वीरगंज, २० माघ /
वीरगंज उद्योग बाणिज्य संघबाट उत्कृष्ठ उद्योगीको प्रमाणपत्र पाएका कृष्णा दाल उद्योगका संचालक नेपालबाट फरार भएको खुलासापछि स्थानीय बैंक कर्मीहरुमा खैलाबैला मच्चिएको छ ।
वीरगन्ज आदर्शनगर स्थित नन्दलाल दोकानीयाका परिवार एक हप्ता अगाडी एकाएक फरार भएपछि वीरगंजमा रहेका आधादर्जन भन्दा बढि बैंकका कर्मचारीहरु बीच खैलाबैला मच्चिएको हो ।
वीरगन्ज पथलैया राजमार्गको केडिया आँखा अस्पताल नजिककै रहेको कृष्णा दाल उद्योग तथा रोहित इन्टरप्राइजेजका सञ्चालक नन्दलाल दोकानीयाका सन्तानहरुले विभिन्न फर्महरुको नाममा वीरगंजका आधा दर्जन भन्दा बढि बैंकहरुलाई ३० अरोड भन्दा बढि चुना लगाएर नेपालबाट फरार भएको खुलासा भएपछि बैंककर्मीहरु बीच खैलावैला मच्चिएको हो ।
कृष्णा मोडल पल्सेज, श्यामबाबा ईन्टरनेशनल, रोहित ईन्टरप्राईजेज,
जय बालाजी इन्टरप्राइजेज लगायतका विभिन्न व्यापारिक फर्महरुको नाममा स्थानीय सिद्धार्थ, एनसीसी, ग्लोबल, जनता, सेन्चुरी, नेविल लगायत भैरहवामा रहेका बैंकबाट समेत ३० करोड भन्दा बढी ऋण दोकानीया परिवारले लिएर नेपालबाट फरार भएको हाम्रो सम्वाद श्रोतको दाबी रहेको छ ।
लगभग ६ महिना देखि नेपालबाट फरार हुने योजना बनाईरहेका नन्दलाल दोकानीयका परिवारले वीरगन्जको आदर्शनगरमा रहेको करोडौको निवास पुस २८ गते आफन्त जनलाई बिक्री गरेको खुलासा भएपछि बैंककर्मीहर बीच लगानी गरिएको ऋण डुब्ने सुश्चित भएपछि बैंकरहरु तनावमा छन् ।
उद्योगको नाममा रहेको ११ कट्ठा जग्गा मध्ये ५ कट्ठा जग्गा राजमार्गमा पर्ने थाहा हुँदाहुँदै उद्योग सञ्चालकले नाम र दामको बलमा एउटै कोलेटेरमा आधादर्जन भन्दा बढि बैंकहरुलाई ३० करोड रुपैयाँ ऋण लिन र उठाउन सक्नु नेपाल राष्ट्र बैंकको ऋण नियमावलीलाई ठाडो चुनौती हो । श्रोतः अंकुश दैनिक