वीरगन्जमा आगामी फागुन १ गतेदेखि शुरु हुन लागेको नेपाल भारत औद्योगिक व्यापार मेलाको तयारी तिब्र गतिमा

वीरगन्ज, २० माघ /
वीरगन्जमा आगामी फागुन १ गते देखि शुरु हुने नेपाल भारत औद्योगिक व्यापार मेलाको तयारी तिब्र गतीमा भइरहेको छ । वीरगन्जको आदर्शनगर रंगशालाको मैदानमा लाग्ने मेला स्थलमा अहिले स्टल तथा अन्य पूर्वाधार निर्माणको काम तिब्र रुपमा भइरहेको मेला आयोजक समितिका संयोजक रविन्द्र वर्णवालले जानकारी दिनु भयो । मेलाको आयोजनाका लागि एक मुख्य आयोजक
र १५ ओटा विभिन्न उपसमितिहरु सकृय रहेका छन । १० दिने व्यापार मेलालाइ भव्य रुपमा सफल पार्न वीरगन्जका उद्योगी व्यापारी, सरकारी तथा गैर सरकारी संस्थाहरु पनि लागि परेका छन । मेलामा लघु उद्यम, कृषि, अटो, सुचना प्रविधी, इलेक्ट्रोनिक्स, गार्मेन्ट, दैनिक उपभोगका सामाग्री र खाजा नास्ताका गरि कुल दुइ सय ओटा स्टल रहने आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष अशोक बैद्यले बताउनु भयो । अहिले सम्म अधिकांश स्टलहरु बुकिङ भइसकेको मेला आयोजक समितिका संयोजक रविन्द्र वर्णवालले जानकारी दिनु भयो । मेलामा बालबालिकाको मनोरन्जनका लागि बाल उद्यान तथा विभिन्न मनोरन्जनात्मक खेलको पनि व्यवस्था गरिने आयोजक वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । यसैगरि मेलामा छिमेकी मुलुक भारत, पाकिस्तान, भुटान र बंगलादेशका उत्पादनका प्रदर्शनीहरु पनि राखिने अध्यक्ष बैद्यले जानकारी दिनु भयो । मेला स्थलमा नेपाल टेलिकमले निशुल्क वाइफाइ तथा ल्याण्डलाइन टेलिफोनको व्यवस्था गर्ने भएको छ । फागुन ९ गते सम्म चल्ने मेलामा करिब पाँच लाख दर्शक र आगन्तुकले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष बैद्यले बताउनु भयो ।

SHARE THIS

Author:

Facebook Comment