वीरगन्ज, २० माघ/
वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको डाइलोसिस मेसिनमा प्रयोग हुने ६ बोरा केमिकल चोरी गरेको अभियोगमा रंगेहात पक्राउ परेका कर्मचारीले धरौटीमा छुटे लगत्तै अस्पताललाई दिएको स्पष्टिकरणमा उल्टै अस्पतालले नै सुनियोजित ढंगले फसाउने तयारी गरेको आरोप लगाएका छन् ।
ती दुई कर्मचारीले अस्पताल प्रशासनले सोधेको स्पष्टिकरणको लिखित जवाफमा अस्पतालले नै आफूहरुलाई झुठो मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाएका हुन् ।
माघको पहिलो साताबाट संचालन गर्ने गरी तयारी गरिरहेको अस्पतालको
डाइलोसिस मेशिन मर्मतका लागि केही दिन अगाडी मात्र अस्पतालले किनेर मगाएको केमिकल ती कर्मचारीले चोरी गरेर लाँदै गरेको अवस्थामा पुस २७ गते रंगेहात फेला परेको भनी अस्पताल प्रशासनले प्रहरीलाई लिखित निवेदन दिएर चोरीको कार्वाही गर्न माग गरेको थियो । रंगेहात पक्राउ परेका अस्पतालका कर्मचारी सहायक इलेक्टिसियन सन्तोष सिंह र म.स.टे इलेक्टिसियन नरेन्द्र प्रसाद कुशवाहाले अदालतबाट धरौटीमा छुटेसँगै अस्पतालमा हाजिरी पनि जबरजस्ती गरेको र अस्पताल प्रशासनलाई पनि उल्टै फसाउन तयारी गरेको भनी आरोप लगाएको लिखित व्यहोराको स्पष्टिकरण दिएको कागजको प्रतिलिपि हामीलाई प्राप्त भएको छ ।
पाँचबर्षबाट अस्पतालमा आएको डाइलोसिस मेशिन दक्ष कर्मचारी र अन्य प्रविधिक कारणले गर्दा संचालनमा नै नआउको समयमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्डेट ( मेसु ) रामशंकर ठाकुरले माघको पहिलो हप्ताबाट संचालन गर्ने तयारी गरी मगाएको ६ बोरा केमिकल चोरी गर्दा रंगेहात पक्राउ परेका व्यक्तिले नै अस्पताल व्यवस्थापन र समितिका अध्यक्ष पर्साका प्रमुख जिल्ला अधिकारीलाई समेत धम्की पूर्ण शैलीमा स्पष्टीकरण दिनुले अस्पतालमा थप जटिलता थपेको स्थानीय युवाहरले बताएका छन् । १६ सत्र पटक स्पष्टिकरण खाएका अस्पतालका चोर कर्मचारीलाई पून: हाजिर गराई काममा नलगाउन भनी ती युवाहरुले अस्पतालमा धर्ना दिने देखि पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार वजिमयलाई ज्ञापन दिने सम्म काम गर्दा समेत चोरीमा संलग्न दुई कर्मचारीले नै सबैलाई निहुराउन बाध्य भएको स्थानीय बुद्धिजिबीहरुले बताएका छन् ।
मेसु ठाकुर आउनु पूर्व नाजुक रहेको अस्पतालले बिरामीको हितलाई प्रमुखतामा राखेर काम गरिरहेको समयमा अस्पताल कर्मचारी यूनियनकै पूर्व सचिवबाट भएको गलत कृयाकलापले चौतर्फी दवाव परिरहेको अस्पताल भनाई छ । विभिन्न कोणबाट धम्कीपूर्ण दवाव आउँदै छ, सबैको सहयोग नरहे आफूले अस्पताल सुधार्न नसक्ने हुदाँ आफै राजीनामाको बाटो समाउन बाध्य हुने दुखेसो मेसु ठाकुरको छ ।