको नै होला, शायद पुर्खाहरुको जमाना भएको भए मुलुक रक्षार्थ आफ्नो प्राण पनि बाजीमा राख्ने थिए होला । यत्तिको कुरा सहेर चुपलाग्न सक्नु त्यो परिवारको महानता होला तर सबैले यस्तै सोच्लान त ? शिर्ष नेता भनिनेहरुको छाति भित्रको मुटु नेपाली नै हो तर त्यसमा भएको नेपालीत्वको अनुभूति जनताले किन गर्न पाएका छैनन ? विद्वानहर समाजका मार्गदर्शक हुन यो पौराणिक कालदेखि स्थापित मान्यता हो , तर आफ्नो ब्रम्हले देखेको कुरा प्रष्ट राख्न के को लोभ वा त्रास छ ? कुनै लाभको आशामा आत्माको अवाज विपरित काम गर्दा के भोली उनीहरु कै सन्ततिले पनि निन्दा नगर्लान त ? यो कानै ट्टाउने बेसुरको राग “शंका नगर, संविधान दिन्छौं”लाई ऐना देखाउने क्षमता भएका कसैले त हिममत गरोस । तर अहिलेलाई त यी कसैले पनि हिम्मत गर्ने छाँट छैन शायद हिटलरको उदयको परिस्थिति यहि थियो र हिटलर कुनै राजपरिवार वा सभ्रान्त परिवारबाट आएको थिएन । श्रोतःजनआवाज
विराटनगर १


२०७१।६।२६

यो पनि पढ्नुस्
संचारमाध्यमले भ्रमको खेती गरी, डलर कमाउने धन्दा कहिले छोड्ने !!!

मुलुककै प्रथम प्रधानमन्त्री भिमसेन थापाको नियति युवराज पारसले भोग्नुपर्ने त होइन ।

 स्रष्टा सम्मान र कल्पनाका कल्पना, अन्तर्वार्ता

स्रष्टा सम्मान र कल्पनाका कल्पना, अन्तर्वार्ता


नेपाली साहित्य यसरि नै फराकिलो हुँदै जाने हो भने अब संसारले नेपाली साहित्यलाई खोज्नेछन् ...

बाग्लुंग जिल्लाको छिस्तीमा जन्मिनु भएकी कल्पना पौडेल जिज्ञासु बाल्यकाल देखिनै सबै भन्दा बेग्लै शोच र स्वभाव कि थिइन् । ब्रामण परिवारको एक सम्पन्न परिवारमा जन्मेकि जिज्ञासु आफ्नै गाउँ समाजमा हुने जातिवादी छुवाछुत धनि र गरिब बीचको भिन्नताले उनिमा एक विद्रोहि भावना पैदा गराएको  थियो ।

 ब्रामण र छेत्रीहरुको बाहुल्यता रहेको छिमेकमा उनि एक्लैले बाहुन र दलित बीच अनि सम्पन्न धनि साहु महाजले निम्न बर्गका बिपन्न बर्गका दुखि गरिब असायहरुलाई
गरेको श्रम शोषण, अन्याय , अत्याचार देखेर सारै दुखि हुन्थिन उनि । त्यो भेदभावमा समानता ल्याउनको लागि उनि आफै दलित सरह भएर उनीहरु संगै घुलमिल हुन् रुचाउथिन र हुन्थिन पनि । साहित्यमा रुची र गरिब दुखिलाई सहयोग गर्नुपर्छ गाउँ  समाजमा हुने अन्याय अत्याचारको बिरुद्धमा आवाज उठाउनु पर्छ भन्ने भावना बाल्यकाल देखिनै उब्जिएको उनीमा एक बामपन्थी विचार धाराको लक्ष्ण देखिन्थ्यो  । 

विभिन्न परिस्थितित र बाध्यताले देश, परिवार र आफन्त बाट कोशौं टाडा पुर्याए पनि उनको इच्छा प्रतिपादन र साधनलाई रोक्न सकेन । यसैले उनि भूमध्या सागरको बगरमाथि साहित्यिक फुल फ़ुलाउन सफल भएकी छिन । बिगत ७ बर्ष देखि इज़रायल मा कार्यरत जिज्ञासु सँग
'' वंशलोचन '' र समा श्री अन्तर्वार्ता

'' वंशलोचन '' र समा श्री अन्तर्वार्ता

तेल अभिव (इज़रायल) बैशाख १५, 
नारीदर्पण : नेपाली साहित्य आकाशलाई फराकिलो पार्न अहिले/यतिबेला स्वदेशमा मात्र होइन प्रवासमा चौतर्फी छरिएर रहेका नेपाली स्रस्टाहरु लागि पर्नु भएको छ । काठमाण्डौ बालाजुमा जन्मिएकी समा श्री सानै देखि साहित्यमा उनको झुकाब थियो ।

