हतियार सहित एक पक्राउ

वीरगंज,१९ माघ/
पर्सा प्रहरीले शनिबार वीरगंजको बाइपास सडकखण्डबाट एक युवकलाई नलकटुवा पेस्तोल सहित पक्राउ गरेको छ । प्रहरीले वीरगंज उपमहानगरपालिका वडा नं. १८ बाइपास सडकबाट बाराको गाविस लिपनिमाल वडा नम्बर–८ विर्ता टोल निवासी वर्ष २५ का प्रमोद  कुमार गोढलाई पक्राउ गरेको हो ।
वीरगन्ज उद्योग बाणिज्य संघका महासचिव गोपाल केडिया, उद्योगपति संजय अग्रवाल, काब्रा गु्रपका विष्णु तिमिल्सिनालगायत दर्जनौ व्यक्तिलाई फोन गरी रकम माग गर्ने माग
गरेको रकम नदिएको खण्डमा हत्या गरी दिने धम्की दिंदै आएका गोढलाई विषेश सूचनाको आधारमा शनिबार बाइपासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
व्यापारीलाई धम्कयाउने गोढ वीरगंजको बाईपास सडकखण्डमा रहेको सूचनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिदा उनले शरिरमा लुकाई पिछाई राखेको एक थान नलकटुवा पेस्तोल र सोमा प्रयोग हुने २ थना गोली समेत बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका गोढलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
हतियार सहित पक्राउ परेका गोढ २०६५ पुस २१ गते हतियारसहित पक्राउ गरी हहखख मुद्दामा ३ वर्ष कैद भुक्तान गरी २०६८ साल पुस २१ ग्ते रिहा भएको प्रहरीले जनाएको छ । गोढ पहिलेदेखि नै अपराधिक चरित्रका व्यक्ति रहेको र कारागारबाट छुटेपछि पुन: अपराधिक गतिविधीमै संलग्न रह्दै आएको प्रहरीले दावी गरेको छ ।

SHARE THIS

Author:

Facebook Comment