विजय भण्डारी
वीरगन्ज,२० माघ/
बषौंदेखि बन्द रहेको वीरगन्जको घण्टाघरको घडी अबको दूईदिन भित्र चल्ने पक्का भएको छ । घडी चलाउने जिम्मेवारी पाएको नेपाल टेलिकमले टेण्डर मार्फद सबै प्रकृया पूरा गरी नयाँ प्रकृया अगाडी बढाए अनुसार अबको दुईदिन भित्र घडी चल्ने पक्का भएको हो ।
वीरगन्ज उप–महानगरपालिकाको स्वामित्वमा रहेको ‘विरेन्द्र प्रभात घडी’ बनाउने र घडीजडित घर (घण्टाघर) रेखदेख गर्ने जिम्मा नेपाल टेलिकमले पाए अनुसार वीरगन्जको घण्टाघरमा समयसूचक यन्त्र (घडी) जडान हुदैछ । सम्भवत अब केही दिन भित्रमा नै यो घडी चल्छ नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय वीरगंजका क्षेत्रीय निर्देशक रविन्द्र झाले बताए ।
वीरगंजको शानका रुपमा रहेको ‘विरेन्द्र प्रभात घडी’ र घण्टाघर मर्मत सम्भार र रेखदेखको लागि भन्दै एक दसकका लागि वीरगंज उप–महानगरपालिकाले नेपाल टेलिकमलाई करारमा दिए अनुसार घण्टाघरको घडी संचालनमा ल्याइन थालेको नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयले जनाएको हो ।
यता नेपाल टेलिकमले आह्वान गरेको टेण्डरमा पर्न सफल कन्सिस्टेण्ट नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक हृदयराज गौतमले अबको दुईदिन भित्र नयाँ घडी जडित गरिसक्ने बताए । उनले घण्टाघरमा धुन सहितको नयाँ घडी जडान गर्न मुलुक बाहिरबाट मगाईएको घडी वीरगन्ज आइपुगिसकेको
ले आफूहरुले अबको दुई दिन भित्रमा जसरी पनि घडी जडान गरी सक्ने दावी गरे ।
जापानी विद्यार्थीहरुले आफ्नो खाजा खर्च बचाएर नेपाललाई उपहारका रुपमा दिएको वीरगंज स्थित घण्टाघरको घडी एक दशकभन्दा लामो समय देखि बिग्रिएर घडी संचालन गर्न कठिनाई भएपछि १० वर्षको लागि करार सम्बन्धी ऐन् २०५६ बमोजिम दूर सञ्चार कम्पनीलाई घडी बनाउने र घडीको धुनमा विज्ञापन गर्ने गरी करारमा दिएको वीरगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
नेपालकै उत्कृट घण्टाघरको रुपमा रहेको वरगन्जको घण्टाघरका घडिहरु वर्षौदेखि बन्द रहेको र नगरपालिकाले चाहेर पनि आर्थिक कारणले सञ्चालनमा ल्याउन नसेकपछि १६ बुन्दै सम्झौता गर्दै गएको असार २८ गते नेपाल टेलिकमलाई बिग्रिएको घडी बनाउने र घण्टाघरको मर्मत संभार गर्ने भनी १० बर्षका लागि करारमा दिएको थियो । सो सम्झौता पत्रमा नेपाल टेलिकम क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक झा र वीरगंज उप(महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ताराबहादुर कार्कीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
सो सम्झौता पत्रमा नेपाल टेलिकमले घण्टाघरको घडि मर्मत सम्भार गर्ने, मर्मत सम्भारमा नगरपालिकाले कुनै आर्थिक सहयोग नगर्ने, टेलिकमले घडि संचालन गरेको १० वर्ष सम्म घण्टाघर परिसरमा कम्पनीको श्रव्य विज्ञापन तथा अन्य विज्ञापन संचालन गर्ने, घण्टाघर परिसरको तीन कुनामा टेलिकमले सौजन्य नेपाल टेलिकम लेखेको बोर्ड राख्ने, सार्वजनिक हितका विज्ञापनहरु उप महानगरपालिकाले पनि घण्टाघरमा राख्न पाउने, घण्टाघर संचालनको लागि आवश्यक विद्युत् टेलिकमले उपलब्ध गराउने, घण्टाघरको संचालनमा दुवै पक्षले मिलेर संचालन गर्ने लगायतका १६ वटा बुँदामा सहमति भएको छ । श्रोतःअंकुश