समाको बाल्यकाल राजधानीकै रमाइलो रंगमा व्य
तित भएको थियो । उनले सिद्धार्थ बनस्थली बाट २०४३ सालमा एस एल सी दिइ समयको महत्वलाई बुझेकी समाले तुरुन्त एक बोर्डिंग स्कुलमा आफुलाई ब्यस्त राखिन यसो भनौ पढाउँन थालिन । एस एल सी को नतिजा प्रकाशित भएपछी राम्रो अंक ल्याई नेपाल ल क्याम्पसमा भर्ना भइन र आइ एल त्यहीं बाट सकिन त्यसपछि उनको जिवानले अलिकति फरक मोड लियो, उनको विवाह भयो । त्यस पश्चात पढ्ने चाह्लाई त्यहि थाति राखी पारिवारिक जिम्मेवारी बहन गर्दै गर्दा परिस्थितिले उनलाई परदेश पुर्यायो ।
बैदेशिक रोजगारको सिलसिलामा यतिबेला समा भूमध्य सागरको सानो सुन्दर टापु इज़रायलमा बिगत ८ बर्ष देखि केयर गिभर (सुसारे) कार्यमा अभ्यस्त समाले तीन बर्ष तन मन लगाएर अत्यन्तै गहकिलो, ओझिलो, प्रेरणादायी प्रथम कविता संग्रह '' वंश्लोचन '' पाठक माझ पस्केकी छिन । छयालीस ओटा (४६) ओजिला कविताहरु संग्रिहित वंशलोचन कविता संग्रह अहिले धेरैको ध्यानाकर्षण गराएको छ । विशेष गरि नारीलाई फोकस गरि लेखिएको ''वंशलोचन'' कविता संग्रह मा नारीलाई निकै सशक्त रुपमा उभ्याएकफ छु, समा भन्छिन र अगाडी थप्छिन नारी भनेको धर्ति हो धरा हो
राजतन्त्र विघटन भइसक्यो, नयाँ शिराबाट अघि बढ्छौं

राजतन्त्र विघटन भइसक्यो, नयाँ शिराबाट अघि बढ्छौं


कमल थापा, अध्यक्ष, राप्रपा- नेपाल
संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डा उठाएर चौथो दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो एजेन्डामा केही लचकदार बन्ने संकेत दिएको छ । जातीय आधारको संघीयता नमान्ने तर भौगोलिक र आर्थिक आधारको संघीयता स्वीकार्न सकिने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताउनुभएको छ । त्यसैगरी राजतन्त्र विघटन भइसकेको भन्दै अब नयाँ शिराबाट अघि बढ्ने थापाले बताउनुभएको छ । राप्रपा नेपाल सरकारमा नजाने तर संविधान निर्माण सहमतिकै आधारमा हुनुपर्ने र त्यो मिलनविन्दु सम्भव रहेको थापाको दाबी छ । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा अनलाइनखबरले थापासँग गरेको कुराकानी ।
एमाओवादीले आरोप लगाएजस्तै चुनावमा धाँधली भएकै हो भन्ने राप्रपा नेपाललाई लागेको छ कि निश्पक्ष चुनाव भयो भन्ने लागेको छ ?
Kamal-thapa-1
- धाँदली भएको छ । तपाई पत्रकारहरुले पनि यसबारेमा छानविन गर्नुपर्छ । यति सुक्ष्मरुपमा, यति योजनावद्धरुपमा काम भएको छ कि धाँधली भएको देखाउन पनि सकिँदैन, तर परिणामले यो कुरा देखाइरहेको छ । पछिल्लो आएर जुन ९ लाख ५७ हजार समानुपातिकतर्फको मत बढेर आयो, धाँधली नभई यतिधेरै मत कहाँबाट आउँछ ? निर्वाचन आयोगले यसमा जवाफ दिनुपर्छ । धाँदली भएकै हो भने अदालत जाने कि के गर्ने ? अब चुनाब उल्ट्याऊ भन्न सकिँदैन । यत्रो अरबौं खर्च भैसकेको छ । तर, हामी विरोध गरिरहन्छौं, आवाज उठाउँछौं । र, यसमा संसदीय समितिबाट छानविन गर्ने र भविश्यमा यस्तो त्रुटी हुन नदिने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ भन्ने पक्षमा छौं । अदालत जाने वा कानूनी कुरा गरेर प्रोसेसलाई बिथोलेर कुनै काम छैन ।
राप्रपा नेपाल सरकारमा जान्छ कि जाँदैन ?
- राप्रपा नेपाललाई जनताको म्यान्डेट नै प्रतिपक्षमा बस्ने छ । त्यसैले संसद र संविधानसभामा हामी सकारात्मक र रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने छौं ।
सहमतिको सरकार बनाउने कुरा भैराखेको छ, सरकारमै आउन आग्रह गरियो भने पनि जानुहुन्न ?
- हामी सरकारमा जाँदैनौं । प्रतिपक्षबाटै सहयोग गर्छौं । हाम्रो कुनै नकारात्मक