संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार अर्को नियमावली
नबनुञ्जेलसम्म पुरानै नियमावलीअनुसार संसद बैठक सञ्चालन गर्ने प्रस्ताव सदनले पारित गर्नेछ । पहिलो बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी बाधा अड्काउ फुकाउसम्बन्धी अध्यादेश पारितका लागि टेबुल गर्नेछ ।
पारित अध्यादेशलाई अन्तरिम संविधानको अंग बनाउन सरकारले संसद्मा अर्को विधेयक प्रस्तुत गर्नुपर्ने प्रावधान छ । बैठकमा संविधानसभाबाट निर्वाचित पार्टीका तर्फबाट शुभकामना मन्तव्य दिने कार्यसूची छ ।
पार्टी अध्यक्षहरु वा पार्टीका प्रतिनिधिले संसद्मा शुभकामना मन्तव्य दिनेछन् । नयाँ प्रधानमन्त्री चयन नभएसम्म संसदले काम नपाउने भएकाले तत्काल नयाँ प्रधानमन्त्री चुनेर वर्तमान कामचलाउ सरकारलाई बिदा गर्नु संसदको काम हुनेछ ।
संसदले राष्ट्रिय सहमतिका आधारमा वा दलहरुबीच सहमति हुन नसके बहुमतीय प्रणालीमा निर्वाचनबाट प्रधानमन्त्रीको चयन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।