वीरगंज उद्योग वाणिज्य संघद्वारा भेटघाट तथा छलफल

वीरगञ्ज, २० माघ
वीरगञ्ज उद्योग वाणिज्य संघले स्थानीय सरकारी कार्यालय– घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य कार्यालय, श्रम कार्यालय र गुणस्तर तथा नापतौल कार्यालयका प्रमुखहरुको आज संघकै कार्यकक्षमा एक कार्यक्रम बीच
भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष वैद्यले स्थानीय उद्योगी व्यवसायीहरुले उद्योगको दर्ता, सञ्चालनलगायतका प्रक्रिया, श्रम तथा उर्जाको समस्या, नापतौल तथा गुणस्तरसँग सम्बन्धित समस्या तथा सोका समाधानका लागि सम्बन्धित कार्यालयका प्रमुखहरुको ध्यानाकर्षण गराउनु भएको थियो । साथै यही फागुनको १ गतेदेखि वीरगञ्जको आदर्शनगर रङ्गशालामा संघको मूल आयोजनामा हुने १० दिने मेलालाई सार्थक तुल्याउन सम्बन्धित सबै पक्षको सहयोगको आवश्यकता औल्याउदै अध्यक्ष वैद्यले मेलालाई उद्देश्यमुखी तुल्याउन सहयोगको अपेक्षा गरे । ‘मेला स्थानीय व्यापार प्रवद्र्धनको उद्देश्यमा मात्र केन्द्रित नभएर वीरगञ्जकै गौरवको रुपमा रहेको छ ।’ वैद्यको भनाइ थियो । आर्थिक विकासमा वीरगञ्जको विशिष्टतालाई स्थापित गर्ने यो एउटा सुनौलो अवसर भएको
उनले बताए ।
सो वाणिज्य कार्यालय वीरगन्जका प्रमुख श्रीधर केसी, घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख विमलप्रसाद बराल, श्रम कार्यालयका प्रमुख नोकबहादुर बस्याल र गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख श्रीपति झाले अध्यक्ष द्वारा प्रस्तुत उद्योग, वािणज्य, व्यवसाय समस्या सामाधानका साथै नेपाल भारत व्यापार मेलामा आफूहरुले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता जनाए । कार्यालय प्रमुखहरुले सेवाग्राहीका समस्या र त्यसको समाधानमा सधैं सतर्क रहेको पनि बताएका थिए । उनिहरुले कार्यान्वयनका तहमा नीतिगत समस्याका कारण उत्पन्न असजिलो समाधानका लागि माथिल्लो निकायमा जानकारी पठाउनेमा सहभागी उद्योगी व्यापारीहरुलाई आश्वस्त तुल्याए ।
त्यसैगरी आजै वीउवासंघका पदाधिकारी, कार्यसमिति सदस्य तथा मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल, रुद्रवाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक शैलेन्द्र खनालको परिचयात्मक एवं समसामयिक विषयकमा छलफल कार्यक्रम संघकै कार्यकक्षमा सम्पन्न भएको छ ।
छलफल कार्यक्रममा संघका अध्यक्ष अशोककुमार वैधले वीरगंज नेपालको मुख्य प्रवेशद्वारको रुपमा रहेको बताउँदै देशकै कुल औद्योगिक लगानीको ७० प्रतिशत लगानी यस क्षेत्रमा रहेको, ६० प्रतिशतभन्दा बढी राजस्व यही क्षेत्रबाट संकलन हुने गरेको तथा विभिन्न उद्योग व्यवसायबाट  प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब डेढ लाखभन्दा बढी व्यक्तिहरुले रोजगारी पाएको सशस्त्र नायब महानिरीक्षक खनाललाई जानकारी गराउनुभयो । उनले विगतका दिनमा पर्सा जिल्ला आपराधिक गतिविधिको केन्द्रको रुपमा रहेतापनि हाल प्रहरी प्रशासनको कार्यकुशलताले अपराधको अवस्था न्यून रहेको धारणा व्यक्त गरेका थिए ।
वीउवासंघबाट सुरक्षा सम्बन्धमा प्रस्तुत गरेका विषयहरुप्रति आपूm गम्भीर रहेको कुरा बताउँदै सशस्त्र प्रहरी नायब महानिरीक्षक खनालले शान्ति सुरक्षाको सम्बन्धमा सशस्त्र प्रहरीले कुनै सम्झौता नगर्ने बताए । उनले यस क्षेत्रको शान्ति सुरक्षालाई अझै प्रभावकारी बनाउन वीउवासंघ, नागरिक समाज, तथा विभिन्न संघ संस्थाको सहकार्य र सहयोग आवश्यक रहेको कुरा बताउनुभयो ।
संघका महासचिव गोपाल केडियाले धन्यवाद दिँदै औद्योगिक सुरक्षाको प्रभावकारी परिचालन एवं व्यवस्थापनका लागि जोड दिनुभयो । कार्यक्रममा वीउवासंघका पदाधिकारी, कासस तथा स्थानीय उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।


SHARE THIS

Author:

Facebook Comment