वीरगंज ।
वीरगंजको विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्वहरु ओझेलका पात्र बनेर सम्मान ग्रहण गरेपछि आफूलाई गौरान्वित महसुस गरेको देख्दा त्यहाँ उपस्थित सरस्वती पुत्रहरु लक्ष्मीपुत्रहरुको यो लिला देखेर आश्चर्यचकित भएका थिए । एभिन्यूज टेलिभिजन मध्यमाञ्चल क्षेत्रीय ब्यूरो कार्यालय वीरगंजले आयोजना गरेको एक कार्यक्रममा शनिबार यस्तै दृश्य देख्न पाइएको थियो । आफूलाई राष्ट्रकै सर्वश्रेष्ठ च्यानल भनेर दाबी गरिएका एभिन्यूज टेलिभिजनका कार्यकारी अध्यक्ष भाष्कर राज कर्णिकारले होटल सुरजको विशाल हलमा
सफल व्यक्तित्वहरुलाई “ओझेलका पात्र” भनेर खादा ओढाउँदै प्रमाणपत्र समेत दिएको देख्दा धेरैलाई उदेक लागेको थियो ।
“ओझेलका पात्र” नामक अन्तरक्रियामुलक कार्यक्रमले सयौं भाग पुरा गर्न सफल भएको अवसरमा उक्त कार्यक्रम एभिन्यूजले प्रत्यक्ष प्रशारण गरेको थियो । मोफसलबाट राष्ट्रिय स्तरमा कार्यक्रम सञ्चालन गर्नु आफैमा निकै कठिनाईदायक भएतापनि एभिन्यूजका मध्यमाञ्चल ब्यूरो प्रमुख राजु श्रेष्ठले यो सौभाग्य प्राप्त गर्नुको पछाडी उनको कठिन मेहनत र लगनशीलता नै हो, यसमा कुनै दुईमत छैन । तर कार्यक्रमको प्रारुप हेर्दा एभिन्यूज टेलिभिजनका कार्यकारी अध्यक्ष भाष्कर राज कर्णिकारले यो कार्यक्रमलाई अगामी दिनमा उद्योग वाणिज्य संघको हुन गईरहेको चुनावमा आफू जित्ने हतकण्डाको रुपमा प्रयोग गरेको स्पष्ट हुन्छ ।
सार्वजनिक जीवनमा ठूल्ठूला सफलता हासिल गरेका व्यक्तिहरुलाई समेत ओझेलका पात्र भनेर बिल्ला भिडाइएकोमा कार्यक्रम स्थलमै गाँइगुई सुनिएको थियो । नेपाली–भोजपुरी साहित्यकार गोपाल अश्क, लोकगायिका हरिदेवी कोईराला, गायक सरोज गोपाल, साहित्यकार तुलसी थापा, नेपाली प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य रमेश श्रेष्ठ, देशकै प्रमुख उद्योगपति बाबुलाल चाचान, हिरा केडिया, विश्वनाथ साह, ठाकुरराम क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. मोहन लाखे, चिकित्सकद्वय डा. रामअवतार खेतान, डा. श्यामसुन्दर दास, तीनपटक वीरगंज उपमहानगरपालिकाका नगर पिता भइसकेका विमल श्रीवास्तव, प्रखर राजावादी एवम् होटल सम्झनाका सञ्चालक श्रीमान–श्रीमती पशुपति विक्रम शाह, उषा शाह, कलवार कल्याण समितिका केन्द्रिय अध्यक्ष एवं पशुपति केरियरका सञ्चालक राजेन्द्र गुप्ता, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेश लाठ, वीरगंजको सर्वोत्कृष्ट स्कूलकी सञ्चालिका उर्मिला लामा, वीरगंजका नामुद बाँडा विरहर्ष शाक्य, हिन्दुवादी समाजसेवी मोहन राजपाल लगायतका व्यक्तिहरु आफ्नो जीवनमा सफल भएका व्यक्तित्वहरु हुन् । तर एभिन्यूजले यस्ता सफलता प्राप्त व्यक्तित्वहरुलाई पनि ओझेलका पात्रहरुको रुपमा चित्रित गरेपछि अब सफल र ख्याती कस्तोलाई भन्ने ? अब परिभाषा खोज्ने बेला आएको छ ।
श्रोत अंकुश दैनिक